PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा राष्ट्रपति इनको जोड

    कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा राष्ट्रपति इनको जोड

    सोल : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिएका छन्।  सोमबार कोरियाली उच्च अधिकारीहरुसँगको सामूहिक भेटमा राष्ट्रपति मुनले शान्ति स्थापना आफूहरुको पहिलो प्राथमिकता भएको बताए। दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा हालै सोलमा आयोजित पत्रकार सम्मेलनमा पनि दक्षिण कोरियाली सैन्य प्रमुखले उत्तर कोरियाको हाल जारी आणविक परीक्षण विश्वकै लागि खतरा हुनसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गरेका थिए।  उत्तर…

    विस्तृतमा पढ्नुस्

  • बाढीपीडितलाई माओवादी केन्द्रका सांसदले एक महिनाको तलब दिने

    बाढीपीडितलाई माओवादी केन्द्रका सांसदले एक महिनाको तलब दिने

    काठमाडौँ :  नेकपा माओवादी केन्द्रका सांसदले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब प्रदान गर्ने भएका छन्।  माओवादी केन्द्रको संसदीय बोर्डको पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडित जनतालाई तत्काल सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले प्रभावित क्षेत्रका सांसदलाई तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा गई उद्धार, राहत र स्वस्थ्य उपचारमा जुट्न बैठकले निर्देशन दिएको बताइन्। …

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले भनिन्–स्वास्थ्यकर्मीको मीठो बोली र हँसिलो व्यवहारले बिरामीको आधा रोग निको हुन्छ

    राष्ट्रपतिले भनिन्–स्वास्थ्यकर्मीको मीठो बोली र हँसिलो व्यवहारले बिरामीको आधा रोग निको हुन्छ

    विष्णु नेपाल  काठमाडौँ :  ‘मैले कोशी अञ्चल अस्पतालमा दुई सन्तानलाई जन्म दिएको थिएँ, मलाई अहिले पनि ती दिनका सम्झना आइरहन्छ, आँखा अगाडि ती दिन सजीव छन्। तीता मीठा अनुभव छन् ती दिनका । डा कस्तुरी मल्लले मलाई पहिलो सन्तान जन्माउन चिकित्सकीय सहयोग गर्नुभएको थियो।’  प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले भावुक हुँदै आफ्ना विगतका स्मरणलाई सुनाइन्। प्रसूति तथा नवजात शिशु उपचार…

    विस्तृतमा पढ्नुस्

  • पेन्सको उत्तर अमेरिकी भ्रमणमा भेनेजुयला हावी हुन सक्ने

    पेन्सको उत्तर अमेरिकी भ्रमणमा भेनेजुयला हावी हुन सक्ने

    वासिङटन : अमेरिकी उप–राष्ट्रपति माइक पेन्सको उत्तर अमेरिकाको भ्रमणमा भेनेजुयला तथा संयुक्त राज्य अमेरिकाको बिषयले प्रमुखस्थान पाउने देखिएको छ।  उत्तर अमेरिकी राष्ट्र भेनेजुयलाको प्रतिपक्षीद्वारा विगत केही महिना यता जारी द्वन्द्वलाई लिएर गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाको समस्याको समाधान ‘सैनिक विकल्प’ भएको भनी दिएको प्रतिक्रियालाई लिएर भेनेजुयला तथा छिमेकी मुलुकमा ट्रम्पको भनाईबारे चासो बढेको हो।  उपराष्ट्रपति पेन्सले आफ्नो एकहप्ता लामो…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई २० लाख सहयाेग

    अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई २० लाख सहयाेग

    म्याग्दी : म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि २० लाख सहयोग गरेको छ।  नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया गएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना (अष्ट्रेलिया)ले सो रकम सहयोग गरेको मोना (अष्ट्रेलिया)का अध्यक्ष हरि राम्जालीले जानकारी दिए।  अष्ट्रेलियाको सिड्नीस्थित रकडेलको एभरेष्ट फङसन सेन्टरमा…

    विस्तृतमा पढ्नुस्

  • किन हुँदैन चिया नीति कार्यान्वयन ?

    किन हुँदैन चिया नीति कार्यान्वयन ?

    इलाम : राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन्। चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ।  ‘वि.सं.२०५७ सालमा राष्ट्रिय चिया नीति आएको थियो जसमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पुर्याउने लगायतका बुँदाहरू समेटिका छन्।  नीतिमा किसान तथा उद्यमीलाई प्रोत्साहित गर्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु, सात हजार भन्दा बढी विस्थापित

    बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु, सात हजार भन्दा बढी विस्थापित

    इनरुवा : वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ।  शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्डल र साझोदेवी ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ।  जिल्लाका विभिन्न स्थानमा गरी सात हजार बढी स्थानीय विस्थापित भएका छन्। बाढीबाट झोक्राहा…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारु

    नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारु

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ। सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।  जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो। रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन सुरु गरिएको थियो।  सो सडकखण्डमा शुक्रबार दिउसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

    बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

    बुर्किनाफासो : बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेको छ।  हमलामा परी अरु आठ जना घाइते भएका छन्। आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ। आक्रमणकारीको अवस्थाको बारेमा भने प्रहरीले केही बताएको छैन।  सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन र शान्तिपूर्ण रुपमा रहन प्रहरीले आग्रह गरेको छ। सो…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा दोलखामा प्रहरीद्वारा सातजना पक्राउ

    हत्या अभियोगमा दोलखामा प्रहरीद्वारा सातजना पक्राउ

    चरिकोट : करिब ४ महिनाअघि दोलखाको कालिञ्चोक गाउँपालिका– ७ मा मृत फेला परेका ठक्करबहादुर शिवाकोटीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।  कालिञ्चोक गाउँपालिका–७ साविक सुनखानी गाविस ४ स्थित श्रीमाल सामुदायिक वनमा गत चैत १६ गते शिवाकोटीको शव फेला परेको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनखानी गाविस– ४ का २४ वर्षीय रवीन्द्र…

    विस्तृतमा पढ्नुस्

  • घर भत्किंदा रुपन्देहीमा एक जनाको मृत्यु

    घर भत्किंदा रुपन्देहीमा एक जनाको मृत्यु

    लुम्बिनी : चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ।  मर्चवार क्षेत्र अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिका– १ सिपुवामा माटोको घर भत्किँदा १५ वर्षीय रोसन हरिजनको मृत्यु भएको हो। हरिजनका बाबु फागु हरिजन र आमा शिला हरिजन घाइते भएकाले उनीहरुको भैरहवामा उपचार भइरहेको छ।  लगातारको वर्षाका कारण रुपन्देहीका मर्चवार, लुम्बिनी, धकधई,…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता

    स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता

    नयाँदिल्ली : भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सोमबार भारतीय राजधानी नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।  भारतको राजधानी नयाँदिल्लीमा सोमबार उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन्।  उनीहरुका अनुसार भारतको भोलि मनाइने स्वतन्त्रता दिवसको अघिल्लो दिन हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखी सतर्कता अपनाइएको हो।  नयाँदिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा…

    विस्तृतमा पढ्नुस्

  • कोशी बाँध निरीक्षणपछि सरकारी अधिकारीले भने–बाँध फुट्ने सम्भावना छैन

    इनरुवा : सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाँध तथा स्पर निरीक्षण गरेका छन्।  सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन्।  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरेसहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • गण्डक ब्यारेजका सबै ढोका खोलियो, नारायणीमा पानीको बहाव घट्दै

    गण्डक ब्यारेजका सबै ढोका खोलियो, नारायणीमा पानीको बहाव घट्दै

    नवलपरासी : नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ। आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दै गएको छ।  नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ। आइतबार राति करिब नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भए पनि बिहान झरेर करिब ५ दशमलब ८६ मिटर भएको नवलपरासीका प्रजिअ उदयबहादुर रानामगरले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • महासंघको दुर्घटना बीमाप्रति पत्रकारको आकर्षण किन कम ?

    महासंघको दुर्घटना बीमाप्रति पत्रकारको आकर्षण किन कम ?

    काठमाडौंः नेपाल पत्रकार महासंघले सञ्चालन गरेको ‘पत्रकार दुर्घटना बीमा’मा पत्रकारको आकर्षण देखिएको छैन।  महासंघ र सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना विभागले सञ्चालन गरेको दुर्घटना बीमामा पत्रकारको आकर्षण नबढेको हो। २०७२ सालबाट सञ्चालन भएको दुर्घटना बीमा करिब १० हजार पत्रकारमा अहिलेसम्म एक हजार ७७० जनाले मात्र बीमा गरेको कार्यालय सचिव शेषराज खतिवडाले जानकारी दिए।  महासंघका धेरै पत्रकार आवद्ध भएपनि संख्यात्मक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित सुख्खा बन्दरगाहको काम अघि बढाउन अध्ययन टोली कञ्चनपुरमा

    प्रस्तावित सुख्खा बन्दरगाहको काम अघि बढाउन अध्ययन टोली कञ्चनपुरमा

    कञ्चनपुर : महाकाली नगरपालिका–१० मा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन अध्ययन टोली कञ्चनपुर आइपुगेको छ।  वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सीतारा कन्सल्ट प्रालिको सम्भाव्यता अध्ययन टोलीले आइतबारदेखि अध्ययनको कार्य सुरु गरेको हो।  सम्भाव्यता अध्ययन टोलीका प्रमुख अनिल मरासनीले बन्दरगाह निर्माणका लागि स्थलगत अध्ययनको कार्यलाई अगाडि बढाइएको बताए।  टोलीले प्रस्तावित सुख्खा बन्दरगाहबारे महाकाली नगरपालिकाका जनप्रतिनिधि र…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण, स्वास्थ्यकर्मीको टोली पठाउन माग

    सप्तरीका बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण, स्वास्थ्यकर्मीको टोली पठाउन माग

    राजविराज : सप्तरीमा ६ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएर त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन्।  बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड, ज्वरो, रुघाखोकी श्वासप्रश्वास, जिउ चिलाउने रोग फैलिएको स्थानीयवासीले बताएका छन्।  सप्तरीको राजविराज, हनुमानगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बरसाइन, सकरापुर,…

    विस्तृतमा पढ्नुस्

  • केन्याटा केन्याको राष्ट्रिपतिमा पुनः निर्वाचित, विपक्षीले गरेको प्रदर्शनमा आठजनाको मृत्यु

    केन्याटा केन्याको राष्ट्रिपतिमा पुनः निर्वाचित, विपक्षीले गरेको प्रदर्शनमा आठजनाको मृत्यु

    केन्या : केन्याका राष्ट्रपति उहुरु केन्याटा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले ५४.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रायला ओडिङ्गाले ४४.७ प्रतिशत मत प्राप्त गरेका छन्।  सन् २०१३ देखि राष्ट्रपति रहेका केन्याटाले चुनाव परिणाम घोषणापछि केन्याटाले एकताका लागि आह्वान गरेका छन्। उनले विपक्षी समर्थकहरुलाई भने,‘म तपाइहरूसँगै छु।हामी एउटै गणतन्त्रका नागरिक हौं।’ विपक्षीले परिणाम घोषणा हुनु अघि नै अस्वीकार…

    विस्तृतमा पढ्नुस्

  • प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक समाधान खोज्नुपर्ने बेलायतको भनाइ

    प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक समाधान खोज्नुपर्ने बेलायतको भनाइ

    बेलायत : बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउँदै प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ।  बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भनेका छन्,‘उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ।’  अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा भएका उत्तेजित गतिविधि रोक्ने कुराको प्रत्याभूत गराउन काँधमा काँध मिलाएर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा करिब ६० हजारले मतदाता नामावलीमा नाम दर्ता गराए

    काठमाडौंमा करिब ६० हजारले मतदाता नामावलीमा नाम दर्ता गराए

    काठमाडौँ : सिन्धुपाञ्चोक तातोपानीका जाङ्गु लामाले बबरमहलस्थित क्षेत्रीय निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन केन्द्रमा गई फोटोसहितको मतदान परिचय पत्रमा नाम दर्ता गराए।  पहिलोपटक फोटोसहित नामावलीमा नाम दर्ता गराएपछि उनले अब हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।  काठमाडौँ बस्दै आएकी गोरखा तान्द्राङकी मायादेवी खनालले गोरखामा रहेको आफ्नो मतदाता नामावली यहाँ ‘सारिन्।  जाङ्गु र मायादेवीजस्ता मतदाता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell