PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, उपप्रधान मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झन्डा, हेर्नुस् फोटोमा

    तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, उपप्रधान मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झन्डा, हेर्नुस् फोटोमा

    काठमाडौं: पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। काठमाडौंको शोभा भगवतीको कर्णदीपमा तुलाधरको अन्त्येष्टि गरिएको हो। तुलाधरलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धञ्जली अर्पण गरेका थिए। त्यसैगरी उनलाई सशस्त्रको टुकुडीले सलामी अर्पण गरेको थियो। उनलाई अन्तिम श्रद्धञ्जली दिन कांग्रेसका उपसभापति विमलेन्द्र निधि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्व…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको कुमाले टोलमा 'तिहार फिभर' : परिवार नै खट्दा पनि 'डिमाण्ड' पुर्‍याउन सक्दैनन्

    भक्तपुरको कुमाले टोलमा 'तिहार फिभर' : परिवार नै खट्दा पनि 'डिमाण्ड' पुर्‍याउन सक्दैनन्

    काठमाडौँ : शहरमा तिहारको फिभर चढिसकेको छ। मान्छेहरु किनमेल गर्नतिर व्यस्त छन्। घरहरु झिलीमिली हुन सुरु भइसके। फूलको व्यापार पनि उस्तै। तर, यतिबेला भक्तपुरस्थित पोटरी स्कवायर नामले चर्चित 'कुमाले टोल'मा भने माटाको भाँडा बनाउने कामको चटारो छ।  प्रायः सबै व्यस्त देखिन्छन्। तिहारले गर्दा पालाको 'डिमाण्ड' दोब्बर बढेको छ। बोल्न समेत फुर्सद छैन। माग अनुसार माटाका भाँडा पुर्‍याउन नसकेर तनाव छ…

    विस्तृतमा पढ्नुस्

  • 'ब्ल्याक टप'मा यस्तो देखियो कलंकी-कोटेश्वर सडक, हेर्नुस् फोटोमा

    'ब्ल्याक टप'मा यस्तो देखियो कलंकी-कोटेश्वर सडक, हेर्नुस् फोटोमा

    काठमाडौं : ठाउँ ठाउँमा बस स्टप, सफा चिल्लो ८ लेनको सडक, व्यवस्थित र फराकिलो फुटपाथ, जामको समस्या हटाउनका लागि बनाइएको अण्डरपास। आगामी दुई महिनाभित्र सम्पन्न हुन लागेको कलङ्की-कोटेश्वर सडक खण्ड विदेशका चिल्ला सडक जस्तै देखिन थालेको छ।  चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार सडक विस्तारको फाइनल फेजमा काम भैरहेको छ। उनले एक तहको कालोपत्रे सकेर अहिले अन्तिम तहको ब्ल्याक…

    विस्तृतमा पढ्नुस्

  • ज्यानमारा खाल्डोले विश्व साइकल यात्रीको ज्यान लिएकै ठाउँमा राखियो 'घोस्ट' साइकल

    ज्यानमारा खाल्डोले विश्व साइकल यात्रीको ज्यान लिएकै ठाउँमा राखियो 'घोस्ट' साइकल

    काठमाडौं : सरकारी लापरवाहीका कारण अकालमै ज्यान गुमाएका विश्व साइकल यात्री श्याम सुन्दर श्रेष्ठलाई आज श्रद्धाञ्जली दिइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को लापर्वाहीका कारण एक साताअघि उनको ज्यान गुमेको थियो। उनको मृत्यु भएको ठाउँमा 'घोस्ट साइकल' समेत राखिएको छ। एक साता अघि बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको गेट नजिकै ढलको खाल्डोमा मान्छे खसेको खबर प्रहरीले पाएको थियो। बिहान हेर्न जाँदा साइकलसहित…

    विस्तृतमा पढ्नुस्

  • जब आकाश खुल्छ, यस्तो देखिन्छ हिमाल : हेर्नुस् चन्द्रागिरीबाट कैद दृश्य 

    जब आकाश खुल्छ, यस्तो देखिन्छ हिमाल : हेर्नुस् चन्द्रागिरीबाट कैद दृश्य 

    काठमाडौं : उपत्यका घेर्ने डाँडाकाँडाको उचाइको एउटा विशेषता हो, आँखाभरि हिमाल देखिनु। हिमाल त सधैं देखिन्छ नै, देख्‍न रोक्‍ने चाहिँ बादल नहुनुपर्छ। यतिखेरको सिजनमा बादल कमै लाग्छ। आकाश खुल्दा यहाँका उचाइबाट उत्तरतिर रहेको हिमालको लहर देख्‍न सकिन्छ। यी तस्बिरहरु भने चन्द्रागिरी हिल्सबाट खिचिएको हो।  यहाँबाट देखिने मनास्लु, गणेश, लाङटाङ हिमालको सुन्दर दूश्यले कसको मन नलोभ्याउला? चन्द्रागिरीबाट काठमाडौँ उपत्यका देखिन्छ। तर,…

    विस्तृतमा पढ्नुस्

  • निर्मलालाई न्याय माग्दै सर्वसाधारणको प्रश्न सरकारलाई : पुगिसक्यो १०० दिन, अझै लागेन लाज घिन?

    निर्मलालाई न्याय माग्दै सर्वसाधारणको प्रश्न सरकारलाई : पुगिसक्यो १०० दिन, अझै लागेन लाज घिन?

    काठमाडौं: १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १०० दिन पूरा भएको छ। सय दिन पूरा हुँदा पनि हत्यारा पत्ता लागेको छैन।  निर्मला हत्याको सय दिन पुग्दा पनि हत्यारा फेला नपारेको र सरकारले निर्मलालाई न्याय दिन नसकेको भन्दै सर्वसाधारण तथा अधिकारकर्मीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरु  पुगिसक्यो १०० दिन, अझै लागेन लाज घिन, म निर्मला मलाई न्याय चाहियो…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको चियापानमा को को पुगे सानेपा? २२ फोटोमा हेर्नुस्

    कांग्रेसको चियापानमा को को पुगे सानेपा? २२ फोटोमा हेर्नुस्

    काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले दसैं, तिहार, छठलगायतका राष्ट्रिय पर्वको अवसर पारेर शुक्रवार चियापान कार्यक्रम आयोजना गरेको छ।  पार्टीका संस्थापक विपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई काँग्रेसले निरन्तरता दिएको हो। यसै अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमका सभापति शेरबहादुर देउवाले सरकारले चाहे आफ्नो पार्टी राष्ट्रिय एकताकै बाटोबाट अघि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले डाक्टरलाई भने ‘मलाई ७२ घण्टामा डिस्चार्ज गर्दिनुस्’

    प्रधानमन्त्री ओलीले डाक्टरलाई भने ‘मलाई ७२ घण्टामा डिस्चार्ज गर्दिनुस्’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। उपचारत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार बिहान स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै परीक्षण रिपोर्टहरु सकारात्मक रहेको जनाएको छ। प्रधानमन्त्रीको रगत र छातीको एक्स–रे सकारात्मक रहेको केन्द्रले जनाएको छ। छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि केन्द्रले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको भ्रमण बिदाइ, फोटोमा हेर्नुस्

    राष्ट्रपति भण्डारीको भ्रमण बिदाइ, फोटोमा हेर्नुस्

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने कतार भ्रमणका लागि दोहा प्रस्थान गरेकी छिन्। बिहान साढे ११ बजे उनी कतार प्रस्थान गरेकी हुन्। उनलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा 'बादल', सभामुख कृष्णबहादुर महरा,  राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए। राष्ट्रपति विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीले बिदाइ गर्ने प्रचलन रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • उल्टो गजुर, गजुरमाथि देउताको मूर्ति र मैनको फूल : कहीँ नभएको हाँडीगाउँ जात्राका २४ फोटो

    उल्टो गजुर, गजुरमाथि देउताको मूर्ति र मैनको फूल : कहीँ नभएको हाँडीगाउँ जात्राका २४ फोटो

    काठमाडौँ : कहीँ नभएको जात्राका रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट आज बिहीबार धूमधामका साथ मनाइयो।  लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रालाई चोकटे नारायण जात्रा पनि भनिन्छ। नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ। रथहरु आमा, बाबु…

    विस्तृतमा पढ्नुस्

  • क्यामराको फ्रेममा दशैंको क्यान्भास : हेर्नुस् १० दृष्य

    क्यामराको फ्रेममा दशैंको क्यान्भास : हेर्नुस् १० दृष्य

    काठमाडौं : दशैंले सबैतिर छोइसकेको छ। बजारमा घुइचो छ, काठमाडौं छाडेर आफ्नो पुरानो थातथलोतिर लाग्नेको उत्तिकै भिड। दशैंको प्रतीकका रुपमा रहेको लिंगे पिङ पनि मच्चिन थालिसकेको छ। चङ्गा उडाउनेहरु पनि उत्तिकै मस्त छन्। दशैंको यिनै माहोललाई प्रविन रानाभाटको क्यामरा लेन्सबाट हेर्दा यस्तो देखियो - 

    विस्तृतमा पढ्नुस्

  • दशैँको चहलपहलः सपिङ मल र व्यापारिक केन्द्रमा किनमेलको भीड, हेर्नुस् फोटोमा

    दशैँको चहलपहलः सपिङ मल र व्यापारिक केन्द्रमा किनमेलको भीड, हेर्नुस् फोटोमा

    विधिवत रूपमा दशैँ सुरु भइसकेको छ। घरघरमा घटस्थापना गरिएको छ। दशैँका लागि राजधानी तथा अन्य शहरबाट गाउँगाउँसम्म सर्वसाधारण जाने क्रम जारी छ। उपत्यकाबाट दैनिक ठूलो संख्यामा यात्रु बाहिरिइरहेका छन्। काठमाडौँका मुख्य व्यापारिक केन्द्रहरु तथा सपिङ मलहरुमा दशैँको सामान किन्नेहरूको भीड लागेको छ। दशैँको चहलपहल बढेको छ। सपिङ मल तथा व्यापारिक केन्द्रहरुमा सर्वसाधारणको भीड फोटोमा हेर्नुस्।

    विस्तृतमा पढ्नुस्

  • 'सरकार कहाँ चुक्दैछ? बलात्कारीसँग झुक्दैछ'

    'सरकार कहाँ चुक्दैछ? बलात्कारीसँग झुक्दैछ'

    काठमाडौं : कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा आज फेरि राजधानीमा जुलुस निस्क्यो। सरकारकै संरक्षणमा दोषी पहिचानको प्रकृयालाई तोडमोड गरिएपछि निर्मला पन्तको बलात्कार र हत्याको विषय चर्को मुद्दाका रुपमा उत्रिएको हो। गृह मन्त्रालय तथा नेपाल प्रहरीले घटनाको अनुसन्धानका लागि पटक पटक समितिहरु गठन गरे पनि तिनले दिएको रिपोर्टसमेत सरकारले सार्वजनिक गरेको छैन। आज जुलुसमा निर्मलाका निम्ति न्याय भन्दै सर्वसाधारण,…

    विस्तृतमा पढ्नुस्

  • १२ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्रीलाई एयरपोर्टमै सेनाको 'गार्ड अफ अनर', हेर्नुस् १८ फोटोमा

    १२ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्रीलाई एयरपोर्टमै सेनाको 'गार्ड अफ अनर', हेर्नुस् १८ फोटोमा

    काठमाडौँ : अमेरिका र कोस्टा रिकाको भ्रमण सकाएर १२ दिनपछि बिहीवार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै 'गार्ड अफ अनर' दिएको छ। प्रधानमन्त्रीको टोली सवार कतार एयरवेजको विमान दिउँसो करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। त्यसपछि विमान पार्क गरिएको ठाउँसम्मै प्रधानमन्त्रीलाई लिन गाडीहरु पुगेका थिए। विमानस्थल भित्रै सवारी चलाएर प्रधानमन्त्रीलाई आन्तरिक विमानस्थल नजिकैको सलामी दिने ठाउँसम्म…

    विस्तृतमा पढ्नुस्

  • श्वेत भैरवको मुखबाट जाँडको धारा, २२ फोटोमा हेर्नुस् प्रसाद पिउन महिलाको तँछाड मछाड

    श्वेत भैरवको मुखबाट जाँडको धारा, २२ फोटोमा हेर्नुस् प्रसाद पिउन महिलाको तँछाड मछाड

    उपत्यकामा उल्लासका साथ एक साता मनाइने इन्द्रजात्राको अवसरमा एक दिन हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट निस्कने प्रसाद (जाँड) र समयबजी महिलालाई मात्र खुवाइन्छ। यसलाई स्थानीय भाषामा हाथु हायेकेगु भनिन्छ। बुधबार राति प्रसादका लागि ठूलो संख्यामा महिला उपस्थित थिए। काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको उपस्थितिमा श्वेत भैरवको विशाल मूर्तिको मुखबाट जोडिएको पाइपबाट जाँडको धारा बगाइएको थियो। झण्डै १५ फिट…

    विस्तृतमा पढ्नुस्

  • यात्राको कहरः दशैँका लागि टिकट लिन यात्रुको भिड, हेर्नुस् फोटोमा

    यात्राको कहरः दशैँका लागि टिकट लिन यात्रुको भिड, हेर्नुस् फोटोमा

    दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ। नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्। मंगलबार बिहानैदेखि टिकट काउन्टरहरुमा सर्वसाधरणको भीड लागेको छ।

    विस्तृतमा पढ्नुस्

  • निर्मलाका निम्ति न्यायकाे माग गर्दै महिला स‌ंघद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

    निर्मलाका निम्ति न्यायकाे माग गर्दै महिला स‌ंघद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

    काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडाैंमा विराेध प्रदर्शन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका महिला संघमा आवद्ध नेता कार्यकर्ताहरुको उपस्थितिमा महिला संघले माइतीघर मण्डलाबाट विराेध प्रदर्शन सुरु गरेकाे हाे । उनीहरुले महँगी, कालोबजारी रोक्नुपर्ने, जनतालाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग गरेका छन् । शान्ति सुरक्षा दिन सरकार असफल…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो टुँडिखेलमा आयोजित संविधान दिवस, फोटोमा हेर्नुस्

    यस्तो देखियो टुँडिखेलमा आयोजित संविधान दिवस, फोटोमा हेर्नुस्

    संविधान दिवसको अवसरमा आज संविधान दिवस मुल समारोह समितिले राजधानीको टुँडिखेलमा संविधान दिवस मनाएको छ। संविधान दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित भए। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश ओमप्रकाश अर्याल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, मन्त्रीहरु र विदेशी कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो।  

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध नेविसंघको प्रदर्शन : बलात्कारीविरुद्ध नबोलौं अरि‌गालले टोक्ला!

    सरकारविरुद्ध नेविसंघको प्रदर्शन : बलात्कारीविरुद्ध नबोलौं अरि‌गालले टोक्ला!

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ। किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो। मुलुकमा जारी हत्या, हिंसा र बलात्कारविरुद्ध सोमबार नेवि संघले काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको विरोध र्‍याली पुतलीसडकको मुख्य चोकमा कोणसभा गरेका थिए।  प्रर्दशनीमा सरकारले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला पन्तको न्यायको लागि माइतीघर मण्डलामा प्रदर्शन,यस्तो देखियो

    निर्मला पन्तको न्यायको लागि माइतीघर मण्डलामा प्रदर्शन,यस्तो देखियो

    काठमाडौः कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र न्याय माग्दै शनिवार राजधानीमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा सयौँ मानिसहरू भेला भएर निर्मलाको लागि न्यायको माग गरेका हुन्। शान्तिपूर्ण भेलामा निर्मलाका बाबुआमा सहित नागरिक अगुवा, विद्यार्थी, अधिकारकर्मी लगायतको उपस्थिति थियो। साउन १० गते हत्या गरिएकी निर्मलाको हत्यारा को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell