PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

  • महाधिवेशनले फोहोर बनेको भृकुटीमण्डपमा सरसफाइ गर्दै विश्वप्रकाशको टोली

    महाधिवेशनले फोहोर बनेको भृकुटीमण्डपमा सरसफाइ गर्दै विश्वप्रकाशको टोली

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा पुन: सभापति पदमा निर्वाचित भएका छन्। शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएका हुन्। कांग्रेसको महाधिवेशन भृकुटीमण्डपमा आयोजना गरिएको थियो। सभागृहमा भने मतदान प्रक्रिया र गणना भएको थियो। त्यसैले केहीदिन देखि प्रदर्शनमार्ग क्षेत्र कांग्रेसको पर्चा र ब्यानरले भरिएका थिए। भृकुटीमण्डपको पसलदेखि भित्तासम्म कांग्रेस उम्मेदवारका ब्यानर टांगिएका थिए। सभापतिको नतिजा…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकाका लागि कोभिड खोप अभियान सुरु गर्दै युरोपका देशहरु

    बालबालिकाका लागि कोभिड खोप अभियान सुरु गर्दै युरोपका देशहरु

    धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन्। जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन्। इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँच देखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो। संयुक्त राज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका…

    विस्तृतमा पढ्नुस्

  • पाँच बङ्गलादेशी नागरिक पक्राउ

    पाँच बङ्गलादेशी नागरिक पक्राउ

    काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन्। पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको…

    विस्तृतमा पढ्नुस्

  • मनोनित ४४ जनाले लिए एमालेको केन्द्रीय सदस्यको सपथ

    मनोनित ४४ जनाले लिए एमालेको केन्द्रीय सदस्यको सपथ

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केन्द्रीय कमिटी सदस्यमा मनोनितहरुलाई सपथ ग्रहण गराएका छन्। नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनित ४४ जनालाई ओलीले ललितपुरको च्यासलमा सपथ ग्रहण गराएका हुन्। एमालेको विधान अनुसार १० प्रतिशत मनोनित गर्ने व्यवस्था छ। ४४ जना मनोनित भएका हुन्। ४४ मध्ये ७ जना केन्द्रीय कमिटीमा दोहोरिएका हुन् भने ३७ जना नयाँ सदस्य थपिएका हुन्। चितवनमा सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • सबैभन्दा अस्थिर प्रचण्ड एण्ड कम्पनी र माधवकुमार नेपाल : ओली

    सबैभन्दा अस्थिर प्रचण्ड एण्ड कम्पनी र माधवकुमार नेपाल : ओली

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताको नायक भएको बताएका छन्। च्यासलमा मनोनित केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल सबैभन्दा बढी अस्थिरता ल्याउने पात्र भएको बताए। 'आफ्नो दुनो सोझ्याउने उहाँहरुको नीति छ। अहिले चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने। सबैभन्दा अस्थिरता हुने।…

    विस्तृतमा पढ्नुस्

  • आवासको व्यवस्थापनमा मुख्यमन्त्री राई: एक हप्तापछि मन्त्रिपरिषद विस्तार, प्रदेश नामाकरण हिउँदे अधिवेशनमा

    आवासको व्यवस्थापनमा मुख्यमन्त्री राई:  एक हप्तापछि मन्त्रिपरिषद विस्तार, प्रदेश नामाकरण हिउँदे अधिवेशनमा

    विराटनगर:  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सुनसरी–मोरङ सिँचाइ आयोजनाको भवनलाई आवासका रूपमा प्रयोग गर्न थालेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि राई बुधबार सुनसरी–मोरङ सिँचाइ आयोजनाको भवनमा सरेका हुन्। राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ‘म मुख्यमन्त्रीमा नियुक्त भएपछि २ दिन होटलमा बसेँ’, आयोजनाको भवनमा स्थानीय सञ्चारकर्मीसित राईले भने, ‘किनभने अघिल्ला मुख्यमन्त्रीज्यू (भीम आचार्य)–ले लक्ष्मीपूजा…

    विस्तृतमा पढ्नुस्

  • इन्डो-प्यासिफिक क्षेत्रमा सैन्य साझेदारी बढाउने अमेरिकी घोषणा, साना गुट निर्माण गरी उत्तेजना फैलाउन खोजेको चिनियाँ आरोप

    इन्डो-प्यासिफिक क्षेत्रमा सैन्य साझेदारी बढाउने अमेरिकी घोषणा, साना गुट निर्माण गरी उत्तेजना फैलाउन खोजेको चिनियाँ आरोप

    चीन र अमेरिकाबीचको कुटनीतिक टकराव थप गहिरिँदै गएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले मंगलवार इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाले सैन्य तथा आर्थिक उपस्थितीलाई बढाउँदै लैजाने घोषणा गरे। इन्डोनेसियाको जाकर्तामा पुगेका उनले त्यहाँको आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस क्षेत्रमा अमेरिकाको संलग्नताका पाँच लक्ष्य प्रस्तुत गरे। उनले प्रस्तुत गरेका लक्ष्यहरुमा स्वतन्त्र र खुला इन्डो-प्यासिफिक, अष्ट्रेलिया, जापान, र दक्षिण कोरिया जस्ता देशहरुसँगको सम्बन्ध विस्तार,…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई पौडेलको शुभकामना, 'संविधानमाधि खतरा छ, एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस्'

    देउवालाई पौडेलको शुभकामना, 'संविधानमाधि खतरा छ, एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस्'

    काठमाडौं: नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सभापति चयन भएका शेरबहादुर देउवालाई बधाई दिएका छन्। आज एक विज्ञप्तिमार्फत कार्यसफलताको शुभकामना दिँदै संविधानमाथि खतरा भएको उल्लेख गरेका छन्। 'हामी राष्ट्रिय जीवन र पार्टी जीवनको अत्यन्तै गम्भीर मोडमा छौं,' पौडेलले उल्लेख गरेका छन्, 'एकातिर ७ दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त…

    विस्तृतमा पढ्नुस्

  • सवारी लाइसेन्सको नवीकरणको अवधि दोब्बर बनाइदै, १० वर्षमा नवीकरण गरे हुने मस्यौदा

    सवारी लाइसेन्सको नवीकरणको अवधि दोब्बर बनाइदै, १० वर्षमा नवीकरण गरे हुने मस्यौदा

    काठमाडौं। एकपटक दिइने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि ५ वर्षको हुन्छ। अब अवधि दोब्बर अर्थात् १० वर्ष बनाइने भएको छ।  यातायात व्यवस्था विभागले प्रस्तावित 'सवारी तथा यातायात व्यवस्था ऐन २०७७'मा लाइसेन्सको अवधि १० वर्ष बनाउन लागिएको छ। यो ऐन जारी भएपछि अहिले पाँच वर्षमा गर्दै आएको नवीकरण १० वर्षमा गरे हुनेछ।  अहिले पाँच वर्षमा लाइसेन्स नवीकरण गर्दा यातायात कार्यालयहरुमा थेगिनसक्नु भीडभाड हुने…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने

    हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने

    सिमकोट: हुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ। कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उक्त खोप आगामी पुस ४ देखि १४ गतेसम्म सातवटा गाउँपालिकामा १०० खोप केन्द्रमार्फत दिइने छ। खोपसहित स्वास्थ्यकर्मी चाँडै परिचालन गरिने उनको…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट एकजनाको मृत्यु

    टिपरको ठक्करबाट एकजनाको मृत्यु

    हेटौडा: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नम्बरको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलको आरोप :ओलीले देशलाई प्रयोगको थलो बनाए

    रामचन्द्र पौडेलको आरोप :ओलीले देशलाई प्रयोगको थलो बनाए

    काठमाडौं: कांग्रेस महाधिवेशनको चटारो परिरहँदा कांग्रेस नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। पौडेलले ६ महिनामा दुई पटक संसद विघटन गरेर व्यवस्था नै संकटमा पुर्‍याएका एमाले अध्यक्ष ओलीले संसद अवरोध गरेर देशलाई अस्थीरतातर्फ धकेल्न प्रयास गरेको दाबी गरेका छन्। उनले सरकारलाई पनि संसद सुरु गराएर लोकतान्त्रिक गति दिन आग्रह गरेका छन्। '६ महिनाको समयमा दुईदुई…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई सत्ता साझेदार माधवकुमार नेपालको बधाई, बाबुरामको शुभेच्छा: अग्रगमनकारी शक्तिबीच एकता होस्

    देउवालाई सत्ता साझेदार माधवकुमार नेपालको बधाई, बाबुरामको शुभेच्छा: अग्रगमनकारी शक्तिबीच एकता होस्

    काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा दोस्रो पटक निर्वाचित भएसँगै शेरबहादुर देउवालाई बधाईको ओइरो लागेको छ। सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई दिएका छन्। माधवकुमार नेपालले लेखेका छन्: दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु। त्यस्तै समाजवादी पार्टीका बाबुराम भट्टराईले देउवालाई बधाइ दिँदै अग्रगामी शक्तीबीच एकता होस भन्ने शुभकामना…

    विस्तृतमा पढ्नुस्

  • ­राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन

    ­राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाइ पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्य–सचिवस्तरीय निर्णयानुसार कमिटी गठन गरिएको हो। सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही,…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले किन्ने, निजी क्षेत्रसँग सम्झौता गर्न गृहकार्य थाल्दै

    नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले किन्ने, निजी क्षेत्रसँग सम्झौता गर्न गृहकार्य थाल्दै

    काठमाडौं: नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ। नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको छ। बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघ (सीएनआइ) को प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका छन्। 'नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीको फराकिलो जित

    म्यानचेस्टर सिटीको फराकिलो जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले लिड्समाथि ७-० गोलअन्तरले जित निकालेको हो। सिटीको जितमा केभिन डी ब्रुइनले दोहोरो गोल गर्दा फिल फोडेन, ज्याक ग्रिलिस, रियाद महरेज, जोन स्टोन्स र नाथन एकेले समान एक गोल गरे। खेलको ८ औं मिनेटमै महरेजको पासमा गोल गर्दै फोडेनले सिटीलाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • सबैलाई मिलाएर लग्न सक्नु नै देउवाको विशेषता हो, त्यसैले निर्वाचित हुनुभयो : बालकृष्ण खाण

    सबैलाई मिलाएर लग्न सक्नु नै देउवाको विशेषता हो, त्यसैले निर्वाचित हुनुभयो : बालकृष्ण खाण

    काठमाडौं :  गृहमन्त्री बालकृष्ण खाणले प्रधामन्त्री शेरबहादुर देउवा सबैलाई मिलाएर अघि बढ्न सक्ने नेता भएको बताएका छन्। १४ औं महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतपरिणम केन्द्रीय निर्वाचन कमिटीले घोषणा गरेपछि खाणले सभापतिमा निर्वाचित देउवाले सबैलाई लिएर अघि बढ्ने बताएका हुन्। निर्वाचन कमिटीका अनुसार राष्ट्रिय सभागृहमा भएको मतगणनामा शेखर कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्। मंगलवार भएको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • शेखर कोइरालालाई ८७८ मतले पछि पार्दै देउवाले जिते ‘सेकेन्ड राउन्ड’

    शेखर कोइरालालाई ८७८ मतले पछि पार्दै देउवाले जिते ‘सेकेन्ड राउन्ड’

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन कमिटीका अनुसार राष्ट्रिय सभागृहमा भएको मतगणनामा शेखर कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्। मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा कुल ४ हजार ६२३ मत खसेको थियो। जसमध्ये देउवाले २ हजार ७३३ मत ल्याउँदै निर्वाचित भएका हुन्।शेखर कोइरालाले १ हजार ८५५…

    विस्तृतमा पढ्नुस्

  • सभागृह आसपास बढाइयो सुरक्षा, कांग्रेस कार्यकर्ताको उपस्थिति बढ्दै

    सभागृह आसपास बढाइयो सुरक्षा, कांग्रेस कार्यकर्ताको उपस्थिति बढ्दै

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा फेरि सभापति पदमा निर्वाचित भएका छन्। मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा कुल ४ हजार ६२६ मत खसेको थियो। जसमध्ये देउवाले २ हजार ७३३ मत ल्याउँदै निर्वाचित भएका हुन्। शेखर कोइराले १ हजार ८५५ मत प्राप्त गरे। यस्तै, ३५ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।   देउवा निर्वाचित भएको घोषणा गर्दै मतगणनास्थल राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

    नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। राष्ट्रिय सभागृहमा भएको मतगणनामा देउवाले शेखर कोइरालालाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्।  ४ हजार १७८  मत गणना गर्दा देउवाले २५०१ मत पाएका छन्। यस्तै, शेखर कोइरालाले १ हजार ६४७ मत प्राप्त गरेका छन्।  ३० मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यस जितसँगै देउवा दोस्रोपटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। १३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell