PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठक सुरु हुन लागेको शहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए। मन्त्रिपरिषदको बैठक नियमित नभएर प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा बोलाएका हुन्। बैठकमा के एजेण्डा छन् भन्नेबारेमा भने केही जानकारी गराइएको छैन। 'हामी बसिरहेका छौं। प्रधानमन्त्री आउनु भएको छैन। एजेण्डाहरु त्यस्तो खासै केहि छैन्,'चौधरीले भने। 

    विस्तृतमा पढ्नुस्

  • भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

    भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

    काठमाडौं : भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने सामग्रीहरु नेपाललाई सहयोग गरेको छ। शुक्रवार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने सामग्रीहरु हस्तान्तरण गरेका हुन्। भारतले ३ हजार टेन्ट, १० इनफ्लेटेबल डुंगा लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ।   गृहमन्त्री खाणले नेपाल र भारत मिलेर नै…

    विस्तृतमा पढ्नुस्

  • के होला आज आइजी विवादको मुद्दा ?

    के होला आज आइजी विवादको मुद्दा ?

    काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादको सुनुवाई आज अदालतमा हुँदैछ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइको लागी पेशी तोकिएको हो। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासले  आज पेशी तोकिएको हो। पटक पटक हेर्दाहेर्दैमा राखिएको मुद्दा गत सोमबार  सरकारी वकिलहरु नआएपछि सुनुवाइ हुन नसेको थिएन। उक्त मुद्दामा बैशाख २२ गते…

    विस्तृतमा पढ्नुस्

  • बेलायतको नयाँ प्रधानमन्त्री बन्न 'रेस' : दोस्रो चरणमा पनि ऋषि सुनकलाई बढी मत

    बेलायतको नयाँ प्रधानमन्त्री बन्न 'रेस' : दोस्रो चरणमा पनि ऋषि सुनकलाई बढी मत

    बोरिस जोनसनले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टी अहिले नयाँ 'टोरी लिडर'को चयनमा व्यस्त छ। नेता छान्न भएको दोस्रो चरणको निर्वाचनमा ऋषि सुनकले सर्वाधिक मत ल्याएका छन्। उनले १०१ मत ल्याउँदा पेन्नी मोर्डन्टले ८३ मत ल्याए। यस्तै, लिज ट्रसले ६४ मत, केमी बडेनोचले ४९ र टम टुगेनडन्टले ३२ मत ल्याए। दोस्रो चरणको निर्वाचनबाट सुल्ला ब्रेभम्यान बाहिरिइन्। पहिलो चरणमा पनि…

    विस्तृतमा पढ्नुस्

  • अर्थ र राजस्व सचिवसँग बयान लिँदै जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समिति

    अर्थ र राजस्व सचिवसँग बयान लिँदै जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समिति

    काठमाडौं : बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक आज बस्ने भएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए। बैठकले आज अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुस्करसँग बयान लिने छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा अत्याधिक गर्मी, अस्पतालमा बिरामीको संख्या बढ्न थालेपछि सतर्कता अपनाउन आग्रह

    महोत्तरीमा अत्याधिक गर्मी, अस्पतालमा बिरामीको संख्या बढ्न थालेपछि सतर्कता अपनाउन आग्रह

    काठमाडौं : मध्य असारयता पानी पर्न छाडेपछि महोत्तरी जिल्लामा गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन्। जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ। दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा प्रदीपकुमार साहले बताए। मौसम परिवर्तन हुँदा बिरामीको संख्या बढेको उनले बताए। अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र…

    विस्तृतमा पढ्नुस्

  • विजय देवरकोन्डासँग ‘डेट’ जानेबारे 'क्यान्डिड' बने जानवी र सारा

    विजय देवरकोन्डासँग ‘डेट’ जानेबारे 'क्यान्डिड' बने जानवी र सारा

    बलिउड अभिनेत्री सारा अलि खानले तेलेगु अभिनेता विजय देवरकोन्डासँग ‘डेट’ जान इच्छुक रहेको बताएकी छिन्। करण जोहर संचालक रहेको कफी विथ करणको सातौं सिजनमा जानवी कपुरसँगै पुगेकी साराले विजयसँग ‘डेट’ जाने रहर भएको बताएकी हुन्। करणले सारालाई ‘तिमी को केटा सँग डेट जान चाहन्छौ?’ भनेर प्रश्न गरेका थिए। सुरुमा अलमल देखिएकी साराले पछि ‘देव देवरकोन्डा’ भनेकी थिइन्। त्यसपछि जानवी र…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा जलविद्युत् आयोजनाको विद्युत गृहको घर भासिँयो, आमा र दुई छोराको मृत्यु

    जुम्लामा जलविद्युत् आयोजनाको विद्युत गृहको घर भासिँयो, आमा र दुई छोराको मृत्यु

    काठमाडौं : जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। गएराति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार विद्युत गृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय विमला…

    विस्तृतमा पढ्नुस्

  • एक डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुग्यो

    एक डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुग्यो

    काठमाडौं : अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ। शुक्रवार एक डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुगेको छ। पछिल्लो समय दैनिक रुपमा डलरको भाउले नयाँ रेकर्ड कायम गर्दै गरेको छ। डलरको भाउ बढ्दा आयातित वस्तुको मूल्य महँगो बन्दै छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ। डलरको भाउ…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम पूर्वानुमान : देशभर आंशिक बदली

    आजको मौसम पूर्वानुमान : देशभर आंशिक बदली

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी केही भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ। आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने जनाइएको छ। प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशका थौरै…

    विस्तृतमा पढ्नुस्

  • चीनको बढ्दो प्रभावसँग ‘कम्फर्टेबल’ छैन नयाँ दिल्ली, भाजपाको निमन्त्रणामा किन भारत जाँदैछन् प्रचण्ड ?

    चीनको बढ्दो प्रभावसँग ‘कम्फर्टेबल’ छैन नयाँ दिल्ली, भाजपाको निमन्त्रणामा किन भारत जाँदैछन् प्रचण्ड ?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नेछन्। भारतीय जनता पार्टीले पछिल्लो समय ‘भाजपा चिनौ’ अभियान अन्तर्गत विभिन्न देशका नेता र राजदूतहरुलाई भाजपा मुख्यालय बोलाउने गरेको छ। त्यही सिलसिलामा प्रचण्डलाई पनि निमन्त्रणा गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फरार भएका ललित मोदीले भने : सुस्मिता सेनसँग नयाँ जीवनको सुरुवात भयो

    भारतबाट फरार भएका ललित मोदीले भने : सुस्मिता सेनसँग नयाँ जीवनको सुरुवात भयो

    इन्डियन प्रिमियर लिग (आइपिएल)का विवादास्पद पात्र ललित मोदीले सन् १९९४ की मिस युनिभर्स सुस्मिता सेनसँग नयाँ जीवनको सुरुवात सुरु भएको बताएका छन्। मोदीले ट्वीट गर्दै आफूहरुबिच जीवनको नयाँ सुरुवात भएको जानकारी दिएका हुन्। माल्दिभ्स भ्रमणपछि लन्डन पुगेको भन्दै उनले ुसुस्मितासँगको तस्विरहरु 'सेयर' गरेका छन्। उनीहरुबिच विवाह भएको हो कि उनीहरु सम्बन्धमा रहेका हुन् भन्ने खुलेको छैन।* Just back in london after a whirling global…

    विस्तृतमा पढ्नुस्

  • डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभाना ट्रम्पको निधन

    डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभाना ट्रम्पको निधन

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभाना ट्रम्पको निधन भएको छ। ट्रम्प र इभानाको सन् १९७७ मा विवाह भएको थियो। त्यससमय इभाना चर्चित फेसन डिजाइनर, मोडल र मिडिया पर्सनालिटी थिइन्। सन् १९९२ मा उनीहरुको सम्बन्ध विच्छेद भएको थियो। इभानाको मृत्युपछि ट्रम्पले सामाजिक संजालमा लखेका छन् :  उनी एक सुन्दर र अद्भुत महिला थिइन्। उनले महान र प्रेरणादायी जीवन बिताइन्।…

    विस्तृतमा पढ्नुस्

  • इटालीका प्रधानमन्त्रीले दिए राजीनामा, राष्ट्रपतिद्वारा अस्वीकार

    इटालीका प्रधानमन्त्रीले दिए राजीनामा, राष्ट्रपतिद्वारा अस्वीकार

    इटालीका प्रधानमन्त्री मारियो ड्रागीले राजीनामा दिएका छन्। विश्वासको मत लिने क्रममा गठबन्धनमा रहेको पपुलिस्ट पार्टी ‘फाइभ स्टार’ ले समर्थन फिर्ता लिएपछि ड्रागीले राजीनामा दिएका हुन्। बिहीवार भएको निर्वाचनमा ड्रागीले संसदमा विजय हासिल गरे पनि गठबन्धनमा रहेको फाइभ स्टारले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएका हुन्। फाइभ स्टारले ड्रागीले इटालियन जनताको जीवनस्तर विकास गर्न उल्लेख्य काम नगरेको आरोप लगाउँदै गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राहीलाई दु:ख दिने ६ जना प्रहरी नियन्त्रणमा

    यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राहीलाई दु:ख दिने ६ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं : नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरि अनावश्यक दुःख दिने ६ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

    ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

    काठमाडौं : ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन्। मकै गोड्ने क्रममा बिहीवार चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन्। घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाले उपसभामुख चुन्दै, मैदानमा गठबन्धनबाट पुष्पा र एमालेबाट विद्या

    प्रतिनिधिसभाले उपसभामुख चुन्दै, मैदानमा गठबन्धनबाट पुष्पा र एमालेबाट विद्या

    काठमाडौं : आज प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ। दिउँसो ३ बजे प्रतिनिधिसभाले उपसभामुख  चयन गर्नेछ। उपसभामुख पदका लागि दुईजनाको मनोनयन परेको छ। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी प्रमुख सचेत पुष्पा भुषालले बिहीवार मनोनयन दर्ता गराएकी छिन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी रहेका छन्। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा…

    विस्तृतमा पढ्नुस्

  • एमालेले नै फेला पार्न सकेन एम अधिकारी! जसको वरिपरि घुमिरहेको छ राजनीति

    एमालेले नै फेला पार्न सकेन एम अधिकारी! जसको वरिपरि घुमिरहेको छ राजनीति

    काठमाडौं: एम अधिकारी र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एउटै व्यक्ति हुन कि फरक? यसैको वरिपरि अहिले  चर्चा छ। सत्ता गठबन्धन गर्भनर अधिकारी नै एम अधिकारी भएको दाबी गरिरहेको छ भने  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बचाउ गरिरहेको छ। गठबन्धन दलका सांसदहरुले एम अधिकारी महाप्रसाद अधिकारी भएको र उनी एमालेको अर्थ तथा योजना विभागको सदस्य भएको भन्दै राजीनामा माग गरेका…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराईसहित ९ जनालाई जसपाले गर्‍यो कारबाही, अशोक राई संघीय परिषद् अध्यक्ष

    बाबुराम भट्टराईसहित ९ जनालाई जसपाले गर्‍यो कारबाही, अशोक राई संघीय परिषद् अध्यक्ष

    वीरगंजः जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ जना कारबाही गरेको छ। यादव पक्षको केन्द्रीय समिति बैठकले भटटराईसहित महेन्द्र राय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाइ कारबाही गरेको हो। भट्टराईलाई कारबाहीपछि संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गरिएको छ। पार्टी…

    विस्तृतमा पढ्नुस्

  • भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत जाँदै

    भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत जाँदै

    काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यतालिका छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell