काठमाडौँ : जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे। नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार याङ नेपाल भ्रमणमा आएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका…
धनुषा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दललाई संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गरेका छन्। जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्ताे समयमा कुनै पनि दलले प्रतिपक्षीको भूमिका निर्वाह नगरी सबै मिलेर बाढीपीडितको उद्धारमा लाग्नुपर्ने बताए। बुधबार बसेको सर्वदलीय बैठकमा पनि आफूले उनीहरुको राहत, उद्धार तथा…
नेपालगञ्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँकेको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गरेका छन्। गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई छ लाखको चेक हस्तान्तरण गरे। सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई दुई लाख दिने निर्णय गरेको छ। साउन २८ गते राति राप्ती नदीमा आएको…
विराटनगर : विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ। साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको थियो। विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन गरिएको छ। करिब २०० को संख्यामा खटिएका नेपाली सेनाको टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेको छ। नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले…
सोल : दक्षिण कोरियाले उत्तर कोरियासँग फेरि वार्ता प्रस्ताव गरेको छ। प्रायः दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका हुन्। उनले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको…
महोत्तरी । महोत्तरीको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको संख्यामा वृद्धि भएपछि बिरामीको उपचार गर्न श्ययाको अभाव भएको छ। उपचार केन्द्रमा दिनहुँ आठदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारको लागि आउने भएपछि उपचार गराउनका लागि श्यया अभाव भएको हो। तीनवटा मात्र श्यया रहेको र बिरामीको संख्यामा वृद्धि भएपछि एक श्ययामा दुईजनासम्म बिरामीलाई राखेर उपचार गराउँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। सर्पले…
दाङ : तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित प्रमुख विपद् व्यवस्थापन कोषमार्फत विभिन्न सङ्घसंस्थाले बाढीपीडितलाई आज राहत वितरण गरेका छन्। एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने उद्देश्यले गठित कोषले तुलसीपुर–१३ रनियापुर, अम्वापुर र दमारगाउँका ४२ घर बाढीपीडितलाई सिरक, तन्ना, पी फर्म, झुललगायतका सामग्री वितरण गरेको हो। यसैबीच, जिल्लास्थित महिला मानवअधिकार रक्षक सञ्जालले बाढीपीडित गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित आवास, पोषण, लत्ताकपडा, औषधि उपचार…
काठमाडौँ : काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु भएको छ। प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास क्षेत्रका भक्तजनको घुईँचो लागेको छ। बिहानै बाघभैरवको मूर्तिलाई नजिकैको पोखरीमा विधि पूर्वक स्नान गराएर मन्दिरमा तीनपटक परिक्रमा गराइएको थियो। कीर्तिपुरको वडा नं १ मा पर्ने उक्त क्षेत्रमा परापूर्वकालदेखि नै हुँदै आएको जनविश्वास छ। …
काराकस : दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको छ। जेलमा रहेका कैदी र प्रहरीबीच भएको झडपमा १४ जना प्रहरी अधिकारी पनि घाइते भएका भेनेजुएलाको महान्यायधिवक्ता जानकारी दिएको छ। अमेजोन राज्यका गभर्नर लिबोरियो गुआरुल्लाले पुइर्टो आयाचुचो सहरमा भएको स घटनाको पुष्टि गरेका छन्। घटना के कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाइएको…
हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आजदेखि हेटौँडामा सुरु भएको छ । भदौ ४ गतेसम्म चल्ने बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले…
हरि बास्तोला पोखरा : बाँसको खम्बा, भाटा र फलामे तारले कसेर र प्लास्टिक ओढाएर बनाइएको टनेल प्रणालीमा तरकारी खेती गर्दै आएका कास्कीका कृषक यतिखेर भने हाई टेक (हरितगृह प्रविधि) अपनाउन लालायित छन्। यो जिआई पाइप राखेर बनाइने तापमान अनुकूलित अत्याधुनिक प्रविधि हो। नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुपरजोन (तरकारी) अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाको विभिन्न पाँच…
बाँके : बाँकेका बाढी प्रभावित क्षेत्रहरुमा भाइरल रोगको प्रकोप देखा परेको छ। राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण फैलिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरेको जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले जानकारी दिए। उनका अनुसार स्थानीय तहअन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा आठवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। राप्ती नदी…
रुकुम : रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय भन्दा बढी गाउँले बिरामी परेका छन्। एक सातायता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन्। टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिइन्। बिरामीको अवस्था चिन्ताजनक रहेको छ। स्यालाखदी स्वास्थ्य चौकीमा सामान्य औषधिसमेत नरहेको बुढाथोकीले बताइन्। हालसम्म…
पोखरा : पोखरा बस व्यवसायी समितिले पोखरा नगर क्षेत्रभित्र सञ्चालन भइरहेका नगरबसमा जिपिएस (सोलुसन) प्रणाली जडान गरेको छ। नगर क्षेत्रमा गुडिरहेका नगरबसको अवस्थाका बारेमा समितिको कार्यालयबाटै जानकारी होस् भन्ने उद्देश्यले उक्त प्रणाली लागू गरिएको समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए। कहिलेकाहीँ कर्मचारीको बदमासीले तोकिएको रुटमा बस नचली अन्यत्रै चल्ने, यात्रु कम भए भनेर बीचबाटोबाटै फर्काउने, नगरबसको गति सहरी क्षेत्रभित्र ४०…
भक्तपुर : भक्तपुरमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा सुरु भएको छ। सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका जिल्ला प्रबन्धक श्रीकृष्ण प्रजापतिले असार १ गतेदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आजदेखि स्वास्थ्य सेवा सुरु भएको जानकारी दिए। भक्तपुर जिल्लामा हालसम्म तीन हजार ३४५ परिवारका १३ हजार ४७० जनाले स्वास्थ्य बीमा गराएका र त्यसबाट ७६ लाख ३२…
रमेश लम्साल काठमाडौँ : विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब सात अर्ब घाटा कम गरेर ९७ करोड ८९ लाखमा सीमित गरेको छ। व्यवस्थापकीय सुधार, चुहावट नियन्त्रण तथा प्राविधिक सुधारका कारण घाटा रकम उल्लेख्यरुपमा घट्न सफल भएको हो। प्राधिकरणको ३२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार आर्थिक वर्ष २०७३/७४ मा कूल आय…
संयुक्त राष्ट्रसंघ : सुडानका शरणार्थीको समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघले सबैसँग आग्रह गरेको छ। सुडानमा प्रायः सबैजसो दक्षिण सुडानी शरणार्थी रहेका छन्। दक्षिण सुडान र अन्यत्रका गरी त्यहाँ कम्तीमा पनि ६ लाख शरणार्थी रहेको तथ्याङ्क यसअघि नै सार्वजनिक भएको थियो। ती शरणार्थीको समस्याबारे अध्ययन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी आयोगका प्रमुखले हालैमात्र सुडानको भ्रमण गरेका थिए। सुडान भ्रमणका क्रममा आफूले यहाँका शरणार्थीको…
इटहरी : अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि यहाँ तरकारीको मूल्य आकाशिएको छ। सडक विभागको लापरबाहीका कारण निसाने खोला नजिक २०७२ साल असोजमा मर्मत नहुँदा हालैको वर्षाले पुनः २० मिटर पक्की सडक भत्किएपछि यातायात अवरुद्ध बनेको हो। साउन २७ गतेदेखि अवरुद्ध बनेको धरान–धनकुटा सडक बुधबारदेखि सडक विभागले वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याएको छ। …
धनुषा : बाढीले धनुषामा २५ करोड रुपैयाँ भन्दा बढीको माछा बगाएको छ। बाढीले माछा बगाएपछि किसान मारमा परेका छन्। जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन्। जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ। मत्स्य विकास तथा तालिम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार…
काठमाडौँ : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आर्थिक वर्ष २०७३/२०७४ मा पुँजीगत बजेटको ७८.३१ प्रतिशत खर्च गरेको छ । गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगत बजेट २७ अर्ब ९० करोड ३४ लाख ४२ हजार तोकिएकामा २१ अर्ब ८५ करोड १३ लाख ६९ हजार खर्च भएको बिहीबार आयोजित वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा जनाइएको छ। आर्थिक…