PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • यसरी पक्राउ परे बैंकिङ कसूरका ११ अाराेपी

    यसरी पक्राउ परे बैंकिङ कसूरका ११ अाराेपी

    काठमाडौँ  : नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने/दिने कार्य गरी बैंकलाई १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पुर्याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंकमा कार्यरत पाँच कर्मचारी र छ जना ऋणीलाई पक्राउ गरेको हो। उनीहरुलाई भदौ २ गते पक्राउ गरी इप्रका धरानमार्फत उच्च अदालत विराटनगरबाट सात दिनको म्याद…

    विस्तृतमा पढ्नुस्

  •  अज्ञात रोगबाट नाइजेरियामा ५० जनाको मृत्यु

     अज्ञात रोगबाट नाइजेरियामा ५० जनाको मृत्यु

    नाइजेरिया :  नाइजेरियामा द्रूत गतिमा फैलिने ‘अनौठो रोग’ का कारण दर्जनौँ नागरिकको मृत्यु भएपछि रोगको बिषयमा अनुसन्धान सुरु गरिएको अधिकारीले जनाएका छन्।  सुरुमा पखाला, रगतसहित वान्ता, उच्च ज्वरो जस्ता लक्षणका कारण विरामी पर्ने यसै समस्याका कारण विरामीमा अत्यन्त कमजोरी देखिने र दुई चार दिनभित्र ज्यानै गुमाउने समस्याले तीन हप्तामा ५० जनाको मृत्यु भएको छ। शुक्रबारसम्म रोगका कारण मृत्यु हुनेको सङ्ख्या…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा पुरिएर कङ्गोमा एक सय भन्दा बढीको मृत्यु

    पहिरोमा पुरिएर कङ्गोमा एक सय भन्दा बढीको मृत्यु

    कङगो :  कंगोमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या एक सय नाघेको छ। स्थानीय तोरा भन्ने ठाउँमा गएको पहिरोका कारण बिहीबार ४० जनाको मात्रै मृत्यु भएको र अरू एक सय जना हराइरहेको खवर सार्वजनिक भएको थियो।  कंगोको उत्तरपूर्बी क्षेत्रमा पर्ने इटुरी प्रान्तको लेक अल्बर्ट नजिकै भएको घटनामा परी मृत्यु हुनेहरूको संख्या अझ बढ्नसक्ने सरकारी अधिकारीले बताएका छन्।  अहिलेसम्म मृत्यु हुनेहरुको सङ्ख्या एक…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन, आज यती र सौर्य एयरलायन्सले उडान भर्ने

    विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन, आज यती र सौर्य एयरलायन्सले उडान भर्ने

    मोरङ :  बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल शनिबारदेखि आंशिक रुपमा सञ्चालन भएको छ।  धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले जानकारी दिए।  सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाद्वारा ५० करोड डलरको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत, सेप्टेम्बरमा हस्ताक्षर हुने

    अमेरिकाद्वारा ५० करोड डलरको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत, सेप्टेम्बरमा हस्ताक्षर हुने

    काठमाडौँ  :  अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ।  कम्प्याक्ट कार्यक्रम एमसिसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो। एमसिसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अमेरिकी कंग्रेसद्वारा समीक्षा हुन बाँकी कम्प्याक्ट कार्यक्रममा दुवै सरकारले सेप्टेम्बरमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीको लोहारपट्टीस्थित कपडा पसलमा आगलागी, २० लाख बराबरको क्षति

    महोत्तरीको लोहारपट्टीस्थित कपडा पसलमा आगलागी, २० लाख बराबरको क्षति

    गौशाला :  महोत्तरीको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।  लोहारपट्टी गाउँपालिका– २ महदैया बजारमा रहेको आयुष रेडिमेड एण्ड कस्मेटिक पसलमा आज बिहान ५ बजे आगलागी हुँदा पसलभित्र रहेका कपडा र शृंगारको सामानसहित २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।  धनुषाको लवटोली गाउँपालिका– ३ घर भई…

    विस्तृतमा पढ्नुस्

  • भूमिसुधार कार्यालय दाङ पाँच महिनादेखि प्रमुख विहीन

    दाङ : जिल्ला भूमिसुधार कार्यालय दाङमा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ। भूमिसुधार अधिकारी टीकाराम ढकाल चैत १३ गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन बनेको हो। सरुवा भएको पाँच महिना पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या आएको छ।  प्रमुखको जिम्मेवारी निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पोख्रेलले सम्हाल्दै आएका छन् । तर उनले आफूलाई अधिकार नदिएका कारण अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतोले भने-निर्वाचनको सकारात्मक वातावरण बन्दैछ

    राजेन्द्र महतोले भने-निर्वाचनको सकारात्मक वातावरण बन्दैछ

    धनुषाः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन्।  धनुषामा पत्रकारहरुसँग कुरा गर्दै महतोले मधेसका समस्या समाधानका लागि भदौ ५ गते व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधनका पक्षमा मतदान गर्न सवै दललाई आग्रह गरे। उनले मधेसका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि २६ अर्बको माग गरेकामा सरकारले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघका महासचिवले भने-सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षागरौँ

    राष्ट्रसंघका महासचिवले भने-सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षागरौँ

    संयुक्त राष्टसंघ :  संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन्।  अन्तर्राष्टिय मानवता दिवसको अवसरमा सन्देश दिंदै महासचिव गुटेरेशले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो भएको बताए। युद्धसँग प्रत्यक्ष रुपमा संलग्न नभएका र युद्धपछि पनि त्यसका प्रभावितहरुलाई सहायता बाँड्न जाने गरेका…

    विस्तृतमा पढ्नुस्

  • आज किन मौसममा फेरबदल ? यस्तो छ कारण 

    आज किन मौसममा फेरबदल ? यस्तो छ कारण 

    काठमाडौँः मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मनसुनी न्यूनचापीय रेखा नेपालबाट विस्तारै सर्दै गरेको र मध्य भेगमा न्यूनचापीय क्षेत्रको विकासले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिए।  उनकाअनुसार भारतको उडिसा राज्य र उत्तर–पश्चिम बंगालको खाडी…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनपछि केन्यामा किन अस्थिरता ?

    निर्वाचनपछि केन्यामा किन अस्थिरता ?

     जीवन भण्डारी  काठमाडौँ :  निर्वाचन स्थिरताका लागि गरिन्छ। कुनै राजनीतिक अस्थिरता छ भने पनि निर्वाचनको जनमतले त्यसको व्यवस्थापन गरिन्छ र यस समय अल्पमतले स्वीकार्नुपर्ने प्रजातान्त्रिक नियम नै छ। त्यसको पालनाले कुनै देशको राजनीतिक र द्वन्द्व समाधान पनि हुन्छ।  पूर्वी अफ्रिकाको धनी देशका रुपमा रहेको केन्यामा भने त्यसो भएन। निर्वाचन कस्तो भयो, अर्थात् प्रजातन्त्रको स्थापित मूल्य र मान्यता बमोजिम नै भयो…

    विस्तृतमा पढ्नुस्

  • इलाममा करिब ५ अर्बको दूध उत्पादन, ५५ हजारभन्दा बढी किसान व्यावसायिक गाई भैँसीपालनमा

    इलाममा करिब ५ अर्बको दूध उत्पादन, ५५ हजारभन्दा बढी किसान व्यावसायिक गाई भैँसीपालनमा

    इलाम :  दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ।  अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मेट्रिकटन दूध उत्पादन भएकोमा गतवर्ष २०७३/०७४ मा एक लाख २३ हजार ७४० मेट्रिकटन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ। व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध…

    विस्तृतमा पढ्नुस्

  • ‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

    ‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

    शुरबहादुर सिंह  जुम्ला :  जुम्लाका ग्रामीण क्षेत्रका आमाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन्। तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्दै गएको छ।  ‘सुनौला हजार दिन’ सञ्चार अभियान, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथ सञ्चार केन्द्रले विभिन्न बैठक भेलामा दिएको ज्ञानका…

    विस्तृतमा पढ्नुस्

  • जलविद्युत् आयोजनालाई वनको जग्गा प्रयोगमा होला त सहज ?

    जलविद्युत् आयोजनालाई वनको जग्गा प्रयोगमा होला त सहज ?

    रमेश लम्साल  काठमाडौँ : जलविद्युत् आयोजनाका प्रवद्र्धकले वन मन्त्रालयका कारण खेप्दै आएको हैरानी अब भने केही सहज हुने भएको छ। सरकारले जलविद्युत् आयोजना र प्रसारण लाइनलाई राष्ट्रिय प्राथमिकतामा राखी सोहीअनुसार आवश्यक निर्णय गर्ने व्यवस्था गरेपछि वन क्षेत्रको जग्गा प्राप्तिका कारण रोकिएका आयोजना सहज रुपमा अगाडि बढ्ने भएका हुन्।  नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले निर्माण गरिरहेका, निर्माणमा जाने क्रममा रहेका अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • झलनाथ खनालकाे आग्रहः भारतमा पक्राउ परेका नेपाली युवालाई तत्काल रिहा गरियोस्

    झलनाथ खनालकाे आग्रहः भारतमा पक्राउ परेका नेपाली युवालाई तत्काल रिहा गरियोस्

    इलाम :  नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले भारतमा पक्राउ परेका नेपाली युवाको तत्काल रिहाइको माग गरेका छन्। आमाको उपचारका लागि भारत गएका इलामको सूर्योदय नगरपालिका १० का २७ वर्षीय उदयहाङ फागोलाई तत्काल रिहा गर्न भारत सरकारसँग माग गरेका हुन्। खनालले फागोको रिहाइका लागि पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग टेलिफोनमा कुरा गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् दिपङ्कर बुद्धको प्रतिमा नगर परिक्रमा 

    फोटोमा हेर्नुस् दिपङ्कर बुद्धको प्रतिमा नगर परिक्रमा 

    भक्तपुर:  बौद्ध धर्मावलम्बीले भाद्र कृष्ण त्रयोदशीका दिनमा मनाउने पञ्चदानका अवसरमा दिपङ्कर बुद्धको प्रतिमालाई नगर परिक्रमा गराउँदै । तस्बीरः रमेश गिरी,  रासस  

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुको सुझावः भारत भ्रमणमा सीमाका बाँधकाबारेमा कुरा उठाउनुस्

    प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुको सुझावः भारत भ्रमणमा सीमाका बाँधकाबारेमा कुरा उठाउनुस्

    काठमाडौँ  : प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श गरेका छन्। प्रधानमन्त्री देउवाले  बालुवाटारमा शनिबार पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे छलफल गरेका हुन्।  नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई ध्यानमा राख्दै नेपाल र भारतबीच भएका ज्वलन्त समस्यामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए।  खनालले भने,‘अहिलेको…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा हिन्दु राष्ट्र पुनःस्थापनाको विषय समावेश गर्न राप्रपाको माग

     संविधान संशोधनमा हिन्दु राष्ट्र पुनःस्थापनाको विषय समावेश गर्न राप्रपाको माग

    हेटौँडा :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनसम्बन्धी विधेयकमा संसद्मा आइतबारदेखि हुने बहसमा हिन्दु राष्ट्र पुनःस्थापनाको विषय पनि प्रवेश गराउन माग गरेका छन्।  शनिबार हेटौंडामा अयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले वर्तमान सरकार मधेस समस्या समाधानमा उदासीन रहेको, भ्रष्टाचार बढाउँदै लगेको तथा आत्मसमर्पणवादी हुँदै गइरहेको आरोप लगाए।  अध्यक्ष थापाले राप्रपाले यही भदौदेखि आगामी कात्तिकसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने र…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशचन्द्र लोहनी चढेको गाडीलाई ट्रकले ठक्कर दियो

    प्रकाशचन्द्र लोहनी चढेको गाडीलाई ट्रकले ठक्कर दियो

    काठमाडौँ : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी आज घाइते भएका छन्।  नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जाने क्रममा उनको सवारी साधनलाई चावहिलमा भाडाको ट्रकले पछाडिबाट ठक्कर दिएको पार्टीका प्रचार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिए।  अध्यक्ष लोहनीले घुँडामा चोट लागेका कारण धुम्रबाराहीस्थित निवासमा आराम गरिरहेका छन्। प्रहरीले उनी सवार कारलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट उद्वार गरी ल्याइएको गैँडा छाडियो निकुञ्जमा 

    भारतबाट उद्वार गरी ल्याइएको गैँडा छाडियो निकुञ्जमा 

    चितवन:  भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैँंडालाई शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ।  केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पुर्याएको गैँडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी शाखा कार्यालय नजिकैबाट निकुञ्जमा छाडिएको हो।  अन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडालाई बाढीले नेपाल भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमापर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारेर ल्याइएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell