PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • महाभियोगबारे कांग्रेसको तर्क : न्यायालयमाथिको विश्वास कायम गर्न महाभियोग  

    महाभियोगबारे कांग्रेसको तर्क : न्यायालयमाथिको विश्वास कायम गर्न महाभियोग  

    काठमाडौं : नेपाली कांग्रेसले स्वतन्त्र न्यायपालिकको अस्तित्व जोगाउन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको तर्क अघि सारेको छ। आफ्नै अगुवाइमा महाअभियोग प्रस्ताव दर्ता गरेको कांग्रेसले पहिलोपटक पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीशको कुर्सीबाट सुशीला कार्कीको अभ्यास एकपछि अर्को गर्दै कार्यपालिकाको कार्यक्षेत्र हस्तक्षेप गर्नेमा केन्द्रित भएका कारण बाध्यात्मक रुपमा महाभियोग आएको जनाएको छ। पत्रकार सम्मेलनमा महामन्त्री डाक्टर शशांक कोइराला, पूर्वमहामन्त्री…

    विस्तृतमा पढ्नुस्

  • एक सिटको टेकोमा अडेको प्रचण्ड सरकार

    एक सिटको टेकोमा अडेको प्रचण्ड सरकार

    काठमाडौं : संसद्मा अहिले ५९३ सिट कायम छ। सरकारलाई बहुमतमा रहनका लागि २९७ सिट आवश्यक हुन्छ।  तर, राप्रपाले समर्थन फिर्ता लिँदा पनि सरकारलाई समर्थन गर्ने दलहरुको संख्या हेर्दा अझै २९८ सिट संसद्मा कांग्रेस–माओवादी गठबन्धनको पुष्पकमल दाहाल प्रचण्डको सरकारको समर्थनमा छ। त्यसैले सरकार एक सिटको टेकोमा बहुमतमा बस्न बाध्य भएको छ।  संसदमा नेपाली कांग्रेसका २०७ सिट छ भने सरकारको नेतृत्व गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीबाट राजीनामा दिएका निधिको अन्तर्वार्ता

    गृहमन्त्रीबाट राजीनामा दिएका निधिको अन्तर्वार्ता

    नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुको हस्ताक्षरमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ। आकस्मिक रुपमा दर्ता भएको महाअभियोग प्रस्ताको केही बेरमै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिको राजिनामा पनि आकस्मिक रुपमै आएको छ। उनले किन गरे त राजिनामा यस विषयमा पहिलोपोस्टका रमेश वाग्लेले निधिसँग गरेको कुराकानी। तपाईले राजीनामा दिनुभएको हो? हो मैले राजीनामा दिएको हुँ।  राजीनामा आफैले…

    विस्तृतमा पढ्नुस्

  • देउवाको घोषणा : निर्वाचन सर्दैन, संशोधन प्रस्ताव एमालेसहितको सहभागितामा पारित हुन्छ

    देउवाको घोषणा : निर्वाचन सर्दैन, संशोधन प्रस्ताव एमालेसहितको सहभागितामा पारित हुन्छ

    काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति सर्ने हल्ला निराधार भएको भन्दै तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै त्यस्ता हल्लाबाट प्रभावित नहुन सबैलाई आह्वान गरेका छन्। पार्टी कार्यालय सानेपामा आज प्रचार समितिले पत्रकारसँग राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले चुनाव कुनै पनि हालतमा नसर्ने बताए। 'अहिले हुन लागेको स्थानीय तहको निर्वाचन संविधानको कार्यान्वयन गर्ने, देशलाई जोड्ने र समृद्धिको यात्रा तय…

    विस्तृतमा पढ्नुस्

  • वैशाख ३१ मा चुनाव नहुने? प्रधानमन्त्रीले देखाए प्राविधिक समस्या

    वैशाख ३१ मा चुनाव नहुने? प्रधानमन्त्रीले देखाए प्राविधिक समस्या

    काठमाडौँ  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा निर्वाचन गर्न प्राविधिक समस्या रहेको बताएका छन्।   बालुवाटारको सर्वदलीय बैठकमा प्रचण्डले घुमाउरो पारामा एकै चरणमा निर्वाचनको प्रस्ताव गरेका हुन्। प्रचण्डले जेठ ३१ मा एकै चरणमा निर्वाचन गर्न घुमाउरो शैलीमा प्रस्ताव गरेका हुन्।  बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिल झाले प्रधानमन्त्रीले प्राविधिक समस्या देखाएको बताए।  'चुनावको मिति र दुई चरणको…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा अबेर राती माओवादी-एमाले २ घण्टा वार्ता, के भयो कुराकानी?

    बालुवाटारमा अबेर राती माओवादी-एमाले २ घण्टा वार्ता,  के भयो कुराकानी?

    काठमाडौँ : सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच दुई घण्टा लामो छलफल भएको छ। सर्वदलीय बैठक सकिए लगत्तै बालुवाटारमा भएको दुई दलीय बैठक लामो समयसम्म चल्यो। तर बैठक पछि एमाले नेताहरुले अडान दोहोर्‍याउँदै पुरानै शैलीको प्रतिक्रिया दिए।   माओवादी केन्द्रले भने बैठक सकारात्मक भएको भन्दै पुनः भोली बैठक बसेर निस्कर्षमा पुग्ने बताएको छ। 'हामीले प्रधानमन्त्रीलाई…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको संख्या थप्ने कार्यदलको बैठकमा 'एमाले लचिलो'

    स्थानीय तहको संख्या थप्ने कार्यदलको बैठकमा 'एमाले लचिलो'

    काठमाडौं : स्थानीय तहको संख्या थप्नेगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्रको विरोधमा स‌ंसद अवरुद्ध गर्दै आएको नेकपा एमालेका नेता आज उपप्रधानमन्त्री कमल थापा नेतृत्वको कार्यदल मिटिङमा भने सहभागी भए। स्थानीय तह संख्या विस्तार र मापदण्ड निर्धारण गर्नका लागि बनेको कार्यदलको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलले सहभागिता जनायो। सत्तारुढ दलबाट थापासँगै रक्षामन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री अजय शंकर…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको संख्या थप्ने विषयमा एमालेको अडान के?

    स्थानीय तहको संख्या थप्ने विषयमा एमालेको अडान के?

    काठमाडौं : सरकारले गठन गरेको स्थानीय तहको संख्या थप्ने प्रक्रियामा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी भएको छ। सरकारले उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाको संयोजकत्वमा गठन गरेको स्थानीय तहको संख्या वृद्धिका विषयमा मापदण्डसहित सुझाव निर्माण कार्यदलमा प्रतिपक्षी एमालेले सहभागिता जनाएको हो। स्थानीय तहको संख्या थप गर्न मापदण्डसहित सुझाव पेश गर्न सोमबार सरकारले पाँच मन्त्री सम्मिलित कार्यदल गठन गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मधेश केन्द्रित पाँच दलबीच एकीकरण, दलको नाम ‘राष्ट्रिय जनता पार्टी’

    मधेश केन्द्रित पाँच दलबीच एकीकरण, दलको नाम ‘राष्ट्रिय जनता पार्टी’

    काठमाडौं : मधेशी मोर्चामा आवद्ध पाँच दलबीच एकता गरी ‘राष्ट्रिय जनता पार्टी’ बन्ने निश्चित भएको छ। लामो बहसपछि एकताको घोषणा र दलको नाममा सहमति गरेका पाँच दल आजै दिउँसो एकता घोषणा गर्ने तयारीमा छन्।  एकता प्रक्रियामा तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी र फोरम गणतान्त्रिक सहभागी छन्।  ‘हामी एकताको सहमतिमा पुगेर पनि…

    विस्तृतमा पढ्नुस्

  • मधेसी दल एकता : महन्थदेखि राजकिशोरसम्म पाँच पाण्डव, अनिल झा चैँ के?

    मधेसी दल एकता : महन्थदेखि राजकिशोरसम्म पाँच पाण्डव, अनिल झा चैँ के?

    काठमाडौँ : बिहीबार वैशाख ७ गते ६ मधेसी दलहरुले ज्योतिषले जुराएअनुसार दिउँसो तीन बजेको साइतमा एकता घोषणा गरेका छन्। एकता घोषणा लगत्तै अध्यक्ष मण्डलको तर्फबाट पहिलो वक्ताका रुपमा बोलेका राजकिशोर यादवले रोचक तर्क निकाल्दै आफूलाई पाँच पाण्डव र अहिलेका प्रमुख दललाई कौरवको संज्ञा दिए।   उनले कौरवले शक्ति र फौजको उन्मादमा युद्ध सुरु गरेको तर पाण्डवहरुले युद्धको अन्त्य गरेको तर्क गर्दै…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतोको पार्टीमा भित्रिए थारु नेता राजकुमार लेखी

    काठमाडौँ : राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले थारु नेता राजकुमार लेखीलाई पार्टीमा भित्र्याएको छ। राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी लेखी अध्यक्ष रहेको नागरिक समाजवादी पार्टी र सद्भावना पार्टीबीच एकीकरण भएको जानकारी गराइएको हो।  एकीकरणका लागि दुई पार्टीबीच भएको १० बुँदे समझदारीमा पार्टीलाई 'राष्ट्रिय स्वरुपमा विकास गरिने' उल्लेख छ। लेखीसहित ९ केन्द्रीय सदस्य र विद्यार्थी विभाग प्रमुख सद्भावनासँग एकीकरणमा सामेल भएका…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय चुनावमा दलको संख्या ६३ मात्र, आयोगमा हस्ताक्षर नबुझाउने १७ दलको हैसियत के होला?

    स्थानीय चुनावमा दलको संख्या ६३ मात्र, आयोगमा हस्ताक्षर नबुझाउने १७ दलको हैसियत के होला?

    काठमाडौं : निर्वाचन आयोगमा ६३ दलले मात्र हस्ताक्षरको नमुना बुझाएका छन्। आयोगमा दर्ता भएका दलको संख्या १ सय १० भए पनि निर्वाचन प्रयोजनका लागि ८० दलले मात्र नाम दर्ता गराएका थिए। त्यो संख्या घट्दै अब ६३ मा झरेको छ। आयोगले आगामी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिने दललाई आफ्नो उम्मेदवारको आधिकारिकताका लागि प्रदेश वा केन्द्रीय प्रतिनिधिबाट मनोनयनमा…

    विस्तृतमा पढ्नुस्

  • दैनिक ६ सय कर्मचारीले यसरी छाप्दैछन् मतदाता परिचय पत्र

    दैनिक ६ सय कर्मचारीले यसरी छाप्दैछन् मतदाता परिचय पत्र

    काठमाडौँ : स्थानीय तहको निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा मतदानका लागि आवश्यक पर्ने मतदाता परिचयपत्र धमाधम छापिँदैछ।  निर्वाचन आयोग परिसरमा दैनिक ६ सय कर्मचारी परिचयपत्र छपाईमा खटिरहेका छन्।  बुधबारसम्म ५० जिल्लाको मतदाता परिचय पत्र छपाइ सकिँदा करिब ५५ लाख मतदाता परिचयपत्र छपाइ सकिएको छ।  निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार २ नम्बर प्रदेशका जिल्लासहित तराईका जिल्ला र काठमाडौ…

    विस्तृतमा पढ्नुस्

  • सुनसान छ निर्वाचन आयोग : आयुक्त र सचिवका कुर्सी किन भए खाली?

    सुनसान छ निर्वाचन आयोग : आयुक्त र सचिवका कुर्सी किन भए खाली?

    काठमाडौं : स्थानीय तहको निर्वाचन आउन एक महिना बाँकी छ। तर निर्वाचन आयोगमा सोमबारदेखि कुनै निर्वाचन आयुक्त छैनन्। आयुक्त मात्र होइन सचिव र सहसचिवहरुको कुर्सी समेत खाली छ। निर्वाचनको चटारो बढ्दै गर्दा उनीहरु यति बेला राजधानीमा छैनन्। काठमाडौं र उपत्यकाबाहिर चलेको प्रशिक्षण केन्द्रमा तालिम दिन व्यस्त छन्। सात स्थानमा सुरु भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको प्रशिक्षणका लागि व्यस्तता…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का सबै जिल्लामा तोकिए मतदान केन्द्र, देशभर मतदान केन्द्र तय

    प्रदेश २ का सबै जिल्लामा तोकिए मतदान केन्द्र, देशभर मतदान केन्द्र तय

    काठमाडौं : मधेसी मोर्चाका कारण रोकिएका प्रदेश नम्बर २ का सबै जिल्लामा मतदान केन्द्र तोकिएको छ। प्रदेश नम्बर २ मा केन्द्र तोक्न बाँकी महोत्तरी, सप्तरी र सिरहा जिल्लामा पनि राजनीतिक दलको सिफारिसमा मतदान केन्द्र तोकिएपछि देशका सबै जिल्लामा मतदान केन्द्र तोक्ने काम सकिएको हो। ‘सबै जिल्लाको मतदान केन्द्र तोकिने काम सकिएको छ’, निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने, ‘यो सँगै आयोगलाई…

    विस्तृतमा पढ्नुस्

  • दलका नेताले हस्ताक्षर गराउन डराउँदा चार दिन म्याद थप्नुपर्‍यो आयोगले

    दलका नेताले हस्ताक्षर गराउन डराउँदा चार दिन म्याद थप्नुपर्‍यो आयोगले

    काठमाडौँ : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा दलको तर्फबाट उम्मेदवारलाई टिकट दिने आधिकारिक व्यक्तिको नमूना हस्ताक्षर बुझाउन आगामी चैत ३० गतेसम्मको समय तोकेको छ। चैत २६ सम्मको समयसीमा तोकेर सूचना समेत प्रकाशित गरेको आयोगले तोकिएको अवधिमा सबै दलले नबुझाएपछि थप चार दिन म्याद दिएर अर्को सूचना जारी गरेको हो। दलका तर्फबाट आगामी स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेद्वारको आधिकारिकता प्रदान…

    विस्तृतमा पढ्नुस्

  • यसकारण सोचे जस्तो सजिलो छैन चुनाव सार्न

    यसकारण सोचे जस्तो सजिलो छैन चुनाव सार्न

    काठमाडौँ : सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तय गरेको छ। निर्वाचन आयोगले मतपत्र छपाइ सक्नै लागेको छ। करिब १५ वटा जिल्लाको मतदाता परिचय पत्र र मतदाताको क्रमसंख्यासमेत प्रकाशित गरिसकेको छ। बाँकी प्रकाशनका लागि २४ घण्टा कर्मचारीहरु खटिरहेका छन्।  निर्वाचन वातावरण र मतदातामा निर्वाचन शिक्षा दिनका लागि करोडौँका प्रचार सामग्रीहरु प्रकाशनको अन्तिम चरणमा छन्। आगामी २८…

    विस्तृतमा पढ्नुस्

  • निधिको एउटा खुट्टा सिंहदरबार बाहिर, प्रधानमन्त्रीको निर्णय कुर्दै

    निधिको एउटा खुट्टा सिंहदरबार बाहिर, प्रधानमन्त्रीको निर्णय कुर्दै

    काठमाडौँ : वर्तमान सरकारका डिजाइनरसमेत रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकार छाड्ने तयारी गर्दै 'एक खुट्टा सिंहदरबारबाट बाहिर' टेकेका छन्।  निधिले पार्टी सभापति शेरबहादुर देउवासँग मन्त्रिपरिषद्‍मा भएको वरियता क्रममा आफूलाई दोश्रो स्थान नदिए सरकार छाड्ने बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल राप्रपा अध्यक्ष कमल थापालाई दोश्रो वरियता दिन सहमति जनाएपछि निधिले विरोध गर्दै आएका छन्।  नेपाली कांग्रेससँगको…

    विस्तृतमा पढ्नुस्

  • कुनै क्षेत्रमा दुई चरणमा स्थानीय निर्वाचन हुन सक्छ : देउवा

    कुनै क्षेत्रमा दुई चरणमा स्थानीय निर्वाचन हुन सक्छ : देउवा

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई चरणमा स्थानीय तहको निर्वाचन हुने संकेत गरेका छन्।  यद्यपि तय भएको वैशाख ३१ गते भने निर्वाचन हुनेमा ढुक्क बन्न सांसदहरुलाई देउवाले आग्रह गरेका छन्।   कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा देउवाले भने- कुनै पनि हालतमा वैशाख ३१ मा चुनाव हुन्छ। तपाईँहरु सबै चुनावको तयारीमा लाग्नुस्। केही कुराले प्रभावित हुन्छ…

    विस्तृतमा पढ्नुस्

  • चार महिनासम्म के हेरेर बसे कांग्रेस नेता? पार्टीको अवस्थाबारे एक जिल्लाको रिपोर्टसमेत दिन सकेनन्

    चार महिनासम्म के हेरेर बसे कांग्रेस नेता? पार्टीको अवस्थाबारे एक जिल्लाको रिपोर्टसमेत दिन सकेनन्

    काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तहमा पार्टी अवस्था बुझ्न खटाएका केन्द्रीय सदस्यहरुले चार महिनासम्म पनि केन्द्रीय समितिमा रिपोर्ट बुझाएका छैनन्।  गत कात्तिक ९ गते बसेको केन्द्रीय समिति बैठको निर्णयबाट मंसिरदेखि खटाइएका केन्द्रीय सदस्यलाई स्थानीय तहमै पुगेर पार्टी संगठनको अवस्थाबारे रिपोर्ट बुझाउने जिम्मेवारी दिएको थियो। तर, प्रत्येक जिल्लाको रिपोर्ट बुझाउन खटिएका ती केन्द्रीय सदस्यले अहिलेसम्म बुझाएका छैनन्।  ‘अहिलेसम्म ४२/४३ जिल्लाको रिपोर्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell