PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • श्रमिकको ज्वरो जाँच्दै, खाना खुवाउँदै मित्र युवा क्लब

    श्रमिकको ज्वरो जाँच्दै, खाना खुवाउँदै मित्र युवा क्लब

    काठमाडौं : गत चैत १७ गते बसेको काठमाडौं महानगरपालिकाको बैठकबाट ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत भयो। बैठकको एक महत्वपूर्ण निर्णय थियो - काठमाडौँ महानगरपालिकाभित्र वसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई खाना, खाजा उपलब्ध गराउने। ठीक भोलिपल्ट निर्णयलाई कार्यान्वयन गर्‍यो काठमाडौं महानगरपालिका वडा नम्बर २७ ले। स्थानीय मित्र युवा क्लबको सहकार्यमा आवश्यक वर्गको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको सातौं दिन : जब सन्ध्या भयो… घरको लागि सामान जोहो गर्नै पर्‍यो

    लकडाउनको सातौं दिन : जब सन्ध्या भयो… घरको लागि सामान जोहो गर्नै पर्‍यो

    काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिन नदिने भन्दै सरकारले घोषणा गरेको लकडाउनको आज सातौं दिन। सरकारले थप ८ दिन लकडाउन कायम राख्ने बताइसकेको छ र मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ। यद्यपि, बिहान र बेलुकी पख भने खाद्यन्न, तरकारी लगायतका सामानहरु किन्न सरकारले छुट दिएको छ। केही भने बिना काम नै बाहिर निस्किरहेका  भेटिन्छन्। काठमाडौंको पुराना वस्तीहरुमा साँझ परेसँगै मानिसहरु…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण रित्तियो नाम्लो, प्रभावित भरियाले पाए राहत

    लकडाउनका कारण रित्तियो नाम्लो, प्रभावित भरियाले पाए राहत

    काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलदो त्रासबीच सरकारले तीव्र गतिमा सावधानी अपनाउन शुरु गर्‍यो। सुरुमा स्कूल, कलेज धमाधम बन्द भए। एसइई परीक्षा समेत स्थगित भयो। त्यसपछि मानिसहरु उपत्यका छाड्न थाले। उपत्यका बजारहरुमा मानिसको चाप कम हुन थाल्यो। बजार शून्य हुन थाल्यो। र, व्यापार व्यवसाय ठप्प। जसको प्रत्यक्ष मारमा परे - दैनिक ज्याला मजदुरी गरी खानेहरु। जो दिनभर काम गरेर साँझ…

    विस्तृतमा पढ्नुस्

  • विभिन्न वडामा पुगेर कोरोनाको तयारीका बारेमा अनुगमन गर्दै महानगर

    विभिन्न वडामा पुगेर कोरोनाको तयारीका बारेमा अनुगमन गर्दै महानगर

    काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र कोरोना भाइरसको सम्भावित असरबारे अनुगमन शुरु गरेको छ। महानगरकी उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले आज विभिन्न वडाहरु पुगेर कोरोनासँग जुध्न गरेको तयारीका बारेमा अनुगमन गरेकी हुन्। पूर्वतयारीका साथमा उनले बजार अनुगमन समेत गरेकी छिन्। महानगरले आफू वरपर कसैलाई कोरोना संक्रमणको आशंका भएमा महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्री नम्बर ११८० मा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको फन्दामा मास्कको कालोबजारी गर्नेहरु

    प्रहरीको फन्दामा मास्कको कालोबजारी गर्नेहरु

    काठमाडौं : कोरोना भाइरसको हल्लाले बजारमा कालोबजारी बढेपछि प्रहरीको विशेष टोली बजारमा परिचालन भयो। विशेष अपरेसन सञ्चालन गरेको प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापा मार्‍यो। सो क्रममा आइतवार मात्रै काठमाडौंका विभिन्न स्थानमा लुकाइ राखेका करिब ८ लाख थान भन्दा बढी मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा चीर दहनसँगै काठमाडौंमा सकियो फागु

    टुँडिखेलमा चीर दहनसँगै काठमाडौंमा सकियो फागु

    काठमाडौं : वसन्तपुरमा ठड्याइएको चीर ढालिएसँगै काठमाडौंमा यस वर्षको फागु सम्पन्न भएको छ। फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै काठमाडौंमा फागु सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ।  फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ। चीर दहन गर्ने दिन टुंडिखेलको मध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज…

    विस्तृतमा पढ्नुस्

  • होली उमंग, वसन्तपुरमा यसरी रम्दै पर्यटक

    होली उमंग, वसन्तपुरमा यसरी रम्दै पर्यटक

    काठमाडौं : आज काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा फागु (होली) मनाइँदैछ। तर, कोरोना भाइरसको त्रासका कारण उपत्यका लगायतका क्षेत्रमा होलीको रौनक निकै घटेको छ।  पहिला विभिन्न स्थानमा जमघट भएर खेलिने होली यसपटक आफ्नै परिवारमा सिमित भएको छ। सरकारले भिडभाड नगर्न भन्दै सूचना जारी गरेपछि होलीका कार्यक्रमहरु रद्द भएका छन्। यसका बाबजुद् वसन्तपुरमा भने केही पर्यटक होली खेल्न जम्म भए। उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • युवाको ट्याटू मोह : नखिपोटमा कन्भेन्सन, शनिवार सबिन राईको प्रस्तुति पनि

    युवाको ट्याटू मोह : नखिपोटमा कन्भेन्सन, शनिवार सबिन राईको प्रस्तुति पनि

    ललितपुर : ट्याटु प्रेमीलाई लक्षित गरी रेन्बो जुम्बा एन्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको 'टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन' सुरु भएको छ। कार्यक्रममा शुक्रवारमात्र ३५ जनाले ट्याटू खोपाएका छन्। नाखिपोटस्थित बास्केट बल कोर्टमा शुरु भएको कार्यक्रम भोलि पनि जारी रहने छ। ललितपुरका ट्याटू कलाकारलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रवर्द्धन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउन कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको खुसीयालीमा टिचिङका दीप प्रज्वलन

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको खुसीयालीमा टिचिङका दीप प्रज्वलन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण भएको छ। प्रत्यारोपण पछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्रीको शल्यक्रिया सफल भएपछि शिक्षण अस्पतालमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले खुसीयाली मनाउँदै दीप प्रज्वलन गरेको छ। दीप प्रज्वलनमा नेता कार्यकर्ताको सहभागिता रहेको थियो। बिहान अनेरस्ववियुले 'गेट वेल सुन पिएम केपी ओली' लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • 'गेट वेल सुन पिएम केपी ओली' भन्दै विद्यार्थी पुगे टिचिङ

    'गेट वेल सुन पिएम केपी ओली' भन्दै विद्यार्थी पुगे टिचिङ

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि सोमबारदेखि भर्ना भएका छन्।  प्रत्यारोपणका दिन शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरु आउने क्रम जारी छ। नेपाल सरकारका मन्त्रीहरु वसन्तकुमार नेम्वाङ, पार्वत गुरुङलगायत शिक्षण अस्पताल पुगेका छन्।  यस्तै नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले अस्पताल परिसरमा ‘गेट वेल सुन पिएम’ लेखिएका प्लेकार्डसहित उपस्थित भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • १८ फोटोमा हेर्नुस् तारुकाको गोरु जुधाई 

    १८ फोटोमा हेर्नुस् तारुकाको गोरु जुधाई 

    माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा यसपटक पनि गोरु जुधाइयो। गोरु जुधाईमा स्थानीयदेखि आन्तरिक पर्यटकको भीड लागेको थियो। गोरु जुधाई हेर्न उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेदेखि कांग्रेस महामन्त्री शशांक कोइरालासम्म तारुका पुगेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • भम्रण वर्ष २०२० : पदयात्रासँगै सकियो स्वयम्भु साँस्कृतिक कार्यक्रम

    भम्रण वर्ष २०२० : पदयात्रासँगै सकियो स्वयम्भु साँस्कृतिक कार्यक्रम

    नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्वयम्भुको भगवान पाउमा सञ्चालन भएको स्वयम्भु साँस्कृतिक कार्यक्रम आज सकिएको छ। जनवरी १ तारिखदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रम स्वयम्भुलाई विश्वमाझ चिनाउन गरिएको थियो। कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गरेका थिए। हप्ताभरि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनुका साथै स्वयम्भुका तस्विरहरु प्रदर्शनीमा राखिएका थिए। आज भने बसन्तपुरदेखि स्वयम्भुसम्म पदयात्रा गरि…

    विस्तृतमा पढ्नुस्

  • नेफ्टा फिल्म अवार्ड घोषणामा यस्तो देखियो कलाकारको उपस्थिति

    नेफ्टा फिल्म अवार्ड घोषणामा यस्तो देखियो कलाकारको उपस्थिति

    काठमाडौं : नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै यो वर्ष 'नेफ्टा फिल्म अवार्ड'को १० औ संस्करण नेपालमै आयोजना हुने भएको छ। अवार्ड आँउदो चैत्र १५ गते टुँडिखेलमा हुने आयोजकले जनाएको छ।  कार्यक्रममा राजेश हमाल, भुवन केसी, भुवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल, तुलसी घिमिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गायक आनन्द कार्कीलगायत उपस्थिति थियो। 

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो झरीले रुझेको राजधानी

    यस्तो देखियो झरीले रुझेको राजधानी

    आज बिहान काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा* भएको छ। वर्षापछि काठमाडौं उपत्यकामा अत्याधिक चिसो बढेको महसुस गरिएको छ। वर्षाका कारण विभिन्न गन्तव्यमा हिँडेकाहरुलाई सास्ती भयो। वर्षामा अधिकांश मानिसहरु छाता ओडेर हिँडेको देखिए पनि केही मानिसहरु भने भिज्दै हिँडेका थिए। उनीहरुले आफूसँग भएका झोला, पछ्यौरी तथा गलबन्दी ओतको रुपमा प्रयोग गरिरहेको पनि देखियो। चिसो बढेसँगै आगो बालेर चिसो भगाउने प्रयासमा देखिए। हेर्नुस् फोटोमा:…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा यस्तो देखियो तमु ल्होसारको रमझम

    राजधानीमा यस्तो देखियो तमु ल्होसारको रमझम

    काठमाडौं : आज तमु ल्होसार। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। ल्होसारका अवसरमा काठमाडौंको टुंडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन्। तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं…

    विस्तृतमा पढ्नुस्

  • वर्षाले छोटियो सागका पदक विजेता खेलाडीको नगर परिक्रमा रुट : कोही पैदलै, कोही गाडीमा

    वर्षाले छोटियो सागका पदक विजेता खेलाडीको नगर परिक्रमा रुट : कोही पैदलै, कोही गाडीमा

    काठमाडौँः आज दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई गाडीमा राखी नगर परिक्रमा गराउने तयारी राष्ट्रिय खेलकुद परिषदले गरेको थियो। दिउँसो ११ बजेबाट खेलाडीलाई नगर परिक्रमा गराउने तयारी गरे पनि पानी परेपछि  राखेपले खेलाडीलाई पैदलै नगर परिक्रमा गराएको छ। केही खेलाडीका लागि भने गाडीको व्यवस्था गरिएको छ। त्रिपुरेश्वरबाट भक्तपुरसम्म पुग्ने पूर्व तयारी भए पनि वर्षाका कारण खेलाडीलाई त्रिपुरेश्वर, न्युरोड, असन, रत्नपार्क हुँदै रंगशाला पुर्‍याउने कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • रजत र कास्य पदक टिम विजेताको पुरस्कार रकममा अलमल, प्रधानमन्त्रीको जवाफ, 'सानातिना कुरा पछि मिलाउँला'

    रजत र कास्य पदक टिम विजेताको पुरस्कार रकममा अलमल, प्रधानमन्त्रीको जवाफ, 'सानातिना कुरा पछि मिलाउँला'

    काठमाडौं : सरकारले यसपटक सागमा पदक जित्न सफल  खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै पुरस्कारको घोषणा गरेका हुन्। पुरस्कारको घोषणापछि टिममा रजत र कास्य उचाल्न सफल भएका खेलाडी भने अन्योलमा परेका छन्। समूहमा स्वर्ण जित्ने प्रत्येक खेलाडीले पाँच लाख रुपैयाँ दिइने घोषणा गर्दा रजत र कास्यको नाम भने प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • सागका पदक विजेतालाई सरकारको इनाम : स्वर्णलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख

    सागका पदक विजेतालाई सरकारको इनाम : स्वर्णलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख

    काठमाडौं : सरकारले १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीको लागि नगद पुरस्कारको घोषणा गरेको छ। आज बालुवाटारमा खेलाडी तथा खेलकुद पदाधिकारीहरुका माझ प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको घोषणा गरेका हुन्। जसअन्तर्गत सागमा स्वर्ण जित्ने खेलाडीले जनही ९ लाख रुपैयाँ नगद पाउने छन्। त्यस्तै रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ प्रदान गरिने बताइएको छ। एकभन्दा…

    विस्तृतमा पढ्नुस्

  • सागकै बीचमा सांसद र संसद सचिवालयका कर्मचारीको रंगशालामा फुटबल! हेर्नुस् यस्तो देखियो

    सागकै बीचमा सांसद र संसद सचिवालयका कर्मचारीको रंगशालामा फुटबल! हेर्नुस् यस्तो देखियो

    काठमाडौं : दक्षिण एसियाली खेलकुद सागमा सबैभन्दा बढीको नजर रहेको फुटबल फाइनलपूर्व संघीय संसद सचिवालयका कर्मचारी र सांसदहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ।  आज दिउँसो नेपाल र भुटानले स्वर्ण पदकका लागि दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन्। त्यही खेल मैदानमा एमेच्योर फुटबल आयोजना गरिएको हो। प्रतियोगितामा कर्मचारीले सांसदहरुलाई ४-० ले हराएका छन्। दैनिकजसो फुटबल प्रतियोगिता भएका कारण रंगशाला मैदान रंगहीन हुँदै गइरहेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • मिचिएका ६० हजार हेक्टर नेपाली भूमि फिर्ताको माग गर्दै नरेन्द्र मोदीलाई नेमकिपाले पठायो पत्र

    मिचिएका ६० हजार हेक्टर नेपाली भूमि फिर्ताको माग गर्दै नरेन्द्र मोदीलाई नेमकिपाले पठायो पत्र

    काठमाडौं : नेपाल मजदूर किसान पार्टीले आज भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको छ। पत्रमा नेमकिपाले पछिल्लो राजनीतिक नक्सा खारेज गर्न माग गरिएको छ। पत्र बुझाउनु अघि नेमकिपाले भारतीय दूतावास अगाडिसमेत प्रदर्शन गरेको थियो। प्रदर्शनपछि नेमकिपाका सचिव प्रेम सुवालद्वारा हस्ताक्षरित पत्र भारतीय दूतावासमा बुझाएको नेमकिपाले जनायो। उक्त पत्र भारतीय प्रधानमन्त्री मोदीसम्म पुगोस् भनेर प्रदर्शनकारीले मागसमेत गरेका थिए। पत्रमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell