PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • दशैँ नजिकिँदै गर्दा बजारमा बढ्यो चहलपहल

    दशैँ नजिकिँदै गर्दा बजारमा बढ्यो चहलपहल

    काठमाडौं : आजभोलि बजारतिर निस्किने हो भने निकै भिडभाड बढेको भान हुन्छ। यसले पनि अब दशैँ नजिकियो भन्ने लाग्छ। दशैँलगायतका चाडवर्पहरु नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने मानिसहरुको भिड सामान्य भन्दा बढी देखिएको हो। राजधानी काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरु तथा सपिङ मलहरुमा दशैँको सामान किन्न मानिसहरुले शुरु गरिसकेका छन्। यसले पनि दशैँको चहलपहल बढेको महसुस हुन्छ। सपिङ मल तथा व्यापारिक केन्द्रहरुमा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकर्मा पूजा : भद्रकालीमा यसरी हुँदैछ सवारी साधनको पूजा

    विश्वकर्मा पूजा : भद्रकालीमा यसरी हुँदैछ सवारी साधनको पूजा

    काठमाडौं : आज विश्वकर्मा पूजा। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ। आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्राका लागि हनुमानढोकामा पुर्‍याइयो य:सिं

    इन्द्रजात्राका लागि हनुमानढोकामा पुर्‍याइयो य:सिं

    काठमाडौं : यँया: (इन्द्रजात्रा) का लागि य:सिं लाई आज तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। बिहान १० बजेर ३४ मिनेटको शुभ साइतमा य:सिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि पुर्‍याइएको हो। असोज २ गते बिहान ६ बजेर ५१ मिनेटमा हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ। यही दिनदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ। असोज ३…

    विस्तृतमा पढ्नुस्

  • य:सिंको क्षमा पूजा र गुरुजुको पल्टनको सलामी : यस्तो देखियो इन्द्रजात्राका लागि वृक्षकर्तन

    य:सिंको क्षमा पूजा र गुरुजुको पल्टनको सलामी : यस्तो देखियो इन्द्रजात्राका लागि वृक्षकर्तन

    काठमाडौं : यँया (इन्द्रजात्रा) मा य:सिं ठड्याउन भक्तपुरको नालामा रहेको यसिंगुँमा सल्लाको रुखमा काट्न सुरु भएको छ। आज साँझ ७ बजेर २७ मिनेटको शुभसाइतमा वृक्षकर्तन गरिएक हो। स्वस्ती पाठ गर्दै बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा बन्चरोले प्रहार गरी रुखमा चिह्न छाडिएको हो। य:सिंका लागि छनौट गरिएको रुखमा हनुमानढोकामा कार्यरत सहायक पण्डितले क्षमा पूजा गरेका थिए। यस्तै, काठमाडौंबाट…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो भारतविरुद्ध नेपालको खेल

    यस्तो देखियो भारतविरुद्ध नेपालको खेल

    काठमाडौं : भारतीय फुटबल टोलीसँग आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले नेपाललाई २-१ गोलले पराजित गर्‍यो। पहिलो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। नेपालले तीन वटा राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल गर्न सकेन। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको शुरु मै विशाल राईले राम्रो अवसर पाएर पनि पोस्टमा प्रहार…

    विस्तृतमा पढ्नुस्

  • दर्शकका बीच फर्कियो खेल, बराबरीमा रोकिए नेपाल र भारत

    दर्शकका बीच फर्कियो खेल, बराबरीमा रोकिए नेपाल र भारत

    काठमाडौं : कोभिड-१९ महामारीमा शुरु गरिएको लकडाउनले खाली भएको रंगशाला फेरि एकपटक भरिएको छ। पछिल्लो पटक नेपाल, बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टिमबीचको थ्री नेशन्स कपमा भरिएको रंगशालामा खेल भएको थियो। त्यसयता सम्पन्न नेपाल सुपर लिग (एनएसएल) बन्द रंगशालामा भएको थियो। त्यसअघि पनि क्रिकेटमा त्रिकोणात्मक सिरिजका पछिल्ला खेलहरु बन्द रंगशालामा भएका थिए। नेपाल र भारतबीचको मैत्रीपू्र्ण खेलमा रंगशालाको क्षमताको एकतिहाइ अर्थात…

    विस्तृतमा पढ्नुस्

  • माओवादी कार्यालयमा जेबी टुहुरेको पार्थिव शरीर, नेता/कार्यकर्ताले दिए श्रद्धाञ्जली

    माओवादी कार्यालयमा जेबी टुहुरेको पार्थिव शरीर, नेता/कार्यकर्ताले दिए श्रद्धाञ्जली

    काठमाडौं : जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। नेकपा माओवादी केन्द्रबाट सांसद समेत बनेका टुहुरेको पार्थिव शरीरलाई आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। पार्टी कार्यालयमा नेता/कार्यकर्ताहरुले टुहुरेलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले टुहुरेको पार्थिव शरीरमा पार्टीको झण्डा ओड्याएका थिए। मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको उपचारकै क्रममा आज १२:३०…

    विस्तृतमा पढ्नुस्

  • गाईजात्रामा यस्तो देखियो वसन्तपुरको दृश्य : मास्कमय भयो सापारु

    गाईजात्रामा यस्तो देखियो वसन्तपुरको दृश्य : मास्कमय भयो सापारु

    काठमाडौं : आज सापारु। नेपालभाषामा 'सा' को अर्थ गाई र 'पारु'को अर्थ प्रतिपदा हो। यस्तै, यस पर्वलाई साया: समेत भन्ने गरिन्छ। 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको हो। आजको दिन काठमाडौंमा दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। केहीले भने बाजासहित गाईलाई नै नगर…

    विस्तृतमा पढ्नुस्

  • ओमन सिरिजका लागि सकियो नेपाली टोलीको अभ्यास, कप्तान र प्रशिक्षकको निचोड : पीएनजीसँगको दुई खेल महत्वपूर्ण

    ओमन सिरिजका लागि सकियो नेपाली टोलीको अभ्यास, कप्तान र प्रशिक्षकको निचोड : पीएनजीसँगको दुई खेल महत्वपूर्ण

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गत ओमन, अमेरिका र नेपाल सम्मिलित त्रिदेशीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सम्पन्न भएको छ। सिरिज अघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतवार नेपाली टोलीले अन्तिम दिनको अभ्यास गरेको हो। नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले अभ्यासमा कडा मेहेनत गरेको बताए। मेयरकप पछिको पहिलो ओडीआई नै पपुवा न्युगिनीसँगको खेल भएकाले तयारीका लागि त्यो महत्वपूर्ण हुने…

    विस्तृतमा पढ्नुस्

  • आरआर र अमृत साइन्स कलेज अगाडि अनेरास्ववियुले जलायो अध्यादेश

    आरआर र अमृत साइन्स कलेज अगाडि अनेरास्ववियुले जलायो अध्यादेश

    काठमाडौं : नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्धको प्रदर्शनलाई आज पनि जारी राख्यो। सो क्रममा अध्यादेशविरुद्ध अनेरास्ववियुका नेताहरु आज पनि विभिन्न क्याम्पस अगाडि प्रदर्शनमा उत्रिए। अनेरास्ववियुले आज रत्न राज्यलक्ष्मी क्याम्पस र अमृत साइन्स कलेज अगाडि अध्यादेशको विरोधमा प्रदर्शन गरे। प्रदर्शनको क्रममा विद्यार्थी नेताहरुले अध्यादेशको प्रति जलाए भने मसाल बालेर समेत विरोध गरे। सरकारले दल विभाजनलाई सहज बनाउने…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेशको विरोधमा आरआर क्याम्पसअगाडि अनेरास्ववियुको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

    अध्यादेशको विरोधमा आरआर क्याम्पसअगाडि अनेरास्ववियुको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

    काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले अध्यादेश ल्याएको विरोधमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए। अनेरास्ववियुले अध्यादेशले देश अस्थिरता तर्फ धकेलिएको भन्दै देशभर प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

    अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

    काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ। राजधानीमा युवा संघका कार्यकर्ताले अध्यादेश ल्याएको भन्दै र्‍याली निकालेको हो। प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए। युवा संघले अध्यादेशले देश अस्थिरता तर्फ धकेलिएको भन्दै देशभर प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • गुँला महिनामा यसरी रंगियो स्वयम्भू स्तूप

    गुँला महिनामा यसरी रंगियो स्वयम्भू स्तूप

    काठमाडौं : अहिले नेपाल संवत् अनुसार गुँला महिना चलिरहेको छ। काठमाडौंका नेवार समुदाय बिहानै गुँला बाजा बजाउँदै स्वयम्भु पुगिरहेका छन्। यो क्रम एक महिनासम्म चल्छ। यसबिच एकादशीका दिन आज स्वयम्भू स्तूपलाई सजाइएको छ। स्तूपलाई सफा गरेर सेतो र पहेलों रंगले रंग्याइएको छ। साथै स्तुपमा राखिएको लुङ्दर पनि फेरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा गथांमुग : टंकेश्वरीमा लगेर गरियो बिसर्जन

    काठमाडौंमा गथांमुग : टंकेश्वरीमा लगेर गरियो बिसर्जन

    काठमाडौं : आज नेवार समुदायले गथांमुग मनाएका छन्। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाए। भूतप्रेत लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने प्रचलन रहेको छ। एक कथन अनुसार तन्त्रिकविद्या, कुविद्या वा बोक्सी विद्याको साधना गर्नेहरु आज सक्रिय हुने गर्छन्।…

    विस्तृतमा पढ्नुस्

  • पाटनमा निस्कियो ‘यल ल्याकु मिप्वा: लाखे’

    पाटनमा निस्कियो ‘यल ल्याकु मिप्वा: लाखे’

    ललितपुर : गथांमुग: सँगै नेवार समुदायमा चाडपर्व सुरु हुन्छ। आजकै दिनबाट नेवार समुदायको बाहुल्य रहेको क्षेत्रमा लाखेहरु निस्किन्छन्। राक्षसी स्वरुप भए तापनि लाखेलाई नेवारहरुले देवताकै रुपमा पुज्दै आएका छन्। राक्षसी प्रवृत्तिमाथि सत्यको जीतका रुपमा रहेका यी सबै लाखेका छुट्टाछुट्टे महत्व रहेको छ। यसैबीच, गथांमुग: को दिनदेखि पाटनमा यल ल्याकु मिप्वा: लाखे नाच सुरु भएको छ। अन्य स्थानमा निस्कने लाखे नाचभन्दा यो नाच फरक रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • असन इन्द्रचोक क्षेत्रमा यस्तो देखियो गथांमुगको औंठी किन्नेको चहलपहल

    असन इन्द्रचोक क्षेत्रमा यस्तो देखियो गथांमुगको औंठी किन्नेको चहलपहल

    आज साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशी। नेवार समुदायमा घर शान्तिको कामना गर्दै गथांमुग चर्‍हे मनाईंदैछ। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो।          यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • बस्ती बचाउन आफ्नै बलबुताले तारजाली लगाउँदै मेलम्चीबासी

    बस्ती बचाउन आफ्नै बलबुताले तारजाली लगाउँदै मेलम्चीबासी

    मेलम्ची : शनिवार मेलम्ची बाढीले १४ घर बगायो। सोही बाढीले दोस्रो दिन थप ७ घर बगायो। असार १ गते भ्रेमाथाङबाट झरेको बाढी र पहिरोले मेलम्ची बजारका अधिकांश भाग बगरमा परिणत गराएको थियो। नदीले आफ्नो धार समातेपछि स्थानीयले आफ्नै प्रयासमा घरबाट बालुवा लेदो निकाल्ने र पुनर्निर्माण र पुनर्वासको प्रयास थालेका थिए। सोही क्रममा पुन: शनिबार बाढी आयो। बाढीले बजारमा थप क्षति पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • मखनमा यसरी गरियो महादेवको रुद्राभिषेक

    मखनमा यसरी गरियो महादेवको रुद्राभिषेक

    काठमाडौं : मखनस्थित महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिमा आज जल र दूधले अभिषेक गरिएको छ। हरेक वर्ष साउन १५ मा मन्दिरमा विशेष पूजा हुने गर्छ। १५ वर्षअघि मन्दिरको प्रवेशद्वारमा महादेवको मूर्ति स्थापना गरिएको थियो। मूर्ति स्थापना गरिएको १५ वर्ष पुगेको उपल्क्ष्यमा आज महादेवको रुद्राभिषेक र पंचामृतले स्नान गरिएको हो। साउनको हरेक सोमवार मखनस्थित यो मन्दिरमा भक्तजनको…

    विस्तृतमा पढ्नुस्

  • प्राण प्रतिष्ठा गरेर भित्र्याइयो काष्ठमण्डपको गजुर

    प्राण प्रतिष्ठा गरेर भित्र्याइयो काष्ठमण्डपको गजुर

    काठमाडौं : २०७२ सालको भूकम्पमा ढलेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्‍तिम चरणमा पुगेको छ। आज काष्ठमण्डपमा राखिने गजुरको प्राण प्रतिष्ठा गरिएको छ। कुमारी घरबाट गजुरलाई पूजा गरेर काष्ठमण्डप लगेर प्राण प्रतिष्ठा पूजा गरिएको हो। काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ। मन्दिरमा राख्नका लागि गोरखनाथ र गणेशको मूर्ति निर्माण पनि भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्स र हङकङसँग भिड्न अभ्यासमा जुट्दै महिला फुटबलर

    फिलिपिन्स र हङकङसँग भिड्न अभ्यासमा जुट्दै महिला फुटबलर

    काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्समाको समूह 'एफ' मा नेपालले तयारी प्रतियोगिताका लागि तयारी अघि बढाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडीहरुले अभ्यास अघि बढाइरहेका छन्। प्रमुख प्रशिक्षक ग्यारी फिलिप्स नेपालमा हाल नभए पनि उनकै गाइडलाइन्समा प्रशिक्षण अघि बढाइएको छ। फिलिप्स अक्टोबर महिनामा नेपाल आउने बताइएको छ। क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले फिलिपिन्स र हङकङसँग घरेलु मैदानमा खेल्ने तय छ। एएफसी महिला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell