बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। गैडहवा-१ पश्चिम बगियाका ३० वर्षीय महेश भरको परिवारका सदस्यहरुले नै कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घर परिवारभित्र आर्थिक लेनदेनको विषयमा विवाद हुँदा भएको कुटपिटमा भरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए। कुटपिटबाट घाइते भएका महेशको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा…
काठमाडौं : क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ। आज दिउँसो उनको घर पानीपोखरमा प्रहरीले छापा मारेको थियो। काठमाडौंको पानीपोखरीमा रहेको घरमा क्रिप्टोको कारोबार भएको आशंकामा छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ। ‘क्रिप्टोको कारोबार…
काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ। आज बसेको बढुवा समितिको निर्णय अनुसार रिक्त ३६ स्थानमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा रोलक्रमको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत देबेन्द्र बहादुर पाल रहेका छन्। बढुवा सिफारिसको सूची :
काठमाडौं : क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठको घरमा छापा मारेको छ। काठमाडौंको पानीपोखरीमा रहेको घरमा क्रिप्टोको कारोबार भएको आशंकामा छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको हो। आज सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने भएको छ। ‘क्रिप्टोको कारोबार भएको भन्ने सूचना आएको छ। प्रमाण पुग्यो भने उहाँलाई पक्राउ गरेर ल्याउछौँ,’ कार्यालय…
श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयलाई कब्जामा लिएका छन्। प्रधानमन्त्री कार्यालयको गेट तोडेर प्रदर्शनकारीहरू भित्र पसेको बीबीसीले उल्लेख गरेको छ। प्रधानमन्त्री कार्यालयभित्र पसेका प्रदर्शनकारीहरूले खसी मनाइरहेका छन्। कम्पाउण्डको गेटबाहिर सशस्त्र प्रहरीसँग घण्टौँ लामो झडपपछि भित्र छिर्न सफल भएका प्रदर्शनकारीहरू बार्दलीमा उभिएर हर्षोल्लासका साथ चिच्याइरहेको देखिएको अन्तर्राष्ट्रिय मिडियाहरुमा उल्लेख छ। प्रधानमन्त्रीको कार्यालय कब्जामा लिएका प्रदर्शनकारीले ढोल बजाएर नाराबाजी गर्दै सेल्फी खिचाउँदै खुसीयालीमा मनाएका…
काठमाडौंः काठमाडौंको भृकुटीमण्डपको गोदाममा आगलागी भएको छ। आज दिउँसो समाज कल्याणको भवनमा आगलागी भएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। त्यस्तै जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकाको दमकल पनि आगो नियन्त्रणको लागि पुगेको छ।
काठमाडौंः नजिकै बागमती सभ्यता एकीकृत विकास समिति कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनकुटा पख्रिबास घर भएर हाल गोकर्णेश्वर नगरपालिका बस्ने ४८ वर्षीय सुवास घिसिङ (सुन मुन्द्रे) लाई नियन्त्रणमा लिएको हो। सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नयाँ बस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै बागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट…
काठमाडौं: क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिजको दोस्रो खेलमा नेपाल टस जितेर फिल्डिङमा उत्रने भएको छ। स्कटल्याण्डको ग्लासगोमा नेपालले टस जितेर घरेलु टोली स्कटल्याण्डलाई ब्याटिङको निम्ता दिएको हो। नेपाली टिममा अघिल्लो खेलमा नामिबियासँग खेलेको टिमबाट कुनै परिवर्तन गरिएको छैन। आफ्नो पहिलो खेलमा नामिबियासँग पराजय ब्यहोरेको नेपाल सिरिजको दोस्रो खेलबाट पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। अर्कोतर्फ पहिलो खेलमा नामिबियालाई…
काठमाडौं : राजु गिरी निर्देशित फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्म टिमले दुई पोस्टर सार्वजनिक गर्दैँ आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति तय गरेको हो। राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको केही समयअघि छायाङ्कन सकिएको थियो। हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक गिरीले जानकारी दिए। यस फिल्ममा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला,…
काठमाडौंः भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा मोबाइल पसल पछाडि झाडीमा लुकाई राखेको तोडिएको ताला १ थान, फलामको रड…
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अनुसन्धान जारी राखेको छ। यसैबिच, आज बुधवार सुशान्तसँग जोडिएको लागुऔषधको विषयमा एनसीबीले ३५ आरोपीविरुद्ध अदालतमा उजुरी दायर गरेको छ। आरोपपत्रअनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीलगायतलाई एनसीबीले आरोपित बनाएको छ। सबै विरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने गरेको आरोप लगाइएको छ। योसँगै रिया…
काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी दिदैं प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तत्काल उपसभामुखको निर्वाचन कार्यातालिका प्रकाशित गर्न निर्देशन दिएका थिए। यही असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको…
काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो। अघिल्लो वरियतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो। एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ। चौथो स्थानमा पाकिस्तान छ भने अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ।…
काठमाडौं : संसदमा संशोधन गरिएको नागरिकता ऐन २०२२ को विधेयक पेश भएको छ। प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पेश गरेका हुन्।यसअघि नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट नै फिर्ता भएको थियो। गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक फिर्ता भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले…
काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन्। बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले चेक गर्ने क्रममा…
काठमाडौंः प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुने भएको छ। करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको हो। तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो। प्रतिनिधि सभामा बुधबार उपसभामुख चयनको निर्वाचन मिति घोषणा भएको हो।
काठमाडौःं प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ। बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन्। सांसद शर्माले …
काठमाडौंः सुनको कारोबार मूल्य बुधबार पनि घटेको छ। अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ घटेको हो। बुधबारका लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिनका तुलनामा मंगलबार २ सय रुपैयाँ घट्दा प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको थियो।चाँदीमा पनि गिरावट छ। बुधबार ५ रुपैयाँ घटेर प्रतितोला ११ सय ७० रुपैयाँ…
काठमाडौंः नेपाल प्रहरीले खरिद गर्न लागेको हतियारको बारेमा प्रतिनिधिसभामा एमालेका सांसदहरूले विरोध जनाएका छन्। संसदमा बोल्दै खगराज अधिकारीले कमिसनको लागि हतियार खरिद गर्न लागेको आरोप लगाए। प्रहरीले खरिद गर्न लागेको हतियार 'छर्रा' भएको भन्दै विरोध गरेका छन्। उनले हतार हतारमा हतियार किन्न एलसी खोल्न लागिएको बताए। बदनाम भएको कम्पनीबाट हतियार खरिद गर्न लागिएको उनको भनाइ थियो। 'अरब भन्दा बढी कमिसनको खेल…
काठमाडौंः करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो। प्रतिनिधि सभामा बुधबार उपसभामुख चयनको कार्यतालिका सार्वजनिक हुँदैछ।