PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • नेपाल सम्वतको स्वागत गर्दै कीर्तिपुरमा 'फ्लाइङ ल्यान्ट्रन' उडाइयो

    नेपाल सम्वतको स्वागत गर्दै कीर्तिपुरमा 'फ्लाइङ ल्यान्ट्रन' उडाइयो

    नेपाल सम्वत ११४० को स्वागतमा आज कीर्तिपुरमा विशेष कार्यक्रम आयोजना गरियो। नेपाल भ्रमण वर्ष २०२० को प्रचारका उद्देश्यका साथ कीर्तिपुरको उमा महेश्वर मन्दिर परिसरमा दीप प्रजवलन गरिएको थियो। मंगलवारबाट शुरु हुने नेपाल सम्वतको स्वागत गर्दै ११४० वटा दियो बालिएको थियो। यससँगै न्हूदँको स्वागतमा 'फ्लाइङ ल्यान्ट्रन' बालेर उडाइएको थियो। यससँगै  विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। नयाँ वर्षको दिन मंगलवार कीर्तिपुरमा नेवारी…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा यसरी गरियो गाई पूजा, हेर्नुस् तस्बिरमा

    पशुपतिमा यसरी गरियो गाई पूजा, हेर्नुस् तस्बिरमा

    आज गाई तिहार। गाईको पूजा गरेर मनाइँदै छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा…

    विस्तृतमा पढ्नुस्

  • महाराजगञ्जमा कुकुर रनिङदेखि रेस्क्यूसम्म

    महाराजगञ्जमा कुकुर रनिङदेखि रेस्क्यूसम्म

    काठमाडौं:  तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ। यसै अवसरमा केन्द्रीय कुकुर तालिम केन्द्र महाजगञ्जमा  कुकुर तिहार मनाइयो। केन्द्रमा रहेको कुकुरहरुलाई पुजा गर्नुका साथै विभिन्न प्रदर्शनी प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिलाई कुकुरहरुको पुष्पगुच्छा दिएर स्वागत गरेका थिए। कुकुरहरुले केनाइन आकृति बनाउनुका साथै गोलाकार ओबिडियन्स,ट्रयाक डग, बाधापार,रेस्क्यू,…

    विस्तृतमा पढ्नुस्

  • बजारमा तिहारका लागि किनमेल गर्नेको घुइँचो

    बजारमा तिहारका लागि किनमेल गर्नेको घुइँचो

    काठमाडौं :  आज बेलुकीबाट विधिवत् रुपमा तिहार शुरु हुँदैछ। तिथि अनुसार आजैबाट धनतेरस पनि शुरु भएको छ। तिहारका लागि किनमेल गर्न मानिसहरु बजार धाइरहेका छन्। काठमाडौंको असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि भाइमसला, फूल र बत्ति लगायत विभिन्न वस्तुहरु खरिद गर्न आउनेको भीड बढेको छ।

    विस्तृतमा पढ्नुस्

  • मूलपानी क्रिकेट मैदान पुग्दा...

    मूलपानी क्रिकेट मैदान पुग्दा...

    काठमाडौं : मूलपानी क्रिकेट स्टेडियम निर्माणको चर्चा नयाँ होइन। पटक पटक चर्चामा आएको मूलपानी स्टेडियम निर्माण कहिले मुआब्जा विवाद, कहिले जबरजस्ती खेलाइएको 'प्रतियोगिता' त कहिले निर्माणमा ढिलाईले चर्चामा रह्यो। हुन पनि निर्माण हुन सुरु भएको दशक बढी भइसक्दा पनि मूलपानी क्रिकेट स्टेडियमले पूर्णता पाउन सकेको छैन।  अझ क्यान निलम्वन पछि त भएका संरचना पनि अस्तव्यस्त बनेका थिए। क्यानको पछिल्लो बैठकले मैदानलाई…

    विस्तृतमा पढ्नुस्

  • उपभोक्ता ठग्न यसरी ढलान गरिन्थ्यो गिट्टी बालुवा बोक्ने ट्रकको ढाला 

    उपभोक्ता ठग्न यसरी ढलान गरिन्थ्यो गिट्टी बालुवा बोक्ने ट्रकको ढाला 

    काठमाडौं : महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार बिहान काठमाडौंका विभिन्न स्थानमा रहका २३ वटा निर्माण सामग्रीका डिपोमा छापा मारेको छ। सो क्रममा प्रहरीले २३ वटा डिपोले नै उपभोक्तालाई ठगी गर्ने गरेको पाएको बताएको छ। डिपो सञ्चालकहरुले निर्माण सामग्री ढुवानी गर्ने ट्रकहरुमा ढलान गरेर वा फलामको फ्रेम बनाएर उपभोक्ता ठगी गर्ने गरेको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए। ट्रकमा सय…

    विस्तृतमा पढ्नुस्

  • दैत्यको संहार गर्न टोलटोलबाट निस्कियो पाया

    दैत्यको संहार गर्न टोलटोलबाट निस्कियो पाया

    काठमाडौं : नेवार समुदायले मंगलवार चालं मनाएका छन्। नेवारहरुले विजया दशमीलाई चालंका रुपमा मनाउँदै आएका छन्। यस दिन रातो टीका र जमरासँगै कालो टीका लगाएर चालं मनाइन्छ। मोहनि सिन्हका रुपमा कालो टीका बिना नेवारहरुको टीका सम्पन्न भएको मानिदैन। चालंका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बेलुकी पाया निकाल्ने परम्परा रहेको छ। दैत्यको संहार स्वरुप खड्ग बोकेका व्यक्तिले दैत्यको आकृति बनाइएको कुभिण्डोमाथि खड्गले प्रहार गरेर असत्यमाथि सत्यको जित मनाउन…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न निर्मल निवासमा सर्वसाधारणको भीड

    पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न निर्मल निवासमा सर्वसाधारणको भीड

    काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट दशैँको टीका लगाउनेहरूको भीड लागेको छ। पूर्व राजा शाहको हातबाट दशैँको टीका थाप्न सर्वसाधारणहरुको निर्मल निवासमा भीड लागेको हो। पूर्व राजा शाहको हातबाट टीका थाप्नेको लाइनमा महिला, बालबालिका, युवायुवतिदेखि बृद्धबृद्धासम्म थिए।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले साइतभन्दा ढिला टीका लगाए, मन्त्री र प्रहरी प्रमुख पुगे टीका थाप्न

    प्रधानमन्त्री ओलीले साइतभन्दा ढिला टीका लगाए, मन्त्री र प्रहरी प्रमुख पुगे टीका थाप्न

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका ग्रहण गरेका छन्। ओलीले आज प्रधानमन्त्री निवास वालुवाटारमा बुबा मोहनप्रसाद ओलीको हातबाट टीका तथा फूल प्रसाद ग्रहण गरेका हुन्। आज १० बजेर ३५ मिनेटमा टिकाको साइत भएपनि प्रधानमन्त्री ओलीले करिव पौने तीन बजे टिका लगाएका थिए। प्रधानमन्त्रीले साइतमा नै टीका लगाउने गरेपनि यसपटक झापाबाट ढिला आइपुगेकाले ओलीको टीका ढिला शुरु भएको बताइएको छ। त्यसलगत्तै…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गमा एक्कासी देखियो अवन्ती कार! हत्तपत्त देख्न नपाइने यसको के छ विशेषता?

    दरबारमार्गमा एक्कासी देखियो अवन्ती कार! हत्तपत्त देख्न नपाइने यसको के छ विशेषता?

    दरबारमार्गमा अष्टमीको दिन दिउँसो २ बजेतिर एउटा स्पोर्टी कारले धेरैको ध्यान खिच्यो। सुन्तला रङको यो कार हत्तपत्त बाहिर देखिन्न। रेष्टुराँमा खाना खाइरहँदा मलाई पनि यो कारको लुक्सले नतान्ने कुरै थिएन। टेबुलमा बिसाएको क्यामरा हत्तपत्त झिकेर म ओर्लिइहालेँ रेस्टुराँबाट सडकमा। दरबारको दक्षिणी गेटबाट आएको कार कता जाला भन्ने कौतुहलता थियो। धन्न, गाडी महेन्द्रको शालीक घुमेर जताबाट आएको त्यतैतिर मोडियो। त्यही मौकामा…

    विस्तृतमा पढ्नुस्

  • खुल्लामञ्चभित्रको बसपार्कमा स्थानीयको विरोधः बन्दै गरेको ढलानमाथि यसरी गुड्यो गाडी

    खुल्लामञ्चभित्रको बसपार्कमा स्थानीयको विरोधः बन्दै गरेको ढलानमाथि यसरी गुड्यो गाडी

    काठमाडौः खुलामञ्च भित्र रहेको अस्थायी बसपार्कलाई स्थायी बनाउन लागेपछि स्थानीयवासीले विरोध गरेका छन्। आइतबार बिहान खुलामञ्चभित्र ढलान गर्न थालेपछि उनीहरूले विरोध गरेका हुन्। प्रदर्शनकारीले भर्खरै गरेको पिचमाथि विरोध गर्दै गाडी गुडाएका छन्। त्यस्तै तोडफोडसमेत गरेका हुन्। प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ बाहिर जाने बसको यसरी गरिँदैछ 'फिटनेस टेस्ट'

    काठमाडौँ बाहिर जाने बसको यसरी गरिँदैछ 'फिटनेस टेस्ट'

    लामो दुरीका बसमा ‘फिटनेस चेक’ नहुँदा धेरै यात्रु बाटोमै अलपत्र पर्ने समस्या सधैँ दोहोरिन्छ। गाडीको फिटनेस चेक नहुँदा बिग्रिएर अलपत्र पर्ने मात्रै होइन दुर्घटना पनि हुने गरेका छन्। यो पटक सरोकारवालासँगको परामर्शमा नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने सबै गाडीको ‘फिटनेस टेस्ट’ गर्ने निर्णय भयो। निर्णय अनुसार शनिवारदेखि लामो यात्रा गर्ने सबै गाडीको चेकजाँच गरेर मात्रै बाहिर पठाउने गरिएको छ। दशैंमा…

    विस्तृतमा पढ्नुस्

  • घरघरमा घटस्थापनाः हनुमानढोकाको दशैँघरमा राखियो जमरा

    घरघरमा घटस्थापनाः हनुमानढोकाको दशैँघरमा राखियो जमरा

    काठमाडौं: आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ। आज बिहान १०:३५ बजेको विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ। घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ। घटस्थापनाका दिन घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    विस्तृतमा पढ्नुस्

  • दशैंका लागि नयाँ नोट सटही शुरुः नोट साट्न सर्वसाधारणको भीड

    दशैंका लागि नयाँ नोट सटही शुरुः नोट साट्न सर्वसाधारणको भीड

    काठमाडौं: नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट सटही सुरु गरेको छ। शुक्रबारदेखि सर्वसाधारणका लागि नोट सटही शुरु गरिएको हो। राष्ट्र बैंकले योपटक नयाँ र एकपटक प्रयोग भइसकेको सुकिला नोट बाँड्दैछ। सर्वसाधारणले नयाँ नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नोट सटही गर्नेछ।  यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका…

    विस्तृतमा पढ्नुस्

  • भुटानसँग नेपाल पराजित हुँदाका क्षणहरु

    भुटानसँग नेपाल पराजित हुँदाका क्षणहरु

    काठमाडौं : साफ यू १८ अन्तर्गतको आजको खेलमा आयोजक नेपाल भुटानसँग ३–० को गोल अन्तरले पराजित भएको छ। पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल दोस्रो हाफमा भुटानसँग पराजित भएको हो। हलचोक स्थित एपिएफको मैदानमा भएको खेलमा भुटानले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गर्‍यो। जितसँगै भुटान सेमिफाइनल प्रवेश गरेको छ। तर पराजयपछि नेपालको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • यात्राको कहरः दशैंको अग्रिम टिकट बुकिङ खुल्यो, यात्रुको भीड

    यात्राको कहरः दशैंको अग्रिम टिकट बुकिङ खुल्यो, यात्रुको भीड

    दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ। नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्। पुरानो बसपार्क भएर सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा जाने यात्रुलाई सम्बन्धित बस कम्पनी/समितिले यसअघि नै टिकट बुकिङ प्रक्रिया शुरु गरिसकेका छन्। टिकटका लागि लामबद्ध यात्रु फोटोमा…

    विस्तृतमा पढ्नुस्

  • '२९ :३५' बजे ढालिएको य:सिंलाई टेकुमा लगेर विसर्जन गरियो, हेर्नुस तस्विरमा

    '२९ :३५' बजे ढालिएको य:सिंलाई टेकुमा लगेर विसर्जन गरियो, हेर्नुस तस्विरमा

    काठमाडौं: हनुमानढोकाको काल भैरव अगाडी ठड्याइएको य:सिं आज बिहान ढालिएसँगै काठमाडौंमा ८ दिन लामो येँया: (इन्द्रजात्रा) विधिवत रुपमा सकिएको छ। हरेक वर्ष नानिचा:या: (बीचको टोलमा रथयात्रा) को रात शुभ साइतमा हनुमानढोकामा ठड्याइएको य:सिं ढालेर टेकु दोभानमा लगेर विसर्जन गरेसँगै येँया: विधिवत् रुपमा सम्पन्न हुने गर्छ। तर यसपटक भने येँया:को विधिवत् समापन नानिचा:या: को दिन मंगलवार भएन। यसपटक य:सिं ढाल्ने साइत…

    विस्तृतमा पढ्नुस्

  • येँया:का लागि य:सिंलाई हनुमानढोका पुर्‍याइयो, २४ गते इन्द्रध्वजारोहण

    येँया:का लागि य:सिंलाई हनुमानढोका पुर्‍याइयो, २४ गते इन्द्रध्वजारोहण

    काठमाडौं : येँया: (इन्द्रजात्रा) का लागि य:सिं लाई आज तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। बिहान ९ बजेर ३५ मिनेटको शुभ साइतमा य:सिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि पुर्‍याइएको हो। य:सिंलाई तानेर लैजाने मार्गका सडकहरु बेलैमा नबन्दा यसपटक य:सिं तान्न निकै गाह्रो भएको स्थानीयले बताए। सम्बन्धित समाचार:  येँया:का लागि मल्लकालीन प्रवेशद्वारमा…

    विस्तृतमा पढ्नुस्

  • राखेपको पार्किङमा किक-करातेदेखि साउलिन कुङफुसम्म, फोटोमा हेर्नुस्

    राखेपको पार्किङमा किक-करातेदेखि साउलिन कुङफुसम्म, फोटोमा हेर्नुस्

    काठमाडौं: राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा खेलाडीहरु अभ्यासका लागि बिहानै पुग्छन्। उनीहरुको अभ्यास स्थल हो, परिसरकै पार्किङस्थल।   अभ्यासस्थलमा राष्ट्रिय खेलाडीसमेत भेटिन्छन्।  उसु, कराते, कुङफुलगायतका खेल प्रशिक्षण दिन उनीहरु त्यहाँ पुग्ने गर्छन्। प्रशिक्षण गर्न आएकाहरु कोही तरबार नचाउन व्यस्त देखिन्छन् भने कोही किककरातेमा। कभर्ड हलको अभावमा राष्ट्रिय खेलाडी पार्किङ स्थलमा अभ्यासमा उत्रन बाध्य भएको सहभागीहरु बताउँछन्।  

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरको सापारु : धेधेपापा नाच्दै, यसरी मनाइँदै, हेर्नुस् २२ फोटोमा

    कीर्तिपुरको सापारु : धेधेपापा नाच्दै, यसरी मनाइँदै, हेर्नुस् २२ फोटोमा

    काठमाडौं: दिवंगतहरुको सम्झनामा आज सापारु (गाई जात्रा) मनाइँदैछ। काठमाडौं उपत्यकामा सापारुलाई विभिन्न किसिमले मनाउने गरिन्छ। काठमाडौंमा दिवंगतहरुको सम्झनामा बालबालिकालाई सिंगारेर गाई अंकित चित्र, मुकुन्डो, सिङ लगाएर नगर परिक्रममा गराउने गरिन्छ। त्यस क्रममा बालबालिकालाई फलफूल, रोटीलगायतका खानेकुरा दिने चलन रहेको छ। यता, कीर्तिपुरमा भने अलि फरक किसिमले सापारु मनाइयो। गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गर्दा कीर्तिपुरकै धन्चा सिख्वाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell