PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • विराटनगरलाई फराकिलो अन्तरले हराउँदै आर्मी शीर्ष दुईमा, शर्मिलाको ह्याट्रिक

    विराटनगरलाई फराकिलो अन्तरले हराउँदै आर्मी शीर्ष दुईमा, शर्मिलाको ह्याट्रिक

    काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा आर्मीले ७-० को फराकिलो जित निकालेको हो। आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक पुरा गरिन्। त्यस्तै विमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङले र बिमला विकले १/१ गोल गरिन्। खेलको ३६ औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई अग्रता बनाएकी…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रपुरलाई हराउँदै पुलिस तालिकाको शीर्ष दुईमा, यस्तो रह्यो प्रतिस्पर्धा

    चन्द्रपुरलाई हराउँदै पुलिस तालिकाको शीर्ष दुईमा, यस्तो रह्यो प्रतिस्पर्धा

    काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले चन्द्रपुरमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको २७ औं मिनेटमा पुलिसले निर्मला बिकको गोलमा अग्रता बनाएको थियो। त्यस्तै, ३९ औं मिनेटमा चन्द्रपुरकी सबिता राना मगरले गोल गर्दा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा पुलिसकी निरु…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुहोस्, आर्मी प्रधानमन्त्री कप क्रिकेटको विजेता बन्दाका क्षणहरु

    हेर्नुहोस्, आर्मी प्रधानमन्त्री कप क्रिकेटको विजेता बन्दाका क्षणहरु

    काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै आर्मीले उपाधि जित्यो। आज कीर्तिपुरस्थित टियू मैदानमा सम्पन्न खेलमा आर्मीले एपीएफमाथि ३३ रनले जित निकाल्दै उपाधि उचाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफ १७८ रनमा समेटियो। दुवै टोली समूह ‘ए’बाट आएका हुन्। समूह चरणको…

    विस्तृतमा पढ्नुस्

  • जब ह्वाटमोर कीर्तिपुर मैदानमा समर्थकहरुको अघिल्तिर पुगे ...

    जब ह्वाटमोर कीर्तिपुर मैदानमा समर्थकहरुको अघिल्तिर पुगे ...

    काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल चलिरहेको छ। आज मैदान परिसरमा दर्शकको उपस्थिति बाक्लो रहेको छ। त्यस्तै समर्थकहरु विभिन्नखाले हुटिङ लगाउँदै खेलाडीलाई हौस्याइरहेका छन्। पछिल्लो खेलहरुमा समर्थकहरुले ‘वेलकम ह्वाटमोर’, ‘वी वान्ट ह्वाटमोर’ भनेर हुटिङ लगाइरहेका थिए। नेपाली क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आएयता मैदानतिरै देखिन्छन्। कहिले मुलपानी मैदानमा उनी देखिए त कहिले कीर्तिपुरमा। आज पनि आर्मीको…

    विस्तृतमा पढ्नुस्

  • शुरुको १० ओभर सम्हालिन नसक्दा पराजय भयो : कप्तान मल्ल

    शुरुको १० ओभर सम्हालिन नसक्दा पराजय भयो : कप्तान मल्ल

    काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनलमा वाग्मतीलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गर्‍यो। खराव सुरुवात गरेको आर्मीले सम्हालिँदै वाग्मतीमाथि ९४ रनको जित निकाल्यो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको वाग्मती १३५ रनमा समेटियो। सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको आर्मीले सुखद…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रह्यो एपीएफलाई फाइनलमा पुर्‍याएको खेल

    यस्तो रह्यो एपीएफलाई फाइनलमा पुर्‍याएको खेल

    काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले नेपाल पुलिस क्लबविरुद्ध जित निकाल्यो। जितसँगै एपीएफ फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन जोडेको थियो। २०४ रनको लक्ष्य पछ्याएको पुलिस १७३…

    विस्तृतमा पढ्नुस्

  • आर्मीमाथि जित निकाल्दै तालिकामा एपीएफको ४ अंकको अग्रता

    आर्मीमाथि जित निकाल्दै तालिकामा एपीएफको ४ अंकको अग्रता

    काठमाडौं : सशस्त्र प्रहरीको एपीएफले आज महिला राष्ट्रिय लिग अन्तर्गतको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले आर्मी विरुद्ध २-० गोल अन्तरको जित निकालेको हो। एपीएफको जितमा अन्जली योञ्जन र सरु लिम्बुले गोल गरे। सावित्रा भण्डारीको क्रसमा खेलको २७ औं मिनेटमा योञ्जनले एपीएफलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा लिम्बुले गोल गर्दा…

    विस्तृतमा पढ्नुस्

  • विदेशी खेलाडी भित्र्याएको वालिङ र बलियो विभागीय टोली पुलिस बराबरीमा रोकिए

    विदेशी खेलाडी भित्र्याएको वालिङ र बलियो विभागीय टोली पुलिस बराबरीमा रोकिए

    काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिका बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङ र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा वालिङले खेलमा अग्रता बनाएको थियो। वालिङका लागि क्यामरुनी खेलाडी मेथो इलुडी रुथले खेलको ५२ औं मिनेटमा गोल गर्दै खेलमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कपमा समर्थकको ठट्यौली हुटिङ : नाटकै हो, नौटंकी नै हो

    प्रधानमन्त्री कपमा समर्थकको ठट्यौली हुटिङ : नाटकै हो, नौटंकी नै हो

    काठमाडौं : आज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीचको खेल थियो। दुवै टोलीले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेका थिए। उपाधि दाबेदार यी टोली बीचको आजको खेल प्रतिस्पर्धात्मक रह्यो, जसमा एपीएफले आर्मीमाथि ६ रनको जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्‍यो। यी टोलीबीचको खेल चलिरहँदा आज अरु दिनको तुलनामा समर्थकहरुको हुटिङ अलि बढी नै थियो।…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी भर्सेस वाग्मती, मल्लले भने : हाम्रो बलिङ अनुशासित भएन, कार्की भन्छन् : मैले फिनिसिङ गर्नु पर्थ्यो

    लुम्बिनी भर्सेस वाग्मती, मल्लले भने : हाम्रो बलिङ अनुशासित भएन, कार्की भन्छन् : मैले फिनिसिङ गर्नु पर्थ्यो

    आज मुलपानी क्रिकेट मैदानमा वाग्मती र लुम्बिनी बीच रोमाञ्चक खेल चल्यो। खेल अवधिभर नै नतिजा कहिले वाग्मतीतिर ढल्कियो त कहिले लुम्बिनी तिर। यसै होला भन्न सक्ने अवस्था देखिएन जुन प्रधानमन्त्री कपकै अन्य कतिपय खेलहरुमा देख्न सकिन्छ। वाग्मतीले दिएको २२१ रनको लक्ष्य पछ्याउन बिस्फोटक ओपनिङ गरेको लुम्बिनीले शुरुमा सहजै पार लगाउला जस्तो देखिएको थियो। खासगरी वाग्मतीको बलिङ जमेन। वाग्मतीका कप्तान ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा जम्यो ब्याटिङ : पुलिस र लुम्बिनीको खेलमा एक शतक, तीन अर्धशतक र पूरा १०० ओभरको खेल

    कीर्तिपुरमा जम्यो ब्याटिङ : पुलिस र लुम्बिनीको खेलमा एक शतक, तीन अर्धशतक र पूरा १०० ओभरको खेल

    काठमाडौं : आज कीर्तिपुरमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले ७४ रनले जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा १ शतक र दुई अर्धशतक सहित ३१० रनको विशाल योगफल खडा गर्‍यो। पुलिसका लागि सुनिल धमलाले शतकीय पारि खेल्दै १०४ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ८५ र पवन सर्राफले ५० रन जोडे।…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो महिला फुटबल लिग, कोभिड-१९ पछिको दशरथ रंगशालामा फर्किएको रौनक

    सुरु भयो महिला फुटबल लिग, कोभिड-१९ पछिको दशरथ रंगशालामा फर्किएको रौनक

    काठमाडौं : कोभिड-१९ महामारीपछि खेलकुद फर्कने क्रम चलिरहेको छ। क्रिकेट, एथ्लेटिक्स, ब्याडमिन्टनलगायतका खेलहरु फर्किइसकेका छन्। यसैक्रममा आजबाट फुटबल पनि दशरथ रंगशालामा फर्किएको छ। मोफसलमा फाट्टफुट्ट प्रतियोगिताहरु लकडाउन यता चलिरहे पनि एन्फाको आयोजनामा महिला लिग नै कोभिड-१९ पछिको पहिलो आधिकारिक फुटबल प्रतियोगिता हो। दशरथ रंगशालामा विराटनगर महानगरपालिकाका मेयर पराजुली, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले मन्तव्य राखेका थिए। त्यस्तै, एपीएफले झाँकीहरु…

    विस्तृतमा पढ्नुस्

  • आगलागी भए के गर्ने? अग्नि नियन्त्रकले देखाए 'डेमो'

    आगलागी भए के गर्ने? अग्नि नियन्त्रकले देखाए 'डेमो'

    काठमाडौं : घर तथा खाना पकाउने ग्यासमा आगलागी भए गरे तत्काल के गर्ने? कसरी नियन्त्रणमा लिने? सोमवार जुद्ध वारुण यन्त्रमा यसै विषयमा 'डेमो' देखाइएको छ। अग्निनियन्त्रक किशोर भट्टराइले आगो नियन्त्रण गर्ने तरिकाको जानकारी दिए। विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा शहरबजारमा आगलागीको जोखिम बढ्दै गएकाले ललितपुर महानगरपालिकाले चार दिने फायर फाइटिङ तालिम संचालन गरिएको थियो। …

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड नेपाल निकट अनेरास्ववियूद्वारा सिटी बजाएर प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड नेपाल निकट अनेरास्ववियूद्वारा सिटी बजाएर प्रदर्शन

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले राजधानीमा विरोध प्रदर्शन गरेको छ। प्रचण्ड नेपाल पक्षको अनेरास्वियूको पूर्वाञ्चल विश्वविद्यालय उपत्यका कमिटीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कू गरेको भन्दै सिटी फुक्दै विरोध प्रदर्शन गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • ‘प्रतिनिधिसभा पुनःस्थापना गर’ भन्दै जसपाले काठमाडौंमा निकाल्यो विरोध र्‍याली

    ‘प्रतिनिधिसभा पुनःस्थापना गर’ भन्दै जसपाले काठमाडौंमा निकाल्यो विरोध र्‍याली

    काठमाडौं : जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा विरोध र्‍याली निकालेको छ। असनबाट शुरु भएको विरोध र्‍याली इन्द्रचोक, बसन्तपुर हुँदै भेडासिंहमा आएर कोण सभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले ‘निरकुंश प्रधानमन्त्री मुर्दावाद’, ‘प्रतिनिधिसभा पुनःस्थापना गर’, ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘राष्ट्रपति संस्थाको मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए। संसद विघटनको विरोधमा जसपाले बुधवार देशभर विरोध कार्यक्रम आयोजना गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको उचाइ नाप्न खटेको टोलीको सम्मान

    सगरमाथाको उचाइ नाप्न खटेको टोलीको सम्मान

    काठमाडौं : सरकारले सगरमाथाको उचाइ मापनका लागि खटेको टोलीको सम्मान गरेको छ। मंगलबार नापी विभागमा आयोजित कार्यक्रममा पराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले टोलीलाई सम्मान गरेका हुन्।  नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोलीले सगरमाथाको उचाइ मापन गरेको थियो। टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए । सगरमाथाको उचाइ…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा निस्किए नवदुर्गा देवगण, नृत्य गर्दै नगर परिक्रमा

    भक्तपुरमा निस्किए नवदुर्गा देवगण, नृत्य गर्दै नगर परिक्रमा

    भक्तपुर : कोरोना भाइरसको संक्रमणबीच सुरक्षा सतर्कता अपनाउँदै भक्तपुरमा नवदुर्गा नाच भइरहेको छ। कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा देवगणहरुले शनिवार नगर परिक्रमा गरेका छन्। कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति नवदुर्गा मन्दिर जाने प्रचलन रहेपनि यसपटक संक्रमणका कारण राष्ट्रपति मन्दिर पुगिनन्। यस पटकको नवदुर्गाको प्रसाद भने शीतल निवास पुर्‍याइएको छ। शनिवार दिउँसो नवदुर्गा देवगणहरु नवदुर्गा मन्दिरबाट निस्किएर नृत्यु गर्दै नगरका विभिन्न क्षेत्रमा पुगेका थिए।  त्यसक्रममा भक्तजनहरुले…

    विस्तृतमा पढ्नुस्

  • दुष्ट शक्तिको अन्त्य गर्न निकालियो तलेजु भवानीको खड्गसिद्धी जात्रा

    दुष्ट शक्तिको अन्त्य गर्न निकालियो तलेजु भवानीको खड्गसिद्धी जात्रा

    काठमाडौं : नेवार समुदायले मंगलवार चालं मनाएका छन्। नेवारहरुले विजया दशमीलाई चालंका रुपमा मनाउँदै आएका छन्। यस दिन रातो टीका र जमरासँगै कालो टीका लगाएर चालं मनाइन्छ। मोहनि सिन्हका रुपमा कालो टीका बिना नेवारहरुको टीका सम्पन्न भएको मानिदैन। चालंका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बेलुकी पाया निकाल्ने परम्परा रहेको छ। दैत्य महिषासुरको संहार स्वरुप खड्ग बोकेका व्यक्तिले दैत्यको आकृति बनाइएको कुभिण्डोमाथि…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले फेरिएको विजयादशमीको दृश्य : मास्क लगाएर टीका ग्रहण

    कोरोनाले फेरिएको विजयादशमीको दृश्य : मास्क लगाएर टीका ग्रहण

    काठमाडौं : आज विजयादशमी। मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ। तर, यो वर्ष कोरोना भाइरस संक्रमणका कारण विगत वर्ष झै दशैंको चहलपहल छैन। साथीभाइ र आफन्त भेला भएर मनाइने यो चाड यसपटक परिवारमा नै सीमित गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि दशैंमा टीका लगाउन हिँड्नेहरुको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन। पहिला जस्तै रमझम नभएपनि…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा गाउँ फर्कनेको चहलपहल यस्तो देखियो नयाँ बसपार्कमा

    दशैंमा गाउँ फर्कनेको चहलपहल यस्तो देखियो नयाँ बसपार्कमा

    काठमाठौं : यसपटक कोभिड-१९ महामारीका कारण दशैंमा गाउँ फर्कनेको चहलपहल अघिल्लो वर्षहरुमा जस्तो देखिदैँन। भोलि फूलपाती। अघिल्ल वर्षहरुमा आजको दिन काठमाडौं उपत्यका छाड्नेको भिड हुन्थ्यो। यसपटक भने नयाँ बसपार्कमा दशैं मान्न गाउँ जानेहरु फट्टफुट्ट देखिए। भौतिक दुरी कायम गर्नुपर्ने, कोरोना संक्रमणको डरले गर्दा अग्रिम टिकट बुकिङसमेत यसपटक उत्साहजनक हुन सकेको थिएन। फोटोमा हेर्नुस् नयाँ बसपार्कको दृश्य:  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell