PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • निर्वाचनमा सहभागी हुने ८० दलको नाम सार्वजनिक, विप्लवदेखि मधेसी मोर्चासम्म सूचीमा

    निर्वाचनमा सहभागी हुने ८० दलको नाम सार्वजनिक, विप्लवदेखि मधेसी मोर्चासम्म सूचीमा

    काठमाडौं :  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा दलीय रुपमा भाग लिन पाउनेको सूची आज सार्वजनिक गरेको छ।  आयोगले गएको फागुन १५ देखि १८ गतेसम्म संविधानको धारा २७१ को प्रावधान अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता आह्वान गरेको थियो।  त्यसरी दर्ता भएका दलहरुको सूची आज आयोगले सार्वजनिक गरेको हो।  निर्वाचन आयोगमा ११० दल दर्ता भएका छन्। त्यसमध्ये निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • १३ दिनमा १ करोड ४० लाख मतदाता परिचयपत्र छाप्न ६ सय खट्दै

    १३ दिनमा १ करोड ४० लाख मतदाता परिचयपत्र छाप्न ६ सय खट्दै

    काठमाडौँ : मतदाता परिचयपत्र छपाई र लेमिनेशन गर्ने जिम्मा लिएको ओम्नी कम्पनीले परिचयपत्र लेमिनेशनका लागि मात्र ६ सय जनालाई रोजगारी दिएको छ।  आयोगले गाउँ गाउँमा लेमिनेसनसहितको मतदाता परिचय पत्र पठाउने निर्णय गरेपछि ओम्नीले ठेक्का पाएको थियो। निर्वाचनका लागि ४१ दिन समय बाँकी रहँदा आयोगले आजैदेखि मतदाता परिचय पत्रसमेत छपाई गर्दैछ।  निर्वाचन आयोग परिसरमा परिचय पत्र छपाईको मेसिन राखिएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ मा मतदान केन्द्र तोक्न निर्वाचन आयोगको ताकेता

    प्रदेश नम्बर २ मा मतदान केन्द्र तोक्न निर्वाचन आयोगको ताकेता

    काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर २ मा मतदान केन्द्र नतोक्दा मतदाता नामावली वर्गीकरणदेखि मतदाता परिचयपत्र प्रकाशनमा समेत समस्या परेको छ। आयोगले त्यही कारण अन्यत्रको मतदाता नामावली वर्गीकरण सकेर परिचयपत्र छपाइ सुरु गरेको छ। तर २ नम्बर प्रदेशमा भने मतदाता नामावली वर्गीकरण र परिचयपत्र प्रकाशनसम्मको काम सुरु हुन सकेको छैन। मतदान केन्द्र तोक्नका लागि स्थानीय तहमा क्रियाशील दल सम्मिलित मतदान…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्रीले मागे दुई दिनको समय

    संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्रीले मागे दुई दिनको समय

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति जुटाउनका लागि दुई दिनको समय मागेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन अगाडि बढाउने विषयमा दुई दिनभित्र आफू टुङ्गोमा पुग्ने बताएका हुन्।   बालुवाटार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ अर्को दल राप्रपाका अध्यक्ष समेत…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश-२ मा दलहरुबाट आयोगलाई असहयोग, मतदाता सूचीदेखि परिचयपत्र छपाइमा समस्या

    प्रदेश-२ मा दलहरुबाट आयोगलाई असहयोग, मतदाता सूचीदेखि परिचयपत्र छपाइमा समस्या

    काठमाडौं : निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोग एकदमै 'टाइट सेड्युल'मा काम गरिरहेको छ। निर्वाचनको तयारीका लागि एक सय २० दिनको समय चाहिने यसअघिको मान्यताविपरीत ८४ दिन भए पुग्ने भन्दै निर्वाचनको तयारीमा जुटेको आयोग यति बेला मतदान केन्द्र निर्धारण, मतदाता नामावली एकीकृत गर्ने काम, मतदाता शिक्षाका लागि प्रशिक्षक प्रशिक्षण, कर्मचारी व्यवस्थापन तथा निर्वाचन सामग्रीको जोहोमा व्यस्त छ। आयोग एकातिर मतपत्र…

    विस्तृतमा पढ्नुस्

  • आइजी नियुक्तिमा सर्वोच्चले कार्यकारी अधिकार हस्तक्षेप गरेको कांग्रेसको ठहर

    आइजी नियुक्तिमा सर्वोच्चले कार्यकारी अधिकार हस्तक्षेप गरेको कांग्रेसको ठहर

    काठमाडौँ : नेपाली कांग्रेसले केही दिनअघि सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिका सन्दर्भमा सर्वोच्चले गरेको फैसलालाई कार्यकारीको अधिकारमाथिको हस्ताक्षेप भएको निश्कर्ष निकालेको छ। गत आइतबारदेखि भएको केन्द्रीय कार्यसमिति बैठक आज समापन भएपछि कांग्रेसले लिखित निर्णय गरी सर्वोच्चको फैसलाले संविधानले स्पष्ट व्याख्या गरेको कार्यकारीको अधिकारमाथि हस्ताक्षेप गरेको बताएको हो।  'संवैधानिक सर्वोच्चता र बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय शासन प्रणालीको सिद्धान्त स्वीकार गर्दै संविधानले…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा अगुवाई गर्ने कांग्रेसको निर्णय, उत्साहपूर्वक चुनावमा सहभागी हुन अपील

    संविधान संशोधनमा अगुवाई गर्ने कांग्रेसको निर्णय, उत्साहपूर्वक चुनावमा सहभागी हुन अपील

    काठमाडौँ : नेपाली कांग्रेसले संविधान संशोधनले चुनावको वातारण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सबै राजनीतिक दलसँग समन्वय गर्दै संसदमा रहेको संशोधन प्रस्ताव पारित गर्न अग्रसरता लिने निर्णय गरेको छ।  गत आइतबारदेखि बसेको केन्द्रीय कार्यसमिति बैठक आज समापन भएपछि गरिएको सात बुँदे लिखित निर्णयमा आगामी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल पनि गरिएको छ। चुनावका लागि आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • चुनावी रणनीति बनाउँदै फोरम लोकतान्त्रिक, मोर्चाझैं गैरजिम्मेवार नहुने गच्छदारको ब्रिफिङ

    चुनावी रणनीति बनाउँदै फोरम लोकतान्त्रिक, मोर्चाझैं गैरजिम्मेवार नहुने गच्छदारको ब्रिफिङ

    काठमाडौं : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले २० वर्षपछि हुन लागेको स्थानीय चुनावलाई उपयोग गरेर जाने रणनीतिमा छलफल सुरु गरेको छ। मधेस केन्द्रित दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनाव बहिष्कार गर्ने र असफल बनाउने उद्घोष गरिरहेका बेला मधेस केन्द्रित राजनीतिमै रहेको फोरम लोकतान्त्रिकले यस्तो रणनीति निर्माण गरेको हो। निर्वाचनकै रणनीति बनाउन फोरम लोकतान्त्रिकको कार्यसम्पादन समितिको बैठक हिजोदेखि तीनकुनेस्थित केन्द्रीय कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • को-को बन्न पाउँदैनन् स्थानीय निर्वाचनमा उम्मेदवार?

    को-को बन्न पाउँदैनन् स्थानीय निर्वाचनमा उम्मेदवार?

    काठमाडौं : आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिँदै गए पनि राजनीतिक दलदेखि मतदातासम्म पनि प्रतिनिधित्व, समावेशिताको मापदण्ड, कस्ता व्यक्ति उम्मेद्वार बन्न पाउने जस्ता विषयमा अन्यौल देखिन्छ।  संविधानसभाबाट जारी संविधान अनुरुप राज्यको पुनर्संरचना पछि हुन लागेको स्थानीय तहको यो पहिलो निर्वाचन हो। सबैभन्दा ठूलो संख्यामा रहेका युवा मतदाता पहिलो पटक मतदानमा सहभागी हुन लागेकाले पनि यस्तो अन्यौल…

    विस्तृतमा पढ्नुस्

  • छलफल नै नगरी प्रस्ताव पारितका लागि पेश गरेपछि देउवामाथि प्रश्नैप्रश्न

    छलफल नै नगरी प्रस्ताव पारितका लागि पेश गरेपछि देउवामाथि प्रश्नैप्रश्न

    काठमाडौँ : मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी– नेपाली कांग्रेस। दलीय व्यवस्था स्वीकार नगर्ने राणा शासकदेखि निर्दलीय पञ्चायत र एकदलीय साम्यवादीसम्मलाई प्रजातन्त्रको पाठ सिकाउने पनि उही कांग्रेस। तर, त्यही कांग्रेस आफूभित्र कति प्रजातान्त्रिक अभ्यास गर्छ भन्ने प्रश्न सधैँ उठ्ने गरेको छ। पाँच महिनापछि आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई लिए प्रश्न फेरि दोहोरिएको छ। बैठकको सुरुवातमा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नौबुँदे…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बैठक : 'संविधान संशोधन अघि बढाऔँ, दुवै अतिवाद साइजमा आउँछ'

    कांग्रेस बैठक : 'संविधान संशोधन अघि बढाऔँ, दुवै अतिवाद साइजमा आउँछ'

    काठमाडौं : कांग्रेस केन्द्रीय समिति बैठकमा मधेसी मोर्चालाई साथमा लिएरै चुनावमा जान र समस्या समाधानको बाटोमा लाग्न अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन्।  हिजोदेखि सुरु केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले चुनाव सबै समस्या लिएर समाधान खोज्न जाने थलो भए पनि त्यसको वैधता र स्वीकार्यता नभए समाधान नभएर समस्या हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए। केन्द्रीय सदस्यहरुले संसद्मा संविधान…

    विस्तृतमा पढ्नुस्

  • देउवाको पकडमा केन्द्रीय कार्यसम्पादन समिति, शेखर अटेनन्

    देउवाको पकडमा केन्द्रीय कार्यसम्पादन समिति, शेखर अटेनन्

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षको पकड हुने भएको छ। केन्द्रीय कार्यसमिति र संसदीय दलमा सुविधाजनक बहुमतमा रहेका सभापति देउवाको पकड केन्द्रीय कार्यसम्पादनमा पनि भएको हो।  आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठनको प्रस्ताव पेस भएको छ। पार्टी सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवसति…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसी महिलाका माग- 'स्थानीय तहमा ४० प्रतिशत सदस्यले हुन्न, अध्यक्षमै ३३ चाहिन्छ'

    कांग्रेसी महिलाका माग- 'स्थानीय तहमा ४० प्रतिशत सदस्यले हुन्न, अध्यक्षमै ३३ चाहिन्छ'

    काठमाडौं : नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले स्थानीय तहका अध्यक्ष तथा प्रमुख/उपप्रमुखमा पनि ३३ प्रतिशत हिस्सा मागेको छ। महिला संघले पार्टी सभापति शेरबहादुर देउवासँग गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरका प्रमुख/उपप्रमुखमा र वडाध्यक्षमा महिलालाई कम्तीमा ३३ प्रतिशत उम्मेदवारी सुनिश्चित गर्न माग गरेको हो। संविधानले स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेकाले स्थानीय तह निर्वाचन ऐनले गाउँपालिकामा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • २१ हजार जनालाई निर्वाचन आयोगले दिँदैछ एक महिनाको  रोजगारी

    २१ हजार जनालाई निर्वाचन आयोगले दिँदैछ एक महिनाको  रोजगारी

    काठमाडौँ : आसन्न स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले २१ हजार जनालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा रोजगारी दिने तयारी गरेको छ।  मतदाता शिक्षा कार्यकर्तामा सामाजिक परिचालक, पूर्वप्राथमिक विद्यालयका शिक्षक, निम्नमाध्यामिक विद्यालयका शिक्षक, एसएलसी उत्तीर्ण मातृ स्वास्थ्य कार्यकर्तालाई प्राथमिकतामा राखिनेछ। तिनीहरुबाट नपुग भएमा शिक्षित युवालाई परिचालनको तयारी आयोगले गरेको छ।  शिक्षित बेरोजगार यति धेरै हुँदाहुँदै किन त रोजगार भएकाहरुलाई नै थप रोजगारी?…

    विस्तृतमा पढ्नुस्

  • किन बस्न सकेन हिजो मन्त्रिपरिषद् बैठक? दुई उपप्रमको 'हैसियत'ले ल्यायो विवाद

    किन बस्न सकेन हिजो मन्त्रिपरिषद् बैठक? दुई उपप्रमको 'हैसियत'ले ल्यायो विवाद

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान १० बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए। तर उनले बैठक एकाएक स्थगित गरी साँझ पाँच बजेका लागि डाके। तर साँझ पाँच बज्नै लाग्दा प्रधानमन्त्री प्रचण्डले पुनः बैठक स्थगित गरे। बिहान १० बजेका लागि मन्त्रिपरिषद बैठक डाकिएको र पछि पाँच बजेका लागि सारेको जानकारी आएपनि त्यसपछि कहिले बस्ने जानकारी बिना नै बैठक स्थगित भएको…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन विवादमा ‘रिमरिम उज्यालो’, यी शर्त पूरा भए मोर्चा चुनावमा आउने

    संविधान संशोधन विवादमा ‘रिमरिम उज्यालो’, यी शर्त पूरा भए मोर्चा चुनावमा आउने

    काठमाडौँ : गएको फागुन २३ गते सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा मेची महाकाली अभियानमा रहेको एमाले र मोर्चा कार्यकर्ताबीच झडप भएपछि त्यसको भोलिपल्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक हप्ताको अल्टिमेटमसहित सरकारलाई ज्ञापनपत्र बुझायो।   ज्ञापनपत्रमा संविधान संशोधन गर्नुपर्ने, स्थानीय निकायको घोषित चुनाव स्थगित गर्नुपर्ने, स्थानीय तहलाई प्रदेश मातहत राखिनुपर्ने तथा स्थानीय तहको संख्या जनसंख्याकै आधारमा मधेसमा ५१ प्रतिशत बनाउनुपर्ने तथा…

    विस्तृतमा पढ्नुस्

  • तीन प्रतिशत थ्रेसहोल्ड पारित : कुनकुनले पाउलान् राष्ट्रिय दलको मान्यता?

    तीन प्रतिशत थ्रेसहोल्ड पारित : कुनकुनले पाउलान् राष्ट्रिय दलको मान्यता?

    काठमाडौं : अन्ततः समानुपातिकतर्फ तीन प्रतिशत पाउने र प्रत्यक्षतर्फ एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। संसद्को राज्यव्यवस्था समितिले राजनीतिक दलसम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था लागू गर्न प्रस्ताव गरेको हो।   समितिले पारित गरेको विधेयकमा साना पाँच दलले भने फरक मत राखेका छन्। तर, फरक मतमा मधेस केन्द्रित दलहरु भने सहभागी छैनन्।  निर्वाचन आयोगले तयार…

    विस्तृतमा पढ्नुस्

  • एउटै चुनाव चिह्नमा धेरै दल चुनाव लड्न पाउने, खुल्यो कानुनी बाटो

    एउटै चुनाव चिह्नमा धेरै दल चुनाव लड्न पाउने, खुल्यो कानुनी बाटो

    काठमाडौं : आगामी राष्ट्रिय चुनावदेखि एउटै चुनाव चिह्नमा एकभन्दा धेरै दल चुनाव लड्न पाउने भएका छन्। सरकारले संसदमा लगेको राजनीतिक दल सम्बन्धी विधेयकले त्यस्तो बाटो खुल्ला गरिदिएको हो। आजै मात्र संसद्को राज्यव्यवस्था समितिबाट पारित राजनीतिक दलसम्बन्धी विधेयकले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि समानुपातिकतर्फ तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नैपर्ने गरी थ्रेसहोल्डको व्यवस्था गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • साना दलले बुझेनन् कानुन, भने 'थ्रेसहोल्ड दलीय प्रतिबन्ध हो', के हो सत्य?

    साना दलले बुझेनन् कानुन, भने 'थ्रेसहोल्ड दलीय प्रतिबन्ध हो', के हो सत्य?

    काठमाडौं : संसद बैठकमा राजनीतिक दल सम्बन्धी विधेयकको साना दलहरुले विरोध गरेका छन्। राजनीतिक दलसम्बन्धी ऐनको विधेयकमा राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेसहोल्डको प्रस्ताव गरिएको छ। तर त्यसलाई प्रतिनिधिसभा प्रवेशको थ्रेसहोल्ड भन्दै साना दलले विरोध गरेका हुन्।   'संसारमा कहीँ पनि नभएको तीन प्रतिशतको थ्रेसहोल्ड यहाँ राखिएको छ र समानुपातिकतर्फ १० प्रतिशत मत ल्याउने दललाई समेत प्रत्यक्षतर्फ एक सिट…

    विस्तृतमा पढ्नुस्

  • ​अंकगणितमा स्थानीय तह निर्वाचन : यसरी हुँदैछ व्यवस्थापन

    ​अंकगणितमा स्थानीय तह निर्वाचन : यसरी हुँदैछ व्यवस्थापन

    काठमाडौँ : आउँदो बैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचनको तयारी निर्वाचन आयोगले तीव्र पारेको छ। तर मधेस केन्द्रीत दलहरुको संविधान संशोधनपछि मात्र निर्वाचन गर्नुपर्ने अडानले राजनीतिक वातावरण तयार भैसकेको छैन। ७ सय ४४ व६ स्थानीय तहमा आउँदो बैशाख २१ गते बिहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने मतदान हुनेछ। १८ बर्षपछि हुन लागेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell