PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • प्रधानमन्त्री निवास घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप

    प्रधानमन्त्री निवास घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप

    काठमाडौं: लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका छन्। आरक्षण बचाउ आन्दोलनको नेतृत्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ।  आज बालुवाटार घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप भएको थियो। केही समय अवस्था असामान्य भएपनि हाल भने प्रदर्शनकारीहरु सडकमै बसेर धर्ना दिइरहेका छन्।  लोकसेवा आयोगले संघीयताको मुल…

    विस्तृतमा पढ्नुस्

  • अनिवार्य प्यान र भ्याटमा लैजाने निर्णयको विरोधमा असन बजार बन्दः हेर्नुहोस् तस्बिरमा

    अनिवार्य प्यान र भ्याटमा लैजाने निर्णयको विरोधमा असन बजार बन्दः हेर्नुहोस् तस्बिरमा

    सरकारले आर्थिक कारोबारलाई अनिवार्य रुपमा प्यान र भ्याटमा लैजाने निर्णयको विरोधमा असन बजार बन्द गरिएको छ। आज बिहानैदेखि असन, मखन लगायतका स्थानमा व्यापारीहरुले पसल बन्द गरी विरोध जनाएका हुन्। सरकारले प्यान लिएकालाई पनि अनिवार्य भ्याटमा दर्ता गराउन खोजेको समाचार आएकाले हाललाई असनका व्यापारीहरु मिले प्रतीकात्मक रुपमा विरोध गरेको असनका सजिव बज्राचार्यले बताए। यस्तै ग्राहकले पनि एक हजार रुपैयाँभन्दा माथिको सामान…

    विस्तृतमा पढ्नुस्

  • सुबिसु कार्यालयमा लागेको आगो यसरी आयो नियन्त्रणमा, २० फोटोमा हेर्नुस्

    सुबिसु कार्यालयमा लागेको आगो यसरी आयो नियन्त्रणमा, २० फोटोमा हेर्नुस्

    काठमाडौं: बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आए लगत्तै सबै बारुणयन्त्र फिर्ता भएका छन्। आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले। करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनाएको थियो। आगलागीबाट सुबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। कार्यालयसँगै रहेको द्वारिका…

    विस्तृतमा पढ्नुस्

  • साउने सोमबारमा छोराछोरी सहित दर्शन गर्न पशुपतिनाथ पुगिन् हिमानी शाह

    साउने सोमबारमा छोराछोरी सहित दर्शन गर्न पशुपतिनाथ पुगिन् हिमानी शाह

    काठमाडौं : आज साउन महिनाको तेस्रो सोमबार। आज देशभरीका शिवालयमा भक्तजनको भीड लागेको छ। हिन्दु महिलाहरु साउनको सोमवार आराध्यदेव महादेवको पूजा अर्चनामा जुट्ने गर्छन्। राजधानीको पशुपतिनाथमा हरेक वर्ष साउनको सोमवार विशेष मेला लाग्छ। यसैबीच पूर्व युवराज्ञी हिमानी शाह पनि पशुपतिनाथको दर्शन गर्न पुगेकी छिन्। छोरा हृदयेन्द्र शाह र छोरी पूर्णिका शाह सहित उनी पशुपतिनाथ दर्शनका लागि पुगेकी हुन्। 

    विस्तृतमा पढ्नुस्

  • गुँला पर्व आजदेखि शुरु

    गुँला पर्व आजदेखि शुरु

    काठमाडौं: आजदेखि गुँला पर्व शुरु भएको छ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो। यसरी गुँलाको अर्थ नवौं महिना हो। नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँला पर्व भन्ने गरिएको हो।हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ। गुँलाका अवसरमा काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहा:बही मन्दिरहरु परिक्रमा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि गुँला पर्व सुरु, टोलटोलमा धा: बाजा बजाउने प्रशिक्षण जारी

    भोलिदेखि गुँला पर्व सुरु, टोलटोलमा धा: बाजा बजाउने प्रशिक्षण जारी

    काठमाडौं: भोलि शुक्रवारदेखि गुँला पर्व शुरु हुँदैछ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो। यसरी गुँलाको अर्थ नवौं महिना हो। नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँला पर्व भन्ने गरिएको हो। हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ। गुँलाका अवसरमा काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहा:बही मन्दिरहरु परिक्रमा…

    विस्तृतमा पढ्नुस्

  • गुठी संस्थानको सम्पत्ति सार्वजनिक गर्न मागसहित पहिचान संरक्षणले बुझायो १७ बुँदे पत्र, फोटोमा हेर्नुस्

    गुठी संस्थानको सम्पत्ति सार्वजनिक गर्न मागसहित पहिचान संरक्षणले बुझायो १७ बुँदे पत्र, फोटोमा हेर्नुस्

    काठमाडौं: गुठी संस्कृति जोगाउनका लागि संघर्षरत समूहले आज गुठी संस्थानको सम्पत्ति सार्वजनिक गर्न माग गरेको छ। संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वर पुगेर उनीहरुले १७ बुँदे मागसमेत पेश गरेका छन्। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति संयोजन गणपतिलाल श्रेष्ठले अध्ययनका लागि १७ सूचना संस्थानलाई मागेको जनाए। उनीहरु झाँकी र नारासहित संस्थान पुगेका थिए।  यस्ता छन् मागहरु १. २०२९ सालमा गुठी संस्थाको नाममा…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारको पर्खाल भत्किँदा एक जना घाइते

    सिंहदरबारको पर्खाल भत्किँदा एक जना घाइते

    काठमाडौं: सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किँदा एकजना घाइते भएका छन्।  पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको पर्खाल भत्किएको हो। पर्खाल भत्किँदा घाइते भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • मेसिनसँग किसानको धान रोप्ने प्रतिस्पर्धा : २२ फोटोमा हेर्नुस् खुमलटारमा धान दिवस 

    मेसिनसँग किसानको धान रोप्ने प्रतिस्पर्धा : २२ फोटोमा हेर्नुस् खुमलटारमा धान दिवस 

    ललितपुर: धान दिवसको अवसर पारी ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् परिसरमा पनि रोपाई भएको छ। सरकारले २०६१ देखि असार १५ लाई धान दिवसको रुपमा मनाउन थालेको हो। यसपटक 'धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्युनीकरण' नाराका साथ १६ औं धान दिवस मनाएको परिषद्ले जनाएको छ। खुमलटारका फाँटमा आज किसानसँगै मेसिनले पनि धान रोपेको दृश्य रोचक देखिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • एएफसी कपमा मनाङ vs चेन्नायीन, फोटोमा हेर्नुस् मनाङको प्रदर्शन

    एएफसी कपमा मनाङ vs चेन्नायीन, फोटोमा हेर्नुस् मनाङको प्रदर्शन

    काठमाडौं: पहिलो पटक एएफसी कप फुटबल खेलेको नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले जितविहिन भएर प्रतियोगिता टुङ्गाएको छ। समूह ई अन्तर्गत बुधवार घरेलु मैदानमा भएको अन्तिम खेलमा मनाङ भारतीय क्लब चेन्नायीन एफसीसँग ३-२ ले पराजित भएको हो। समूहमा ६ खेलबाट मनाङले २ अंक मात्र जोड्न सक्यो। २ खेल बराबरी गरेको मनाङले ४ खेलमा हार बेहोर्‍यो। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको बन्दले उपत्यकाबाहिर जाने यात्रु मारमा, अलपत्र यात्रु हेर्नुस् फोटामा

    विप्लवको बन्दले उपत्यकाबाहिर जाने यात्रु मारमा, अलपत्र यात्रु हेर्नुस् फोटामा

    काठमाडौँः सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको घटनालाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गरेको नेपाल बन्दको उपत्यकामा सामान्य असर परेको छ। शिक्षण संस्थाहरु बन्द छन्। सार्वजनिक यातायात केही पातलो छ। उपत्यकाबाहिर जाने सार्वजनिक सवारी भने चलेका छैनन्। सवारी नचल्दा यात्रुहरु मारमा परेका छन्। नयाँ बसपार्क, कलंकी, पुरानो बसपार्क, कोटेश्वर लगायतका क्षेत्रमा लामो दूरीका यात्रुहरु अलपत्र परेका छन्।

    विस्तृतमा पढ्नुस्

  • समता अस्पताल प्रकरण : विमलालाई न्याय माग्दै गौशालामा यस्तो प्रदर्शन, दुई प्रदर्शनकारी पक्राउ

    समता अस्पताल प्रकरण : विमलालाई न्याय माग्दै गौशालामा यस्तो प्रदर्शन, दुई प्रदर्शनकारी पक्राउ

    काठमाडौं: समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया विमला तामाङलाई न्याय माग्दै उनका आफन्तले आज काठमाडौंको गौशालामा प्रदर्शन गरेका छन्। अहिले प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिइसकेको छ। प्रदर्शनका क्रममा दुईजना पक्राउ परेका छन्। प्रदर्शनमा उत्रिएकाले प्रहरी दमन बन्द गर्न र पीडितलाई न्याय दिन माग गरेका छन्।  गत मंगलवार बिहान अस्पतालभित्र रामेछाप दोरम्बा घर भएकी तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। विमलाका आफन्तले…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयकको विरोधमा वसन्तपुरदेखि इन्द्रचोकसम्म कांग्रेसको प्रदर्शन

    गुठी विधेयकको विरोधमा वसन्तपुरदेखि इन्द्रचोकसम्म कांग्रेसको प्रदर्शन

    काठमाडौं: नेपाली कांग्रेसले गुठी विधेयकको विरोध गर्दै प्रदर्शन गरेको छ। आइतबार दिउँसो राजधानीको वसन्तपुरबाट निकालिएको र्‍याली इन्द्रचोकमा पुगेर कोणसभामा विसर्जन भएको थियो।  कांग्रेस नेता प्रकाशमान सिंहको अगुवाईमा भएको र्‍यालीका सहभागीले गुठी विधेयक खारेज गर्न माग गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो गुठी विधेयकको विरुद्ध असनबाट निक्लिएको र्‍याली

    यस्तो देखियो गुठी विधेयकको विरुद्ध असनबाट निक्लिएको र्‍याली

    काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा नेवा: राष्ट्रिय मुक्ति मोर्चाले आज काठमाडौंमा विरोध र्‍याली निकालेको छ। गुठी विधेयकको खारेजीको माग गर्दै आयोजित र्‍याली असनबाट सुरु भएर भोटाहिटी, रत्नपार्क, शहीदगेट, न्यूरोड, इन्द्रचोक हुँदै पुन: असन पुगेर  कोणसभामा  परिणत भएको थियो। विरोध सभामा  देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेवा: राष्ट्रिय मुक्ति…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा दिवसका अवसरमा राजधानीमा र्‍याली, फोटोमा हेर्नुस्

    सगरमाथा दिवसका अवसरमा राजधानीमा र्‍याली, फोटोमा हेर्नुस्

    काठमाडौं: सगरमाथा दिवसका अवसरमा आज राजधानीमा र्‍याली निकालिएको छ। पर्यटन विभागको आयोजनामा भएको कार्यक्रममा पर्यटन क्षेत्र र हिमाल क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागिता रहेको थियो। 

    विस्तृतमा पढ्नुस्

  • घट्टेकुलो विस्फोटस्थलमा प्रहरी र सेना : १२ फोटोमा हेर्नुस्

    घट्टेकुलो विस्फोटस्थलमा प्रहरी र सेना : १२ फोटोमा हेर्नुस्

    काठमाडौँ: अनामनगरको घट्टेकुलोमा विस्फोट भएको छ। भाडामा लिएको कोठामा विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्। घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। अहिले घटनास्थलमा सेना र प्रहरीले पहरा दिइरहेको छ भने अनुसन्धान अघि बढाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा आर्मीको यस्तो प्रदर्शन, १० फोटोमा हेर्नुस्

    प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा आर्मीको यस्तो प्रदर्शन, १० फोटोमा हेर्नुस्

    काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेल आज टियु खेल मैदानमा भयो। खेलमा विभागीय टोली नेपाल आर्मी क्लबले प्रदेश २ लाई १७१ रनले पराजित गर्‍यो।  आर्मीले २७९ रनको चुनौती दिएकोमा प्रदेश दुईले ३१.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्रै बनायो।

    विस्तृतमा पढ्नुस्

  • धर्म निरपेक्षताको पर्चा यसरी जलाए कमल थापाले, दर्जन कार्यकर्ता पक्राउ पर्दा जोगिए अध्यक्ष, फोटोमा हेर्नुस्

    धर्म निरपेक्षताको पर्चा यसरी जलाए कमल थापाले, दर्जन कार्यकर्ता पक्राउ पर्दा जोगिए अध्यक्ष, फोटोमा हेर्नुस्

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार देशभर धर्मनिरपक्षता खरेजको माग गर्दै प्रदर्शन गरेको छ। सोही क्रममा रत्नपार्कमा अध्यक्ष कमल थापासहितले धर्म निरपेक्षता लेखेको पर्चा जलाए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जन कार्यकर्ता पक्राउ परेका छन्। अध्यक्ष थापालाई भने सुरक्षागार्डले पक्राउ पर्नबाट जोगाए। प्रदर्शनमा उनीहरुले  आफैले धर्म निरपेक्षता लेखिएको पर्चा ल्याएका थिए। सोही पर्चा प्रदर्शनमा जलाएका हुन्। बिदेशीको दबाव र प्रभावमा आएको 'धर्मनिरपेक्षता' खारेज गर्न…

    विस्तृतमा पढ्नुस्

  • वीरमा प्रहरीले ताल्चा फोडेर टिकट कटाएपछि आन्दोलित डाक्टरले अस्पतालबाहिरै जाँचे बिरामी, दर्जन फोटोमा हेर्नुस्

    वीरमा प्रहरीले ताल्चा फोडेर टिकट कटाएपछि आन्दोलित डाक्टरले अस्पतालबाहिरै जाँचे बिरामी, दर्जन फोटोमा हेर्नुस्

    काठमाडौं: कर्मचारी समायोजन विधेयकविरुद्ध पाँच दिनदेखि आन्दोलनरत चिकित्सकहरुले आजबाट काम थालेका छन्। बिरामीहरुलाई मर्का परेपछि उनीहरुले आफ्नो संगठनको कागजमा अस्पताल बाहिर सेवा दिएका छन्। बुधबार बिहान बिरामीहरु मर्कामा परेपछि प्रहरीले वीर अस्पतालमा लगाइएको ताल्चा खोलेर प्रहरीले टिकट कटाएको थियो। सरकारी चिकित्सक संघका अध्यक्ष दीपेन्द्र पाण्डेले भने प्रहरीले उपचारका लागि टिकट कटाए पनि चिकित्सकहरु अस्पतालभित्र उपचार गर्न तयार नरहेको बताए। प्रहरीले जबर्जस्ती…

    विस्तृतमा पढ्नुस्

  • आफै आइ २० हाँकेर करिश्मा पुगिन् एसइई दिन : पहिले इन्टरभ्यु त्यसपछि लिखित एक्जाम

    आफै आइ २० हाँकेर करिश्मा पुगिन् एसइई दिन : पहिले इन्टरभ्यु त्यसपछि लिखित एक्जाम

    काठमाडौँ : आजदेखि सुरु भएको एसइई परीक्षा दिन नायिक करिश्मा मानन्धर आफै गाडी हाँकेर परीक्षा हल पुगेकी छिन्।  त्रिवेणी माध्यामिक विद्यालय, मैतिदेवीमा अध्ययनरत करिश्माको परीक्षा केन्द्र विजय स्मारक विद्यालय डिल्लीबजारमा परेको थियो। बा ९ च ४२६ नम्बरको आइ २० गाडी हाँकेर पुगेकी करिश्माले लिखित परीक्षा दिनुभन्दा अघि इन्टरभ्यु दिनु पर्‍यो मिडियाका लागि।  केही फोटो-     

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell