काठमाडौं : बालाजुको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको जुत्ता कारखानामा आगलागी भएको हो। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। श्रीराम पाण्डेले सञ्चालन गरेको वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको बताइएको छ। दुई वटा दमकलले आगो नियन्त्रण नभएपछि भक्तपुरबाट थप एक दमकल बोलाइएको छ। आगोलागीको कारण भने खुल्न सकेको छैन।
काठमाडौः काठमाडौंको नागार्जुनमा एक युवक मृत भेटिएका छन्। नागार्जुन नगरपालिका रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मृत भेटिएका हुन्। मकैबारीमा गिरीको शव भेटिएको प्रहरीले जानकारी दिउको छ। गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : बालाजुको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको कारखानामा आगलागी भएपनि अहिलेसम्म दमकल पुगिसकेका छैन। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। बालाजुको एक जुत्ता कारखानामा आगलागी भएको छ । श्रीराम पाण्डेको सञ्चालन गरेको गरेको वान वल्ड जुत्ता कारखानामा आगलागी भएको हो। दुई वटा दमकलले आगो नियन्त्रण नभएपछि भक्तपुरबाट थप एक…
काठमाडौं : बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्तोष लामिछाने धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। बुधवार दिउँसो १:१५ मा नेपाल इयरलाइन्सको भारतको मुम्बाई उड्न लागेको जहाजमा शङ्कास्पद व्यक्ति रहेको सूचना भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। ‘आतंकवाद’सम्मको संज्ञा दिँदै नियन्त्रणमा लिएका व्यक्तिमाथि सुन चोरीको आरोप…
चीनले ताइवानको भविष्य चीनसँगको एकीकरणमा भरपर्ने बताएको छ। चीनको स्टेट काउन्सिलको ताइवान मामलासम्बन्धी कार्यालय र सूचना कार्यालयले जारी गरेको ताइवानसम्बन्धी श्वेतपत्रमा यस्तो भनिएको छ। बुधवार जारी भएको ‘ताइवानको प्रश्न र नयाँ युगमा चीनको पुन: एकीकरण’ शीर्षकको श्वतपत्रमा चीनले ताइवान सँधै चीनको अभिन्न अंग रहिरहने बताएको छ। साथै, उसले चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनता र उनीहरुको राष्ट्रिय पुन: एकीकरणको प्रतिवद्धता अनुसार…
काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतीय आई लिग छनोट खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने भएकी हुन्। दीपाले केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ। ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु। यो मेरो विदेशमा पहिलो अवसर समेत हो,’ दीपाले भनिन्।…
काठमाडौंः सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनका तुलनामा ६ सय बढ्दा मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको कारोबार मूल्य साउनयताकै उच्च हो। चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य १२ सय ३०…
काठमाडौं: फिल्म छायाँकार विदुर पाण्डेको निधन भएको छ। हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए। आजै नै पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष लामाले बताए। पाण्डे नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ का छायाँकार हुन्। उनले कागबेनीका साथै पण्डित बाजेको लौरी, भुईमान्छे मेरो वेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरूको पनि…
काठमाडौं : मङ्गलवार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाभित्र केही क्षेत्र डुबानमा परेका छन्। मनोहरा खोला आसपासको क्षेत्र सबैभन्दा धेरै डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको छ। डुबानका कारण घरहरूमा जलमग्न भएका छन्। डुबान तथा कटानबाट पुल, बिजुलीको खम्बा, टहरा तथा सवारी साधन समेत बगाएको छ। कागेश्वरी मनोहरा नगरपालिका स्थित मनोहरा खोलामा रहेको एउटा हाई टेन्सन तारको खम्बा…
काठमाडौंः मंगलबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंको काँडाघारीमा रहेको प्रहरी प्रभागमा पनि क्षति पुगेको छ। प्रहरी कार्यालयमा मनोहरा खोलाको बाढीले ३ वटा मोटरसाइकल बगाएको छ। बगाएका मध्ये दुई वटा फेला परेका छन्। त्यस्तै प्रभागको पर्खाल समेत बाढीले भत्काएको छ। त्यस्तै प्रहरीको खाना खाने ठाउँ टहराको (मेस) पनि बगाएको छ। कार्यालयको पहिलो तला डुबान भएको छ।
काठमाडौं : मंगलवार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा डुबानमा परेका छन्। सबैभन्दा धेरै मनोहरा खोला आसपासको क्षेत्र डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको प्रहरीले जनाएको छ। डुबानका कारण घरहरुमा जलमग्न भएका छन्। नेपाल प्रहरी र स्थानीयको सहयोगमा प्रभावितको उद्धार गरिएको छ। तर अहिलेसम्म कुनै मानविय क्षति भने नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोष…
काठमाडौं : चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो। उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन्।…
काठमाडौं : मंगलवार रातिदेखिको अविरल वर्षाका कारण भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। मनोहरा खोला आसपासको क्षेत्र डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको प्रहरीले जनाएको छ। डुबानका कारण घरहरुमा जलमग्न भएका छन्। नेपाल प्रहरी र स्थानीयको सहयोगमा प्रभावितको उद्धार गरिएको छ। मनोहरा खोला सुकुम्वासी बस्ती पस्दा डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्याएको…
मंगलवार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका नितिश कुमारले बुधवार फेरि मुख्यमन्त्री पदको सपथ लिँदैछन्। केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन तोड्दै नितिशले राजीनामा दिए थिए। राजीनामा लगत्तै उनी आफ्नो पुराना सहयोगी दलहरुसँग मिलेका थिए र फेरि सरकार बनाउन दाबी पेश गरेका थिए। बुधवार नितिशको नेतृत्वमा बिहारमा महागठबन्धन सरकार निर्माण हुँदैछ। यो महागठबन्धनमा सात राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारसमेत…
काठमाडौं : मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मंगललबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो। रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा उता पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी)ले जनाएको हो। सर्लाहीमा चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको रौनियारमाथि आरोप…
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश व्यक्ति खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरेका छन्। ‘खोप नलगाएका उच्च जोखिममा रहेकाले खोप नलगाउनुभएका सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई…
काठमाडौं : आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्क देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १,वाग्मती र…
काठमाडौं : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ। यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक संघ-संस्था र स्वास्थ्य संस्था बन्द हुनेछन्। गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा हरेक जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नारायणथान जात्राको रुपमा समेत परिचित सो जात्रा…
काठमाडौंः बाढी पूर्वानुमान महाशाखाले काठमाडौं र भक्तपुरका केही क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ। महाशाखाका अनुसार भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतको क्षेत्रमा भारी वर्षा भइरहेको छ। महाशाखाले पूण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीको बहाव बढ्ने हुँदा तटीय क्षत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको हो। साउन २४, राति १० बजे भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भइरहेकाले…
भरतपुरः चितवनको भरतपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। भरतपुर २१ पार्वतीपुरका ५६ वर्षीय टीकाराम विक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार ढोकामा चुकुल लगाइएको थियो। खुट्टा भुईंमा टेकिएको, टाउको र जिउको भाग खाटमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। तालुको भागमा काटेको र चोटबाट अत्यधिक रक्तश्राव भएको प्रहरीले जनाएको छ। मृतककी श्रीमती बिनमायालाई प्रहरीले…