काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्रीको मतगणना जारी छ। कांग्रेसका महामन्त्री पदको आठ क्लस्टरमध्ये तीनको बिहीबार मतपरिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना हुन लागेको हो। कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। महिला, दलित र आदिवासी जनताति…
काठमाडौं : नेकपा एमालेले उपाध्यक्षहरुलाई फरक फरक जिम्मेवारी दिएको छ। एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले उपाध्यक्षहरुका लागि विशेष कामका क्षेत्र निर्धारण गरेको अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ। जसमध्ये संसदीय मामिला सुवासचन्द्र नेम्वाङ, राजकीय (प्रशासनिक र विकास) मामिला सुरेन्द्रप्रसाद पाण्डे, प्रदेश र स्थानीय तह युवराज ज्ञवाली, राजनीतिक समन्वय अष्टलक्ष्मी शाक्य, पार्टीको सांगठनिक कामको अनुगमन विष्णुप्रसाद पौडेल, कुटनीतिक…
काठमाडौं : जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। प्रहरीले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ। ओसाकाको व्यस्त र व्यापारिक क्षेत्रमा भएको आगलागीमा परी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंः बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ लगायतको मुद्दामा सरकारी वकिलहरूको बहस सकिएको छ। जिल्ला अदालत काठमाडौंमा प्रतिवादीको बयान सकिएपछि सरकारी वकिलहरूले बहसको पालो पाएका हुन्। अहिले जाहेरीवालाका तर्फबाट बहस भइरहेको छ। पाँच जना वकिलमध्ये दुईको वकालत सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले बताए। 'एक साताभन्दा बढी प्रतिवादीको बयान…
काठमाडौं : नेकपा (एमाले)ले बैठक सञ्चालन कार्यविधि-२०७८ पारित गरी लागु गरेको छ। शनिवार र आइतवार सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत भएको कार्यविधि पारित गरी लागु गरेको हो। योसँगै बैठक सञ्चालन कार्यविधि र आचार संहिता-२०७१ खारेज गरेको छ। पारित भएको कार्यविधिले सदस्यहरुलाई लगाम लगाउने प्रयास गरेको छ। कमिटीको बैठकमा आफ्नो मत अभिव्यक्त गर्दा शिष्ट र संयमित भाषा गर्नुपर्नेछ। आफूले उठाएको…
पोखरा : पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ। नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवर्द्धन गरी कला, साहित्य, सङ्गीतलाई विश्वभर पुर्याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गरेको हो। महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, सङ्गीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारसमेत प्रवर्द्धन…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुँदैछन्। आर्मीले २ खेलमा जित र २ खेल बराबरी खेल्दै समान ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने सातदोबाटो २ जित १ हार र १ बराबरी…
झापा: आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते भएकी छिन्। दुर्घटनाबारे…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र एभर्टन बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७० औं मिनेटमा चेल्सी अग्रता बनाएको थियो। रीस जेम्सको पासमा उत्कृष्ट गोल गर्दै म्यासन माउन्टले घरेलु टोलीलाई अग्रता दिलाए। तर, त्यसको ४ मिनेट नबित्दै एभर्टन खेलमा फर्कियो। एभर्टनका…
काठमाडौंः नेपाली कांग्रेसको सहमहामन्त्री चयन अन्तर्गत समावेशी समूहका तीन पदको मगगणना सकिएको छ। समावेशी समूहमध्ये महिला, दलित र आदिवासी जनजाति क्लष्टरको गणना सकिएको हो। थारु, मधेशी, मस्लिम लगायतका क्लष्टरको गणना भएको छैन। म हाधिवेशन निर्वाचन समितिले बाँकी रहेका समूहको गणना पनि निरन्तर हुने जनाएको छ। तीन समूहको गणना सम्पन्न हुँदा सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका दुई उम्मेद्वार विजयी भएका छन्। यस्तै,…
काठमाडौँः नेपाली कांग्रेसको दलित समूहतर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन्। परियार शेखर कोइराला प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्वार भएका हुन्। प्रतिस्पर्धात्मक रुपमा परियारले शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्। परियारले २२१२ मत पाउँदा विश्वकर्माले २१७५ मत पाए। निर्वाचन समितिले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन।
काठमाडौंः नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै नेता मीनेन्द्र रिजालले एकपछि अर्को निर्णय लिएका छन्। पराजित हुने निश्चित भएसँगै रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा र लगत्तै राजीनामा बुझाए। साथै राति पुनः उनले मोरङ क्षेत्र नम्बर २ का नागरिकको स्वास्थ्य उपचारका लागि भन्दै प्रतिष्ठानको घोषणा गरे। प्रतिष्ठानमा ५० लाख रुपैयाँको कोष अनुदान आफ्नो तर्फबाट रहेको पनि उनले बताए। बिहीबार राति ट्वीट लेख्दे उनले मोरङ…
काठमाडौँः नेपाली कांग्रेसको आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन्। शेरबहादुर देउवा प्यानलका उम्मेद्वार आङ्देम्बेले शेखर कोइराला प्यानलका विकास लामालाई पराजित गरेका हुन्। औपचारिक रुपमा निर्वाचन परिणाम भने निर्वाचन समितिले घोषणा गरिसकेको छैन। आङदेम्बेले २७११ मत पाएका छन्। लामाले १९१३ मत पाएका छन्। महिला समूहको सहमहामन्त्रीमा पनि देउवा प्यानलकै महालक्ष्मी उपाध्याय निर्वाचित भइसकेकी छिन्।
काठमाडौंः समावेशी कल्ष्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदका लागि अहिले मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा मतगणना जारी छ। समावेशी अन्तर्गत नै महिला समूहमा शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय निर्वाचित भएकी छन्। यस्तै, दलित र जनजातितर्फको मतगणना अहिले जारी छ। दलिततर्फ कडा टक्कर देखिएको छ। ४१०० मत गणना हुँदा देउवा पक्षका उम्मेद्वार मानबहादुर विश्वकर्माले अग्रता गुमाएका छन्। विश्वकर्माले १८८२ मत पाएका छन्।…
काठमाडौंः नेपाली कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) निर्वाचित भएकी छन्। शेखर कोइराला प्यानलकी उम्मेद्वार कमला पन्तलाई पराजित गर्दै उपाध्याय निर्वाचित भएकी हुन्। उपाध्यायले २५३३ मत पाएकी छन्। पन्तले २१०५ मत पाएकी हुन्। सहमहामन्त्रीमा कूल ४६८२ मत खसेको हो। जसमा ४४ मत बदर भएको छ। निर्वाचन समितिले औपचारिक रुपमा परिणाम भने सार्वजनिक गरिसकेको छैन। सहमहामन्त्री अन्र्तगत समावेशी समूहको मतगणना अहिले जारी…
रमेश लम्साल/रासस- काठमाडौंः हरियो र देख्दै खाउँ-खाउँ लाग्ने साग। बोटमा लटरम्म फलेका गोलभेँडा। स्याउ, आरु, अलैँचीका बोट पनि। त्यस्तै अन्य उपज पनि। तपाईंको दिमागमा पक्कै पनि कुनै एउटा कृषि फार्मको तस्विर आउन सक्छ। मीनपचासको चिसा रातमा परेको तुसारो बोटमा सेताम्मे थियो। केही खेत खनिएका थिए। लाग्थो, त्यहाँ नयाँ बाली लगाइँदैछ। विभिन्न प्रजातिका बिरुवा लगाउन केही ‘ड्याङ’ खनेर राखिएको छ। यो कुनै…
जनकपुरः पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका –१० लालगढमा बिहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका -७ निवासी २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।…
काठमाडौंः नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा आफ्नो प्यानलमा सभापतिका उम्मेद्वार प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। निर्वाचन परिणाम घोषणापछि शर्मा सिंह निवास चाक्सीबारीमा पुगेका हुन्। १९८४ मतसहित शर्मा दोस्रो स्थानमा रहेर महामन्त्रीमा विजयी भएका थिए। मनोनयन अघिसम्म संस्थापन निकट मानिएका शर्मा महामन्त्रीको टिकट नभएपछि सिंहको प्यानलबाट उम्मेद्वारी दिएका थिए। सभापतिमा सिंहले भने ३७१ मतमात्र पाएका थिए। दोस्रो चरणको चुनावमा सिंहले…
काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोभिड १९ परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको हो। यस्तै, २६७ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५२६ पुगेको छ। संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ५६७ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…
काठमाडौं : रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिएका छन्। १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका उनले पराजयसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। आज भएको मतगणनामा महामन्त्री पदमा शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका गगन थापा र प्रकाशमान सिंहको तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। गगन ३ हजार ८ सय ९ मत ल्याउँदै महामन्त्रीमा निर्वाचित हुँदा शर्माले १ हजार ९…