PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • रुपनीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    रुपनीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको हो।  ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। उनको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा वर्षावास बस्दैछन् भिक्षु तथा उपासक-उपासिका

    लुम्बिनीमा वर्षावास बस्दैछन् भिक्षु तथा उपासक-उपासिका

    काठमाडौं : भिक्षुहरुको वर्षावास सुरु भएको छ। बुद्धकालीन समयदेखि सुरु भएको वर्षावासमा बौद्ध विहार तथा गुम्बामा भिक्षु तीन महिनासम्म अधिष्ठान गर्ने गर्दछन्। असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ। लुम्बिनीको विभिन्न राजकीय बुद्ध विहारमा बुधवारदेखि भिक्षुहरुले वर्षावास सुरु गरेको लुम्बिनी विकास कोषले जनाएको छ। बौद्ध भिक्षु तथा उपासक-उपासिका एकै ठाउँमा भेला हुने र बुद्ध दर्शनको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र…

    विस्तृतमा पढ्नुस्

  • आरुघाटमा पहिरोबाट विस्थापितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीले दिए निर्देशन

    आरुघाटमा पहिरोबाट विस्थापितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीले दिए निर्देशन

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका-१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन्। पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता

    उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता

    काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रसकी सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी भइरहेको छ। असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका सचिवसमक्ष सो प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ। आजै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति बने पछि पहिलोपटक खाडी राष्ट्रको भ्रमणमा जो बाइडेन

    राष्ट्रपति बने पछि पहिलोपटक खाडी राष्ट्रको भ्रमणमा जो बाइडेन

    अमेरिकाका राष्ट्रपति जो बाइडेन इजरायलको राजधानी तेल अभिभ पुगेका छन्। राष्ट्रपति बनेपछि उनी पहिलोपटक खाडी राष्ट्रको भ्रमणमा पुगेका हुन्। बुधवार एयर फोर्स वानबाट बेन गुरियन विमानस्थल पुगेका बाइडेनले इजरायल र अमेरिकाको सम्बन्ध धेरै नजिकको रहेको बताएका थिए। इजरायलका प्रधानमन्त्री यार लापिदले बाइडेनलाई ‘ग्रेट जियोनिस्ट’ भनेर सम्बोधन गरेका थिए। उनले बाइडेनलाई इजरालयको हालसम्मकै मिल्ने साथी भन्दै लापिदले जो र इजरायलको सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरणको मतदानमा ऋषि सुनक अघि, यी ६ जना छन् बेलायतको नयाँ प्रधानमन्त्री बन्ने 'रेस'मा

    पहिलो चरणको मतदानमा ऋषि सुनक अघि, यी ६ जना छन् बेलायतको नयाँ प्रधानमन्त्री बन्ने 'रेस'मा

    बोरिस जोनसनले राजीनामा दिएपछि कनजर्भेटिभ पार्टीको नेता छान्न भएको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। अर्थ मन्त्रीबाट राजीनामा दिएका ऋषि सुनकले सो निर्वाचनमा सबैभन्दा बढी मत पाएका छन्। निर्वाचनबाट प्रधानमन्त्री बन्नका लागि ६ जना चयन भएका छन्। जसमा सुनकले ८८ जना कनजर्भटिभ सांसदको साथ पाएका छन्। पेन्नी मोरइन्टले ६७ मत र लिज ट्रसले ५० मत पाएकी छिन्। यस्तै, केमी बेनोचले…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

    सुनसरीमा टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

    काठमाडौं : सुनसरीको बराहक्षेत्र नगरपालिका-३ भरौलीस्थित चतरा-पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एकजना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते धामीको उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना बीमा : ३७ हजार १ जनालाई  ६ अर्ब १६ करोड ६२ लाख तिर्न बाँकी

    कोरोना बीमा : ३७ हजार १ जनालाई  ६ अर्ब १६ करोड ६२ लाख तिर्न बाँकी

    काठमाडौं : सरकारले ३७ हजार एक जनालाई कोरोना बीमा बापतको रकम भुक्तानी गर्न बाँकी रहेको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औं प्रतिवेदनमा सरकारलाई बीमावापतको ६ अर्ब १६ करोड तिर्नुपर्ने दायित्व थपिएको उल्लेख गरेको हो। कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा बीमा समितिले २०७७ जेठदेखि कोरोना बीमा कार्यक्रम संचालन गरेको थियो। यस प्रयोजनका लागि बीमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ जारी…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतको भवन निर्माणको ठेक्कामा भ्रष्टाचार, थपियो १ खर्ब १५ अर्ब बढी बेरुजु

    सर्वोच्च अदालतको भवन निर्माणको ठेक्कामा भ्रष्टाचार, थपियो १ खर्ब १५ अर्ब बढी बेरुजु

    काठमाडौं : सर्वोच्च अदालतको भवन निर्माण ठेक्कामा भ्रष्ट्राचार भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। सुनियोजित रुपमा ठेक्का लगाएर आर्थिक अनियमितता गरिएको कार्यालयले जनाएको छ। अदालतको भवन रामशाह पथमा समानान्तर जेभी नामको कम्पनीले निर्माण गरिरहेको छ। सो भवन निर्माण गर्न मूल्य अभिवृद्धि करसहित कुल ५ अर्ब ८९ करोड ३८ लाखको लागत अनुमान स्वीकृत भएको हो। ३ वर्षमा निर्माण सम्पन्न गर्न एक संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • साँफे-मार्तडी राजमार्ग अवरुद्ध, रोकिएन पहिरो खस्ने क्रम

    साँफे-मार्तडी राजमार्ग अवरुद्ध, रोकिएन पहिरो खस्ने क्रम

    काठमाडौं : लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ। वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो। अम्कोटको पहिरोले थप समस्या भएको छ। तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी…

    विस्तृतमा पढ्नुस्

  • सानेपामा आज पनि बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

    सानेपामा आज पनि बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

    काठमाडौं : नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बुधवार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द…

    विस्तृतमा पढ्नुस्

  • रनिल बने श्रीलंकाका कार्यवाहक राष्ट्रपति, सेनाले नागरिकलाई भन्यो : शान्ति कायम गर्न सहयोग गर्नुस्

    रनिल बने श्रीलंकाका कार्यवाहक राष्ट्रपति, सेनाले नागरिकलाई भन्यो : शान्ति कायम गर्न सहयोग गर्नुस्

    श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे त्यहाँका कार्यवाहक राष्ट्रपति बनेका छन्। राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा दिएपछि रनिल बुधवार राष्ट्रपति नियुक्त भएका हुन्। राष्ट्रपति बने लगत्तै उनले देशभर शान्ति सुरक्षा कायम गर्न अपील गरेका छन्। साथै कर्फ्यूको पनि घोषणा गरेका छन्। केही दिनअघि सडकमा ओर्लिएका नागरिकहरुले राष्ट्रपति राजपाक्षेत्रको सरकारी निवास कब्जामा लिएका थिए। साथै प्रधानमन्त्री निवासमा आगो लगाएका थिए। बुधवार नै प्रदर्शनकारीहरुले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्याण्डमाथि नेपालको सानदार जित, फेरि पाँचौ स्थानमा उक्लियो नेपाल

    स्कटल्याण्डमाथि नेपालको सानदार जित, फेरि पाँचौ स्थानमा उक्लियो नेपाल

    काठमाडौं: क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिजको आज सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ। स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ५ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। सुरुबाटै विकेट गुमाउन थालेको स्कटल्याण्डलाई…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

    सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

    कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। पेश भएको २८ दिनसम्म विवादले प्रदेश सभा बैठक बस्न सकेको थिएन। बुधबार प्रतिपक्षी दल र सरकारबीच १४ बुँदे सहमति भएपछि विवाद सुल्झिएको थियो। लगत्तैको प्रदेश सभा बैठकले बजेट बहुमतले पारित गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • स्कटल्याण्डलाई १ सय ४४ रनमा समेट्न सोमपाल र आदीलले लिए समान ३ विकेट, अन्तिम विकेट लिन संघर्ष

    स्कटल्याण्डलाई १ सय ४४ रनमा समेट्न सोमपाल र आदीलले लिए समान ३ विकेट, अन्तिम विकेट लिन संघर्ष

    काठमाडौं: क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिज अन्तर्गत आज जारी खेलमा स्कटल्याण्डले नेपाललाई १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्याण्ड स्थित ग्लास्गोमा नेपालले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएको थियो। ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको हो। सुरुबाटै विकेट गुमाउन थालेको स्कटल्याण्डलाई सहज अवस्थामा पुग्न नदिन सोमपाल कामी र मोहम्मद आलिल आलमले…

    विस्तृतमा पढ्नुस्

  • १३३ जना अधिवक्ताहरुले पाए वरिष्ठ अधिवक्ताको उपाधि

    १३३ जना अधिवक्ताहरुले पाए वरिष्ठ अधिवक्ताको उपाधि

    काठमाडौं : १३३ जना अधिवक्ताहरुले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका छन्। सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो। नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरिएको बताइएको छ। वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरुको नामावली :  

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाको आजको बैठकले पारित गर्‍यो यी ५ अध्यादेश

    वाग्मती प्रदेशसभाको आजको बैठकले पारित गर्‍यो यी ५ अध्यादेश

    हेटौँडा : वाग्मती प्रदेशसभाको आज बुधवार बसेको बैठकले ५ वटा अध्यादेश पारित गरेको छ। बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरेको हो। यसैगरी, ‘मदन भण्डारी स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • चर्चित कमेडियनहरुको साथमा ६ शहरमा हुनेछ फिल्म ‘प्रकाश’को प्रोमोसनल टुर

    चर्चित कमेडियनहरुको साथमा ६ शहरमा हुनेछ फिल्म ‘प्रकाश’को प्रोमोसनल टुर

    काठमाडौं : प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ले नेपालका मुख्य ६ शहरमा प्रोमोसनल कार्यक्रम गर्ने भएको छ। फिल्मको प्रचारप्रसार गर्न निर्माण टिमले चर्चित कमेडियनहरूलाई सहभागी गराउँदै प्रोमोसनल टुर गर्न लागेको हो। असार ३१ गते चितवनको भरतपुरबाट सुरु भई भदौ ५ गते काठमाडौंमा टुङ्गिने छ। असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७ गते बुटवल, १३ र १४ गते पोखरा, २० र २१…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित थपिने क्रम बढ्दो : पछिल्लो २४ घण्टामा २ सय ६ जनामा संक्रमण

    कोरोना संक्रमित थपिने क्रम बढ्दो : पछिल्लो २४ घण्टामा २ सय ६ जनामा संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार १ सय ७५ जनाको परीक्षण गर्दा २ सय ६ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ रहेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell