PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • पचली भैरवलाई थकुजुजुको घरबाट पीपीई लगाएकाले खटमा बोक्दै पुर्‍याए मन्दिर

    पचली भैरवलाई थकुजुजुको घरबाट पीपीई लगाएकाले खटमा बोक्दै पुर्‍याए मन्दिर

    पचली भैरवलाई थकु जुजुको घरबाट टेकुस्थित पचलीमा रहेको मन्दिर पुर्‍याइएको छ। कोरोना संक्रमणका कारण जात्रा हुने नहुने अन्यौलताबीच सुरक्षा सतर्कता अपनाएर पचली भैरवलाई मन्दिर पुर्‍याइएको हो। त्यसक्रममा भैरवलाई खटमा राखेर बोक्नेहरुले पीपीई र भाइजर लगाएका थिए। पहिला वर्ष झै यसपटक जात्राका क्रममा धेरै मानिस सहभागी भएनन्।  सामान्यतय राति हुने यो जात्रा यसपटक कोरोना संक्रमणका कारण दिउँसो नै गरिएको हो। मन्दिरमा…

    विस्तृतमा पढ्नुस्

  • न्यूरोड गेटसँगै रहेको एक पसलमा आगलागी

    न्यूरोड गेटसँगै रहेको एक पसलमा आगलागी

    काठमाडौँको न्यूरोड गेटसँगै रहेको एक पसलमा आइतबार राति आगलागी भएको छ। आइतबार राति करिब ९ बजेतिर आगलागी भएको हो। विद्युत सर्ट भइ आगलागी भएको हो। जुद्ध वारुण यन्त्रको दमकल तथा स्थानीयको सहयोगमा करिब आधा घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो। दमकल आउन ढिलाइ हुँदा क्षति बढेको स्थानीयको गुनासो छ। क्षतिको यकिन विवरण आइसकेको छैन।     

    विस्तृतमा पढ्नुस्

  • केशर महलमा एनओसी लिनेको दैनिक भिड, प्रहरीको माइकिङ सुन्दैनन् कोही

    केशर महलमा एनओसी लिनेको दैनिक भिड, प्रहरीको माइकिङ सुन्दैनन् कोही

    केशर पुस्तकालय परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा हिजोआज दैनिकजसो भिड देख्न सकिन्छ। कोभिड-१९ महामारी फैलिरहेको अवस्थामा सुरक्षा मापदण्डबिनै दैनिक भिड बढेको देखिन्छ। कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि देख्न सकिन्छ। विदेशस्थित शैक्षिक संस्थामा भर्ना भएर पनि विदेश जान नपाएका विद्यार्थीहरु…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा सीमा मिचिएको भन्दै प्रदर्शन गर्न पुगेकाहरु रेस्टुराँ भित्रबाटै पक्राउ

    हुम्लामा सीमा मिचिएको भन्दै प्रदर्शन गर्न पुगेकाहरु रेस्टुराँ भित्रबाटै पक्राउ

    काठमाडौं : चीनले नेपालको हुम्लामा सीमा मिचेको भन्दै स्वतन्त्र नेपाली नागरिक समूहले प्रदर्शन तयार गरिरहँदा प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले चिनियाँ दूतावास नजिकै रहेको निगालो द गार्डेन रेस्टुराँ भित्रै पसी पक्राउ गरेको हो। 'ब्याक अफ चाइना : चीन तपाईं हाम्रो भूमि अतिक्रमण गर्न सक्नुहुन्न' लेखिएको ब्यानर बोकेर प्रदर्शन तयारी गरिरहेकै बेला उनीहरुलाई पक्राउ गरेको हो। समूहले मिचिएको भूमि फिर्ताको माग…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको उपचार कसरी हुँदैछ? निजी अस्पतालको अनुगमनमा पुगे संसदको शिक्षा तथा स्वास्थ्य उपसमिति

    कोरोना संक्रमितको उपचार कसरी हुँदैछ? निजी अस्पतालको अनुगमनमा पुगे संसदको शिक्षा तथा स्वास्थ्य उपसमिति

    कोरोना भाइरस संक्रमितको उपचार कसरी भइरहेको छ भन्नेबारे जानकारी लिन संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका सदस्यहरु निजी अस्पतालको अनुगमनमा निस्केका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ का विषयमा सरकारका कामहरुबारे अध्ययन र सुझावका लागि सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिती गठन गरेको थियो। 'निजी अस्पतालमा कोभिड-१९ का सन्दर्भमा कस्तो काम भइरहेको छ,सरकार र निजी अस्पतालले सरकारले गरेको निर्णय लागू गरेको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो वर्षाले रुझेको राजधानी

    यस्तो देखियो वर्षाले रुझेको राजधानी

    असोजको पहिलो हप्ता सकिसक्दा पनि देशका विभिन्न भागमा वर्षा जारी छ। कतै पहिरो गइरहेको छ भने कतै बाढी। असोज ५ बाट शुरु भएको वर्षा भोलिसम्म जारी रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। कोभिड-१९ त्रासकाबीच सरकारी कार्यालयदेखि निजी व्यवसाय सञ्चालनमा आएको बेला वर्षा जारी हुँदा कामकाजमा अवरोध आएको देखिन्छ। यही मेसोमा राजधानीका सडकमा देखिएको केही दृश्य:    

    विस्तृतमा पढ्नुस्

  • डा गोविन्द केसीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

    डा गोविन्द केसीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

    काठमाडौं : डा गोविन्द केसीको समर्थनमा माइतीघरमा मंगलवार पनि प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले सोमवार पनि माइतीघरमा प्रदर्शन गरेको हो। सोमवार डा केसीलाई प्रहरीले अपहरणको शैलीमा ट्रमा सेन्टरमा लिएको उनका सहयोगीले आरोप लगाएका छन्। प्रहरीले उनलाई एयरपोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर लगेको थियो। नेपालगन्जबाट टिचिङ अस्पताल हिँडेका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको थियो। जुम्लामा…

    विस्तृतमा पढ्नुस्

  • ‘डा केसीको अनशन, मेडिकल माफियालाई टेन्सन’ : डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

    ‘डा केसीको अनशन, मेडिकल माफियालाई टेन्सन’ : डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

    काठमाडौं : ७ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले सोमवार माइतीघरमा प्रदर्शन गरेको हो। विभिन्न माग राखेर जुम्लामा ७ दिनदेखि अनशन बसेका डा केसीलाई उपचारका लागि भन्दै प्रहरीले शनिवार जबर्जस्ती अस्पताल लगेको थियो। डा केसीलाई अहिले उपचारको लागि नेपालगंज पुर्‍याइएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी बसन्त पन्तले उनी आफ्नै…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनापछि खुल्यो होटल, स्यानिटाइज गरेर यसरी आउँदैछ संचालनमा

    ६ महिनापछि खुल्यो होटल, स्यानिटाइज गरेर यसरी आउँदैछ संचालनमा

    काठमाडौं : सरकारले  असोज १ बाट होटल रेष्टुरेन्ट खोल्न दिने निर्णय गर्‍यो। मन्त्रिपरिषदको निर्णय बमोजिम बिहीबारदेखि केही होटल खुले। काठमाडौंमा रहेका अधिकांश तारे होटलहरु पनि संचालनमा आए। लामो समयसम्म बन्द रहेको होटलका कोठाहरु सफा गर्ने, स्यानिटाइज गर्ने लगायतका कामहरु भए। गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष जीबा लामिछानेसहितको लगानीमा स्थापना भएको होटल अकामा संचालनमा आइसकेको छ। सानिमा ग्रुपका प्रमुख कार्यकारी अधिकृत…

    विस्तृतमा पढ्नुस्

  • रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा निषेधाज्ञामै नेविसंघको प्रदर्शन

    रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा निषेधाज्ञामै नेविसंघको प्रदर्शन

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले काँकडभिट्टा इनरुवा रेलमार्गको ठेक्का प्रक्रियाको विरोध गरिरहेको छ। त्यही क्रममा आइतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीको माइतीघरमा मौन विरोध प्रदर्शन गरेको छ। हचुवाको भरमा गरिएको रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई नेविसंघले आग्रह गरेको छ। निषेधाज्ञाको समयमा नेविसंघले प्रदर्शन गरेको थाह पाउनसाथ माइतीघरमा…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपमा क्वारेन्टाइन बनाउँदै काठमाडौं महानगर

    भृकुटीमण्डपमा क्वारेन्टाइन बनाउँदै काठमाडौं महानगर

    काठमाडौं : काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै काठमाडौं महानगरपालिकाले क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउने कार्य सुरु गरेको छ। महानगरले आफ्नो क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा क्वारेन्टाइन बनाउनेबारेमा छलफल गरिरहेको छ। यसबीच महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शुक्रवार भृकुटीमण्डपस्थित सभा हलको निरीक्षण गरिन्। त्यहाँ महानगरले क्वारेन्टाइन बनाउने योजना बनाएको छ। उपमेयर श्रेष्ठले सभाहलको अवस्थाको बारेमा जानकारी लिइन्। साथै केहीदिन भित्र नै…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुर क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै हिँडडुल गर्नेलाई प्रहरीले गर्‍यो कारबाही

    वसन्तपुर क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै हिँडडुल गर्नेलाई प्रहरीले गर्‍यो कारबाही

    काठमाडौं : वसन्तपुर क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै हिँडडुल गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक कामबिना हिँडडुल गर्नेहरुलाई प्रहरीले होल्डिङ एरियामा उभ्याएर कारबाही गरेको हो। बढ्दो कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्यावश्यक कामबिना हिँडडुल गर्न नपाइने व्यवस्था छ। तर, केही मानिसहरु निषेधाज्ञाको अवज्ञा गर्दै बिनाकाम हिँडडुल गर्ने गरेका छन्। उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्रामा सुनसान बन्यो वसन्तपुर

    इन्द्रजात्रामा सुनसान बन्यो वसन्तपुर

    काठमाडौं : आज यँया: पुन्ही अर्थात इन्द्रजात्रा। हनुमानढोका दरबार क्षेत्र यतिखेर हजारौं मानिसले भरिएको हुन्थ्यो। धिमे र भुस्याको तालमा मानिसहरु रमारहेका हुन्थे। लाखे, पुलुकिसि नृत्युमा झुमिरहेका हुन्थे। जीवित देवी कुमारीका साथै जीवित देवहरु गणेश र भैरवको रथ यात्रा भइरहेको हुन्थ्यो। तर काठमाडौंलाई  जीवन्त बनाइरहेको यो पर्वमा यसपटक वसन्तपुर दरबार क्षेत्र सुनसान बन्यो। कोरोना संक्रमणका कारण यसपटकको यँया: रद्द गरिएपछि दरबार क्षेत्र सुनसान…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा व्यस्त मजदुर

    निषेधाज्ञामा व्यस्त मजदुर

    काठमाडौं उपत्यकामा कोरोना रोकथामका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ। गत बुधवार रातिबाट जारी भएको निषेधाज्ञामा सर्वसाधारणलाई अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ। निषेधाज्ञाको समयमा अतिआवश्यक क्षेत्र कामदार भनेट डटेर काम गरिरहेका छन्। सडक निर्माणदेखि विद्युतीकरणमा आएको समस्या समाधानका लागि उनीहरु आइतवार खटिरहेका देखिन्थे।  

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञापछिको राजधानी : कोही काममा खट्दै, कतै खेल्दै

    निषेधाज्ञापछिको राजधानी : कोही काममा खट्दै, कतै खेल्दै

    उपत्यकामा बिहीवारबाट निषेधाज्ञा शुरु भएको छ। पहिलो दिन सडक सुनसान देखियो। यद्यपि काम गर्नेहरुलाई भने सास्ती देखिन्थ्यो। कतै कतै सडकमा भने बालबालिका फुटबल खेल्दै रमाइरहेका देखिन्थ्यो। पैदलयात्री फट्टफुट्ट देखिन्थ्यो भने सडकमा प्रहरीको कडा जाँच उत्तिकै देख्न सकिन्थ्यो।  

    विस्तृतमा पढ्नुस्

  • खोलाको पानी बाटोमा आएपछि डल्लुमा यसरी अड्कियो गाडी

    खोलाको पानी बाटोमा आएपछि डल्लुमा यसरी अड्कियो गाडी

    वर्षा बढ्दा काठमाडौंको डल्लुस्थित झोलुंगे पुल नजिकै खोलाको पानी बाटोसम्मै आयो।  उक्त ठाउँबाट अन्य समयमा सवारी साधन आउजाउ हुन्थ्यो। आज पनि आउजाउ जारी थियो। तर खोलाको पानी बाटोमा पसेपछि बीचबाटोमै गाडी डुबानमा पर्‍यो र अड्कियो। पानीभित्रसम्म पसेपछि बिग्रँदा गाडी रोकियो र मेकानिक बोलाएर मर्मत नै गर्नुपर्‍यो।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटबल टिमको स्वाब संकलन सुरु, बाँकीको भोलि

    राष्ट्रिय फुटबल टिमको स्वाब संकलन सुरु, बाँकीको भोलि

    काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टिमको कोभिड - १९ परीक्षणका लागि स्वाब संकलन सुरु भएको छ। पाटन अस्पतालमा आज पहिलो चरणमा ११ जना खेलाडीसहित २ जना अफिसियल र होस्टलका १२ जना गरी २५ जनाको स्वाब संकलन गरिएको हो। बाँकीको भोलि (मंगलवार) स्वाव संकलन गरिने राष्ट्रिय टिमका म्यानेजर मधुसुधन उपाध्यायले जनाए। भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको अखिल नेपाल फुटबल संघ…

    विस्तृतमा पढ्नुस्

  • महामारी मच्चाउने दानव अन्त्य गर्ने अस्टमात्रिका लगाउँथे मास्क, सम्झनामा मनाइयो खड्ग जात्रा

    महामारी मच्चाउने दानव अन्त्य गर्ने अस्टमात्रिका लगाउँथे मास्क, सम्झनामा मनाइयो खड्ग जात्रा

    काठमाडौं : काठमाडौंको हाँडीगाउँमा खड्गजात्रा मनाइएको छ। बुधवार दिउँसो त्यहाँका स्थानीयले जात्रा मनाएका हुन्। स्थानीयका अनुसार यसलाई अस्टमत्रिका खड्गासिद्धी जात्रा पनि भनिन्छ। 'पहिले पहिले दानवले हाँडीगाउँमा महामारीबाट तहल्का मच्चाइरहेको थियो। त्यसपछि अस्टमात्रिका र भैरव प्रकट भएर दानवको हत्या गरेको दिनको सम्झनामा यो जात्रा मनाइन्छ। अस्टमात्रिका मास्क लगाएर आउने गर्छ,' स्थानीय सन्देश मुनिकारले भने। यो पर्व गाईजात्राको भोलिपल्ट हरेक वर्ष दिन मनाईन्छ।

    विस्तृतमा पढ्नुस्

  • तीनकुनेको वाग्मती किनारमा भेटियो बेवारिसे शव, पोस्टमार्टमका लागि लगियो टिचिङ

    तीनकुनेको वाग्मती किनारमा भेटियो बेवारिसे शव, पोस्टमार्टमका लागि लगियो टिचिङ

    काठमाडौं : काठमाडौंको तिनकुनेस्थित वाग्मती खोलाको किनारमा बेवारिसे शव फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलवार दिउँसो खोलामा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको हो। ‘खोलाले बगाएको अवस्थामा आज दिउँसो शव भेटिएको हो। पोस्टमार्टमका लागि शव टिचिङ हस्पिटल लगिएको छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने।

    विस्तृतमा पढ्नुस्

  • मास्कमय सापारु, यस्तो देखियो वसन्तपुरको गाईजात्रा

    मास्कमय सापारु, यस्तो देखियो वसन्तपुरको गाईजात्रा

    काठमाडौं : आज सापारु अर्थात गाईजात्रा।  नेवार समुदायमा साया: (सायात) का रुपमा आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। नेपालभाषामा 'सा' भनेको गाई र 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको बताइन्छ। केहीले भने बाजासहित गाईलाई नै नगर परिक्रमा गराउने गर्छन्। सापारुको अवसरमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell