PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • श्रीलं‌काका प्रतिपक्षी नेता प्रेमदासा राष्ट्रपति बन्न तयार

    श्रीलं‌काका प्रतिपक्षी नेता प्रेमदासा राष्ट्रपति बन्न तयार

    श्रीलंकाका प्रमुख प्रतिपक्षी नेता साजित प्रेमदासाले आफू सरकार चलाउन तयार रहेको बताएका छन्। उनले राष्ट्रपति गोताबया राजापाक्षेले पदबाट राजीनामा दिने घोषणा गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। उनको दल समगी जन बलवेगया (एसजेबी)ले सहयोगी घटकसँग यस विषयमा समेत छलफल चलाएको छ।  प्रेमदासाले बीबीसीसँग कुरा गर्दै देश संकटमा परेका बेला आफू राष्ट्रपति भएर सरकार सञ्चालनका लागि तयार रहेको बताएका हुन्। उनको पार्टी र गठबन्धनले…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुख र उपाध्यक्षको पदपूर्ति नभएको भन्दै वामदेवले भने : पुरुष अनिवार्य भनिएको भए खाली हुने बित्तिकै पूरा हुन्थ्यो

    उपसभामुख र उपाध्यक्षको पदपूर्ति नभएको भन्दै वामदेवले भने : पुरुष अनिवार्य भनिएको भए खाली हुने बित्तिकै पूरा हुन्थ्यो

    काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण प्रतिनिधिसभामा उपसभामुख र राष्ट्रियसभामा उपाध्यक्षको रिक्त पदपूर्ति हुन नसकेको बताएका छन्। मंगलवार राष्ट्रियसभामा विशेष समयमा गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन्। उहाँले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको हतियार खरिद समय गलत कि नियत ?

    प्रहरीको हतियार खरिद समय गलत कि नियत ?

    काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए। एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवालले प्रहरीको हतियार खरिद प्रक्रिया आवश्यकता भन्दा पनि कमिसनको खेल भएको भन्दै आरोप लगाएका थिए। तीन दशक नेपाल प्रहरीमा बिताएका सांसद सिलवाले अहिले हतियार खरिदभन्दा पनि नेपाल…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशसभा अगाडि मुख्यमन्त्रीको राजीनामा माग्दै प्रर्दशन

    गण्डकी प्रदेशसभा अगाडि मुख्यमन्त्रीको राजीनामा माग्दै प्रर्दशन

    पोखरा : पोखराको नदिपुरमा रहेको गण्डकी प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र युवा संघले प्रदर्शन गरेका छन्। आज बिहान ११ बजे संसद बैठक डाँकिएको थियो। जसमा मुख्यमन्त्री पोखरेलले विशेष समयमा बजेटबारे उठेका विषयमा जवाफ दिने कार्यक्रम छ। यता, सदन सुरु हुनु अगाडि देखि नै युवा…

    विस्तृतमा पढ्नुस्

  • सर्ट फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

    सर्ट फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

    काठमाडौं : सर्ट फिल्म ‘समय र सम्बन्ध’ रिलिज भएको छ। डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत छोटो फिल्म सार्वजनिक गरिएको छ। सेलिब्रेटी नेपालले निर्माण गरेको सर्ट फिल्ममा उत्तम अधिकारीले निर्देशन रहेको छ। संचारकर्मी रघुनाथ सापकोटाले कथा रहेको यस फिल्मको पटकथा/संवाद सुजन खतिवडाले लेखेका हुन्। १२ मिनेट लामो यस फिल्मले समय दिन नसक्दा सम्बन्धमा आउन सक्ने समस्याहरूलाई प्रस्तुत गरेको छ। जति नै व्यस्त…

    विस्तृतमा पढ्नुस्

  • रंगिन तस्विरमा यस्तो देखियो ब्रहमाण्ड

    रंगिन तस्विरमा यस्तो देखियो ब्रहमाण्ड

    ब्रहमाण्डको पहिलो पूरा रंगिन तस्विर सार्वजनिक भएको छ। जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो तस्विर सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक गरेका हुन्। यो तस्विर पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपबाट लिइएको हो। यो ब्रहमाण्डकै हालसम्मकै फराकिलो तस्विर रहेको बताइएको छ। सो तस्विरमा कयौं तारा र ग्यालेक्सीहरु देख्न सकिन्छ। ब्रहमाण्डको अन्य तस्विर नासाले मंगलवार सार्वजनिक गर्ने बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • इलाममा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

    इलाममा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

    काठमाडौं : इलाममा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन्। जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन्। रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति विमल बरालले ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिएकी…

    विस्तृतमा पढ्नुस्

  • सिन्जो आबेको आज अन्तिम संस्कार हुँदै

    सिन्जो आबेको आज अन्तिम संस्कार हुँदै

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको आज अन्तिम संस्कार गरिने भएको छ। गत शुक्रवार एक चुनावी सभाका क्रममा उनको गोली हानी हत्या गरिएको थियो। कडा सुरक्षाबिच टोकियोस्थित एक बौद्ध मन्दिरमा उनको अन्तिम संस्कार गरिनेछ। प्रार्थना सभामा परिवार र नजिकका साथीहरु उपस्थित हुनेछन्। सो सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदा लगायत नेताहरु पनि सहभागी हुनेछन्। आबेको हत्या भएकै स्थानबाटै प्रहरीले ४१ वर्षीय व्यक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी डलरको भाउ फेरि उचाइमाः भाउ बढ्दा अर्थतन्त्रमा कस्तो असर पर्छ ?

    अमेरिकी डलरको भाउ फेरि उचाइमाः भाउ बढ्दा अर्थतन्त्रमा कस्तो असर पर्छ ?

    काठमाडौंः अमेरिकी डलरको भाउ फेरि उचाइमा पुगेको छ। मंगलबार एक डलरको भाउ १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत…

    विस्तृतमा पढ्नुस्

  • फितलो ब्याटिङ गरेको नेपाल पराजित, नामिबिया पाँचौँ स्थानमा उक्लियो, नेपाल छैटौँमा झर्‍यो

    फितलो ब्याटिङ गरेको नेपाल पराजित, नामिबिया पाँचौँ स्थानमा उक्लियो, नेपाल छैटौँमा झर्‍यो

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजको पहिलो खेलमै नेपाल पराजित भएको छ। नामिबियाले दिएको २ सय २१ रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा नेपाल ४० रनले पराजित हुन पुगेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपाल ४६.५ ओभरमा १८० रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको नामिबियाका लागि…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको मत : सभापतिलाई कमजोर बनाएर कांग्रेस बलियो हुँदैन

    केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको मत : सभापतिलाई कमजोर बनाएर कांग्रेस बलियो हुँदैन

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा सबै पक्षका लागि स्थान छ भन्ने वातावरण सभापति शेरबहादुर देउवाले बनाउनु पर्ने धारण व्यक्त गरेका छन्। आजको कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले सभापतिलाई कमजोर बनाएर अहिले कांग्रेस बलियो हुँदैन भन्ने पनि स्वीकार गर्नुपर्ने बताए। सभापतिले उदारता देखाउन जरुरी रहेको भन्दै उनले अरुले पनि निर्वाचन हुन लागेको समयको संवेदनशिलता बुझ्न जरुरी रहेको…

    विस्तृतमा पढ्नुस्

  • चीन-नेपालबिच रहेको व्यापार घाटा कम गर्न सहयोगको लागि चिनियाँ नेतासँग प्रचण्डको आग्रह

    चीन-नेपालबिच रहेको व्यापार घाटा कम गर्न सहयोगको लागि चिनियाँ नेतासँग प्रचण्डको आग्रह

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ चियानचाओसँगको भेटमा राजनीतिक पार्टी र जनता ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको बताएका छन्। भेटका क्रममा भएका छलफलबारे बताउँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन्। भेटमा प्रचण्डले चीनलाई एउटा असल छिमेकीको रुपमा स्वीकार गर्ने कुरामा सबै एकै ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • लामिछानेले लिए ४ विकेट, नेपाललाई नामिबियाको २ सय २१ रनको लक्ष्य

    लामिछानेले लिए ४ विकेट, नेपाललाई नामिबियाको २ सय २१ रनको लक्ष्य

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको हो। नामिबियाका लागि जान निकोल लफ्टी एटोनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा डिभन ले ककले ४१ रन बनाए। त्यस्तै कप्तान गेरहार्ड एरासमसले २२ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • बुटवल बन्यो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर

    बुटवल बन्यो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ। सोमवार १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी दिए। तथ्यांक संकलकहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा बजेट विवाद : सत्तापक्षकै विरोधपछि १ महिना पुग्न लाग्दा पनि संसद्मा थालनी भएन छलफल

    सुदूरपश्चिममा बजेट विवाद : सत्तापक्षकै विरोधपछि १ महिना पुग्न लाग्दा पनि संसद्मा थालनी भएन छलफल

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएको झन्डै १ महिना पुग्न लाग्यो। तर, सत्तासीन दलभित्रै विवाद देखिएपछि हालसम्म त्यसमाथिको छलफल प्रारम्भ हुन सकेको छैन। यो अवधिमा पाँच पटक बैठक बोलाउन खोजिँदा तीन पटक कार्य व्यवस्था परामर्श समितिकै बैठकमा सांसद र सरकारको कुरा नमिल्दा प्रदेशसभा बैठक नै बस्न सकेन। सोमवार प्रतिपक्षी दलका सांसदको शून्य उपस्थिति…

    विस्तृतमा पढ्नुस्

  • पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने गठबन्धन जस्तो होइनौं : ओली

    पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने गठबन्धन जस्तो होइनौं : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन मृत भइसकेको बताएका छन्। पार्टी कार्यालय च्यासलस्थित आयोजित अन्तक्रियामा ओलीले एमालेले विचार गरेर मात्रै गठबन्धन गर्ने बताए। भने,'हामी पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धन जस्तो होइनौं । त्यसकारण विचार गरेर मात्रै चल्छौं।' सत्ता गठबन्धनमाथि खनिएका ओलीले सत्ता गठबन्धन अस्वस्थ भएको भन्दै अब धेरैदिन टिकिरहे 'हैजा…

    विस्तृतमा पढ्नुस्

  • देउवा एकलरुपमा अघि बढेको शेखरको आरोप : गठबन्धनमाथि प्रश्न उठाउँदै गरे नीति अधिवेशनको माग, १२ बुँदामा के के भने ?

    देउवा एकलरुपमा अघि बढेको शेखरको आरोप : गठबन्धनमाथि प्रश्न उठाउँदै गरे नीति अधिवेशनको माग, १२ बुँदामा के के भने ?

    काठमाडौं : कांग्रेस केन्द्रीय समितिको बैठकमा शेखर कोइरालाले गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका छन्। स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर पार्टीले केही बढी सिट जिते पनि पार्टीको आदर्श र सिद्धान्त मिचिएको उनले आरोप लगाएका छन्। गठबन्धनले अन्य पार्टीलाई बढी फाइदा पुगेको उनको दाबी थियो। यस्तै, कांग्रेसलाई एक ढिक्का बनाएरमात्रै तालमेल गरेको भए राम्रो हुने उनले बैठकमा बताएका थिए। ‘तालमेल र आगामी निर्वाचनबारे हामीले…

    विस्तृतमा पढ्नुस्

  • भोलिसम्मका लागि स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक

    भोलिसम्मका लागि स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरि स्थगित भएको छ। आज पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुले आआफ्नो धारणा राखेका थिए। बैठकमा गठबन्धनको औचित्य, पार्टीभित्रको विवाद, सरकारको काम र विवाद लगायतबारे सदस्यहरुले मत राखेका थिए। पढ्नुस : गठबन्धनबारे कांग्रेस प्रदेश सभापतिहरुको ब्रिफिङ : तालमेलको लागि मापदण्ड बनाऔं, हैसियत पनि हेर्नुपर्‍यो नि अर्को बैठक भोलि…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा सरकार परिवर्तन गर्न केन्द्र नै लाग्नुपर्छ : इन्द्र बानियाँ

    वाग्मतीमा सरकार परिवर्तन गर्न केन्द्र नै लाग्नुपर्छ : इन्द्र बानियाँ

    काठमाडौं : नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तन गर्न केन्द्रीय नेतृत्व नै लाग्नुपर्ने बताएका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकका क्रममा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्नेमा जोड दिएका हुन् गठबन्धनमा वाग्मती प्रदेश सरकारको नेतृत्व ६ महिना एकीकृत समावादी र अर्को ६ महिना कांग्रेसलाई दिने सहमति भएको थियो। जस अनुसार एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले गर्‍यो २५ हजार रुपैयाँ जरिबाना

    धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले गर्‍यो २५ हजार रुपैयाँ जरिबाना

    काठमाडौं : काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिबाना गरेको छ। काठमाडौं महानगरका मेयर वालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत खोलामा फोहोर फाल्ने कम्पनीलाई नियम अनुसार जरिबाना गरिकएको जानकारी दिएका छन्। धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको भाइरल भएपछि महानगरले सो कार्यमा संलग्न पाक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिबाना तिराएको हो। ‘सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell