PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • सर्वसाधारणका लागि खुल्यो हनुमानढोकामा रहेको गद्दी बैठक

    सर्वसाधारणका लागि खुल्यो हनुमानढोकामा रहेको गद्दी बैठक

    काठमाडौं : हनुमानढोका दरबार संग्रहालय अन्तर्गत रहेको गद्दी बैठक औपचारिक रुपमा सर्वसाधरणका लागि खुला भएको छ। आज एक कार्यक्रमबिच गद्दी बैठक कक्ष सर्वसाधरणका लागि खोलिएको हो। पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बैठक कक्षको आज शुभारम्भ गरेका हुन्  गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी गरिएको छ। गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १००…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षे श्वेतकाली जात्रा : लोकउद्धारका लागि नगर परिक्रमामा निस्किए ङतभुलु अजिमा

    १२ वर्षे श्वेतकाली जात्रा : लोकउद्धारका लागि नगर परिक्रमामा निस्किए ङतभुलु अजिमा

    काठमाडौं : ङतभुलु (श्वेतकाली) अजिमाको १२ वर्षे जात्रा सुरु भएको छ। आइतवार बेलुकीबाट नरदेवीस्थित द्य: छेँबाट सुरु भएको जात्राका क्रममा देवगणहरुले नगर परिक्रममा गरिरहेका छन्। १२ वर्षमा एकपटक यसरी देवगणहरुलाई नगर परिक्रमा गराइने भएकोले देवगणहरुको यात्रा हुने स्थानका सडकमा मानिसहरुको भिड थियो। देवगणहरुलाई समयबजी, फूलको माला लगायतका सामाग्री चढाउन मानिसको घुइँचो थियो। आइतवारबाट सुरु भएको जात्रा नरदेवी, असन, इन्द्रचोक, हनुमानढोका,…

    विस्तृतमा पढ्नुस्

  • ढालिएको चीर टुँडिखेलमा यसरी गरियो दहन

    ढालिएको चीर टुँडिखेलमा यसरी गरियो दहन

    काठमाडौं : यसपटक बिहान ४:२७ बजेको साइतमा वसन्तपुरमा गाडिएको चीर ढालियो। चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भएको थियो। फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ। चीरको दहन सँगै होली सकिन्छ। चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ। काठमाडौँको हरेक सांस्कृतिक परम्परा र…

    विस्तृतमा पढ्नुस्

  • लालपूर्जा माग्दै सुकुम्बासीहरुको प्रदर्शन

    लालपूर्जा माग्दै सुकुम्बासीहरुको प्रदर्शन

    काठमाडौं : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहीन सुकुम्बासीहरुले प्रदर्शन गरेका छन्। अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न माग गर्दै उनीहरुको प्रदर्शन गरेका हुन्। र्‍यालीका क्रममा उनीहरुले सरकारसँग बसोबासका आधारमा लालपूर्जाको माग गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

    सुरु भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

    काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग…

    विस्तृतमा पढ्नुस्

  • विश्व शान्तिको कामना गर्दै वसन्तपुरमा आरती

    विश्व शान्तिको कामना गर्दै वसन्तपुरमा आरती

    काठमाडौं : विश्व शान्तिको कामना गर्दै बिहीवार वसन्तपुर दरबार क्षेत्रमा आरती गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)को आयोजनामा 'महा हरिनाम' आयोजना गरिएको हो। वसन्तपुर दरबार स्क्वायरमा इस्कॉन नेपालले विश्व शान्तिको कामना गर्दै आरती गरेको थियो। विश्व शान्तिको कामना गर्दै महाविष्णु स्वामी महाराज, प्रभुविष्णु महाराजले आरती वसन्तपुरमा आरती गरेका थिए भने उपस्थित भक्तजनहरुले मैनबत्ती बालेर प्रार्थना गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • महाशिवरात्रीको तयारी : भित्ता भित्तामा शिव पार्वतीको तस्विर, फूलैफूलले सजाइँदै पशुपति

    महाशिवरात्रीको तयारी : भित्ता भित्तामा शिव पार्वतीको तस्विर, फूलैफूलले सजाइँदै पशुपति

    काठमाडौं : महाशिवरात्री नजिकिँदै गर्दा पशुपति क्षेत्रलाई सिँगारिन थालिएको छ। महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ। भारतबाट साधुसन्तहरु पशुपति आउन थालेका छन्। यही फागुन १७ गते परेको महाशिवारत्रीको लागि भनेर अहिले पशुपति क्षेत्रमा प्रवेशद्वार निर्माण देखि भित्तामा शिवको चित्रहरु बनाइँदैछ। यस्तै, विभिन्न स्थानमा बिजुली बत्तीले झिलीमिली बनाउने क्रम पनि सुरु भइसकेको छ। मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने…

    विस्तृतमा पढ्नुस्

  • सुजलको त्यो गोल जसले लिग च्याम्पियन मछिन्द्रलाई विजयी बनायो

    सुजलको त्यो गोल जसले लिग च्याम्पियन मछिन्द्रलाई विजयी बनायो

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार सम्पन्न दोस्रो खेलमा मछिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लिग च्याम्पियन भइसकेको मछिन्द्रले थ्री स्टारमाथि १-० गोलअन्तरले जित निकालेको हो। मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरे। उनले इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै गोल गरेका हुन्। यसअघिकै खेलबाट च्याम्पियन बन्ने निश्चित भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • युवा संघले सडकमै चलायो ‘प्रतिनिधिसभा’, सभामुख सापकोटा पक्षपाती भएको भन्दै व्यङ्ग्य

    युवा संघले सडकमै चलायो ‘प्रतिनिधिसभा’, सभामुख सापकोटा पक्षपाती भएको भन्दै व्यङ्ग्य

    काठमाडौं : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले बानेश्वरमा सभामुख अग्नि सापकोटाको विरोधमा प्रदर्शन गरेको छ। सभामुखले संसदमा पक्षपाती दंगले काम गरेको भन्दै युवा संघले एभरेष्ट होटल अगाडिको सडकमै प्रतिनिधिसभाको झल्को दिने गरि विरोध कार्यक्रम आयोजना गरेको हो। सापकोटाले सभामुखको रुपमा भन्दा नेकपा माओवादी केन्द्र पार्टीको कार्यकर्ताको रुपमा संसदमा भूमिका निभाएको संघको आरोप छ। संघले सापकोटाले संसदमा ‘पक्षपाती’ भएको…

    विस्तृतमा पढ्नुस्

  • चाँगुनारायण पुगे माधवनारायण : जंगलमा घस्रिंदै पल्टिँदै व्रतालुको परदेश यात्रा

     चाँगुनारायण पुगे माधवनारायण : जंगलमा घस्रिंदै पल्टिँदै व्रतालुको परदेश यात्रा

    काठमाडौं : स्वस्थानी व्रत सकिन चार दिन बांकी छ। माघ ३ गतेदेखि सुरु भएको व्रत फागुन ४ गते सकिँदैछ। यो वर्षको व्रत सकिन लाग्दा साँखुस्थित शालीनदीमा रहेका माधव नारायण परदेश यात्रामा निस्किएका छन्। वर्षमा तीनपटक परदेश यात्रामा निस्कने क्रममा माधव नारायणसहित व्रतालुको टोली भक्तपुरको चाँगुनारायण पुगेको छ। बिहानै व्रतालुसहित माधव नारायण साँखुबाट बाहिरिएका थिए। साँखुबाट हिँड्दै जंगालको बाटोबाट माधव नारायणलाई चाँगुनारायण पुर्‍याइएको…

    विस्तृतमा पढ्नुस्

  • मूल्य वृद्धिको विरोधमा युवा संघले घेराउ गर्‍यो आयल निगमको कार्यालय

    मूल्य वृद्धिको विरोधमा युवा संघले घेराउ गर्‍यो आयल निगमको कार्यालय

    काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले मुल्य वृद्धिको विरोधमा आज पनि प्रदर्शन गरेको छ। दोस्रो दिनको प्रदर्शनमा युवा संघले आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै संघले आयल निगम घेराउ गरेको हो। सो क्रममा संघले नेपाल आयल निगम टेकुका कार्यालय प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएको छ।

    विस्तृतमा पढ्नुस्

  • देउता भेटिँदाको हर्ष : यसरी चल्यो बाजागाजा र अविर जात्रा

    देउता भेटिँदाको हर्ष : यसरी चल्यो बाजागाजा र अविर जात्रा

    काठमाडौं : बीस दिनअघि हराएको ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति भेटिएपछि स्थानीयहरु खुशी भएका छन्। शुक्रवार बिहान ललितपुरको हात्तीवनस्थित करुणा मन्दिरको पेटीमा बोरामा बेरिएको अवस्थामा मूर्ति फेला परेको थियो। उक्त मूर्तिलाई आज नै बालकुमारी मन्दिर पुर्‍याइएको छ। महानगरीय प्रहरी परिसर ललितपुरमा मूर्ति भेटिएपछि मन्त्रीदेखि स्थानीय मानिसको उपस्थिति थियो। त्यसपछि उनीहरुले प्रहरी परिसरबाट पूजाआजा गरी मन्दिर लगेका थिए। बाटोमा अविरयात्रा तथा बाजागाजाका साथ मूर्तिको…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध बानेश्वरमा युवा संघले निकाल्यो विरोध र्‍याली

    सरकारविरुद्ध बानेश्वरमा युवा संघले निकाल्यो विरोध र्‍याली

    काठमाडौं : सरकारविरुद्ध राष्ट्रिय युवा संघ नेपालले विरोध र्‍याली निकालेको छ। गठबन्धन सरकारले जनघाती काम गरेको भन्दै युवा संघले बानेश्वरस्थित बिजुली बजारमा विरोध र्‍याली निकालेको हो। युवा संघले पेट्रोलियम पदार्थलगायतको मूल्य वृद्धि खारेज गर्नपर्ने, लिपुलेक लिम्पियाधुरा छिमेकी देशसँग फिर्ता लिनुपर्ने, रेणु यादवलाई बर्खास्त गर्नपर्ने, खोप चोरी प्रकरणको छानबिन गर्नपर्ने जस्ता चार बुँदे माग राखेको छ। र्‍यालीमा सहभागीहरुले प्रतीकात्मक रूपमा निधारमा…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको विरोध गर्दै विप्लवका कार्यकर्ताले जलाए प्रधानमन्त्री र प्रचण्डको पुतला 

    एमसीसीको विरोध गर्दै विप्लवका कार्यकर्ताले जलाए प्रधानमन्त्री र प्रचण्डको पुतला 

    काठमाडौँः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतालाई लिएर सत्ताभित्र र बाहिर विवाद कायमै छ। सत्तारुढ गठबन्धनभित्र सम्झौताको विवाद उत्कर्षमा छ। प्रमुख विपक्षी दल नेकपा (एमाले) ले सरकारभित्र हुँदा र बाहिर रहँदाको पोजिसन फरक बनाएको छ। संसद् बाहिर रहेका साना दलहरुले पनि सम्झौता अनुमोदनको विपक्षका निरन्तर खबरदारी गर्दै आएका छन्।  आइतबार साँझ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार…

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकामा वसन्त श्रवण : राष्ट्रपतिलाई सुनाइयो कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ

    हनुमानढोकामा वसन्त श्रवण : राष्ट्रपतिलाई सुनाइयो कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ

    काठमाडौं : आज वसन्त पञ्चमी। यस अवसरमा हुनुमानढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदैछ। उक्त समारोहमा सहभागी हुन  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नासल चोक पुगेका थिए।   वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए। यो पाठ १५ श्लोकको रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • वरिपरि डाँडामा हिउँ पर्दा, काठमाडौंमा झरी : यस्तो देखियो काममा निस्किनेको कष्टकर जीवन

    वरिपरि डाँडामा हिउँ पर्दा, काठमाडौंमा झरी : यस्तो देखियो काममा निस्किनेको कष्टकर जीवन

    काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम चिसिएको छ। असर देशभर हिमपात र वर्षा। काठमाडौंमा पनि बिहीवार रातिदेखि सुरु भएको वर्षा अहिलेसम्म निरन्तर छ। काठमाडौं उपत्यका वरिपरिका डाँडा हिउँले सेताम्मे भएका छन्।त्यसैको असर हो स्याँठ पनि चलिरहेको छ यहाँ। उपत्यकाका तीनवटै जिल्लामा चिसो बढेको छ। झरी र चिसो बिच यहाँको दैनिकी कष्टकर बनेको छ। हिजो रातिदेखिको झरी अझै थामिएको छैन। काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • अनेरास्ववियूले जलायो प्रधानमन्त्रीको पुतला, स्थानीय तहको निर्वाचन समयमा नै हुनुपर्ने माग

    अनेरास्ववियूले जलायो प्रधानमन्त्रीको पुतला, स्थानीय तहको निर्वाचन समयमा नै हुनुपर्ने माग

    काठमाडौं : स्थानीय तहको निर्वाचन समयमा हुनुपर्ने माग गर्दै आज विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठनल अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो। यसैक्रममा अनेरास्ववियूले प्रदर्शनमार्गमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ। उनीहरुले सरकार र गठबन्धन निर्वाचनको पक्षमा नरहेको भन्दै समयमा निर्वाचन हुने सुनिश्चित गर्न सरकारसँग माग…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण खेलमा दशकपछिको जितले रंगशालामा फर्काएको रौनक [तस्विरहरु]

    मैत्रीपूर्ण खेलमा दशकपछिको जितले रंगशालामा फर्काएको रौनक [तस्विरहरु]

    काठमाडौँः नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा गोलको खडेरी तोड्दै ११ वर्षपछि जित निकालेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० गोल अन्तरले विजयी भयो। नेपालका लागि निर्णायक गोल विमल घर्ती मगरले गरे।  पहिलोपटक नेपालले अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलेको हो। दोस्रो खेल मंगलबार हुनेछ। कोरोना संक्रमणका बीचमा भएको खेलमा अखिल नेपाल फुटबल संघले दर्शकलाई प्रवेश गराएको थियो।  क्षमताको एक तिहाइ दर्शकलाई…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको प्राचीन नगरमा माधव नारायण : सडकमा घस्रिंदै पल्टिँदै व्रतालुले गरे नगर परिक्रमा

    भक्तपुरको प्राचीन नगरमा माधव नारायण : सडकमा घस्रिंदै पल्टिँदै व्रतालुले गरे नगर परिक्रमा

    भक्तपुर : माधव नारायणलाई आज हनुमानघाटबाट भक्तपुरको पुरानो बस्ती परिक्रमा गराइएको छ। सितला एकादशिको दिन पारेर माधव नारायणलाई आज नगर परिक्रमा गराइएको हो। साँखुमा जस्तै भक्तपुरमा पनि माधव नारायणको मेला लाग्ने गर्छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्छ। यो समयमा व्रतालुहरुले माधव नारायणलाई परिक्रमा गराउने बाटोमा घस्रिंदै, पल्टिँदै नगर घुम्ने गर्छन्। यसैक्रममा भक्तपुरको टौमढी,…

    विस्तृतमा पढ्नुस्

  • सवारी साधनमा स्टिकर टाँस्दै ट्राफिक प्रहरीले भन्यो : मास्क लगाउनुस्

    सवारी साधनमा स्टिकर टाँस्दै ट्राफिक प्रहरीले भन्यो : मास्क लगाउनुस्

    काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ। तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातमा समेत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने र मास्क अनिवार्ग गर्न निर्देशन दिएको छ। तर, सार्वजनिक यातायातमा प्रशासनको आदेश पालना भएको छैन। आज ट्राफिक प्रहरीले काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा 'चेकिङ' गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै प्रशासनको निर्णय बारे जानकारी गराएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell