PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • पोर्चुगलमा रुखले किचेर ११ जनाको मृत्यु

    पोर्चुगलमा रुखले किचेर ११ जनाको मृत्यु

    पोर्चुगल :  पोर्चुगलको माइरा टापूमा धार्मिक महोत्सव मनाइरहेको ठाउँमा मङ्गलबार रूखले किचेर कम्तीमा ११ जनाको मृत्यु भएको छ।  करिब २०० वर्ष पूरानो भएको विश्वास गरिएको उक्त रूख एक्कासी कार्यक्रमस्थलमा ढल्दा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी घाइते भएका सरकारी टेलिभिजन च्यानल आरटिपीले जनाएको छ।  टापूको दक्षिणी किनारमा अवस्थित एक चर्च नजिकै रहेको रूखमुनि धार्मिक पर्वका अवसरमा रमाइलो मनाइरहेका…

    विस्तृतमा पढ्नुस्

  • कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि चीन र रसियाका बिदेशमन्त्री बीच कुराकानी

    कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि चीन र रसियाका बिदेशमन्त्री बीच कुराकानी

    चीन :  चिनियाँ विदेशमन्त्री वाङ यी तथा रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभबीच कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि फोनवार्ता भएको छ।  उत्तर कोरियाले विगत केही समयदेखि गरेका लगातारका आणविक हतियार तथा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र यसले उब्जाएको विश्व सुरक्षा चासोका बिषयमा दुई मुलुकबीच निकटमा रही सहकार्य हुँदै आएको छ। यसलाई समस्या समाधानको उच्च तहमा भएको कुटनैतिक एवम् शान्तिपूर्ण पहल भनिएको…

    विस्तृतमा पढ्नुस्

  • आज संविधान संशोधन प्रस्ताव पेश हुने, पास होला त?

    आज संविधान संशोधन प्रस्ताव पेश हुने, पास होला त?

    काठमाडौँ : लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।  यसअघि उनले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोबाट पूर्वाञ्चलमा ४६ जनाको मृत्यु, १५ बेपत्ता

    बाढी पहिरोबाट पूर्वाञ्चलमा ४६ जनाको मृत्यु, १५ बेपत्ता

    विराटनगर : पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन्।  आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा ११ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ। त्यस्तै, पहिरोले पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय,…

    विस्तृतमा पढ्नुस्

  • लुक्ला विमानस्थल ८ दिनदेखि अवरुद्ध, पर्यटक परे अलपत्र

    लुक्ला विमानस्थल ८ दिनदेखि अवरुद्ध, पर्यटक परे अलपत्र

    सोलुखुम्बु : पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्।  बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए। उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए।  तारा एयर लुक्लाका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • डुबान प्रभावित क्षेत्रका लागि वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी सुरु

    डुबान प्रभावित क्षेत्रका लागि वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी सुरु

    पर्सा : मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ।  मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगञ्जबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  जिल्लास्थित दैवीकप्रकोप उद्धार समितिले वीरगञ्जबाट संकलन गरेको राहत सामग्रीलाई हेलिकप्टरबाट ढुवानी गरी पर्सा, रौतहट र सर्लाही जिल्लाका बाढीपीडितसम्म…

    विस्तृतमा पढ्नुस्

  • ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

    ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

    हेटौँडा : हेटौँडा–नारायणघाट सडकखण्डको नवलपुरमा ट्याङ्करको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। चितवनको भरतपुर गइरहेकाे ना४ख ४६०७ नम्बरको ट्याङ्करको ठक्करबाट  हेटौँडा उपमहानगरपालिका–११ नवलपुर की ४६ वर्षीया जानुकादेवी खड्काको मृत्यु भएको हो। ठक्कर दिने ट्याङ्कर र चालक हिमाल बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच घम्साघम्सी

    लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच घम्साघम्सी

    श्रीनगर : एक महिना भन्दा लामो समयदेखि विवाद देखिएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुई देशका सेनाबीच सामान्य झडप भएको छ।  उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको खुल्न आएको एकजना भारतीय रक्षा अधिकारीले जानकारी दिएका छन्। तर सो झडप सामान्य भएको र छोटो समयमा नै नियन्त्रणमा आएको पनि ती अधिकारीले जानकारी गराएका छन्।  ती अधिकाका अनुसार चिनियाँ सेनाले उच्च हिमाली क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • बाढीले बगाएर भारत पुर्‍याएको  गैंडा नेपाल ल्याउने तयारी

    चितवन :  बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्याएका दुर्लभ एकसिँगे गैँडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउन गृहकार्य थालिएको छ।  हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन्।  निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंडाको खोजी गर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकी नगरबाट ४२…

    विस्तृतमा पढ्नुस्

  • आयुर्वेदको विकास र विस्तारमा सघाउने चिनियाँ उपप्रधानमन्त्री याङको प्रतिवद्धता

    आयुर्वेदको विकास र विस्तारमा सघाउने चिनियाँ उपप्रधानमन्त्री याङको प्रतिवद्धता

    काठमाडौँ  :  चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्।  कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि आज त्यहाँ पुगेका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  स्वास्थ्य सचिव किरण रेग्मीले नेपाल सरकार संघीयतामा गएपछि सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने लक्ष्य लिएको र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने– व्यावहारिक र रोजगारमूलक शिक्षाको खाँचो

    प्रधानमन्त्रीले भने– व्यावहारिक र रोजगारमूलक शिक्षाको खाँचो

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताएका छन्।  पोखरा विश्वविद्यालयको अठारौँ साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षाको पठनपाठन तथा विस्तारमा जोड दिएमा मात्र विश्वविद्यालयका उद्देश्यहरू हासिल हुने बताए।  प्रधानमन्त्री देउवाले विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको उद्घाटन तथा प्राज्ञिक भवन कम्प्लेक्सको शिलान्यास कुलपतिको हैसियतमा…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयद्वारा सवारी साधन दर्ताबाट २६ करोड रुपैयाँ राजश्व संकलन

    सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयद्वारा सवारी साधन दर्ताबाट २६ करोड रुपैयाँ राजश्व संकलन

    लहान । सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय सिरहाले आर्थिक वर्ष २०७३/७४ मा १३ हजार नयाँ सवारी साधन दर्ता गरेको छ।  सबैभन्दा बढी मोटरसाइकल १० हजार ७८७ वटा, ट्याक्टर एक हजार १८, सिटी रिक्सा ९०८, जिप÷पिकप भ्यान २१६, बस ३१ तथा एम्बुलेन्स २७ वटा दर्ता भएका कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिए ।  नयाँ सवारी साधन दर्ता, नवीकरण र सवारी चालक…

    विस्तृतमा पढ्नुस्

  • गरिबी निवारण कोषबाट कञ्चनपुरका तीन हजार परिवार लाभान्वित

    गरिबी निवारण कोषबाट कञ्चनपुरका तीन हजार परिवार लाभान्वित

     शेरबहादुर सिंह  भीमदत्तनगर : मुक्तकमैया, दलित तथा विपन्न समुदायको आयस्तर उकास्न कञ्चनपुरमा गरिबी निवारण कोषले लागू गरेको कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित भएका छन्।  गरिबी निवारण कोषले एक दशकयता विपन्न समुदायलाई विभिन्न आय तथा रोजगारमूलक कार्यक्रममा हालसम्म चार करोड ८९ लाख रकम अनुदान विभिन्न समूह र सहकारीलाई प्रदान गरिसकेको छ।  कञ्चनपुरमा नेपाल राष्ट्रिय समाजकल्याण सङ्गघ (एनएनएसडब्लूए)मार्फत कोषले यहाँका पाँचवटा नगरपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • सञ्जाल विस्तारमा जोड दिन चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाली व्यवसायीको आग्रह

    सञ्जाल विस्तारमा जोड दिन चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाली व्यवसायीको आग्रह

    काठमाडौँ  :  नेपालका उद्योगी व्यवसायीले नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन आग्रह गरेका छन्।  नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा उद्योग व्यसायीले विशेष गरी नेपालमा लगानी बढाउन र दुई देशबीच सम्बन्ध सञ्जाल विस्तारका लागि आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले जानकारी दिइन्।  सबै क्षेत्रका लागि सञ्जाल महत्वपूर्ण भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले लिए कांग्रेस नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

    प्रधानमन्त्रीले लिए कांग्रेस नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।  आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर प्रधानमन्त्रीले उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिए।  सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले…

    विस्तृतमा पढ्नुस्

  • बाढीबाट बिहारमा ९१ जनाको मृत्यु, करिब एक करोड प्रभावित

    बाढीबाट बिहारमा ९१ जनाको मृत्यु, करिब एक करोड प्रभावित

    नयाँदिल्ली : भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको छ भने करिब ९६ लाख नागरिक प्रभावित भएका छन्।  तीन दिनदेखि बिहारमा जारी वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ। बिहारको राजधानी पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ। ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी छ। जसका कारण जनजीवनमा ठूलो क्षति…

    विस्तृतमा पढ्नुस्

  • हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु 

    काठमाडौँ :  एयरपोर्ट रेस्क्यु एण्ड फायर फाइटिङ (एआरएफएफ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ।  ‘एभिएसन ग्रोथ, च्यालेन्ज एण्ड एआरएफएफ डाएनामिक्स’ भन्ने मूलनाराका एआरएफएफ अमेरिका र नेपाल रेस्क्यु एण्ड फाइटर्स एशोसिएसनद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा सुरक्षित हवाई यातायात सेवाका विषयमा छलफल गरिने छ।  हवाई यातायात सेवालाई सुरक्षित, नियमित, भरपर्दो, विश्वसनीय र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको…

    विस्तृतमा पढ्नुस्

  • गोरखाको बारपाकमा सिजनल फ्लुः एक जनाको मृत्यु, तीनसय भन्दा बढी बिरामी

    गोरखाको बारपाकमा सिजनल फ्लुः एक जनाको मृत्यु, तीनसय भन्दा बढी बिरामी

    गोरखा : गोरखाको बारपाकमा दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ।  साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो। १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ।  बारपाक गाउँमा तीन सयभन्दा बढी स्थानीय बासिन्दा बिरामी छन्। बिरामीमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले…

    विस्तृतमा पढ्नुस्

  • कास्कीका बाढी पीडितलाई ग्यास सिलिन्डर र चुल्हो वितरण

    पोखरा :  कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभान पात्लेका बाढी पीडितलाई आज ग्याससहितको सिलिण्डर र चुल्हो वितरण गरिएको छ ।  रोटरी क्लव अफ न्युरोडले बाढीवाट पीडित १३ घर परिवारलाई एक एकवटा ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए।  कास्कीका प्रमुख जिल्ला अधिकारी ताराप्रसाद अधिकारी, संस्थाका अध्यक्ष प्रेमप्रसाद शर्मा, वडाध्यक्ष गुरुङलगायतले करिब ७१ हजार रुपैयाँ बराबरको राहत वितरण गरेका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राजनीतिक दुर्घटना र बचाउ

    अमेरिकी राजनीतिक दुर्घटना र बचाउ

    जेफ्रे डी स्याक्स  न्यूयोर्क : आफ्नो आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक दुर्घटनाको संघारमा छ। ह्वाइट हाउस सकसमा छ, कांग्रेस प्रभावहीन भएको छ, अनि सारा संसारले भयले हेरिराखेको छ। यदि हामीलाई यो विध्वंसबाट बच्नु र पार पाउनु छ भने यसका श्रोतहरु थाहा पाउनु जरुरी छ।  वासिङ्टन डीसीमा दुई शक्ति केन्द्र छन्–…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell