PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • निषेधाज्ञा पालना गराउन प्रहरी उत्र्यो कडाईका साथ, यसरी हुँदै चेकिङ

    निषेधाज्ञा पालना गराउन प्रहरी उत्र्यो कडाईका साथ, यसरी हुँदै चेकिङ

    काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु गरेको छ। निषेधाज्ञा शुरु भएसँगै काठमाडौं उपत्यकाका सडक बिहानैबाट सुनसान देखिन थालेको छ। निषेधाज्ञा पालना गराउन प्रहरी पनि बिहानैबाट खट्न थालेका छन्। राजधानी भित्रने नाका देखि राजधानीका विभिन्न चोकहरुमा प्रहरीले कडाईका साथ जाँच शुरु गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजबाट…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा हुनुअघि इन्धनको जोहो, पेट्रोल पम्पहरुमा तेल भर्नेको लाग्यो लाइन

    निषेधाज्ञा हुनुअघि इन्धनको जोहो, पेट्रोल पम्पहरुमा तेल भर्नेको लाग्यो लाइन

    काठमाडौंः निकै तीव्र गतिमा कोरोना भाइरसको प्रकोप फैलिएपछि बिहीबारदेखि स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका छन्। अत्यावश्यकीय बाहेकका अन्य सेवा व्यवसाय सञ्चालनमा कडाइ गरिएको छ। सार्वजनिक यातायात सञ्चालनमा निषेध गरिएको छ। देशभरमा बिहीबार करिब पाँच हजार संक्रमित थपिएका छन्। जसमध्ये आधा संक्रमित उपत्यकामा नै छन्। निषेधाज्ञा जारी हुनुभन्दा अघिल्लो दिन पनि बजारमा भने दैनिक खाद्यान्नलगायतको जोहो गर्नेको भीड नै लागेको छ। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा श्रीलंका पुलिसमाथि आर्मीको शानदार जीत, श्रीलंकन कोच रोहन भन्छन्, मार्जिन ठूलो भए पनि गेम राम्रो खेल्यौँ

    तस्विरमा श्रीलंका पुलिसमाथि आर्मीको शानदार जीत, श्रीलंकन कोच रोहन भन्छन्, मार्जिन ठूलो भए पनि गेम राम्रो खेल्यौँ

    काठमाडौं: एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५-१ गोल अन्तरको शानदार जित हासिल गरेको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मीले सहज जित निकालेको हो। जितसँगै आर्मीले भारतको बेंग्लुरु क्लबसँग भेट पक्का गरेको छ। खेलपछि श्रीलंका प्रहरीका कोच रोहन थिलाक अल्पोन्सुले मार्जिन ठूलो भए पनि राम्रो खेल खेलेको प्रतिक्रिया दिए। उनले भने, 'हामी टिम गेमसँग…

    विस्तृतमा पढ्नुस्

  • नालामा श्रृष्टिकान्त लोकेश्वरलाई गराइयो नगर परिक्रमा

    नालामा श्रृष्टिकान्त लोकेश्वरलाई गराइयो नगर परिक्रमा

    काठमाडौं : श्रृष्टिकान्त लोकेश्वरको जात्रा सम्पन्न भएको छ। पुण्यमति नदीको किनारमा अवस्थित लोकेश्वर नाला करुणामयको नामले प्रसिद्ध छन्।   हरेक वर्ष नेपाल संवतको चिल्लागा पारु अर्थात् फागु पुर्णिमाको भोलिपल्ट लोकेश्वरको 'न्हवं' गरिन्छ। न्हवंमा महास्नान गराइसके पछि लोकेश्वरको प्राणलाई ब्रम्हकलशमा राखेर भोलिपल्ट मुर्तिमा रंगरोगन गर्ने गरिन्छ। सोही रात दशकर्म पुजा गरिन्छ र तृतियाको दिन (आज) खटमा राखेर नगर परिक्रमा गराइने परम्परा रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री आउने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा, प्यारापिटमा कुकुर दौडाउँदै प्रहरी

    प्रधानमन्त्री आउने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा, प्यारापिटमा कुकुर दौडाउँदै प्रहरी

    काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला आउँदै छन्। प्रधानमन्त्री ओली आउने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको छ। रंगशालामा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। रंगशालामा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालक गरिएको छ। त्यस्तै, रंगशालामा प्रहरी तथा सेनाको कुकुर पनि तैनाथ गरिएको छ। आज साँझ साढे पाँच बजेबाट…

    विस्तृतमा पढ्नुस्

  • फागुको मध्यरातमा टुँडिखेल पुगेर खुवाइयो गुरुमापालाई भात

    फागुको मध्यरातमा टुँडिखेल पुगेर खुवाइयो गुरुमापालाई भात

    काठमाडौं : फागु पूर्णिमाको राति वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर ढलाएर तिंख्या (टुँडिखेल) मा लगेर दहन गर्ने गरिन्छ। त्यसबेलसम्म किलागल (किला घ:) टोलमा टुँडिखेलमा गुरुमापालाई भात, मासु लगायत अन्य परिकार बनाएर खुवाउन लग्ने तयारी भइरहेको हुन्छ। आइतबार पनि राति किलागलका स्थानीय भात खुवाउन लग्ने तयारीमा जुटे। किलागलको महर्जन गुठिले हरेक वर्ष झै यसपटक पनि इतुम्बहा: स्थित केशचन्द्र विहार छेउको भूतुक्यवमा भात…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा चीर दहन, सकियो काठमाडौंमा फागु

    टुँडिखेलमा चीर दहन, सकियो काठमाडौंमा फागु

    काठमाडौं : वसन्तपुरमा ठड्याइएको चीर ढालिएसँगै काठमाडौंमा यस वर्षको फागु सम्पन्न भएको छ। फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै काठमाडौंमा फागु सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ।  फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ। चीर जलाउनु अघि मारवाडी समुदायले समेत त्यहाँ पूजा गरेका थिए।  चीर दहन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षक महर्जनको स्वीकारोक्ति : अट्याकिङमा कमजोरी भयो, कीर्गिस्तानको अब्जर्वेसन् : बंगलादेशको भन्दा नेपालको खेल ‘क्विकर’

    प्रशिक्षक महर्जनको स्वीकारोक्ति : अट्याकिङमा कमजोरी भयो, कीर्गिस्तानको अब्जर्वेसन् : बंगलादेशको भन्दा नेपालको खेल ‘क्विकर’

    काठमाडौं : थ्री नेशन्स सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले कीर्गिस्तानको यू-२३ टोलीसँग गोलरहित बराबरी खेल्यो। अधिकांश समय बल आफ्नो पक्षमा राखेको नेपालले केही राम्रा अवसरहरु पनि बनाएको थियो, यद्यपि त्यसमा नेपाल चुक्न पुग्यो। आजको बराबरीको प्रत्यक्ष फाइदा पुग्यो बंगलादेशलाई। र, बंगलादेश फाइनलमा स्थान सुरक्षित गर्दा नेपालले भने फाइनल प्रवेशका लागि दोस्रो खेलमा बंगलादेशलाई हराउनु पर्ने या बराबरी सम्म भए…

    विस्तृतमा पढ्नुस्

  • चीर ठड्याइएसँगै सुरु भयो फागु : पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निम्तो

    चीर ठड्याइएसँगै सुरु भयो फागु : पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निम्तो

    काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा लिंगोसहित रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ८:२६ बजेको साइतमा चीर ठड्याइएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको राजनीतिक अवतरण, हेर्नुस् तस्विरमा

    विप्लवको राजनीतिक अवतरण, हेर्नुस् तस्विरमा

    दुई वर्षसम्म राजनीतिक प्रतिबन्ध खेपेको नेपाल कम्युनिस्ट पार्टी शुक्रबारदेखि खुला राजनीतिमा आएको छ। वर्तमान सरकारले नै २०७५ फागुन २८ गते विप्लवको दलमाथि प्रतिबन्ध लगाएको थियो।  भूमिगत अवस्थामा पनि विप्लव समूहले कतिपय क्षेत्रमा गैरराजनीतिक घटना घटायो। सरकारका तर्फबाट पनि सो समूहका नेतामाथिको धरपकड बढाइएको थियो। विप्लवबाहेकका दोस्रो तहका अन्य नेताहरु धमाधम पक्राउ परेका थिए। यसअघि सांसद सोमप्रसाद पाण्डेयको नेतृत्वमा गठन गरेको…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा कानुनी राज्यको माग, उत्रिए लेखकदेखि अभियन्तासम्म

    माइतीघरमा कानुनी राज्यको माग, उत्रिए लेखकदेखि अभियन्तासम्म

    काठमाडौं : काठमाडौंमा सडक विस्तारबाट आदिवासीहरुाई विस्थापित बनाइएको र मातृभाषा बोल्दा प्रहरीले दमन गरेको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। नेप सम्पदा संरक्षण गर्नुपर्ने मागसहित आज बिहान माइतीघर मण्डलमा विरोध प्रर्दशन भएको छ। नेवा: देय दबूको संयोजनमा विभिन्न नेवार संगठन, उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, बृहत नागरिक आन्दोलनको संयुक्त आयोजनमा विरोध प्रदर्शन गरिएको हो।  बालाजु बाइपासमा सडक विस्तारका क्रममा घर बिहिन…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गमा गुञ्जिए सबिन राई, 'गलबन्दी च्यातियो'मा मेयर शाक्यको नृत्य

    दरबारमार्गमा गुञ्जिए सबिन राई, 'गलबन्दी च्यातियो'मा मेयर शाक्यको नृत्य

    काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा दरबारमार्गमा सांस्कृतिक महोत्सव आयोजना गर्‍यो। महोत्सवलाई दुई चरणमा विभाजित गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समूहले नृत्य प्रस्तुत गरेका थिए। यस्तै, विभन्न जातजातिको प्रतिनिधित्व हुने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो। दोस्रो चरणमा गायक गायिकाहरुले सांगीतिक प्रस्तुती दिए। मञ्जु पौडेल, मदन गोपाल, प्रिति आले, प्रकाश सपुत, मिलन नेवार…

    विस्तृतमा पढ्नुस्

  • सावित्रा चोटका कारण लामो समय मैदान बाहिर रहने, पुलिससँगको खेलमा यसरी लडेकी थिइन्

    सावित्रा चोटका कारण लामो समय मैदान बाहिर रहने, पुलिससँगको खेलमा यसरी लडेकी थिइन्

    काठमाडौं: फागुन ३ गतेको महिला लिग अन्तर्गतको सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिसबीचको खेलमा एपीएफकी सावित्रा भण्डारी मैदानमा लडेकी थिइन्। खेलको ६९ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएर उनी लडेकी थिइन्। उनको 'एन्टेरियर क्रुसिएट लिगामेन्ट' च्यातिएको एपीएफकी प्रशिक्षक भगवती थापाले जानकारी दिइन्। 'इन्ज्युरीहरु धेरै भएको छ। एसिएल, मिनिस्कसहरु भन्छ नि त्यही समस्या हो। डाक्टरले अप्रेसन नै गर्नुपर्छ भन्या रहेछ,' प्रशिक्षक थापाले…

    विस्तृतमा पढ्नुस्

  • वसन्त श्रवण गर्न राष्ट्रपति भण्डारी हनुमानढोकामा

     वसन्त श्रवण गर्न राष्ट्रपति भण्डारी हनुमानढोकामा

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज हनुमानढोकामा वसन्त श्रवण गरेकी छिन्। हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिलाई हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए। परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-माधव समूहको विरोध कार्यक्रमका भुइँमान्छे : कसैलाई बस छुट्ने चिन्ता, कोही खाली खुट्टै दौडिँदै

    प्रचण्ड-माधव समूहको विरोध कार्यक्रमका भुइँमान्छे : कसैलाई बस छुट्ने चिन्ता, कोही खाली खुट्टै दौडिँदै

    काठमाडौं : बुधवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको विरोधसभा सुरु हुँदै थियो। रत्नपार्क र भद्रकालीको बीच सडकमा आयोजित विरोधसभामा आएका खड्कबहादुर यादव सुन्धारामा भेटिए। ट्राफिक प्रहरीसँग केही सहयोग माग्दै थिए उनी। यादव नेपाली राम्ररी बोल्न जान्दैनन्। सँगै आएका साथीहरु भिडमा हराए। त्यसैले समस्या थियो अब घर कसरी फर्कने, कहाँ जाने ? उमेर त्यस्तै ६० देखि ६५ वर्ष हुनुपर्छ यादवको। नवलपरासीबाट करिब २० वटा बसमा आएका थिए जिल्लावासी…

    विस्तृतमा पढ्नुस्

  • क्लोज क्याम्पका कान्छा खेलाडी : जसले पीएम कपमा देखाएका थिए ब्याटिङको जादु

    क्लोज क्याम्पका कान्छा खेलाडी : जसले पीएम कपमा देखाएका थिए ब्याटिङको जादु

    काठमाडौं: १५ वर्षीय अर्जुन कुमाल शनिवार काठमाडौं आए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन्। नेपाल क्रिकेट संघ क्यानले माघ २२ गते आईसीसी सीडब्लुसी लिग २ अन्तर्गतको ओमन सिरिजका लागि ३२ खेलाडीको नाम सार्वजनिक गर्दा कुमाल पनि टिममा परेका थिए। नेपाली क्रिकेट टोलीबाट उमेर समूहमा समेत प्रतिनिधित्व गरिसकेका कुमालले आजबाट राष्ट्रिय टिमको क्याम्पमा अभ्यास सुरु गरे। अघिल्लो हप्ता सम्पन्न प्रधानमन्त्री कपमा उनले…

    विस्तृतमा पढ्नुस्

  • बदामको ब्यापारदेखि रुखबाटै रमिता : दरबारमार्गमा देखिएको सत्ताको शक्ति प्रदर्शनका दृष्य

    बदामको ब्यापारदेखि रुखबाटै रमिता : दरबारमार्गमा देखिएको सत्ताको शक्ति प्रदर्शनका दृष्य

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको शक्ति प्रदर्शन दरवारमार्गमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शनमा विभिन्न जिल्लाहरुबाट कार्यकर्ताहरु बोलाइएको छ। महेन्द्रको सालिकबाट नारायणहिटीतर्फको क्षेत्र मानिसहरुले भरिएको छ। अझ त्यसक्षेत्रका रुखहरुमा चढेर पनि मानिसहरु भाषण हेरिरहेका छन्। बाजागाजा बजाएर विभिन्न कलेजका विद्यार्थी संगठन, विभिन्न जिल्लाका कार्यकर्ताहरु त्यहाँ मिसिएका छन्। दरबारमार्गमा विरलै देखिने बदाम बेच्ने मानिसहरु पनि त्यत्तिकै छन्।…

    विस्तृतमा पढ्नुस्

  • रत्नपार्क क्षेत्रमा प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी, सर्वसाधारणको सवारी जोगाउँदै प्रहरी

    रत्नपार्क क्षेत्रमा प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी, सर्वसाधारणको सवारी जोगाउँदै प्रहरी

    काठमाडौं : प्रचण्ड माधव समूहको आमहाड्ताल सफल पार्न उत्रिएका नेता कार्यकर्ता र प्रहरीबीच रत्नपार्कमा घम्साघम्सी चलेको छ। सर्वसाधारणको सवारी बन्द कर्ताले नियन्त्रणमा लिन खोजेपछि प्रहरीले रोक्न खोज्दा घम्साघम्सी परेको हो। यस क्षेत्रमा प्रचण्ड माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ खटिएका छन्। आजको आम हड्ताललाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा नीति अपनाएको छ। बिहानबाटै बन्दकर्ताहरु पक्राउ पर्न थालेका छन्। नेकपा नेतृ अष्टलक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • पुलिसमाथि विराटनगरको संघर्षपूर्ण जित

    पुलिसमाथि विराटनगरको संघर्षपूर्ण जित

    काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकाले नेपाल पुलिसमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले १-० को संघर्षपूर्ण जित निकालेको हो। विराटनगरको जितमा पार्वती घलेले निर्णायक गोल गरिन्। उनले खेलको नवौ मिनेटमा गोल गरेकी थिइन्। जारी लिगमा विभागीय टोलीको बाहिरको टिमसँग पहिलो हार हो। जितसँगै १० अंक जोडेको विराटनगर तेस्रो स्थानमा उक्लिएको…

    विस्तृतमा पढ्नुस्

  • चौदण्डीगढीविरुद्ध एपीएफको २२ गोल, तस्बिरमा दुई टीमबीचको प्रतिस्पर्धा

    चौदण्डीगढीविरुद्ध एपीएफको २२ गोल, तस्बिरमा दुई टीमबीचको प्रतिस्पर्धा

    काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा चौदण्डगढीमाथि एपीएफले फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले २२ गोलको फराकिलो अन्तरले जित निकालेको हो। एपीएफले पहिलो हाफमा १२ गोल र दोस्रो हाफमा १० गोल गरेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले सर्वाधिक एक दर्जन गोल गरिन्। त्यस्तै, अनु लामाले ५ गोल गर्दा अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell