PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • वाइसिएललाई थप सशक्त र प्रभावकारी बन्न प्रचण्डको निर्देशन

    वाइसिएललाई थप सशक्त र प्रभावकारी बन्न प्रचण्डको निर्देशन

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताएका छन्।  पार्टी सम्बद्ध सहायक संगठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अन्धराष्ट्रवादले निरंकुशतालाई प्रश्रय दिने भएकाले युवाले त्यसको प्रतिवाद गर्नु आवश्यक रहेको बताए ।  अध्यक्ष प्रचण्डले मुलुकमा दुई किसिमका तत्व हावी भएकाले त्यस्तो अतिवादी…

    विस्तृतमा पढ्नुस्

  • मोदी-देउवा टेलिफोन वार्ताः  भारतले नेपालका बाढीपीडितका लागि २५ करोड बराबरको सहयोग गर्ने

    मोदी-देउवा टेलिफोन वार्ताः  भारतले नेपालका बाढीपीडितका लागि २५ करोड बराबरको सहयोग गर्ने

    काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी नेपालमा हालै आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारकातर्फबाट  २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारलाई समवेदना व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले…

    विस्तृतमा पढ्नुस्

  • संविधान सशोधनका विषयमा राप्रपाले भदौ ४ पछि निर्णय गर्ने, विपक्षमा बस्न नेतृत्वलाई दवाव

    संविधान सशोधनका विषयमा राप्रपाले भदौ ४ पछि निर्णय गर्ने, विपक्षमा बस्न नेतृत्वलाई दवाव

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ। परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको राप्रपाले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना बढेको प्रवक्ता भुवन पाठकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। अधिकांश नेताले अहिले पार्टीको एकताका लागि प्रस्तावको विपक्षमा रहन नेतृत्वलाई सुझाएको बताइएको छ। भदौ ४ गते निर्वाचन आयोगले पार्टी विभाजनको विषयमा गर्ने निर्णयपछि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौँ :  नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ।  संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।  न्यूयोर्कस्थित नेपाली नियोगमा दुवै देशका राजदूतले समझदारीपत्रमा हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सैनिक जनरलले भने-उत्तर कोरियासँग शान्तिपूर्ण निकासको सम्भावना छ 

    अमेरिकी सैनिक जनरलले भने-उत्तर कोरियासँग शान्तिपूर्ण निकासको सम्भावना छ 

    चीन :  उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बताएका छन्।  चीन भ्रमणमा रहेका अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने ‘विश्वसनीय तथा व्यवहारिक सैन्य विकल्प’ रहेको बताए। उनले अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना नभएको पनि बताए। अमेरिकाको दक्षिण कोरियासँग भएको संयुक्त सैन्य अभ्यासले चीन तथा उत्तर…

    विस्तृतमा पढ्नुस्

  • डेङ्गुबाट पर्सामा १२ जना प्रभावित, कञ्चनपुरमा एक जनालाई कालाजार भएको पुष्टि

    डेङ्गुबाट पर्सामा १२ जना प्रभावित, कञ्चनपुरमा एक जनालाई कालाजार भएको पुष्टि

    वीरगञ्ज :  पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोका कारण पर्सामा चार महिलासहित १२ जना प्रभावित भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।  प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन् भने पर्सा कटिबलुवाका १८ वर्षीय ज्ञानप्रकाश गुप्ता, सर्लाहीका २७ वर्षीय अर्नुज श्रेष्ठ, वीरगञ्जका…

    विस्तृतमा पढ्नुस्

  • पुनः सर्वेक्षणका लागि १४ जिल्लामा खटिए इञ्जिनियर, सहयोग गर्न प्राधिकरणको आग्रह

    पुनः सर्वेक्षणका लागि १४ जिल्लामा खटिए इञ्जिनियर, सहयोग गर्न प्राधिकरणको आग्रह

    काठमाडौँः भूकम्प अतिप्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम सुरु गरेका छन्।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अतिप्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो।  यसअघि दुई समूह प्रभावित जिल्लामा परिचालन भएर काम सुरु गरिसकेका र तेस्रो समूह आजदेखि काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा परिचालित भएको हो।  इन्जिनियरले प्राधिकरण केन्द्रमा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख साउदको निजी लगानीमा सडक ग्राभेल

    डडेल्धुरा : स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन्।  डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्राभेल गर्ने कार्य सुरु गरेका छन्। सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष्टकर जीवन भोग्न थालेपछि जनताको समस्यालाई मध्यनजर गर्दै उनले निजी लगानीमा ग्राभेल गरेका हुन्।  नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

    बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

    बार्सिलोना : स्पेनको बार्सिलोनामा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ।  हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ भने एक सय जना  घाइते भएका बताइएको छ।  भ्यानबाट भएको आक्रमणमा परी ती नागरिकको ज्यान गएको एकजना स्पेनिस अधिकारीले जानकारी दिएका छन्।  स्पेनका गृहमन्त्री जोकिम फोर्नले घटना आतङ्ककारी नै भएको र यसमा संलग्नहरुको खोजी भइरहेको बताए। बिहीबार अपराह्न पाँच…

    विस्तृतमा पढ्नुस्

  • नेपाल ट्रक यातायात व्यवसायी महासङ्घद्वारा बाढी पहिरोपीडितलाई १५ लाख सहयोग 

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घद्वारा बाढी पहिरोपीडितलाई १५ लाख सहयोग 

    काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले १५ लाख १ हजार १११ प्रदान गरेको छ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी रकम हस्तान्तरण गरेका हुन्।  सो अवसरमा प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पुर्याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताए।  सो अवसरमा महासङ्घका अध्यक्ष रानाभाटले बाढी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको आसन्न भारत भ्रमणः पेट्रोलियम पदार्थसम्बन्धी विषय कार्यसूचीमा

    प्रधानमन्त्रीको आसन्न भारत भ्रमणः पेट्रोलियम पदार्थसम्बन्धी विषय कार्यसूचीमा

    काठमाडौँ :  सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेलको सहज ढुवानी, आपूर्ति तथा पाइप लाइन निर्माण एवं भण्डारणबारे गहन छलफल गर्ने कार्यसूची निर्धारण गरेको छ।  उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले सरकारसँग माग्यो ३३ प्रतिशत समावेशी सहभागिता नहुनुको कारण 

    सर्वोच्चले सरकारसँग माग्यो ३३ प्रतिशत समावेशी सहभागिता नहुनुको कारण 

    काठमाडौँ : सर्वोच्च अदालतले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत समावेशी सहभागिता सुनिश्चितता नहुने कारण देखाउन सरकारका नाममा आदेश दिएको छ।  न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मुलुकमा समावेशी सहभागिता सुनिश्चित हुन नसक्नुको कारणसहित १५ दिनमा लिखित जवाफ दिन आदेश दिएको हो।  सो विषयलाई अदालतले अग्राधिकार दिएर प्राथमिकताका साथ हेर्ने भएको छ। समावेशी र समानुपातिक व्यवस्थालाई नेपालको संविधानको मौलिक हकअन्तर्गत राज्यका सबै निकायमा…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    चितवन:  नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ।  दिउसो इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्नुस्ः प्रधानमन्त्री

    गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्नुस्ः प्रधानमन्त्री

    काठमाडौँ :  गरिबी निवारण कोषले मुलुकभर आफ्नो मातहत रहेका ३२ हजार सामुदायिक संस्थालाई स्थानीय तहमा दर्ता गराएर समन्वयका साथ कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।  कोषका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको कोषको ६८औँ बैठकले आगामी दिनमा कार्यक्रम र स्रोतका उपायलाई विविधीकरण गरेर जाने निर्णय गरेको छ।  कोषले सन् २००४ देखि सामाजिक परिचालन, सामुदायिक संस्था स्थापना, अर्थोपार्जनका लागि चक्रकोष…

    विस्तृतमा पढ्नुस्

  • अब व्यक्तिगत घरायसी लिखत कागज पनि अभिलेखालयमा राखिने

    काठमाडौँ  :  राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ।  अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्रिय महत्व दर्शाउने भएकाले त्यस्ता कागजलाई संकलन गरी संरक्षण गर्नको लागि तयारी गरिएको जानकारी दिए।  जिल्ला–जिल्लामा टोली खटाई अभिलेखालयले त्यस्ता कागज संकलन गर्नेछ। उनका अनुसार लालमोहर लागेका पत्र, पञ्जा छाप र राज्यले कुनै व्यक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • अब नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति बन्ने

    अब नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति बन्ने

    काठमाडौँ :  सरकारले नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति ल्याउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नर्सिङ विभाग प्रमुख प्राध्यापक गोमा निरौला श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।  समितिले केही दिनमा मस्यौदा बनाएर मन्त्रालयमा बुझाउने तयारी गरेको छ। नेपालमा २०१३ सालदेखि नै नर्सिङ शिक्षा सुरु भएको ६१ वर्षे नर्सिङ इतिहासमा अहिलेसम्म कुनै लिखित कानून, ऐन…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा लागूऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ जनाको मृत्यु

    फिलिपिन्समा लागूऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ जनाको मृत्यु

    मनिला:  फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार मध्यराति प्रहरीले लागूऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ जना मारिएका छन्।  फिलिपिन्स सरकारले लागूऔषधविरुद्ध देशभर जारी राखेको कारबाहीका क्रममा बिहीबार पनि २५ जना मारिएका थिए।  यद्यपि फिलिपिन्स प्रहरीले राजधानी मनिलामा कैयौँ स्थानमा लागूऔषधविरुद्ध कारबाही भएको पुष्टि गरेको छ। तर कारबाहीमा परी भएको हताहतको सङ्ख्या दिइएको छैन ।  तीन दिनभित्रमा भएको प्रहरी कारबाहीमा लागूऔषध संदिग्ध ७२ व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनामा घाइते भएका मध्ये २५ जना फ्रान्सेली नागरिक

    बार्सिलोनामा घाइते भएका मध्ये २५ जना फ्रान्सेली नागरिक

    पेरिस : स्पेनको बार्सिलोनामा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन्।  फ्रान्सेली विदेशमन्त्री जेएन भेसले ड्रिआनले २६ जना फ्रान्सेली नागरिक घाइते भएका जानकारी दिएका हुन्। घाइते भएका फ्रान्सेली नागरिकमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिएका छन्।  हमलामा परी १३ जनाको ज्यान जानुका साथै करिब १०० जना गम्भीररुपमा घाइते भएका बताइएको छ। यद्यपि…

    विस्तृतमा पढ्नुस्

  • भारत पाकिस्तान सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान

    भारत पाकिस्तान सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान

    श्रीनगर : भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको छ। दुवै देशका सैनिकले दुवैतर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको जनाइएको छ।  काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो। उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोटिटर टाढा पर्दछ।  सो क्षेत्रमा बुधबार बिहान सबेरै गोली हानाहान सुरु भएको थियो। दुवै देशका सेनाकोतर्फबाट एकले अर्कोलाई…

    विस्तृतमा पढ्नुस्

  • बाढीपहिरोका कारण सियरा लियोनमा करिव ३ सयको मृत्यु, एकहप्ता राष्ट्रिय शोक मनाइने

    बाढीपहिरोका कारण सियरा लियोनमा करिव ३ सयको मृत्यु, एकहप्ता राष्ट्रिय शोक मनाइने

    फ्रिटाउन : राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले सियरा लियोनमा एक हप्ता राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन्।   अबिरल वर्षाका कारण गत सोमबारदेखि देशका धेरै ठाउँमा पहिरो र भू–स्खलनमा परी सयौँको मृत्यु भएको, सैयौँ बेपत्ता भएका र हजारौँ जनता घरबारबिहीन भएका कारण मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रिय शोक घोषणा गरिएको हो। राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा देशभरका सबै कार्यालय तथा विदेशमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell