PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    काठमाडौं : पृथ्वीनारायण शाहको सम्झनामा बुधवार देशैभर ३०१ औं पृथ्वी जयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहको जन्मजयन्तीका अवसरमा आज मुलकुभर विभिन्न कार्यक्रम गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ। यसै अवसरमा सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माला लगाउने भिड लागेको छ। विभिन्न जातजातीहरुको झाँकी निकालेर मानिसहरु शालिकमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको यट्खामा भीषण आगलागी, केही घरमा क्षति

    काठमाडौंको यट्खामा भीषण आगलागी, केही घरमा क्षति

    काठमाडौं : काठमाडौंको यट्खामा भीषण आगलागी भएको छ। बुधबार राति देखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। घना बस्तीबिच रहेको कवाडी कारखानाबाट आगो सल्केको अनुमान गरिएको छ। आगलागीका कारण केही घरमा ठूलो क्षति पुगेको छ। जुद्ध वारुणयन्त्रबाट खटिएका अग्नि नियन्त्रकहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • विभागले सुरु गर्‍यो सवारीसाधनमा प्रदूषण जाँच, यस्तो देखियो पहिलो दिनको दृश्य

    विभागले सुरु गर्‍यो सवारीसाधनमा प्रदूषण जाँच, यस्तो देखियो पहिलो दिनको दृश्य

    काठमाडौं : वन तथा वातावरण विभागले शुक्रवारदेखि सवारीसाधनमा प्रदूषण जाँच सुरु गरेको छ। विभागले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जारिबाना गर्ने बताएको छ। विभागले गत मङ्सिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह…

    विस्तृतमा पढ्नुस्

  • वसन्तुपरमा यस्तो देखियो य:मरि पुन्हि र ज्यापु दिवसको रौनक

    वसन्तुपरमा यस्तो देखियो य:मरि पुन्हि र ज्यापु दिवसको रौनक

    काठमाडौं : आज य:मरि पुन्हि। आजको दिनलाई ज्यापु दिवसको रुपमा समेत मनाउने गरिन्छ। यस अवसरमा वसन्तपुर दरबार क्षेत्रमा आज सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। बिहान सांस्कृतिक र्‍याली निकालेर ज्यापु समुदायले भित्रि बस्ती परिक्रमा गरेका थिए। त्यसपछि वसन्तुपरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। र्‍यालीको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन्। कृषि कर्ममा लाग्दै आएका नेवार भित्रको ज्यापु समुदायले हरेक वर्ष य:मरि पुन्हिका दिन…

    विस्तृतमा पढ्नुस्

  • पृथ्वीको उत्पत्तिदेखि काठमाडौं उपत्यकाको सम्पदासम्म, प्रदर्शनीमा ‘नेपालका देवीदेवता’

    पृथ्वीको उत्पत्तिदेखि काठमाडौं उपत्यकाको सम्पदासम्म, प्रदर्शनीमा ‘नेपालका देवीदेवता’

    काठमाडौं : बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘नेपालका देवीदेवता’ थिममा बृहत कला प्रदर्शनी भइरहेको छ। काठमाडौं उपत्यकामा रहेका देवदेवीका मूर्ति र परम्परा झल्कने तस्विरसँगै प्रदर्शनीमा विभिन्न लोक र परम्परागत कलाहरु राखिएका छन्। पृथ्वीको उत्पत्तिदेखि ब्रह्मा, विष्णु, महेश्वरको रुपसम्मलाई चित्रकलाको माध्यमबाट कलाकारहरुले पेस गरेका छन्। प्रदर्शनीमा नेवार समुदायमा प्रचलित जात्रा पर्व र पौभा कलाका सामाग्रीहरु पनि राखिएका छन्। यो प्रदर्शनी यही मंसिर…

    विस्तृतमा पढ्नुस्

  • जब पहिलो पारि सकिनासाथ टीयू मैदान पस्ने गेट भत्कियो...

    जब पहिलो पारि सकिनासाथ टीयू मैदान पस्ने गेट भत्कियो...

    काठमाडौं : कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा यूएईले पहिलो पारि ब्याटिङ गर्‍यो। पहिलो पारि सकिने बित्तिकै गेट बाहिर बसेका दर्शकहरु भित्र प्रवेश गर्न खोजे। प्रेसरले गेट भत्कियो। हाल दोस्रो पारिमा नेपाल ब्याटिङमा केही बेरमा उत्रिँदैछ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३ रनको साझेदारी गर्दै यूएईको पारि उकासेका थिए। यूएईका लागि एलिसन…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो प्रदीप पौडेलको अन्तिम चुनावी सभा, फोटोहरु

    यस्तो देखियो प्रदीप पौडेलको अन्तिम चुनावी सभा, फोटोहरु

    काठमाडौं : काठमाडौं ५ मा गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी सभाको बिट महाराजगञ्जमा टुङ्ग्याएका छन्। प्रदीपलाई मत माग्न पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि, नरहरि आचार्य र कांग्रेस महामन्त्री गगन थापासम्म पुगेका थिए। पूर्व प्रधानमन्त्री भट्टराईले प्रदीप काठमाडौं ५ का लागि उपयुक्त उम्मेदवार रहेको बताइरहँदा गगनले भने संसदमा दरिलो साथका लागि पौडेल चाहिएको बताएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • रत्नपार्कमा विप्लव माओवादीको विरोधसभा

    रत्नपार्कमा विप्लव माओवादीको विरोधसभा

    काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ। मंसिर ४ को निर्वाचन बहिष्कार अभियान अन्तर्गत नेकपाले आज विरोध प्रदर्शन र भण्डाफोर कार्यक्रम आयोजना गरेको हो। सत्तारुढ दल र नेकपा एमाले पटकपटक सरकारमा पुग्दा देशको शासन व्यवस्थामा सुधान नभएको प्रदर्शनकारीहरुको आरोप थियो। नेकपामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा मनिषा कोइराला : राजेन्द्र लिङ्देनसँगै आइन्, राप्रपाका लागि मागिन् मत

    वसन्तपुरमा मनिषा कोइराला : राजेन्द्र लिङ्देनसँगै आइन्, राप्रपाका लागि मागिन् मत

    काठमाडौं : वसन्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चुनावी सभालाई बलिउड अभिनेत्री मनिषा कोइरालाले सम्बोधन गरेकी छिन्। आज आयोजित सभामा उनले राप्रपा उम्मेदवारहरुलाई जिताउन मत मागेकी हुन्। मनिषालले अहिले राष्ट्रि हितमा राप्रपामात्रै रहेको समेत बताइन्। चुनावी कार्यक्रमको अन्त्य तिर उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै आएकी थिइन्। 

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा राप्रपाको चुनावी सभा : स्टेजमै नाचगानमा रमे नेताहरु

    वसन्तपुरमा राप्रपाको चुनावी सभा : स्टेजमै नाचगानमा रमे नेताहरु

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा चुनावी सभा आयोजना गर्‍यो। वसन्तपुरमा आयोजित चुनावी सभामा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतका नेताहरु सहभागी थिए। चुनावी सभालाई काठमाडौं-१ बाट उम्मेदवार रहेका मिश्रलगायतका नेताहरुले सम्बोधन गरेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • नेपाल संवत ११४३ को स्वागतमा उल्लासले भरियो वसन्तपुर

    नेपाल संवत ११४३ को स्वागतमा उल्लासले भरियो वसन्तपुर

    काठमाडौ| : आजबाट नेपालको मौलिक संवत्‌ नेपाल संवत्‌ ११४३ सुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ। नयाँ वर्षको उपलक्ष्यमा आज काठमाडौंको वसन्तपुरमा भिंतुना र्‍याली निकालियो। वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो। आज दिनभरी नै उपत्यकामा नेपाल संवतको स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा घरलाई झिलिमिली बनाउन बत्ती किन्नेको भीड, आयात घट्दा पोहोरभन्दा महङ्गो

    तिहारमा घरलाई झिलिमिली बनाउन बत्ती किन्नेको भीड, आयात घट्दा पोहोरभन्दा महङ्गो

    काठमाडौं: तिहार संघारमा बजार झिलिमिली बत्तीले सजिन थालेका छन्। दरबारमार्ग, न्यूरोड, असन लगायतका स्थानहरु बत्तीले झिलिमिली भएका छन्। लक्ष्मी पूजामा घरघरमा दियो र बत्ती बालेर लक्ष्मीको पूजा गर्ने गरिन्छ। त्यसैका लागि अहिले बजारमा तिहारका लागि भाइ मसलासहित लक्ष्मी पूजाका लागि बत्ती किन्नेको भीड लागेको छ। महाबौद्ध, असन लगायतका क्षेत्रका विद्युतीय उपकरण बिक्री हुने पसलमा केही दिनयता मानिसहरुको घुइँचो लागेको छ। बजारमा विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा श्वेतकाली अजिमाको १२ वर्षे नाच

    तस्विरमा श्वेतकाली अजिमाको १२ वर्षे नाच

    काठमाडौं : नरदेवीको श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे नाच आज समापन हुँदै छ। १२ वर्षे जात्रा अन्तर्गर केही दिन अघि वसन्तपुरको त्रिशुल चोकमा नाच प्रदर्शन गरिएको थियो। यस्तै, हिजोबाट कुमारी घरको अघि रहेको डबली नाच प्रदर्शन गरिएको छ। श्वेतकाली गणमा गणेश, चण्डेश्वरी, सुथःमाजु, कुमारी, भैरव, वाराही, नारायणी, महालक्ष्मी, रुद्रायणी, इन्द्रायणी, महादेव, कुमार, सिंहिनी, व्याघ्रिनी, ध्वों, खिचा र दैत्य रहन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहनको महाप्रस्थान : ललितपुर पुगेर प्रधानमन्त्री देउवादेखि प्रचण्डले दिए श्रद्धाञ्जली

    सत्यमोहनको महाप्रस्थान : ललितपुर पुगेर प्रधानमन्त्री देउवादेखि प्रचण्डले दिए श्रद्धाञ्जली

    काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको परिसरमा राखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय सत्यमोहन जोशीलाई २४ दिन ललितपुरस्थित किस्ट मेडिकल कलेजमा लगिएको थियो। उपचारकै क्रममा आज उनको निधन भएको हो। आज बिहान जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। त्यसपछि उनको पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको कार्यालय परिसमा राखिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले…

    विस्तृतमा पढ्नुस्

  • दैत्यको संहार गर्न टोलटोलबाट खड्ग बोकेर निस्किए पाया

    दैत्यको संहार गर्न टोलटोलबाट खड्ग बोकेर निस्किए पाया

    काठमाडौं : नेवार समुदायले बुधबार चालं मनाएका छन्। नेवारहरुले विजया दशमीलाई चालंका रुपमा मनाउँदै आएका छन्। यस दिन रातो टीका र जमरासँगै कालो टीका लगाएर चालं मनाइन्छ। मोहनि सिन्हका रुपमा कालो टीका बिना नेवारहरुको टीका सम्पन्न भएको मानिदैन। चालंका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बेलुकी पाया निकाल्ने परम्परा रहेको छ। दैत्यको संहार स्वरुप खड्ग बोकेका व्यक्तिले दैत्यको आकृति बनाइएको कुभिण्डोमाथि…

    विस्तृतमा पढ्नुस्

  • महानवमीमा मात्रै खोलिने तलेजु मन्दिरमा यस्तो देखियो यसपटकको माहोल

    महानवमीमा मात्रै खोलिने तलेजु मन्दिरमा यस्तो देखियो यसपटकको माहोल

    प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने उक्त मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए। वर्षका कारण लाइनमा बसेकाहरुलाई केही असहज भएको खनालको भनाई थियो। आजमात्र खुल्ने मन्दिर भएकाले…

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकाको दशैं घरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती

    हनुमानढोकाको दशैं घरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती

    काठमाडौं : हनुमानढोकामा फूलपाती भित्र्याइएको छ। हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंंघरका पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने गर्छन्। र, धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ। जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • बाङ्गेमुढाको सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीय आक्रोशित, जनप्रदर्शनसँगै जलाइयो बालेनको पुतला

    बाङ्गेमुढाको सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीय आक्रोशित, जनप्रदर्शनसँगै जलाइयो बालेनको पुतला

    काठमाडौं : बाङ्गेमुढा (थायमरु) मा रहेको सामुदायिक भवन (त्वा: छेँ) महानगरले भत्काएपछि स्थानीय आन्दोलित भएका छन्। शुक्रबार महानगरले जबर्जस्ती वडा २५ मा रहेको सो भवन डोजर लगाएर भत्काएपछि शनिबार स्थानीयले बाङ्गेमुढा चोकमा भेला भएर प्रदर्शन गरेका हुन। भवन ४४ वर्षअघि स्थानीयले चन्दा उठाएर निर्माण गरेका थिए। सोही भवनबाट नेपाल भाषा मंका खलको सुरुवात भएको थियो जसले भाषा आन्दोलन सुरु गरेको…

    विस्तृतमा पढ्नुस्

  • जब पचली भैरवलाई बसन्तपुर लगियो ...

    जब पचली भैरवलाई बसन्तपुर लगियो ...

    काठमाडौं : लिच्छवीकालिन दक्षिणी कोलीग्राम अर्थात काठमाडौंको तल्लो टोलमा शुक्रवार पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भयो। टेकु स्थित पचली भैरवको मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। कुमारी घरमा कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखी आँखा जुधाइएको थियो। त्यसलाई स्थानीय भाषामा 'दृष्टि…

    विस्तृतमा पढ्नुस्

  • चित्रकारले रंग्याए पचली भैरवको मूर्ति, तल्लो टोलमा पचिमह्रको रौनक

    चित्रकारले रंग्याए पचली भैरवको मूर्ति, तल्लो टोलमा पचिमह्रको रौनक

    काठमाडौं : पचली भैरवको मूर्तिलाई आज टेकुस्थित मन्दिरमा लगिँदैछ। क्व:हितिस्थित डाचो गल्लीमा चित्रकारको पुर्खौली घरमा घटस्थापनाको दिन ल्याइएको मूर्तिलाई आज मन्दिरमा लगिन्छ। आज किचमान चित्रकारले मूर्तिमा रंगरोगन गरेका थिए। हुनत वर्षौं पहिला अहिले मूर्ति राखिएको घर चित्रकारबाट शाक्य परिवारमा बिक्री भइसकेको छ। यद्यपि, घर बेचिए पनि सोही घरमा नै चित्रकार पुगेर मूर्तिमा रंग लगाउने गरेका छन्। रंग लगाउन सकेपछि पचली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell