PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • ई: ले अस्पतालबाटै सत्याग्रह जारी राख्ने, वसन्तपुरबाट लागे ह्याम्स्

    ई: ले अस्पतालबाटै सत्याग्रह जारी राख्ने, वसन्तपुरबाट लागे ह्याम्स्

    इनफ इज इनफका अभियन्ता ई: ह्याम्स् अस्पताल लागेका छन्। कोभिढ १९ महामारीमा सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको र भ्रष्टाचारको विरोध गर्दै दोस्रोपटक अनशन बसेका ई: ह्याम्स अस्पताल लागेका हुन्। उनले अनशन थालेको १७ दिन पुगिसकेको छ। स्वास्थ्यमा गम्भीर समस्या आएकाले अस्पताल जानुपर्ने भएको र अनशन अस्पतालबाट जारी राख्ने ई: ले बताएका छन्।

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षण बढाउन माग गर्दै मालीगाउँमा 'इनफ इज इनफ' प्रदर्शन

    पीसीआर परीक्षण बढाउन माग गर्दै मालीगाउँमा 'इनफ इज इनफ' प्रदर्शन

    काठमाडौं : 'इनफ इज इनफ' अभियान अन्तर्गत् आइतवार काठमाडौंको मालीगाउँमा प्रदर्शन भएको छ। कोभिड महामारीका बेला सरकारले जनताको स्वास्थ्य रक्षामा खासै ध्यान नदिएको उल्लेख गर्दै अभियानले प्रदर्शन जारी राखेको छ। जनताको जीवन रक्षाका लागि सबैले आवाज उठाउन आह्वान गर्दै उनीहरुले मालीगाउँमा प्रदर्शन गरेका हुन्। पीसीआर टेस्टिङ बढाउन दबाव दिन नागरिकले पनि दबाव दिनुपर्ने उनीहरुले आह्वान गरे। सरकारले माग पुरा नगरेको…

    विस्तृतमा पढ्नुस्

  • सागमा स्वर्ण जित्ने खेलाडीलाई कांग्रेसको सम्मान, कोरोना फैलिएकाले सुरक्षित रहन सभापति देउवाको आग्रह

    सागमा स्वर्ण जित्ने खेलाडीलाई कांग्रेसको सम्मान, कोरोना फैलिएकाले सुरक्षित रहन सभापति देउवाको आग्रह

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ औं सागमा स्वर्ण जित्ने खेलाडीहरुलाई आज सम्मान गरेको छ। केन्द्रीय पार्टी कार्यालय सानेपामा कार्यक्रम आयोजना गर्दै कांग्रेसले खेलाडीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुले खेलाडीलाई सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले खेलाडीहरुले राष्ट्रको नाम कमाइरहेको बताउँदै खेलकुदबाट स्वस्थ मानसिकताको विकास हुनसक्ने बताए। देउवाले कोरोनाको महामारी चलिरहेकोले सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • चीनले लग्यो नेपालमा अलपत्र नागरिक

    चीनले लग्यो नेपालमा अलपत्र नागरिक

    चीनले कोभिड - १९ का कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक स्वदेश फर्काउन शुरु गरेको छ। चार विशेष उडानमध्ये पहिलो उडान शुक्रवार बिहान एयर चाइनाको विमान नेपाल आएको थियो। चिनियाँ नागरिक लिएर एअर चाइनाको विमान छन्दुका लागि उडेको छ। त्रिभुवन विमानस्थलमा आफ्ना नागरिकलाई बिदाईका लागि काठमाडौं स्थित चिनियाँ दूतावासका कर्मचारीहरु पुगेका थिए। काठमाडौं अलपत्र परी स्वादेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा यसरी मनाइयो गथांमुग

    काठमाडौंमा यसरी मनाइयो गथांमुग

    काठमाडौं : आज नेवार समुदायले गथांमुग मनाएका छन्। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाए। भूतप्रेत लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने प्रचलन रहेको छ। एक कथन अनुसार तन्त्रिकविद्या, कुविद्या वा बोक्सी विद्याको साधना गर्नेहरु आज सक्रिय हुने गर्छन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकारको समर्थनमा प्रदर्शन जारी, ‘मेरो भोटको अधिकार, ५ वर्षे स्थायी सरकार’

    सरकारको समर्थनमा प्रदर्शन जारी, ‘मेरो भोटको अधिकार, ५ वर्षे स्थायी सरकार’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक द्वन्द्व चलिरहँदा सडकमा सरकारको समर्थनमा प्रदर्शन जारी रहेको छ। द्वन्द्वका कारण पार्टी फुटको अवस्थामा पुगेको र सरकार समेत परिवर्तन हुन सक्ने अवस्था आएको भन्दै स्थायी सरकारको पक्षमा प्रदर्शन गरिएको हो। कलंकी क्षेत्रमा गरिएको प्रदर्शनमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा नारा लगाइएको थियो। उनीहरुले ‘मेरो भोटको अधिकार, ५ वर्षे स्थायी सरकार’,…

    विस्तृतमा पढ्नुस्

  • सत्याग्रहमा बसेका युवा अभियन्तालाई गगनको साथ : हामी एकै ठाउँमा छौं

    सत्याग्रहमा बसेका युवा अभियन्तालाई गगनको साथ : हामी एकै ठाउँमा छौं

    काठमाडौं : सरकारको कामकारवाहीको विरोधमा सत्याग्रहमा बसेका युवाहरुको आन्दोलनमा काँग्रेस नेता गगन थापाले एक्यबद्धता जनाएका छन्। बुधवार पाटन दरबार क्षेत्रमा सत्याग्रहमा बसेका युवाहरुसँग भेटी थापाले आफ्नो साथ रहेको बताएका हुन्। 'हामी एकै ठाउँमा छौं। हामी संसदबाट लडिरहेका छौं। साथीहरु सडकबाट लडिरहेका छन्,' उनले भने। सरकार कोरोना रोकथाममा असफल भएको र भ्रष्टाचारमा लिप्त भएको भन्दै युवा अभियन्ता ई लगायत अनशनमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • जब प्रहरीले हानेको पानीको त्यो फोहरा ममाथि बज्रियो... (फोटो पत्रकारको डायरी)

    जब प्रहरीले हानेको पानीको त्यो फोहरा ममाथि बज्रियो... (फोटो पत्रकारको डायरी)

    सोमवार साँझ फोटो पत्रकार साथी अनिल आङ्देम्बेले फोन गरे र भने – 'भोलि बिहान के काम छ समर्थ? खाली छौ भने आन्दोलन खिच्न जाऔं। शान्तिपूर्ण हो, राम्रो फोटो बन्छ।' लकडाउनको समयमा आन्दोलन? मैले सोध्नु अघि नै उनले प्रष्ट पारे – आन्दोलनकारी शारीरिक दूरी कायम गरेर बस्छन्। शत् प्रतिशत पीसीआर टेस्टको माग राख्छन्। विषय रोचक लाग्यो। नभन्दै इन्स्टाग्राम, फेसबुकतिर मंगलवार हुने…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारबाट फर्केका नेपालीहरुलाई वसुन्धारामा बनाइएको होल्डिङ सेन्टर पुर्‍याइयो

    म्यानमारबाट फर्केका नेपालीहरुलाई वसुन्धारामा बनाइएको होल्डिङ सेन्टर पुर्‍याइयो

    काठमाडौं : म्यानमारको एयरफोर्स विमानबाट २६ जना नेपालीहरु आज काठमाडौं ओर्लिए। विभिन्न कारणले लकडाउन अघि म्यानमार पुगेका उनीहरु कोरोना भाइरसको संक्रमण फैलिएपछि उत्तै फसे। नेपाल सरकार र म्यानमार सरकारको समन्वयमा उनीहरुलाई आज स्वदेश फर्काइएको हुो। त्रिभुवन विमानस्थलबाट उनीहरु सबैलाई बसुन्धारास्थित यति पार्टी प्यालेसमा बनाइएको ‘होल्डिङ सेन्टर’ मा लगिएको छ। नेपाली सेनाको गाडीमा उनीहरुलाई होल्डिङ सेन्टर पुर्‍याइएको हो। सेन्टरमा स्वदेश फर्किएका सबैको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको माग गर्दै दलित विद्यार्थी संघको प्रदर्शन

    रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको माग गर्दै दलित विद्यार्थी संघको प्रदर्शन

    काठमाडौं : रुकुम पश्चिम, चौरजहारीमा भएको घटनामा अनुसन्धान माग गर्दै नेपाल दलित विद्यार्थी संघले मंगलवार प्रदर्शन गरेको छ। माइतीघरमा ब्यानर सहित आएका विद्यार्थीहरुले दलित भएकै कारण हत्या गरिएका युवकहरुले न्याय पाउनुपर्ने भन्दै नारा लगाएका थिए। प्रहरीले उनीहरुले नियन्त्रणमा लिएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • न्युरोडको प्युखामा आगलागी

    न्युरोडको प्युखामा आगलागी

    काठमाडौं : काठमाडौंको न्युरोडस्थित प्युखामा आगलागी भएको छ। आइतवार साँझ सवा ६ बजे लागेको आगोले विभिन्न पसलमा क्षति पुगेको छ। विद्युत सर्ट भइ आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको त्यहाँ खटिएका अग्नि नियन्त्रकले जानकारी दिए। आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्रको एक दमकल पुगेको थियो। आगलागीका कारण के कति क्षति पुग्यो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।    …

    विस्तृतमा पढ्नुस्

  • कलंकीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन, 'भारतले नेपाली आमाको छातीमा छुरा चलायो'

    कलंकीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन, 'भारतले नेपाली आमाको छातीमा छुरा चलायो'

    काठमाडौं : नेपाली भूमिमा भारतले सडक बनाएको विरोधमा जनता दरबार नामक संगठनले कलंकीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ। आज साँझ उक्त संगठनको कार्यकर्ताले मोदीको पुत्ला दहन गर्दै नाराबाजीसमेत गरेको हो। पुत्ला दहनअघि संगठनका अध्यक्ष एसपी शाहले भारत उक्त कदमबाट पछि नहटे राम्रो नहुने चेतावनीसमेत दिए। भने, 'हामी त्यसको घोर भर्त्सना गर्छौं। नेपाल सरकारलाई केही थाह छैन। प्रेस…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन कडा पार्न यस्तो चेक, जाँच गर्दा ठाउँठाउँमा गाडीकै जाम !

    लकडाउन कडा पार्न यस्तो चेक, जाँच गर्दा ठाउँठाउँमा गाडीकै जाम !

    १० दिन थप लकडाउन सुरु हुँदा मुलुक ३५ दिनदेखि ठप्प छ। अति आवश्यक बाहेकका सवारीलाई निषेध गरिएको छ भने मानिसलाई हिँड्डुल गर्न रोक लगाइएको छ। विभिन्न नाकाबाट मानिसहरु आउने र जानेक्रम भने जारी छ। हिजोमात्र पूर्वबाट धेरै गाडी काठमाडौं आए। आएका मानिसहरुलाई प्रहरीले केहीबेर रोके पनि पछि छाड्यो। लकडाउन केही खुकुलो हुनसक्ने भन्दै मानिसहरुको गतिविधि काठमाडौं उपत्यकाभरि नै बढ्न थालेपछि…

    विस्तृतमा पढ्नुस्

  • पर लैजाउ फूलहरु…

    पर लैजाउ फूलहरु…

    शनिवार दिउँसो काठमाडौंस्थित रामकोटको ज्ञानेश्वर फ्लोरिस्टमा बाख्रालाई फूल खुवाउँदै थिए हरिशरण गिरी। झन्डै छ महिना लगाएर फूलाएका फूलहरु बेच्ने सिजनमै लकडाउन भएपछि फाल्नु र बाख्रालाई खुवाउनको विकल्प नभएको बताउँदै थिए उनी। गिरीले फूलका मुठ्ठा पन्छाउँदै गर्दा प्रेमध्वज प्रधानको चर्चित गीत 'पर लैजाउ फूलहरु...' गुन्गुनाएजस्तै लाग्थ्यो। 'होटलमा बिक्ने यही ताजा फूलहरु। होटल लाइनमा विवाह व्रतबन्धमा प्रयोग हुन्थ्यो,' फ्लोरिस्टका एक सञ्चालक हरिशरण…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका छाड्नेहरुको आज पनि उस्तै लर्कोः कोटेश्वर पारि भीड, प्रहरीले मुख्य सडकमा बस्न दिएन

    उपत्यका छाड्नेहरुको आज पनि उस्तै लर्कोः कोटेश्वर पारि भीड, प्रहरीले मुख्य सडकमा बस्न दिएन

    काठमाडौँः उपत्यका छाड्नेहरुको लर्को आज पनि चोकचोकमा उस्तै छ। कोटेश्वरबाट पूर्वको क्षेत्रको आज पनि मानिसहरु साँझदेखि नै बाक्लो रुपमा जम्मा भएका छन्। चाबहिल, जोरपाटी लगायतका क्षेत्रमा पनि उपत्यकाबाट बाहिरिने नागरिक जम्मा भएका छन्।  लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी, विद्यार्थी लगायतले धमाधम उपत्यका छाडिरहेका छन्। कतिपय स्थानीय तहले आफ्ना क्षेत्रका नागरिक लैजान  बस व्यवस्थापन गरेका छन्।  तर, प्रहरीले उनीहरुलाई मुख्य सडकमा बस्न अवरोध…

    विस्तृतमा पढ्नुस्

  • थानकोटमै रोकिए पैदलयात्री, पार्क बन्यो अस्थायी क्वारेन्टाइन

    थानकोटमै रोकिए पैदलयात्री, पार्क बन्यो अस्थायी क्वारेन्टाइन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनक कारण हिँड्दै गाउँघर गइरहेकालाई व्यवस्थापन गर्न निर्देशन दिएसँगै पैदलै हिँडिरहेकालाई क्वारेन्टाइनमा लगेर व्यवस्थापन गर्न थालिएको छ। लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरु कयौं दिन लगाएर आआफ्नो गन्तव्यमा हिँडिरहेका छन्। समूह बनाएर हिँडिरहेकाहरुका कारण कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उनीहरुलाई गाउँ नजान सरकारले आग्रह गर्दै क्वारनेटाइनको व्यवस्था गरेको छ। यसैबीच कलंकी थानकोट हुँदै आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा निस्सासिएर बाहिरीनेको ट्रान्जिट धुलिखेल, पैदलयात्रीलाई खानेकुरादेखि जुत्ताचप्पलसम्म उपलब्ध गराउँदै स्थानीय युवा

    उपत्यकामा निस्सासिएर बाहिरीनेको ट्रान्जिट धुलिखेल, पैदलयात्रीलाई खानेकुरादेखि जुत्ताचप्पलसम्म उपलब्ध गराउँदै स्थानीय युवा

    धुलिखेल : लकडाउनले देश ठप्प भएपछि उपत्यकाबाट पूर्वका गाउँ निस्कने प्वाइन्ट बनेको छ, धुलिखेल। काठमाडौंबाट बिहान तीन बजे नै उठेर गाउँको यात्रामा लाग्नेहरु बाटोमा भेटिए। उनीहरु भक्तपुर, बनेपा हुँदै धुलिखेलबाट कोही बीपी राजमार्ग हुँदै तराई झर्छन् त कोही अरनिको राजमार्ग हुँदै पहाडी जिल्लामा। त्यही नाकामा अप्ठेरा परेकालाई सघाउन बसेका भेटिए धुलिखेल नगरपालिकाका स्थानीय। उनीहरुले पैदल यात्रीलाई खाजादेखि जुत्तासम्मको व्यवस्था गरेका…

    विस्तृतमा पढ्नुस्

  • मारवाडी युवाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दिए स्यानिटाइजिङ बुथ

    मारवाडी युवाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दिए स्यानिटाइजिङ बुथ

    काठमाडौं : विश्व कोरोना भाइरसको संक्रमणसँगै जुधिरहेको छ। भाइरस फैलिनबाट रोक्न विश्वकाका अधिकांश देश लकडाउनमा छ। र, फ्रन्टफुटमा काम गरिरहेका छन् चिकित्सक र स्वास्थ्यकर्मीहरु। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्क हुने भएकोले चिकित्सकहरुको सुरक्षाको मुख्य चुनौती बनेको छ। त्यसैले उनीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री र टेस्टिङ बुथहरु संसारभर बनिरहेका छन्। नेपालमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि विभिन्न उपायहरु अबलम्बन भइरहेका…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा तयार हुँदै 'कोरोना टेस्टिङ बुथ'

    कीर्तिपुरमा तयार हुँदै 'कोरोना टेस्टिङ बुथ'

    काठमाडौँ: कीर्तिपुरस्थित राष्ट्रिय आविस्कार केन्द्रमा हाल कोरोना भाइरस रोकथामका लागि आवश्यक स्वास्थ्य उपकरण निर्माण भइरहेका छन्। केही समयअघि पीपीई निर्माण गरेको केन्द्रले कोरोना परीक्षण गर्नका लागि टेस्टिङ बुथको समेत निर्माण गरिरहेको हो। कोरियामा पहिलोपटक प्रचलनमा ल्याइएको यो बुथमा चिकित्सकले विरामीसँग प्रत्यक्ष सम्पर्क नराखी सिसाभित्रै बसेर परीक्षण गर्न सक्नेछन्। बुथबाट पञ्जाको प्रयोग गरी विरामीको परीक्षण गर्न सकिन्छ। एकपटक परीक्षण गर्दा प्रयोग भएको पञ्जा अर्को…

    विस्तृतमा पढ्नुस्

  • स्नेहा छिन् र पो यी पशुपक्षीले भोकै बस्नु पर्दैन!

    स्नेहा छिन् र पो यी पशुपक्षीले भोकै बस्नु पर्दैन!

    स्नेहा केयर्स अर्थात् स्नेहा श्रेष्ठले साँच्चै ख्याल राख्छिन्। आफ्नो अनि आफ्नो वरपर रहेका मानिसको मात्र होइन पशुपक्षीको पनि। त्यसैले त ६ वर्ष यता उनले सयौं जनावरलाई आश्रय दिइरहेकी छिन्। कुकुरदेखि छाडा चौपाया अनि चराचुरुङ्गीसम्मै। आफूले पालेका पशुपक्षीको मात्र होइन सडका छाडिएकाहरुको पनि उस्तै ख्याल राख्छिन् उनी। त्यसैले लकडाउन शुरु भएपछि आफ्नो केयर सेन्टरको ढोका थुनेर बसिनन्। आवश्यक सरसामानको जोहो गरिन्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell