PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • निर्वाचन र बाबुराम भट्टराईसँग सहकार्यबारे माओवादीको बैठकमा छलफल

    निर्वाचन र बाबुराम भट्टराईसँग सहकार्यबारे माओवादीको बैठकमा छलफल

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडाँमा बसिरहेको छ। बैठक जारी रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्याले जानकारी दिए।  प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनबारेमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो। सोमवारका लागि स्थायी कमिटीको बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आज सम्मका लागि सारिएको थियो। डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको…

    विस्तृतमा पढ्नुस्

  • महाकाली नदीको बहाब आज उल्लेख्य बढ्न सक्ने, यस्तो छ अरु नदीको पूर्वानुमान

    महाकाली नदीको बहाब आज उल्लेख्य बढ्न सक्ने, यस्तो छ अरु नदीको पूर्वानुमान

    काठमाडौं : आज महाकाली नदीको बहाव उल्लेख बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जलसहत बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै,  आज कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने पनि महाशाखाले जनाएको छ। कोशी, नारायणी, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको…

    विस्तृतमा पढ्नुस्

  • मोहर्रमको अवसरमा बाँकेका दुई पालिकामा आज सार्वजनिक बिदा

    मोहर्रमको अवसरमा बाँकेका दुई पालिकामा आज सार्वजनिक बिदा

    काठमाडौं : बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएका छन्। जिल्लाको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको हुन्। नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिए । त्यस्तै जानकीका अध्यक्ष छब्बन खाँले सोमबार…

    विस्तृतमा पढ्नुस्

  • डोनाल्ड ट्रम्पको घरमा एफबिआइको छापा  

    डोनाल्ड ट्रम्पको घरमा एफबिआइको छापा  

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर ( मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ। ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा यो कारवाही गरिएको सीएनएनले उल्लेख गरेको छ। ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन्। छापा परेको बेला ट्रम्प न्यूयोर्कस्थि ट्रम्प टावरमा थिए। ट्रम्पले आउने राष्ट्रपति निर्वाचनमा फेरि एकपटक दाबी…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले सिपाघाट-मेलम्ची सडकखण्ड अवरुद्ध

    पहिरोले सिपाघाट-मेलम्ची सडकखण्ड अवरुद्ध

    काठमाडौं : सिन्धुपाल्चोककको सिपाघाट-मेलम्ची सडकखण्ड फेरि अवरुद्ध भएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा यो सडकखण्ड संचालनमा अवरोध भएको हो। जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात संचालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए। वर्षाले…

    विस्तृतमा पढ्नुस्

  • खोटाङको जिल्ला अस्पतालमा संचालनमा आयो अक्सिजन प्लान्ट, ट्रसलाई लिएर विवाद

    खोटाङको जिल्ला अस्पतालमा संचालनमा आयो अक्सिजन प्लान्ट, ट्रसलाई लिएर विवाद

    काठमाडौं : जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट संचालनमा ल्याइएको छ। प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा प्लान्ट स्थापना गरिएको हो। अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिइन्। अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ल्याइएसँगै सिलिण्डरमा अक्सिजन भरेर प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षमा सर्वोच्चको दोस्रो फैसला : चेक अनादर फेरि फौजदारी दायित्व, पीडितलाई के पर्छ फरक? 

    तीन वर्षमा सर्वोच्चको दोस्रो फैसला : चेक अनादर फेरि फौजदारी दायित्व, पीडितलाई के पर्छ फरक? 

    काठमाडौं : २०७६ असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक अनादर मुद्दा बैंकिङ कसुरमा चलाउन नमिल्ने व्याख्या गर्‍यो। लगत्तै प्रहरीले चेक अनादरका उजुरी लिन छाड्यो। तर फैसलामा चित्त नबुझाउँदै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन दर्ता गरेपछि प्रहरीले पुनः उजुरी लिन थाल्यो। चेक अनादरमा पीडित र पीडकबिच मिल्न चाहेमा मिल्ने सक्ने कानुनी व्यवस्था नै छ। त्यही…

    विस्तृतमा पढ्नुस्

  • आज विश्व आदिवासी दिवस, तनहुँका ६ वटा स्थानीय तहमा सार्वजनिक बिदा

    आज विश्व आदिवासी दिवस, तनहुँका ६ वटा स्थानीय तहमा सार्वजनिक बिदा

    काठमाडौं : विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। आज मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ, घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्। ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन्। विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको कुन जिल्लामा कति रोपाइँ सकियो ?

    वाग्मती प्रदेशको कुन जिल्लामा कति रोपाइँ सकियो ?

    काठमाडौं : यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा वाग्मती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ। प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भएता पनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिए। त्यस्तै प्रदेशको ‘अन्नको भण्डार’ का रूपमा चिनिएको चितवन…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची नगरपालिकाले जोखिम अध्ययन गरेर पहिरो प्रभावितलाई स्थानान्तरण गर्ने

    मेलम्ची नगरपालिकाले जोखिम अध्ययन गरेर पहिरो प्रभावितलाई स्थानान्तरण गर्ने

    काठमाडौं : मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधैँ तयार रहेको बताएका हुन्। तामाङले अहिले नगरपालिकाको प्रायः सबै वडाहरुमा पहिरो गइरहेको, नदी तटीय क्षेत्रहरुमा नदीले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको बताए। सोमबार उनले वडा नं…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

    आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

    काठमाडौं : देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्सहित अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकर सोमवार नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ। प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। उनीसँग अफगानिस्तान क्रिकेट टोलीसहित दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी…

    विस्तृतमा पढ्नुस्

  • पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो। आज साँझ ५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश नियुत्ति र बर्खास्त गर्दाको फाइल झिकाउन सर्वोच्चको आदेश

    रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश नियुत्ति र बर्खास्त गर्दाको फाइल झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुत्ति गर्दा र उनलाई बर्खास्त गर्दाको फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमवार शाहलाई नियुत्ति गर्दा र उनलाई बर्खास्त गर्दाको फाइल झिकाउन आदेश दिएको हो। शाहलाई उच्च अदालत बुटवल इजलासको न्यायाधीश रहँदा न्याय परिषद्ले गत असार २४ बर्खास्त गरेको थियो। न्युनतम योग्यताबिना नै शाह न्यायाधीशमा नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • ७ वर्षपछि बन्यो पर्साको तिलावे पुल, बुधवार यातायातमन्त्रीले उद्घाटन गर्ने

    ७ वर्षपछि बन्यो पर्साको तिलावे पुल, बुधवार यातायातमन्त्रीले उद्घाटन गर्ने

    वीरगंज : पर्साको तिलावे पुलको ७ वर्षपछि निर्माण सम्पन्न भएको छ। पर्साको ग्रामिण भेग र सदरमुकाम वीरगंज जोड्ने मुख्य सडकखण्ड भित्रको पुलको रुपमा चिनिने तिलवे पुलको निर्माण पूरा भएको हो। पुलको बुधवार संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्द इस्तियाक राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको पप्पु कन्सट्रक्सन प्रालि वीरगंजका अध्यक्ष सुमित रौनियारले जानकारी दिए। २०७२ जेठ २५ मा पप्पु/लुम्बिनी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा, सेवासुविधा निकासा नहुने

    वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा, सेवासुविधा निकासा नहुने

    वीरगंज : वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा परेका छन्। पटक-पटक ताकेता गर्दा पनि एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै १३ वटा सामूदायिक विद्यालयलाई कालो सूचीमा राखिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए। कालो सूचीमा पर्ने विद्यालयहरुमा त्रिजुद्ध मावि, विद्यापिठ मावि, विश्वहिन्दु संस्कृति आधारभुत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभुत विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव

    नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव

    काठमाडौं: वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। दक्षिण एसियाली देशहरुमा रहेका नदी तथा समुन्द्रलाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप)ले आज आयोजना गरेको कार्यशालामा मन्त्री यादवले नेपालमा प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफू लागि परेको बताए। ‘प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले…

    विस्तृतमा पढ्नुस्

  • अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न गृह मन्त्रालयको निर्देशन

    अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं : गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी सो निर्देशन दिएको हो। अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन पनि मन्त्रालयको निर्देशनमा उल्लेख छ। विभिन्न जिल्लाहरुबाट जारी भएका…

    विस्तृतमा पढ्नुस्

  • गणेश पाण्डे निर्देशित ‘सहायक श्रीमान’ बन्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री

    गणेश पाण्डे निर्देशित ‘सहायक श्रीमान’ बन्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री

    काठमाडौं : बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान’ (को-हजबेन्ड) उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री घोषित भएको छ। अमेरिकाको एटलान्टामा आइतवार सम्पन्न ‘कब इन्टरनेशनल फिल्म फेस्टिभल’मा सो डकुमेन्ट्रीले उत्कृष्ट अवार्ड जितेको हो। कब इन्टरनेशनल फिल्मको आठौँ संस्करण अगस्ट ४ देखि ७ सम्म चलेको थियो। ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट गरिएको आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोले जनाएका…

    विस्तृतमा पढ्नुस्

  • भीमबहादुर तामाङलाई सम्झँदै गगन थापाले भने : अतिवादी र प्रतिगामी कोणबाट जनजाति आन्दोलनलाई जोगाउने जिम्मा काङ्ग्रेसको

    भीमबहादुर तामाङलाई सम्झँदै गगन थापाले भने : अतिवादी र प्रतिगामी कोणबाट जनजाति आन्दोलनलाई जोगाउने जिम्मा काङ्ग्रेसको

    काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आदिवासी जनजाति आन्दोलनलाई अतिवादी र प्रतिगामी कोणबाट जोगाउनुपर्ने बताएका छन्। सोमवार काङ्ग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त भनाई राखेका हुन्। सम्बोधनका क्रममा थापाले आउँदो निर्वाचनमा काङ्ग्रेसले समन्वयकारी बाटो आँगालेर घोषणापत्र बनाउनेसमेत बताए। 'विचार निर्माणको क्रममा जहाँनेर भीमबहादुर तामाङले बाटो देखाउनुभएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell