PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • माघ ७ पछि 'खोप कार्ड' देखाउनपर्ने भएकाले अस्पतालमा भीड

    माघ ७ पछि 'खोप कार्ड' देखाउनपर्ने भएकाले अस्पतालमा भीड

    काठमाडौं : काठमाडौंमा माघ ३ गतेदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिन सुरु भएसँगै खोप केन्द्रमा भिड बढेको छ। अग्रपङ्ति तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुलाई अहिले बुस्टर डोज दिइँदैछ। यस्तै, विभिन्न अस्पतालमा पहिलो डोज लगाउनेहरुलाई पनि खोप दिइँदैछ। कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै सरकारले काठमाडौं उपत्यकामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरेको छ। त्यसैले पनि खोप केन्द्रमा अत्याधिक बढेको छ। प्रशासनले…

    विस्तृतमा पढ्नुस्

  • स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो, हेर्नुस् फोटोमा

    स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो, हेर्नुस् फोटोमा

    काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। स्वस्थानी व्रतको पहिलो दिन साँखुस्थित शालिनदीमा वर्तालुको घुइँचो लागेको छ। यसपटक कोरोना संक्रमण फैलन नदिन वर्तालुहरुले स्वास्थ्य सावधानी अपनाएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ। समितिका अनुसार यसपटक नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरेर माधव नारायणको व्रत बस्ने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा दिनहुँ बढ्दै कोरोना संक्रमित, बजारको दृश्य भने यस्तो

    काठमाडौं उपत्यकामा दिनहुँ बढ्दै कोरोना संक्रमित, बजारको दृश्य भने यस्तो

    काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भइरहेको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढ्दै गएको हो। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। जसमध्ये काठमाडौं उपत्यकामा १९१६ जनामा संक्रमण देखिएको छ। यो आज पुष्टि भएको कुल संक्रमित मध्ये ५४ प्रतिशत हो। आज काठमाडौंमा १ हजार ४४९ जना,…

    विस्तृतमा पढ्नुस्

  • अबको निर्वाचनमा म पनि मतदाता ! निर्वाचन आयोगको चौरमा घुइँचो

    अबको निर्वाचनमा म पनि मतदाता ! निर्वाचन आयोगको चौरमा घुइँचो

    काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको छ। पहिलो चरणमा स्थानीय तहमा मतदाता नामावली संकलन गरिएको थियो। त्यसमा छुटेकाहरुलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला र इलाका प्रशासन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गरिएको छ। काठमाडौंको बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा पनि बिहानैदेखि मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो लागेको छ। काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • हिर्काइदिउँ हिउँले? चिसोमा रमाउँदै गरेका मानिसहरुको दृश्य

    हिर्काइदिउँ हिउँले? चिसोमा रमाउँदै गरेका मानिसहरुको दृश्य

    काठमाडौं : राजधानी उपत्यका वरपरका डाँडा सेताम्मे भएपछि धेरैको रहर हुन्छ - हिउँ खेल्ने। त्यसैले धेरै लाग्छन् त्यही ठाउँमा जहाँ सजिलै पुगिन्छ। कुनै बेला हिउँ खेल्न दामन पुग्नेहरु हुन्थे। त्यसपछिको गन्तब्य बन्थ्यो गोदावरीको फुलचोकी। बाटो खुलेका ठाउँमा मानिसहरु हिउँ खेल्न जानु स्वभाविक थियो। नगरकोटमा पुग्नेहरु पनि उत्तिकै हुन्थे। लाकुरीभञ्ज्याङ पनि नजिकै भएकाले मानिसहरु झुम्मिन्थे।  यी सबै क्षेत्रमा हिउँ खेल्न पुग्नेहरु…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा जहाँ हेर्‍यो त्यहीँ उम्मेदवारको ब्यानर

    राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा जहाँ हेर्‍यो त्यहीँ उम्मेदवारको ब्यानर

    काठमाडौं : भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महधिवेशन चलिरहेको छ। बुधवार सुरु भएको महाधिवेशनमा बिहीवार साँझसम्म संशोधित विधान पारित गर्ने र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने कार्यक्रम छ। आज पनि भृकुटीमण्डप क्षेत्रमा दिनभर राप्रपा नेता कार्यकर्ताको चहलपहल रह्यो। सभाहलमा बन्दसत्र चलिरहँदा हल बाहिर भने नेता कार्यकर्ताको भिड थियो। उम्मेदवारी घोषणा गरेका राप्रपा नेताहरु प्रतिनिधिहरुसँग मत माग्न व्यस्त देखिए। उम्मेदवारी घोषणा गरेकाहरुको ब्यानर भृकुटीमण्डप…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको भित्री सडकमा कस्तो छ अवस्था?

    काठमाडौंको भित्री सडकमा कस्तो छ अवस्था?

    काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। उपत्यकाको कोटेश्वर क्षेत्रदेखि कलंकी क्षेत्रमा फाटफुट सवारी चलेको देखिएको छ। भित्री सडकमा पनि फाटफुट सवारी साधन चलेका छन्। न्युरोड, ठमेल, दरबारमार्ग क्षेत्रमा सार्वजनिक सवारी र निजी सवारी सडकमा पातलोमात्रमा देखिएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लोमात्रमा देखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • रंगमञ्चमा यसरी मञ्चन हुँदैछ पचली भैरव र रुक्मिणीको प्रेमकथा

    रंगमञ्चमा यसरी मञ्चन हुँदैछ पचली भैरव र रुक्मिणीको प्रेमकथा

    काठमाडौं : टेकुस्थित कौसी थिएटरमा पचली भैरवसम्बन्धी सांस्कृतिक नाटक मञ्चन हुँदैछ। कात्तिक २५ सुरु भएको नाटक मञ्चन मंसिर ४ गतेसम्म नाटक मञ्चन हुँदैछ। दशैंको पाचौं दिन पचिमह्रमा टेकुस्थित पचली भैरवको जात्रा हुन्छ। पचली भैरव (तेप आजु द्य) को मूर्तिलाई खटमा राखी टेकुबाट नगर परिक्रमा गराइन्छ। त्यसको भोलिपल्ट खोकनाको सिकालीमा रुद्रयाणी देवगणहरुको नृत्य प्रदर्शन हुन्छ। हरेक वर्ष हुने यी जात्राको पछाडिको…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

    पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

    काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभिन्न ठाउँमा विभिन्न संगठनहरूले प्रदर्शन गर्दै आइरहेका छन्। त्यसै क्रममा आज नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा मसाल जुलुस निकालेको छ। अनेरास्ववियुले आज साँझ घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसअगाडि सरकारविरूद्ध नारावाजीसहित मसाल जुलुस प्रदर्शन जरेको हो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • छठी माईको पूजा गर्न थापाथली पुगे प्रधानमन्त्री देउवा

     छठी माईको पूजा गर्न थापाथली पुगे प्रधानमन्त्री देउवा

    काठमाडौं : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो। छठको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा थापाथली पुगेकी छिन्। थपाथलीस्थियर वाग्मती नदी किनारमा बनाइएको घाट पुगेर देउवाले छठी माताको पूजा गरेका हुन्। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच…

    विस्तृतमा पढ्नुस्

  • रानी पोखरीमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो

    रानी पोखरीमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो

    काठमाडौं : आज भाइटीका। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्। आज भाइटीकाका दिन धेरैजना रानीपोखरीमो मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुगिरहेका छन्। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्छन्। बिहानैदेखि रानीपोखरीमा टीका थाप्नेको भिड छ।  २०७२ सालको भूकम्पमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेपछि…

    विस्तृतमा पढ्नुस्

  • न्हूदँया भिंतुना : दृश्यमा वसन्तपुरको सांस्कृतिक र्‍याली

    न्हूदँया भिंतुना : दृश्यमा वसन्तपुरको सांस्कृतिक र्‍याली

    काठमाडौं : आजबाट नेपालको मौलिक संवत्‌ नेपाल संवत्‌ ११४२ सुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ। नयाँ वर्षको उपलक्ष्यमा आज काठमाडौंको वसन्तपुरमा भिंतुना र्‍याली निकालियो। वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो। गत वर्ष कोरोना संक्रमणका कारण भिंतुना र्‍याली गरिएको थिएन। वसन्तुपरबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीकहाँ कुकुर पूजाको रौनक, तालिम पाएका कुकुरले देखाए आफ्नो खुवी

    प्रहरीकहाँ कुकुर पूजाको रौनक, तालिम पाएका कुकुरले देखाए आफ्नो खुवी

    काठमाडौं : सुरक्षा र अनुसन्धानका लागि नेपाल प्रहरीले पालेका कुकुरहरुको आज विशेष पूजा भयो। प्रहरी अनुसन्धानलाई सघाउने कुकुरलाई आज टीका र माला लगाइयो।  कुकुर तिहारका दिनमा प्रहरीले सधैंजसो यसैगरी मनाउँदै आएको छ। कुकुर पूजाका अलावा आज तालिम पाएका कुकुरहरुले आफ्नो खुवी देखाउने मौका पनि पाए। कुकुर पूजा र उनीहरुको कला प्रदर्शनमा देखिएका दृश्यहरु आकर्षिक थिए। उत्कृष्ट कुकुरहरुले आज गलामा तक्मा…

    विस्तृतमा पढ्नुस्

  • प्रथम शिखर वार बुदोकैदो आजबाट शुरु, २५० खेलाडीको सहभागिता

    प्रथम शिखर वार बुदोकैदो आजबाट शुरु, २५० खेलाडीको सहभागिता

    काठमाडौं : नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आजबाट शुरु भएको छ। प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय ५० खेलाडीको सहभागिता रहेको संघका उपाध्यक्ष वीरकृष्ण महर्जनले बताए। पुरुषमा ९ र महिलामा २ गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि…

    विस्तृतमा पढ्नुस्

  • जब पाटन दरबार क्षेत्रमा आगो लाग्यो ..., दृश्यमा विपदसँग कृत्रिम संघर्ष

    जब पाटन दरबार क्षेत्रमा आगो लाग्यो ..., दृश्यमा विपदसँग कृत्रिम संघर्ष

    पाटन दरबार क्षेत्र सधैँ झै व्यस्त छ। चाडवाड भएकोले मानिसहरुको चहलपहल पनि बढी नै छ। यसबिच आज बिहान ललितपुरमहानगरपालिका वडा नं १९ ईखालखुमा आगो लाग्यो। आगलागीबाट करिब १५ घर जलिरहेको सूचना पाउन साथ प्रहरी, नगर प्रहरी र स्थानीय मिलेर आगो निभाए। आगलागीमा घाइतेहरुको उद्धार गरे। दृश्य हो आज पाटन दरबार क्षेत्रमा विपद् कृत्रिम अभ्यासको। ललितपुर महानगरपालिका र युएनडीपीको सहकार्यमा आज ललितपुरमा विपद् कृत्रिम…

    विस्तृतमा पढ्नुस्

  • पाटनमा यस्तो देखियो नवदुर्गा देवगणको नृत्य

    पाटनमा यस्तो देखियो नवदुर्गा देवगणको नृत्य

    काठमाडौं : पाटनमा गथु प्याखँ (नवदुर्गा नाच) सम्पन्न भएको छ। ४० वर्षसम्‍म रोकिएको उक्त नाच केही वर्षदेखि पुन: देखाउन थालिएको हो। यो नाच विजया दशमीको रातदेखि पट्को टोलको डबलीमा प्रदर्शन भएको थियो। त्यसपछि पाटन दरबार क्षेत्रको विभिन्न स्थानमा यो नाच प्रदर्शन गरिएको थियो। तान्त्रिक विधिबाट संचालन हुने यो नाचलाई ठेचोको महत्‍वपूर्ण नाचका रुपमा लिइन्छ।

    विस्तृतमा पढ्नुस्

  • विजयादशमीमा ट्राफिक प्रहरीको सक्रियता : काठमाडौंको चोकचोकमा यसरी हुँदैछ मापसे परीक्षण

    विजयादशमीमा ट्राफिक प्रहरीको सक्रियता : काठमाडौंको चोकचोकमा यसरी हुँदैछ मापसे परीक्षण

    काठमाडौं : आज विजयादशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। मानिसहरु टीका लगाउन आफन्त कहाँ पुग्ने क्रम जारी छ। सडक पहिला भन्दा सुनसान देखिएको छ। सार्वजनिक यातायात पनि फाट्टफुट्ट मात्रै संचालन भएका छन्। तर, सडकमा अहिले टीका लगाउन जानेको संख्या बढेको छ। यसबिच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ प्वाइन्ट स्थापना गरेर सवारी साधनको चेकजाँच गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि तलेजु भवानीको दर्शनका लागि लाइनमा सर्वसाधारण

    दुई वर्षपछि तलेजु भवानीको दर्शनका लागि लाइनमा सर्वसाधारण

    काठमाडौं : महानवमीको दिनमात्रै खुल्ने तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि साँझसम्म सर्वसाधरणको घुइँचो लाग्यो। कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको थिएन। यस वर्ष सर्वसाधारणका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिर खुला गरिएको हो। महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गर्छ।   हिलेको तलेजु भवानीको मन्दिर ४० वर्ष लगाएर बनाइएको…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा हनुमानढोकाको दशैं घर र कोतमा बलि र निशान पूजा

    तस्विरमा हनुमानढोकाको दशैं घर र कोतमा बलि र निशान पूजा

    काठमाडौं : आज महानवमी।  आजको दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ समेत गर्ने गरिन्छ। महानवमीकै अवसरमा हनुमानढोकार दरबार भित्र र वसन्तपुरमा…

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकाको दसैँघरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती

    हनुमानढोकाको दसैँघरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती

    काठमाडौं : हनुमानढोकामा फूलपाती भित्र्याइएको छ। हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ। कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको छ। जमलबाट हनुमानढोकासम्म निजामती…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell