PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

  • चुनावका लागि महत्वपूर्ण २ जिम्मेवारीमा आफैंलाई राखे ओलीले : बाँकी नेतालाई के काम?

    चुनावका लागि महत्वपूर्ण २ जिम्मेवारीमा आफैंलाई राखे ओलीले : बाँकी नेतालाई के काम?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव तयारीको महत्वपूर्ण दुई जिम्मेवारीमा आफैंलाई अघि सारेका छन्। घोषणापत्र मस्यौदा समिति र चुनाव परिचालन कमिटीको नेतृत्व ओली आफैंले गर्ने भएका हुन्। पार्टी कार्यालय च्यासलमा बिहीवार बसेको सचिवालय बैठकले मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि भन्दै विभिन्न निर्णय गरेको छ। अरु नेताहरुलाई पनि विभिन्न जिम्मेवारी दिइएको भए…

    विस्तृतमा पढ्नुस्

  • यमुना नदीमा डुंगा डुब्दा ३ जनाको मृत्यु : १७ बेपत्ता, ३५ जना थिए सवार

    यमुना नदीमा डुंगा डुब्दा ३ जनाको मृत्यु : १७ बेपत्ता, ३५ जना थिए सवार

    भारतको उत्तरप्रदेशस्थित यमुना नदीमा डुंगा डुब्दा ३ जनाको मृत्यु भएको छ। त्यहाँको फतेहपुरबाट मार्का गाउँ जाँदै गरेको ३५ यात्री सवार रहेको डुंगा डुब्दा तीन जनाको मृत्यु भएको हो। डुंगामा रहेका १७ जना बेपत्ता रहेको भारतीय समाचारहरुमा जनाइएको छ। घटनामा परेका १५ जनालाई उद्धार गरिएको त्यहाँको प्रहरीले जनायो। बिहीवार दिउँसो ३ बजे रक्षबन्धन बाँध्ने कार्यक्रममा सहभागी भएर फर्केका महिलाहरु सवार रहेको…

    विस्तृतमा पढ्नुस्

  • ओलीको नेतृत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी, भदौ पहिलो साता स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्मको बैठक

    ओलीको नेतृत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी, भदौ पहिलो साता स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्मको बैठक

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीवार पार्टीको मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन कमिटी गठन गरेको एमालेले जनायो। परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन्। बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालमा महिलाको अश्लिल भिडियो रेकर्ड गरेर ‘ब्ल्याकमेल’ गर्ने एक जना पक्राउ

    सामाजिक सञ्जालमा महिलाको अश्लिल भिडियो रेकर्ड गरेर ‘ब्ल्याकमेल’ गर्ने एक जना पक्राउ

    काठमाडौं : सामाजिक सञ्जालमा महिलालाई ‘ब्ल्याकमेल’ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ बस्ने २४ वर्षीय अमन राजथला रहेका छन्। राजथलाले सामाजिक सञ्जालमा नक्कली प्रोफाइलमार्फत महिलालाई साथी बनाएको र मेसेन्जरमा कुराकानी गर्ने क्रममा अश्लिलता प्रदर्शन गरी सोको स्क्रिन सट लिएर पीडित महिलालाई समेत दबाब दिएर अश्लिलता प्रदर्शन गर्न लगाएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सिट बाँडफाँटबारे पाँच दलीय कार्यदलको बैठक : आन्तरिक 'वर्कआउट'पछि सोमवार 'फाइनल'

    सिट बाँडफाँटबारे पाँच दलीय कार्यदलको बैठक : आन्तरिक 'वर्कआउट'पछि सोमवार 'फाइनल'

    काठमाडौं : सत्ता गठबन्धनले टिकट बाँडफाँडको लागि पहिले अआफ्नो दलभित्र आन्तरिक तयारी गर्ने भएको छ। बिहीवार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको कार्यदलको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सहमतिको मोडालिटी तयार गर्ने प्रक्रियामा छलफल भएको कार्यदलका सदस्य देव गुरुङले जानकारी दिए। 'सहमतिको मोडालिटी तयार गर्ने प्रक्रियामा छलफल भएको छ। आज यसबारे सकारात्मक हिसाबले कुराकानी भयो,' बैठकपछि गुरुङले भने। यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु, थप ८ सय १५ जनामा संक्रमण पुष्टि

    एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु, थप ८ सय १५ जनामा संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ सय ५३४ जनामा परीक्षण गर्दा ८ हजार १५ जनामा संक्रमण देखिएको हो। २ हजार ४११ पीसीआर परीक्षण गरिएकोमध्ये ४६५ जनामा र २ हजार १२३ एन्टीजेन परीक्षण गरिएकोमा ३५० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…

    विस्तृतमा पढ्नुस्

  • सीसीटीभी फुटेज प्रकरणबारे प्रहरी महानिरीक्षक सिंहको जवाफ, ‘त्यसको जवाफ दिन सक्दिन'

    सीसीटीभी फुटेज प्रकरणबारे प्रहरी महानिरीक्षक सिंहको जवाफ, ‘त्यसको जवाफ दिन सक्दिन'

    काठमाडौं : अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरणबारे प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जवाफ दिन अस्वीकार गरेका छन्। बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सीसीटीभी फुटेज प्रकरणबारे पत्रकारले सोधेको प्रश्नमा प्रहरी महानिरीक्षक सिंहले जवाफ दिन अस्वीकार गरेका हुन्। अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्नको लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको थियो। ल्याबबाट फुटेज रिकभर भएपनि फुटेजमा भएका मानिसहरु चिनिने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • १ लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको छ : प्रहरी महानिरीक्षक सिंह

    १ लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको छ : प्रहरी महानिरीक्षक सिंह

    काठमाडौं : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको बताएका छन्। बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले प्रदेश तथा प्रतिनिधिसभाको आगामी निर्वाचनको लागि म्यादी प्रहरी भर्नाको तयारी भइरहेको बताएका हुन्। उनले भने, ‘४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरहेको छ। १ लाख भन्दा बढी माग गरिएको छ।’

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो तीन महिनामा ह्वात्तै बढ्यो अपराध

    पछिल्लो तीन महिनामा ह्वात्तै बढ्यो अपराध

    काठमाडौं : अघिल्लो वर्षको तिन महिनाको तुलनामा यस वर्षको तीन महिनामा आपराधिक गतिविधिमा वृद्धि भएको छ। देशभर दुई आर्थिक वर्षको तीन महिना (वैशाख, जेठ र असार)मा अपराधको तथ्यांक तुलना गर्दा गत आर्थिक वर्षमा ३५.१ प्रतिशतले अपराध वृद्धि भएको प्रहरीले बिहीवार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको तीन महिनामा देशभर कुल ९ हजार ७१६ अपराध दर्ता भएकामा गत आवमा त्यो संख्या बढेर १३…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा १७ मतदान केन्द्र परिवर्तन, कुन केन्द्र कहाँ सारियो?

    काभ्रेमा १७ मतदान केन्द्र परिवर्तन, कुन केन्द्र कहाँ सारियो?

    काठमाडौं : काभ्रेमा  गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मङ्सिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन गरिएको जनाएको छ। कार्यालयका अनुसार खानीखोला गाउँपालिका-२ स्थित फलामेटारमा रहेको साविक गाविस भवन मतदान केन्द्र बालविकास माध्यमिक विद्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले पासङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक सडक प्रयोगमा ल्यायो

    पहिरोले पासङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक सडक प्रयोगमा ल्यायो

    काठमाडौं : पहिरोका कारण रसुवा खण्डको पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। माझगाउँ– बनुवा घुम्ती खण्डमा मंगलबार राति गएको पहिराले उक्त मार्ग क्षति बनाएपछि आमभञ्ज्याङ सिम्ले, तारूके हुँदै तल्लो धारापानी क्षेत्रबाट यातायात संचालना गराइएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बनुवा खण्डको पासाङल्हामु मार्ग क्षतिग्रस्त स्थान पुनःनिर्माण गराउन धेरै समय लाग्ने प्राविधिक सुझाव आएकाले तारूकेतर्फको ग्रामीण…

    विस्तृतमा पढ्नुस्

  • विष्णु माझीको चरी जेलैमा - २ : दाँजियो बासी खिर र खसीको सुकुटीसँग

    विष्णु माझीको चरी जेलैमा - २ : दाँजियो बासी खिर र खसीको सुकुटीसँग

    काठमाडौं : विष्णु माझीको नयाँ गीत आएसँगै सांगीतिक बजार गर्माउँछ। चाड पर्व र विभिन्न विषयमा मिठो लय पस्कने कला भएकै कारण विष्णु माझीको स्वर मन पराउने धेरै छन्। यसपटक तीजको अवसरमा माझीको चरी जेलैमा भाग दुई सार्वजनिक भएको छ। यद्यपि नयाँ स्वादको पर्खाईमा बसेका संगीतका पारखीहरुका लागि भने केही निराश बनाएको छ। ‘पुतलीको भट्टी’ भाग १८ को रूपमा सार्वजनिक भएको…

    विस्तृतमा पढ्नुस्

  • वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिन्यो

    वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिन्यो

    वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिनेको छ। जापानको विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार वैज्ञानिक अनुसन्धान नतिजा तथा ‘उच्च प्रभाव’ भएका अध्ययनमा चीनले अमेरिकालाई उछिनेको द गार्डियनले उल्लेख गरेको छ। जापानको नेशनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसी (एनआईएसटीपी)ले मंगलवार प्रकाशन गरेको प्रतिवेदनमा चीनले वार्षिक रूपमा सबैभन्दा धेरै वैज्ञानिक शोधपत्रहरू प्रकाशित गर्ने गरेको उल्लेख छ। चीनपछि अमेरिका दोस्रो र जर्मनी…

    विस्तृतमा पढ्नुस्

  • चुनाव घोषणासँगै रणनीति बनाउन तातिए दलहरु : लगालग आन्तरिक छलफल र प्रशिक्षण

    चुनाव घोषणासँगै रणनीति बनाउन तातिए दलहरु : लगालग आन्तरिक छलफल र प्रशिक्षण

    काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक रणनीति बनाउन गृहकार्यमा जुटेका छन्। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको हप्ता दिनपछि दलहरु चुनाव केन्द्रित हुन थालेका हुन्।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिहीवार सचिवालयको बैठकमा जुटेको छ। अपरान्ह १२ बजेदेखि सचिवालयको बैठक बोलाएर एमालेले चुनावी रणनीति तय गर्न लागेको हो। एमालेकी सचिव…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई चीनको १५ अर्ब सहयोग, कुन क्षेत्रमा कति?

    नेपाललाई चीनको १५ अर्ब सहयोग, कुन क्षेत्रमा कति?

    काठमाडौं : चीन सरकारले नेपाललाई यस वर्षका लागि ८०० मिलियन आरएमबी (१५ अर्ब १ करोड ९१ लाख रुपैयाँ बराबर) सहायता उपलब्ध गराउने घोषणा गरेको छ। परराष्ट्रमन्त्री डा नारायण खड्कको तीन दिने चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले सहयोग घोषणा गरेका हुन्।  नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले रायायनिक मल उपब्ध गराउन सकरात्मकसमेत भएको छ। साथै चीनले नेपालमा रासायनिक…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सर जितेकी कोपिलाको नयाँ तीज गीत 'नाचौं छम छम छम'

    क्यान्सर जितेकी कोपिलाको नयाँ तीज गीत 'नाचौं छम छम छम'

    काठमाडौं : क्यान्सर जितेकी कोपिला गौतमले 'नाचौं छम छम छम' बोलको तीज गीत सार्वजनिक गरेकी छिन्। चौथो स्टेजको क्यान्सरले ग्रस्त उनलाई सात घण्टा लामो अप्रेसन गरिएको थियो। पुनर्जीवन पाएकी गायिका गौतमले आफ्नै नामको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्।  गीतको शब्द रचना र संगीत गोविन्द मधुर आचार्यको रहेको छ। शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोमा मोडेल टिका जैसी र अनु…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, बिहीबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँ

    सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, बिहीबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँ

    काठमाडौंः बुधबार बढेको सुनको मूल्य पुन : घटेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँले घटेको हो। बिहीबारको लागि कारोबार मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार एक सय रुपैयाँ थियो। चाँदीको मूल्य बिहीबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी…

    विस्तृतमा पढ्नुस्

  • डम्बर नेपालीको शब्द र दीपक लिम्बुको स्वर रहेको गीति एल्बम ‘समायोजन’ सार्वजनिक

    डम्बर नेपालीको शब्द र दीपक लिम्बुको स्वर रहेको गीति एल्बम ‘समायोजन’ सार्वजनिक

    काठमाडौं : पछिल्लो समय सांगीतिक बजारमा एल्बमको सट्टा एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन छ। यसैबिच, गायक दीपक लिम्बुको स्वर रहेको ‘समायोजन’ नामको गीति एल्बम सार्वजनिक भएको छ। डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ एल्बममा चारवटा गीत समावेश छन्। एक गीतमा गायक लिम्बुलाई त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन्। ‘समायोजन’को निर्माण रुकमान लिम्बुले गरेका हुन्। रुबुषा क्रियटिभ…

    विस्तृतमा पढ्नुस्

  • रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ बन्ने घोषणा

    रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ बन्ने घोषणा

    काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच फिल्म बन्ने औपचारिक घोषणा भएको हो। कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फेमिली ड्रामा जनरामा बन्ने यस फिल्मले अभिभावक र सन्तानबिचको सम्बन्धको कथा भन्नेछ। फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की र मिरुना…

    विस्तृतमा पढ्नुस्

  • फेस्टिभल रिजिल : नेपालमा आजबाट प्रदर्शनमा आयो अमिरको 'लालसिंह चड्डा' र अक्षयको 'रक्षाबन्धन'

    फेस्टिभल रिजिल : नेपालमा आजबाट प्रदर्शनमा आयो अमिरको 'लालसिंह चड्डा' र अक्षयको 'रक्षाबन्धन'

    काठमाडौं: आजबाट नेपाली सिनेमाहलमा दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन्। आमिर खानको ‘लाल सिंह चड्डा’ र अक्षयकुमारको ‘रक्षाबन्धन’ बक्सअफिसमा भिड्दैछन्। बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’ लाई नेपालमा अहिलेसम्मकै मंहगो रकममा भित्र्याइएको छ। यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। आमिर खान प्रोडक्सन र भायकम-१८ ब्यानरमा निर्माण भएको फिल्ममा अद्वेत चन्दनको निर्देशन रहेको छ। यस फिल्मलाई विश्वभरी हलिउड स्टुडियो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell