काठमाडौं : रक्षा मन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्। मन्त्रीपदको सपथ लिएको ७० दिनमा नै रिजालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफ्नो राजीनामा बुझाएका हुन्। कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका रिजाल महामन्त्रीमा पराजित भएपछि राजीनामा दिएका हुन्। रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार पुगेर राजीनामा बुझाएका हुन्। महामन्त्री पदको प्रारम्भिक मतपरिणाम आउन थालेसँगै आफ्नो पराजय हुने निश्चित भएपछि…
काठमाडौं : नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा भएको मतगणनामा प्रकाशमान श्रेष्ठ प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका उनले शेबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका प्रकाशशरण महत र प्रदीप पौडेललाई पछि पार्दै महामन्त्रीमा निर्वाचित भएका हुन्। महामन्त्री पदका लागि विश्वप्रकाशको पहिलो प्रयासमै सफलता हासिल गरेका हुन्। देउवाले अवसर नदिएपछि शेखर कोइरालाको टिममा पुग्दा पनि विश्वप्रकाशले महामन्त्रीमा टिकट पाएका…
काठमाडौंः बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि एक घण्टादेखि भरतपुर विमानस्थल बन्द भएको छ। बुद्धको ९ एनइइ कलसाइनको बिचक्राफ्ट जहाज काठमाडौंतर्फ टेकअफ गर्दा प्रावधिक समस्या आएपछि विमानस्थलनै बन्द भएको हो। 'टेकअफ गरिएको जहाज पुन: अवतरण गरिएको छ। अहिले जहाज तानिदैछ,' बिमानस्थल प्रवन्धक परवेज आलम सिद्दिकीले भने। जहाजमा १७ यात्रु थिए। उनका अनुसार यो जहाज १ बजेर १६ मिनेटमा टेक अफ…
काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेका छन्। उपसभापतिमा निर्वाचित भएपछि शेखर कोइराला प्यानलबाट उपसभापति बनेका गुरुङ पौडेल कहाँ पुगेका हुन्। आफ्नो निवास पुगेका गुरुङलाई पौडेलले सुन्तला बाँड्दै स्वागत गरेका थिए। पौडेलले गुरुङलाई पार्टीलाई एकताबद्ध बनाउन र विधि सम्मत चलाउने काम गर्न सुझाव दिएको पौडेलको सचिवालयले जनाएको छ। गुरुङले पनि पार्टीलाई…
काठमाडौं : नेपालमा थप ४१ लाख ४२ हजार कोभिड-१९ विरुद्धको खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गत जर्मन सरकारको अनुदान सहयोगमा खोप नेपाल आइपुगेको हो। बुधवार नेपाल आइपुगेको खोपमा १९ लाख ६५ हजार ६०० मात्रा कोभिड-१९ विरुद्धको मोडर्ना खोप र २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन गरी ४१ हजार ४२ हजार २५० खोप खोप नेपाल आइपुगेको स्वास्थ्य…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन्। १४ औं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेका रिजालले प्रारम्भिक मत परिणाम आफ्नो पक्षमा नआएको भन्दै राजीनामाको घोषणा गरेका हुन्। महामन्त्रीका लागि भइरहेको मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्। रिजाल शेखर कोइरालाको प्यानलबाट उम्मेदवार थिए। नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगन थापाले अग्रता कायम राखेका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा २ हजार १२० मत मतगणनाम हुँदा गगनले १ हजार ३८५ मत प्राप्त गरेका छन्। सोमबारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए । महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। गगन थापाले अग्रता…
काठमाडौंः रौतहटको परोहा नगरपालिका-८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुधवार दिउँसो भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसादलाई नियन्त्रणमा लिएको हो। बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९…
भारतको राजधानी दिल्लीमा थप ४ जनामा कोरोना भाइरसको ओमोक्रन भेरियन्टको संक्रमण देखिएको छ। यससँगै दिल्लीमा ओमोक्रनको १० केस पुष्टि भएको छ। १० जनामा एकजना निको भएर घर फर्किसकेका छन् भने ९ जना अस्पतालमा उपचाररत् छन्। यस्तै, तमिलनाडु र पश्चिम बंगालमा पनि पहिलो ओमोक्रनको केस देखिएको छ। महाराष्ट्र र केरलामा पनि ४-४ जनामा ओमोक्रन देखिएको छ। भारतीय संचारमाध्यमका अनुसार हालसम्म…
काठमाडौं : गायक योगेश्वर अमात्यको जग्गामा भएको ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले बैकिङ कसुरमा मुद्दा नचलाउन निर्देशन दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले केही समय अघि कीर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले बैकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीलाई थप समय दिएको थियो। 'अहिले बैकिङ कसुरमा अनुसन्धान नगर्नु भनेर निर्णय भएको छ। प्रतिवादीले…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना भइरहेको हो। सोमबारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए । प्रारम्भिक मतपरिणाम अनुसार गगन थापाले अग्रता जारी राखेका छन् छन्। १५२० मत गणना हुँदा गगनले ९८५ मत पाउँदै अग्रता कायम गरेका हुन्। महामन्त्रीको दुई पदका लागि ६ जना…
काठमाडौंः झापामा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बुधवार झापाको कनकाई नगरपालिका ३ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३८ की राधिका सेडाईको मृत्यु भएको हो। ठक्कर दिएर घाइते भएकी राधिकालाई बिर्तासिटी अस्पताल बिर्तामोड उपचारको लागि लगिएको थियो। त्यसपछि बी एण्ड सी अस्पताल बिर्तामोड…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना भइरहेको हो। प्रारम्भिक मतपरिणाम अनुसार गगन थापाले अग्रता लिएका छन्। ६०० मत गणना हुँदा गगनले ३८९ मत पाउँदै अग्रता कायम गरेका हुन्। यस्तै, विश्वप्रकाश शर्माले २२९ मत, प्रदीप पौडेलले २०६, प्रकाशशरण महतले १९३ र मिनेन्द्र रिजालले १०८ मत प्राप्त गरेका छन्। महामन्त्रीकै अर्का प्रतिस्पर्धी…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना भइरहेको हो। प्रारम्भिक मतपरिणाम अनुसार १०० मत गणना हुँदा गगन थापाले अग्रता लिएका छन्। गगनले ७० मत पाउँदै अग्रता कायम गरेका हुन्। यस्तै, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, मिनेन्द्र रिजालले २१ र विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन्।…
काठमाडौंः झापाको दमकमा एक युवकको हत्या भएको १२ घण्टा बढी भइसक्दा पनि प्रहरीले अभियुक्त पत्ता लगाउन सकेको छैन। बुधवार साँझ करिब सवा ७ बजेतिर दमकस्थित घिमिरे मार्केटमा दमक नगरपालिका २ का २५ वर्षीय तेजप्रकाश पराजुलीको हत्या भएको थियो। शरीरमा धारिलो हत्या प्रहार भएका पराजुलीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले बताए। 'धारिलो हतियारले हानेको देखिन्छ। शरीरमा…
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग बुधबार भर्चुअल शिखर सम्मेलनमा २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन इच्छा व्यक्त गरेका छन्। अमेरिका, बेलायत र अष्ट्रेलिया लगायत केही देशहरूले अर्को वर्ष फेब्रुअरीमा हुने बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गर्न चाहेको बेला राष्ट्रपति पुटिनको यस्तो टिप्पणी आएको क्योडो न्यूजले उल्लेख गरेको छ। 'मलाई आशा छ कि हामी अन्ततः अर्को फेब्रुअरीमा बेइजिङमा प्रत्यक्ष…
काठमाडौं : महानगरीय ट्राफिक महाशाखाले २०६५ सालमा दुई पांग्रे सवारी साधनको पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने नियम ल्याएको थियो। केही समय प्रहरीले नियमलाई अनिवार्य गर्न पनि खोजेको थियो। तर, मोटरसाइकल चलाउनेसँगै पछाडि बस्नेले पनि हेलमेट लगाउनैपर्ने नियम बाध्यकारी गरेपछि ट्राफिक प्रहरीसँगै सरकारले निकै आलोचना खेप्नु परेको थियो। चौतर्फी रुपमा आलोचना भएपछि असफल भयो। त्योबेला अव्यवहारिक मानिएको नियम फेरि लागू हुने भएको…
काठमाडौं : मिलिनियम च्यालेन्ज कोर्पोरेसनको बोर्ड बैठकमा एमसीसी-नेपाल कम्प्याक्टको विषयमा छलफल भएको छ। बोर्डको वार्षिक देश छनोटका लागि भएको बैठकमा एमसीसी बोर्डले नेपालको अवस्थाको बारेमा छलफल गरेको एमसीसीले जारी गरेको वक्तव्यमा उल्लेख छ। छलफलको ऐजेन्डा अन्तर्गत बैठकमा ५०० मिलियन डलरको एमसीसी-नेपाल कम्प्याक्ट कार्यान्वयनको अवस्थाको बारेमा छलफल भएको बताइएको छ। छलफलमा निर्देशक समितिमा एमसीसी-नेपाल कम्प्याक्टलाई निकट भविष्यमा नै संसदबाट अनुमोदन गर्ने…
नेपाली कांग्रेस महामन्त्री पदको मतगणना अहिले पार्टी कार्यालय सानेपामा जारी छ। बिहान पौने ११ बजेबाट मतगणना सुरु भएको हो। महामन्त्रीमा दुई पदका लागि ६ जना चुनावी मैदानमा छन्। देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा छन्। राजाराम कार्की पनि महामन्त्रीको प्रतिस्पर्धामा…
काठमाडौंः नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेबाट मतगणना सुरु भएको हो। महामन्त्रीमा दुई पदका लागि ६ जना चुनावी मैदानमा छन्। अहिले तीन स्थानमा गणना भइरहेको छ। चार घण्टामा नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ। देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र…