PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • बाढी पहिरोमा मृत्यु भएकाका परिवारलाई ५ लाख दिन एमालेको माग

    बाढी पहिरोमा मृत्यु भएकाका परिवारलाई ५ लाख दिन एमालेको माग

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मासहितको टोलीले भेट गरी हालैको बाढी पहिरोमा परी निधन भएका प्रतिपरिवारलाई पाँच लाख दिन माग गरेको छ।  अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति सरकार गम्भीर हुनुपर्ने र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुनुपर्ने भन्दै एमालेले सरकारलाई प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको हो।  एमाले अध्यक्ष ओलीले दक्षिणी छिमेकी भारतको…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जा क्षेत्र सुधारका लागि उर्जामन्त्रीले गरे ३४ बुँदे श्वेतपत्र सार्वजनिक, यस्ता छन् योजना

    ऊर्जा क्षेत्र सुधारका लागि उर्जामन्त्रीले गरे ३४ बुँदे श्वेतपत्र सार्वजनिक, यस्ता छन् योजना

    काठमाडौँ : ‘जलस्रोतको उपयोग गरौँ, राष्ट्रलाई समृद्ध बनाऔं’ भन्ने नाराका साथ ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ३४ बुँदे श्वेतपत्र सार्वजनिक गरेका छन्।  ऊर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहीले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि मन्त्रालयले अगाडि बढाउन लागेको नीति तथा कार्यक्रम  सार्वजनिक गरेका हुन्।  ऊर्जा संकटलाई सधैँका लागि अन्त्य गर्न सरकारले तत्काल अवलम्बन गर्नुपर्ने कदम पहिचान गरी कार्यान्वयन गर्ने, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा सघाउन सवै दललाई प्रधानमन्त्रीको आग्रह

    संविधान संशोधनमा सघाउन सवै दललाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आज प्रस्तुत भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न संसद्मा प्रतिनिधित्व गर्ने दललाई आग्रह गरेका छन्।  बुधबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह गरेका हुन्।  बैठकमा संशोधनको पक्ष र विपक्षमा दलले आआफ्नो धारणा राखेका थिए। बैठकमा प्रधानमन्त्रीले बाढीपीडितको राहत तथा उद्धारमा सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउँदै त्यसमा सबै दलको समन्वय…

    विस्तृतमा पढ्नुस्

  • चीनले नेपालका बाढीपीडितका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने

    चीनले नेपालका बाढीपीडितका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने

    काठमाडौँ : चीन सरकारले बाढीपहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।  नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन्। द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन्। वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक…

    विस्तृतमा पढ्नुस्

  • फर्किए ६ लाख सिरियाली शरणार्थी आफ्नै घर

    फर्किए ६ लाख सिरियाली शरणार्थी आफ्नै घर

    जेनेभा :  द्वन्द्वका कारण विस्थापित भएका छ लाखभन्दा बढी सिरियाली नागरिक अहिले आफ्नो घर फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) ले जनाएको छ।  सन् २०१७ को सुरुवात देखि अहिले सम्म घर फर्किने मध्ये एलेप्पोका धेरैजना रहेको आइओएमले उल्लेख गरेको छ। जनवरीदेखि जुलाईको अन्त्य सम्ममा छ लाख दुई हजार सात सय ५९ जना आफ्नै घर फर्किएको आइओएमको तथ्याङ्क रहेको वक्तव्यमार्फत् जानकारी गराइएको छ। …

    विस्तृतमा पढ्नुस्

  • मोरङको पथरी शनिश्चरेमा बस दुर्घटना, एक बालिकाको मृत्यु

    मोरङको पथरी शनिश्चरेमा बस दुर्घटना, एक बालिकाको मृत्यु

    मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।  बिहान ८ बजे पूर्वबाट पश्चिम गइरहेको मे ३ प ६७५५ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को १ ख २७५२ नम्बरको बस पथरीशनिश्चरे–१० जिरीखिम्तीको डाँस खोलामा पल्टिँदा उर्लाबारी–१ बस्ने नरेन्द्र श्रेष्ठकी पाँच वर्षीया छोरी नदीना श्रेष्ठको मृत्यु भएको हो।  दुर्घटनामा तीनजना यात्रु…

    विस्तृतमा पढ्नुस्

  • चीनको सहयोगमा नौतले दरबार पुनः निर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्री वाङले गरे शुभारम्भ

    चीनको सहयोगमा नौतले दरबार पुनः निर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्री वाङले गरे शुभारम्भ

    काठमाडौँ :  विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण सुरु भएको छ।  विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको दरबार दुईवर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो।  उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहेका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले वसन्तपुर दरबारमा मंगलबार आयोजित कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी शिक्षकले परीक्षामा भाग नलिने, परीक्षा केन्द्रमा तालाबन्दी गर्ने चेतावनी

    काठमाडौँ : अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ।  समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको जानकारी दिए। गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न…

    विस्तृतमा पढ्नुस्

  • आज भारतको ७० औं स्वतन्त्रता दिवस, विरोधी शक्तिकाविरुद्ध लड्न भारत सक्षम रहेको प्रधानमन्त्री मोदीको भनाइ

    आज भारतको ७० औं स्वतन्त्रता दिवस, विरोधी शक्तिकाविरुद्ध लड्न भारत सक्षम रहेको प्रधानमन्त्री मोदीको भनाइ

    नयाँदिल्ली :  भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार ७० औँ स्वतन्त्रता दिवस मनाइएको छ।  स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन्। स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका थिए।  उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा भएको बताए। उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित रहेको बताए।  मोदीले भारतको…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको भावी रणनीति तय गर्न राप्रपाले बोलायो भदौ १ गते हेटौंडामा केन्द्रीय समिति बैठक

    पार्टीको भावी रणनीति तय गर्न राप्रपाले बोलायो भदौ १ गते हेटौंडामा केन्द्रीय समिति बैठक

    काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आगामी भदौ १ गते बोलाएको छ।  पार्टी विभाजन तथा सरकारलाई दिएको समर्थन फिर्तापछि भावी राजनीतिक कार्यक्रमका लागि आवश्यक रणनीति तयार गर्ने उद्देश्यले बैठक यस पटक हेटौँडामा बस्न लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिए।  साउन ४ देखि ७ गतेसम्म काठमाडौँमा भएको केन्द्रीय समितिको बैठक पार्टी विभाजनपछि आकस्मिक रुपमा बोलाइएको हो। पार्टीका रिक्त…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीका विद्यालय दुई दिनका लागि बन्द

    महोत्तरीका विद्यालय दुई दिनका लागि बन्द

    महोत्तरी :  गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।  जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका सवै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको विद्यालय निरीक्षक अरुणशङ्कर पाठकले जानकारी दिए। रासस   

    विस्तृतमा पढ्नुस्

  • बबई नदीमा दुईजनाको शव फेला

    बबई नदीमा दुईजनाको शव फेला

    दाङ : दाङको तुलसीपुर–१३ शीतलपुर नजिक बबई नदीमा एक जनाको शव फेला परेको छ।  आज बिहान स्थानीयले नदी किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ।  त्यस्तै, दंगीशरण गाउँपालिका–६ स्थित बबई नदी किनारामा पनि एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।  दुवै शवको पहिचान खुल्न सकेको छैन। बबई नदीले बगाएर त्यहाँ शव ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • बाढीका कारण ठाउँ नपाएर महोत्तरीमा चौधरी परिवारले गर्‍यो बाबुको आँगनमै दाहसंस्कार

    बाढीका कारण ठाउँ नपाएर महोत्तरीमा चौधरी परिवारले गर्‍यो बाबुको आँगनमै दाहसंस्कार

    गौशाला : महोत्तरीको जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ।  जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन्।  गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए।  बाढीका कारण घरबाटसमेत निस्कने अवस्था नरहेको र गाउँको कुनै…

    विस्तृतमा पढ्नुस्

  • मालीस्थित राष्ट्र संघीय मिसनहरुमा भएको आक्रमणको सुरक्षा परिषदद्वारा निन्दा

    मालीस्थित राष्ट्र संघीय मिसनहरुमा भएको आक्रमणको सुरक्षा परिषदद्वारा निन्दा

    संयुक्त राष्ट्र संघ :  मालीमा रहेको संयुक्त राष्ट्र संघीय मिसनमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का सदस्यहरुले कडा शब्दमा निन्दा गरेका छन्।  आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको थियो। सुरक्षा परिषद्का सदस्यले माली सरकारलाई यस आक्रमणको तत्काल अनुसन्धान सुरु गर्न र अपराधीलाई सजाय दिलाउनुपर्ने उल्लेख गर्दै विज्ञप्ति प्रकाशित गरेका छन्।  मालीमा अन्तरराष्ट्रिय कानूनको विपरित बारम्बार शान्ति सेनालक्षित…

    विस्तृतमा पढ्नुस्

  • आगलागीबाट १३ लाख बराबरको क्षति

    आगलागीबाट १३ लाख बराबरको क्षति

    बनेपा : काभ्रेको बनेपा–८ स्थित करुणामार्गमा रहेको एउटा होटेलमा आज ग्यास चुहिएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।  घरधनी जुजुभाइ पोटेको घरमा रहेको इन्द्रेणी खाजा घरमा लागेको आगो घरसँग जोडिएको सम्झना कनेक्सन र न्यू फेन्सी टेलरमासमेत लागेपछि दुवै पसलमा रहेका लुगाहरु जलेर करिब चार लाख ५० हजारको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।  त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले चिनियाँ प्रतिनिधिमण्डललाई भन्यो– नेपालमा लगानी बढाउनुस्

    माओवादी केन्द्रले चिनियाँ प्रतिनिधिमण्डललाई भन्यो– नेपालमा लगानी बढाउनुस्

    काठमाडौँ :  नेकपा माओवादी केन्द्रले नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग मंगलबार करिब एक घण्टा भएको भेटवार्तामा माओवादी केन्द्रले लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको हो ।  नेपालको विकासका लागि विभिन्न मुलुकको सहयोग भइरहेको सन्दर्भमा चिनियाँ लगानी र प्रविधि मुलुकका लागि अत्यावश्यक…

    विस्तृतमा पढ्नुस्

  • उद्धार र राहत वितरणमा सरकारले ढिलासुस्ती गरेको झलनाथ खनालको आरोप

    उद्धार र राहत वितरणमा सरकारले ढिलासुस्ती गरेको झलनाथ खनालको आरोप

    सुर्खेत : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप लगाएका छन्।  प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा खनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदासमेत सरकारले युद्धस्तरमा काम नगरेको आरोप लगाए।  उनले नेपाल–भारत सीमा नदीमा भारतले बनाएको बाँधले तराई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण, राहत वितरणमा कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन 

    प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण, राहत वितरणमा कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन 

    इटहरी : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिएपछि प्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मालगायत सहभागी थिए। प्रधानमन्त्रीसहितको टोली…

    विस्तृतमा पढ्नुस्

  •  १७ प्रतिशत ग्राहक थप गर्ने नेपाल टेलिकमको यस्तो छ योजना

     १७ प्रतिशत ग्राहक थप गर्ने नेपाल टेलिकमको यस्तो छ योजना

    काठमाडौँ :  मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ।  उपभोक्ताको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रममार्फत टेलिकमले आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ। कम्पनीको सेवा…

    विस्तृतमा पढ्नुस्

  • एमालेको संगठन सुदृढीकरण अभियान सुरु, अराजकताको सिलसिला चले दुर्भाग्यपूर्ण हुने पोखरेलको चेतावनी

    एमालेको संगठन सुदृढीकरण अभियान सुरु, अराजकताको सिलसिला चले दुर्भाग्यपूर्ण हुने पोखरेलको चेतावनी

    काठमाडौँ :  नेकपा एमाले, काठमाडौँ जिल्ला कमिटीले आजदेखि संगठन सुदृढीकरण तथा जन परिचालन अभियान २०७४ सुरु गरेको छ।  प्रदेशसभा र संघीय संसद्को आसन्न निर्वाचनलाई लक्ष्य गरी सुरु  गरिएको अभियानअन्तर्गत कार्यकर्ता र जनस्तरमा केन्द्रीय तहका नेता तथा जनसंगठनका कार्यकर्ता पुगेर विविध कार्यक्रम गरिनेछ। दुई महिने अभियान आगामी असोज ७ गतेसम्म सञ्चालन हुनेछ।  स्थानीय तह निर्वाचनमा जिल्लामा महानगरपालिका प्रमुखसहित करिब ६५ प्रतिशत स्थानमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell