PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धामा उत्रँदै नेपाल, ब्याटिङ सुधार्न दबाब

    स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धामा उत्रँदै नेपाल, ब्याटिङ सुधार्न दबाब

    काठमाडौं : क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिजको पहिलो खेलमा सोमवार नामिबियासँग खेल्दा नेपाली टोलीमा ब्याट्सम्यानको खाँचो थिएन। ब्याट्सम्यान सँगसँगै लगभग सबैजसो अलराउन्डर टिममा भए पनि नेपालले न त २२१ रनको लक्ष्य पुरा गर्न सक्यो न त ५० ओभर टिकेर नै खेल्न। मुख्य ब्याट्सम्यान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी नचल्दाको अवस्था थियो यो। त्यसअघि अभ्यास खेलमा त क्यानडासँग १०५…

    विस्तृतमा पढ्नुस्

  • जसपा फुटको संघारमाः वीरगंजमा उपेन्द्र पक्षको केन्द्रीय कमिटी, को को हुँदैछन् सहभागी?

    जसपा फुटको संघारमाः वीरगंजमा उपेन्द्र पक्षको केन्द्रीय कमिटी, को को हुँदैछन् सहभागी?

    वीरगंजः जनता समाजवादी पार्टी (जसपा) फुटको संघरमा पुगेको छ। पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच तालमेल नमिलेपछि पार्टी फुटको सघारमा पुगेको हो। भट्टराई पक्षले केन्द्रीय समिति बैठक मंगलबार काठमाडौंमा आयोजना गरेको थियो। यादव पक्षले बुधबार वीरगंजमा केन्द्रीय समिति डाकेको छ। बैठकका लागि पार्टी अध्यक्ष यादवसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू मंगलबार वीरगंज आइपुगेका छन्। भट्टराई पक्षको बैठक मंगलबार र बुधबार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको प्रस्तावित मर्यादाक्रम: रामचन्द्र पौडेल पूर्व पदाधिकारीभन्दा तल! शेखरको कति?

    कांग्रेसको प्रस्तावित मर्यादाक्रम: रामचन्द्र पौडेल पूर्व पदाधिकारीभन्दा तल! शेखरको कति?

    काठमाडौं: नेपाली कांग्रेसले १२१ तहको मर्यादाक्रमको मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत गरेको छ। मंगलबारको केन्द्रीय समितिमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धि मस्यौदा छलफलका लागि प्रस्तुत गरेका हुन्। पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधारमा गरिएको भनिएको प्रस्तावित मस्यौदामा सबैभन्दा पहिलो केन्द्रीय सभापति र त्यसपछिको मर्यादाक्रम पूर्वसभापतिलाई दिइएको छ। त्यसपछि क्रमश: प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र संसदीय दलका नेतालाई राखिएको छ। अहिले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिगलाई आईसीसीको मान्यता, सेभेनथ्री स्पोर्टससँग पृष्ठभूमि जाँचेरै सम्झौता गरेको दाबि

    नेपाल टी २० लिगलाई आईसीसीको मान्यता, सेभेनथ्री स्पोर्टससँग पृष्ठभूमि जाँचेरै सम्झौता गरेको दाबि

    काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको नेपाल टी २० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ। क्यानले एक विज्ञप्ति निकाल्दै आईसीसीले लिगलाई मान्यता दिएको र यसले उत्कृष्ट अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुको सूचिमा सामेल हुने विश्वास ब्यक्त गरेको छ। क्यानले यो आफ्नो 'ड्रिम प्रोजेक्ट' भएको भन्दै लिगका लागि सम्झौता गरिएको सेभेनथ्रीस्पोर्टससँगको सम्झौतालाई लिएर थप प्रस्टाउन खोजेको छ। पछिल्लो समय…

    विस्तृतमा पढ्नुस्

  • फिल्म पानीफोटोको ट्रेलर सार्वजनिक

    फिल्म पानीफोटोको ट्रेलर सार्वजनिक

    काठमाडौंः खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच लामिछानेको जन्मदिनको अवसरमा ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा बेपत्ता भएको छोराको खोजीमा रहेका  बुवाआको कथा देखाइएको छ। ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्रले नै स्थान पाएका छ्न्। गुरुकूलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित भएर यो…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा करका दर हेरफेर प्रकरणः संसदीय समितिले अर्थसँग माग्यो सीसीटीभी फुटेज, के आउला जवाफ?

    बजेटमा करका दर हेरफेर प्रकरणः संसदीय समितिले अर्थसँग माग्यो सीसीटीभी फुटेज, के आउला जवाफ?

    काठमाडौंः बजेटमा करका दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रयोग भएको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थ मन्त्रालयसँग सम्बन्धित प्रमाण र कागजात माग गरेको छ। समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको पहिलो बैठकले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग गरेको हो। यसअघि अर्थले उक्त फुटेज डिलिट भइसकेको जवाफ सूचना माग गर्नेलाई दिएको थियो।  संसदीय समितिले पुनः फुटेज माग गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार प्रयासको आरोप लागेका कैलाश गाउँपालिकाका वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा

    बलात्कार प्रयासको आरोप लागेका कैलाश गाउँपालिकाका वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा

    हेटौँडा : मकवानपुर प्रहरीले बलात्कार प्रयासको आरोप लागेका वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ। जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुवन सिं घलानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनले घलान आफै प्रहरी कार्यालयमा आएको बताए। केही दिनअघि कैलाश-९ को कालिका माविकी १४ वर्षीया छात्राले वडा अध्यक्षविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएपछि जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमार्फत नाबालिका र महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जना समातिए

    फेसबुकमार्फत नाबालिका र महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जना समातिए

    काठमाडौं : सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा सिन्धुलीको घ्याङलेख गाउँपालिका-३ घर भई हाल कीर्तिपुर नगरपालिका-६, टौदह बस्ने ३१ वर्षीय विकाश भनिने राजेश बिक र रुपन्देहीको सैनामैना नगरपालिका-४, मुर्गियाका ३६ वर्षीय जीवन दमाई रहेका छन्। सामाजिक सञ्जालमा तस्विर पोस्ट गरेर नाबालिका तथा महिलाको चरित्र हत्या गरेको दुई फरक घटनामा…

    विस्तृतमा पढ्नुस्

  • ओलीसँगको भेटमा चिनियाँ नेताले भने : नेपाली कम्युनिस्ट पार्टीको मिलन र विछोड नेपालकै आन्तरिक मामिला

    ओलीसँगको भेटमा चिनियाँ नेताले भने : नेपाली कम्युनिस्ट पार्टीको मिलन र विछोड नेपालकै आन्तरिक मामिला

    काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ चियानचाओले नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगर्ने बताएका छन्। मंगलवार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै उनले यस्तो बताएका हुन्। ओली निवास बालकोटमा भएको भेटमा दुई देशबिचको सम्बन्ध, क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाका बारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख डा राजन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

    राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

    काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै खाणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या बल्झाएकाले…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

    गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

    काठमाडौं : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले असार २९ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा विदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो। प्रदेश सरकारले भानु जयन्तीसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी…

    विस्तृतमा पढ्नुस्

  • सभामुखद्वारा पाँचवटा विधेयक प्रमाणित

    सभामुखद्वारा पाँचवटा विधेयक प्रमाणित

    काठमाडौं : विभिन्न पाँच वटा विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेका छन्। प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा पठाइएका ती विधेयकलाई राष्ट्रियसभाले पारित गरि सो सम्बन्धी सूचनासहित प्रतिनिधिसभामा पठाएको थियो।  दुवै सदनबाट पारित भएका लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष ०७९।०८० को सेवा र कार्यको लागि संघीय संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधेयक,…

    विस्तृतमा पढ्नुस्

  • चलचित्रकर्मीहरुले बालेनलाई सम्झाए स्थानीय मनोरञ्जन करमा छुट दिन गरेको बाचा

    चलचित्रकर्मीहरुले बालेनलाई सम्झाए स्थानीय मनोरञ्जन करमा छुट दिन गरेको बाचा

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपाली चलचित्रकर्मीको टिमले मंगलवार भेटघाट गरेको छ। फिल्मसँग सम्बन्धित डिजिटल बोर्ड, मनोरञ्जन कर र कल्याणकारी कोषलगायतका विभिन्न विषयमा बालेन र चलचित्रकर्मीबिच छलफल भएको हो। अशोक शर्माको नेतृत्वमा भएको छलफलमा शर्मालगायत रविन्द्र खड्का, निर्मल शर्मा, खगेन्द्र लामिछाने, दीपाश्री निरौला, निश्चल बस्नेत लगायतका कलाकारहरूको उपस्थिति थियो। जसमा मनोरञ्जन करमा छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल…

    विस्तृतमा पढ्नुस्

  • बढ्दै गयो कोरोना संक्रमितको सङ्ख्या, पछिल्लो २४ घण्टामा १ सय ७७ जना थपिए

    बढ्दै गयो कोरोना संक्रमितको सङ्ख्या, पछिल्लो २४ घण्टामा १ सय ७७ जना थपिए

    काठमाडौंः पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा अघिल्लो दिनको तुलनामा सङ्क्रमित बढेका छन्। पछिल्लो २४ घण्टामा १ सय ७७ जनामा सङ्क्रमण देखिएको छ। सोमबार १ सय ६८ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै सोही अवधिमा ४१ जना सङ्क्रमण मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ८ सय ७३ रहेको छ। सङ्क्रमित दिनदिनै बढ्दै गए…

    विस्तृतमा पढ्नुस्

  • चितवनका प्रतिनिधिसहित प्रचण्डले भेटे प्रधानमन्त्री, माडीमा सडक र विद्युत विस्तारबारे ध्यानाकर्षण

    चितवनका प्रतिनिधिसहित प्रचण्डले भेटे प्रधानमन्त्री, माडीमा सडक र विद्युत विस्तारबारे ध्यानाकर्षण

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधिहरुसहित प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। भरतपुर महानगर र माडी नगरपालिकाका प्रतिनिधिहरुसहित बालुवाटार पुगेर जिल्लाका विभिन्न समस्या समाधानका लागि उनले माग गरेका हुन्।  भरतपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण, भरतपुर विमानस्थल विस्तारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छलफलमा सहभागी भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन्। त्यस्तै माडी क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • छुरा हानेर हत्या गर्ने युवक समातिए

    छुरा हानेर हत्या गर्ने युवक समातिए

    काठमाडौंः हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका ६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङलाई पक्राउ गरेको हो।    मादक पदार्थ सेवन गरी उनीहरूबीच झैं-झगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई सोमबार  नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामा सत्ता परिवर्तन असंवैधानिक तर आवश्यक : पूर्वराष्ट्रपति सिरिसेना

    श्रीलंकामा सत्ता परिवर्तन असंवैधानिक तर आवश्यक : पूर्वराष्ट्रपति सिरिसेना

    चरम आर्थिक संकटसँगै श्रीलंकामा सत्ता परिवर्तनको तयारी चलिरहेको छ। यो सत्ता परिवर्तन असंवैधानिक भए पनि अहिलेको अवस्थाले यस तर्फ डोहोर्‍याउँदै लगेको छ श्रीलंकालाई। पूर्व राष्ट्रपति तथा  श्रीलंका फ्रिडम पार्टीका नेता मैत्रिपाला सिरिसेनाले यस्तो कदम असंवैधानिक भए पनि यसतर्फ संसदमा प्रतिनिधित्व गर्ने दलहरु छलफलमा जुट्नुपरेको बताएका हुन्। सिरिसेनाले यसैबिच श्रीलंकामा आन्दोलनरत समूहका प्रतिनिधिहरुसँग पनि भेट गरेको खुलासा  गरेका छन्। शनिवार राष्ट्रपति कार्यालय,…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा बढ्यो गर्मी, असार ३१ गतेसम्म विद्यालय बन्द

    वीरगंज महानगरमा बढ्यो गर्मी, असार ३१ गतेसम्म विद्यालय बन्द

    काठमाडौं : वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन्। नगरमा अत्याधिक गर्मी बढेको कारण बालबालिकाहरुमा पर्न सक्ने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिएका छन्। असार २९ गतेदेखि ३१ गतेसम्म सबै विद्यालयहरुको पठनपाठन बन्द गर्न उनले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। अहिले वीरगंज तापक्रम ३६ डिग्री सेल्सियस रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • जसपाको बाबुराम भट्टराई पक्षको बैठक सुरु

    जसपाको बाबुराम भट्टराई पक्षको बैठक सुरु

    काठमाडौं : जनता समाजवादी पार्टी,नेपाल (जसपा)को डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। जसपा भित्र अध्यक्षहरु उपेन्द्र यावद र भट्टराई पक्षबिच विवाद देखिएपछि दुबै पक्षले अलग अलग बैठक बोलाएका हुन्। यादवले पनि भोलिका लागि आफू पक्षको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। विभाजनका लागि दुबै पक्षले आफूसँग बहुमत रहेको बताउँदै आएको छ। त्यसको कसरत स्वरुप केन्द्रीय कमिटीका फरक/फरक बैठक…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश : ६४ प्रतिशत बजेट खर्च, असारमा मात्रै ३० प्रतिशत खर्च

    मधेश प्रदेश : ६४ प्रतिशत बजेट खर्च, असारमा मात्रै ३० प्रतिशत खर्च

    जनकपुरधाम : मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८-०७९ मा ६४ दशमलव ४ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सरकारले विकास (पुँजीगत) बजेट ६१ प्रतिशत मात्र खर्च गरेको छ। विकास बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले चालू खर्चसमेत ६७ दशमलव ९२ प्रतिशतभन्दा बढी बढाउन सकेको छैन। यद्यपि, जेठ मसान्तसम्ममा ३४ प्रतिशत मात्रै खर्च…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell