PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • खाद्य कम्पनीले आजदेखि खसीबोका बिक्री गर्न थाल्यो, बिहानैदेखि किन्नेहरुको चहलपहल

    खाद्य कम्पनीले आजदेखि खसीबोका बिक्री गर्न थाल्यो, बिहानैदेखि किन्नेहरुको चहलपहल

    काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसी बोका र च्याङ्ग्रा  बिक्री आजबाट शुरु गरेको छ। कम्पनीले मंगलवार बिक्री गर्ने गरी मूल्य तोकेको थियो। अन्तिम समयमा कम्पनीले च्याङ्ग्रा पनि बिक्री गर्न लागेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताए। खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकिएको छ। त्यस्तै, च्याङ्ग्राको मूल्यप्रति केजी १२ सय ६० रुपैयाँ राखिएको छ। कम्पनीले यो दशैँमा…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघले जलायो राष्ट्रपतिको पुतला, विद्यार्थी र प्रहरीबिच त्रिचन्द्रअगाडि ढुंगा हानाहान

    नेविसंघले जलायो राष्ट्रपतिको पुतला, विद्यार्थी र प्रहरीबिच त्रिचन्द्रअगाडि ढुंगा हानाहान

    काठमाडौं : नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले त्रिचन्द्र कलेजअगाडि पुतला दहन गरेको हो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबिच झडप भएको थियो। सो क्रममा प्रहरी र विद्यार्थीबिच ढुंगा हानाहान भएको थियो। हाल भने अवस्था सामान्य भइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • हिजो मध्यरातमा काठमाडौं शहरको यात्रामा निस्किएका दागीं र बौमतको कथा

    हिजो मध्यरातमा काठमाडौं शहरको यात्रामा निस्किएका दागीं र बौमतको कथा

    काठमाडौं : यँया: (इन्द्रजात्रा)  भन्ने बित्तिकै धेरैले सम्झन्छन् जीवित देवी कुमारीको रथयात्रा। र, सँगै हुने जीवित देव गणेश र भैरवको रथयात्रा। अनि त्यससँग जोडिएका लाखे आजु, पुलुकिसी लगायतका नाचहरु। सरकारले दिने एक दिने उपत्यका बिदामा इन्द्रजात्रा हेर्न पुग्नेहरुको ध्यान रथ यात्रामै हुन्छ। वसन्तुपर क्षेत्र वरिपरि हुने नाचहरु हेर्न मानिसको भिड लाग्छ। इन्द्रजात्रा भनिए पनि इन्द्र नहेरी र त्यससँग जोडिएका पर्वबारे…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्राका लागि य:सिंलाई गराइयो नगर प्रवेश

    इन्द्रजात्राका लागि य:सिंलाई गराइयो नगर प्रवेश

    काठमाडौं : यँया: (इन्द्रजात्रा) का लागि य:सिं लाई आज तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको य:सिं आइतबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश गराइएको हो। य:सिंलाई भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पूर्‍याइएको हो। बुधवार हनुमानढोकामा विधिवत् रुपमा य:सिं ठड्याइएसँगै इन्द्रजात्रा सुरु हुन्छ। शुक्रवार भने जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथायात्रा…

    विस्तृतमा पढ्नुस्

  • चित्तपोलमा य:सिंको क्षमा पूजा र गुरुज्यूको पल्टनको सलामी : यस्तो देखियो इन्द्रजात्राका लागि वृक्षकर्तन

    चित्तपोलमा य:सिंको क्षमा पूजा र गुरुज्यूको पल्टनको सलामी : यस्तो देखियो इन्द्रजात्राका लागि वृक्षकर्तन

    काठमाडौं : यँया (इन्द्रजात्रा) का लागि हनुमानढोकामा य:सिं ठड्याउन रुख काट्न सुरु भएको छ। मानन्धर समुदायको टोलीले राति ८ बजेर ९ मिनेटको साइतमा भक्तपुरको चित्तपोलमा रहेको सामुदायिक वनमा वृक्षकर्तन सुरु गरेको हो। राति स्वस्ती पाठ गर्दै (दुगु) बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा बन्चरोले हानिएको हो। य:सिंका लागि छनौट गरिएको रुखमा हनुमानढोकामा कार्यरत सहायक पण्डितले क्षमा पूजा गरेका थिए। यस्तै, काठमाडौंबाट…

    विस्तृतमा पढ्नुस्

  • सुरज आर्केडमा महानगरको नजर : बेसमेन्ट पार्किङका लागि खाली गराउन निर्देशन

    सुरज आर्केडमा महानगरको नजर : बेसमेन्ट पार्किङका लागि खाली गराउन निर्देशन

    काठमाडौं : न्युरोडस्थित सुरज आर्केडको बेसमेन्टमा रहेको अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाको टोली त्यहाँ पुगेको छ। पार्किङको लागि अनुमति लिएर व्यवसाय सञ्चालन गरेपछि सो हटाउन महानगरको टोलीको आर्केड पुगेको हो। महानगरको टोली त्यहाँ पुग्दा बेसमेन्टका व्यवसाय बन्द गरिएको थियो। व्यवसायीहरुले आफैँ नै हटाउने बताएपछि टोली ‘वार्निङ’ दिएर फर्किएको छ। काठमाडौंका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाएका संरचना हटाउने अभियान सुरु गरेका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको चित्तपोलमा गरियो वृक्षारोपण

    भक्तपुरको चित्तपोलमा गरियो वृक्षारोपण

    काठमाडौं : यँयाः (इन्द्रजात्रा)मा हनुमानढोकामा ठड्याउन यस वर्ष छानिएको य:सिं लिन काठमाडौंबाट मानन्धर समुदाय भक्तपुरको चित्तपोलका लागि निस्किएको छ। आज बिहान शुभ साइतमा गुरुज्यूको पल्टनसहित उनीहरु भक्तपुरको लागि प्रस्थान गरेका हुन्। त्यसअघि आज बिहानै भक्तपुरको चित्तपोल (यसिंगुँ) मा वृक्षारोपण गरिएको थियो। शार्दुल जंग गुल्म र स्थानीयहरु चित्तपोल पुगेर वृक्षारोपण गरेका हुन्। हरेक वर्ष चित्तपोलमा यसरी नै वृक्षारोपण गर्ने गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्राको लागि य:सिं लिन निस्किए मानन्धर समुदाय र गुरुज्यूको पल्टन, राति वृक्षकर्तन

    इन्द्रजात्राको लागि य:सिं लिन निस्किए मानन्धर समुदाय र गुरुज्यूको पल्टन, राति वृक्षकर्तन

    काठमाडौं : यँया: (इन्द्रजात्रा) को लागि य:सिं लिन गुरुज्यूको पल्टनसहित मानन्धर समुदाय भक्तपुरको नाला प्रस्थान गरेको छ। आज वसन्तपुर दरबारमा वृक्षकर्तनका लागि पूजा गरि प्रस्थानको तयारी भएको हो। बिहान ९ बजेर १७ मिनेटमा वनयात्राको लागि उनीहरु निस्किएका हुन्। आज राति शुभ साइतमा स्वस्ती पाठ गर्दै बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा बन्चरोले प्रहार गरी रुखमा चिह्न छाडिन्छ। य:सिंका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपामा, पार्थिव शरीरमा ओढाए पार्टीको झण्डा

    प्रधानमन्त्री देउवा गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपामा, पार्थिव शरीरमा ओढाए पार्टीको झण्डा

    काठमाडौं : नेपाली काङ्ग्रेसका नेता एवं सांसद प्रदीप गिरिलाई श्रद्धाञ्जली दिनको लागि उनको पार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा राखिएका छ। प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। देउवाले गिरिको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएका थिए। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सानेपा पुगेर गिरिलाई श्रद्धाञ्जली दिएका छन्। त्यस्तै, पूर्व राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री जनार्दन शर्मा, वाग्मती प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • नृत्य श्रृंखला : जहाँ नृत्यबाट भनिँदैछ महिलाको कथा

    नृत्य श्रृंखला : जहाँ नृत्यबाट भनिँदैछ महिलाको कथा

    काठमाडौं : नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले केहीसमय यता ‘नृत्य श्रृंखला’ संचालन गरिरहेको छ।वैशाख महिनाबाट सुरु भएको यो श्रृंखलाको चौथो सिजन 'चतुरङ्ग' केहीदिन अघिमात्रै सम्पन्न भयो। मण्डला थिएटरमा आयोजना गरिएको ‘नृत्य श्रृंखला ४.०’ मा 'कत्थक' नृत्य प्रस्तुत गरिएको थियो। सो श्रृंखला ‘हाउसफुल’ भएसँगै हौसिएकी छिन् स्टुडियोकी संस्थापक एवम् निर्देशन नम्रता केसी। वैशाखमा सुरु गर्दा कोही हेर्न आउँछ…

    विस्तृतमा पढ्नुस्

  • पाटनमा कृष्ण जन्माष्टमीको रौनक, राधाकृष्णको भेषमा बालबालिका

    पाटनमा कृष्ण जन्माष्टमीको रौनक, राधाकृष्णको भेषमा बालबालिका

    ललितपुर : आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आज बिहानदेखि भक्तजनहरुको भिड लागेको छ। बालबालिकालाई कृष्ण र राधाको भेषमा सजाएर कृष्ण मन्दिर वरिपरि ल्याउनेको संख्या पनि बढ्दो छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’…

    विस्तृतमा पढ्नुस्

  • थिमिमा रातभर नाचिरहे लायकू भैल:, तस्विरमा मध्यरातको उल्लास

    थिमिमा रातभर नाचिरहे लायकू भैल:, तस्विरमा मध्यरातको उल्लास

    भक्तपुर : शनिवार रातिदेखि मध्यपुर थिमि उल्लासमय भएको छ। कारण : रातभर चल्ने 'लायकू भैलः' नाच। नेपालभाषामा लायकूको अर्थ दरबार र भैलः को अर्थ भैरव भन्ने हुन्छ। थिमिको दरबारको भैरवको नृत्य हेर्न रातभर मानिस जागा रहन्छन्। ४७ वर्ष रोकिएको सो नाच स्थानीयको सक्रियतामा केही वर्ष यतादेखि पुन: संचालनमा आएको हो। मध्यपुर थिमिको लायकूबाट निस्किने यो नाच आइतवार बालकुमारी, त:ननी क्षेत्रमा प्रदर्शन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • महँगी र भ्रष्टाचारविरुद्ध यस्तो देखियो एमालेको जन प्रदर्शन

    महँगी र भ्रष्टाचारविरुद्ध यस्तो देखियो एमालेको जन प्रदर्शन

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। महँगी र भ्रष्टाचारविरुद्ध एमालेले आज काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसहित जन प्रदर्शन गरेको हो। र्‍याली अनेरास्ववियु त्रिचन्द्र क्याम्पस, प्रदेश सम्पर्क कमिटी भृकुटी मण्डप, खेलकुद महासंघ र किसान महासंघ शहीद गेट, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ यसोसियशन भद्रकाली, अपाङ्ग संघ सुन्धारा, ट्रेड युनियन महासंघ न्युरोडमा भेला भई बसन्तपुर पुगेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • संकटामा २५ वर्षपछि बनाइयो गथांमुग:, खोलामा गरियो बिसर्जन

    संकटामा २५ वर्षपछि बनाइयो गथांमुग:, खोलामा गरियो बिसर्जन

    काठमाडौं : काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग: दहन गरेका छन्। किसानहरुले रोपाई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसानहरु आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिएको बताइन्छ। नेवार समुदायले गथांमुग:लाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गथांमुग:लाई विभिन्न तरिकाले बनाउने र बिसर्जन गर्ने गरिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किँदा विमानस्थलमा देखिएको दृष्य

    पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किँदा विमानस्थलमा देखिएको दृष्य

    काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार नेपाल फर्किएका छन्। असारको पहिलो साता थाइल्यान्ड गएका शाह शुक्रवार राति नेपाल फर्किएका हुन्। उनी नेपाल फर्किदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थकले स्वागत गरेका थिए। पूर्वराजा शाहसँगै पूर्व रानी कोमल शाह पनि नेपाल फर्किएकी हुन्।

    विस्तृतमा पढ्नुस्

  • प्रदेश संरचना खारेज हुनुपर्नेलगायतका माग राख्दै सडकमा उत्रियो राप्रपा नेपाल

    प्रदेश संरचना खारेज हुनुपर्नेलगायतका माग राख्दै सडकमा उत्रियो राप्रपा नेपाल

    काठमाडौं : राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा आज राजधानीमा विरोध प्रदर्शन गरेका छन्। प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरबाट जुलुस निकालिएको थियो। प्रदर्शनमा अध्यक्ष कमल थापासहित जनवर्गीय संगठनका नेता,…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको जलायो पुतला

    नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको जलायो पुतला

    काठमाडौं : नेपाल विद्यार्थी संघले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघले बिहीवार आरआर क्याम्पसअगाडि गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै उनको पुतला समेत दहन गरेको छ। उनीहरुले गभर्नर अधिकारीविरुद्ध नारा लगाउँदै उनको राजीनामा माग गरेका थिए। नेकपा (एमाले)को अर्थ विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको दावी गर्दै उनीहरुले गभर्नरलाई बर्खास्त गर्न माग गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • करिब पाँच घण्टामा आठ दमकलले यसरी नियन्त्रणमा लिए भृकुटीमण्डपको आगलागी

    करिब पाँच घण्टामा आठ दमकलले यसरी नियन्त्रणमा लिए भृकुटीमण्डपको आगलागी

    काठमाडौंः बुधबार दिउँसो भृकुटीमण्डपमा ठूलो आगलागी भएको छ। कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति उच्च रहेको प्रहरीको अनुमान छ। आगलागी र क्षतिबारे अध्ययन भइरहेको प्रहरीले जर्नाको छ।  भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषदको गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृतिम मानव अंग राखिएको गोदाम घरमा आगलागी भएको थियो। दिउँसो करिब २ः३० बजेदेखि आगलागी सुरु भएको थियो। आगलागी साँझ ७ः१५ बजे पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • आजबाट गुड्यो साझाको विद्युतीय बस, सबै गाडीमा महिला चालक र सह-चालक

    आजबाट गुड्यो साझाको विद्युतीय बस, सबै गाडीमा महिला चालक र सह-चालक

    काठमाडौं : साझा यातायातले आजबाट तीनवटा विद्युतीय बस संचालनमा ल्याएको छ। ललितपुरको पुल्चोकबाट आज विद्युतीय बसको शुभारम्भ गरिएको हो। आजबाट संचालनमा आएको दुईवटा बसहरु नयाँ बसपार्क/ बालाजु- ठमेल- रत्नपार्क-सिंहदरबार- बानेश्वर- मीनभवन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म संचालन हुनेछन्। यस्तै, एउटा बस भने लगनखेल- लैनचौन- बाँसबासी हुँदै बूढानीलकण्ठसम्म संचालन हुनेछ। सबै बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ। यही वर्ष थप…

    विस्तृतमा पढ्नुस्

  • गुपचुप फेरिएको फेवाको मापदण्ड कार्यान्वयनमा रोक, अवैध संरचनालाई वैधता दिन भएको थियो संशोधन

    गुपचुप फेरिएको फेवाको मापदण्ड कार्यान्वयनमा रोक, अवैध संरचनालाई वैधता दिन भएको थियो संशोधन

    काठमाडौँः सर्वोच्च अदालतको फैसला छल्न गुपचुप रुपमा गरिएको पोखराको फेवातालको मापदण्ड फेरबदल गर्ने निर्णय कार्यान्वयनमा रोक लागेको छ। सर्वोच्च अदालतले पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्णय कार्यान्वयनमा रोक लगाएको हो। तत्कालीन मेयर मानबहादुर जिसीले चुनाव घोषणा भइसकेको अवस्थामा फेवा लगायतका तालको मापदण्ड हेरफेरको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell