काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिहरुको आत्मा र विवेक प्रयोग गरेर मत दिनेमा आफू विश्वस्त रहेको बताएका छन्। दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भने, 'आज हुने निर्वाचनबाट जुनसुकै परिणाम आए पनि म त्यसलाई सहर्ष स्वीकार्छु र नेपाली कांग्रेस भित्र बृहत्तर एकताको प्रयास जारी राख्छु।' उनले काग्रेसभित्र रहेको…
काठमाडौं : कांग्रेस सभापति पदमा दोस्रो चरणको निर्वाचन हुने भएको छ। सभापति पदमा शेरबहादुर देउवासँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने निर्णयमा डा शेखर कोइराला पुगेका छन्। उनले केही समयमा पत्रकार सम्मेलन गर्दै यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्। सभापति पदमा हिजो भएको मतदानको मत परिणाम अनुसार शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याउँदा कोइरालाले १ हजार ७…
काठमाडौं : नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ। हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला बिच प्रतिस्पर्धा हुने भएको हो। पहिलो चरणको निर्वाचनपछि समीकरणमा व्यापक हेरफेर हुँदा देउवा सभापति बन्ने लगभग निश्चित बनेको नेताहरुले बताएका छन्। दोस्रो चरणको निर्वाचन अगावै सभापतिका प्रत्यासीहरु प्रकाशमान…
काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदमा देखिएको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाएर आवश्यक पहल गर्ने निर्णय गरेको छ। आजबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। तर, नेकपा एमालेले आफूले कारवाही गरेका सांसदहरुलाई नहटाएसम्म संसद चल्न नदिने भनेर अडान लिइरहेका छन्। आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरेका छन्। यसबिच माओवादीले सबै दलहरुलाई एकठाउँमा ल्याएर छलफल गरेर संसद…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा विमलेन्द्र निधिलाई भेट्न पुगेका छन्। बिहान रामचन्द्र पौडेलको चियापान कार्यक्रममा गएर प्रकाशमान सिंह निवास चाक्सीबारीमा पुगेका देउवा निधि कहाँ पुगेका हुन्। हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज दोस्रोचरणको निर्वाचन हुँदैछ। आज हुने निर्वाचनमा देउवा र शेखर कोइरालाबिच प्रतिस्पर्धा हुँदैछ। त्यसैको सिलसिलामा देउवा विहानैदेखि दौडधुपमा थिए। प्रकाशमान सिहंले आज…
काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनाव मंगलबार दिउँसो ३ः३० बजेबाट प्रारम्भ हुने भएको छ। निर्वाचन समितिले दोस्रो चरणको चुनावको समय भर्खरै सार्वजनिक गरेको हो। पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा चुनाव हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणमा देउवाले कूल खसेको ४६८१ मतमध्ये २२५८ र…
काठमाडौं : राष्ट्रिय सभागृह बाहिर कांग्रेसका सभापति प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधरले नाराबाजी गरेका छन्। प्रकाशमान सिंहले देउवालाई नेतृत्व चयनका लागि हुने दोस्रो चरणको निर्वाचनमा समर्थन जनाएसँगै मतदानस्थल बाहिर युवाहरुले नाराबाजी गरेका हुन्। युवाहरुले शेरबहादुर र प्रकाशमानको पक्षमा नारा लगाउँदै देउवालाई सर्वसम्मत सभापति बनाउनुपर्ने माग गरेका छन्। हिजो भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि अब धेरै…
काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई प्रकाशमान सिंह समूहले समर्थन गर्ने भएको छ। पहिलो चरणको मतदानमा स्पष्ट मत कुनै पनि उम्मेद्वारले नपाएपछि मंगलबार नै दोस्रो चरणको चुनाव हुँदैछ। पहिलो चरणमा सबैभन्दा बढी मत पाएका देउवा र शेखर कोइरालाबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा निर्णायक मानिएका सिंहले देउवालाई समर्थन गर्ने जनाएका छन्। सिंहको समर्थनसँगै देउवाको जित करिब सुनिश्चित…
काठमाडौंः नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न निवास पुगेका छन्। आफ्नाा विश्वासपात्र बालकृष्ण खाणलाई बिहानै भेट्न पठाएका देउवा अहिले आफैँ सिंह निवास पुगेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले लौनचौरमा आयोजना गरेको चियापानबाट देउवा सिधै सिंह निवास चाक्सीबारी पुगेका हुन्। सभापति चयनको दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा देउवा सिंह निवास पुगेका हुन्। निर्वाचनमा सिंह निर्णायक अवस्थामा छन्। अहिले…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्याउन सकेनन्। अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। सभापतिमा दाबी गरेका प्रकाशमान सिंहले ३७१ मत पाएका थिए। त्यसैले शेखर र देउवा सिंहलाई आफ्नो समूहमा ल्याउन कोसिस गरिरहेका छन्। रामचन्द्र पौडेलले…
काठमाडौं : नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन प्रतिनिधिहरुका लागि आज चियापान कार्यक्रम आयोजना गरेका छन्। लैनचौर ब्याङ्क्वेटमा आयोजना चियापानमा सभापति पदका प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइराला पुगेका छन्। हिजो भएको मतदानमा कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत पुर्याउन सकेन। जसकारण अब आजै हुने दोस्रो चरणको निर्वाचनमा देउवा र शेखरबिच प्रतिस्पर्धा हुनेछ। दुवैजनाको समूह अहिले…
काठमाडौँः संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद्का दुबै सदनको पहिलो बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ। पहिलो बैठकमा दुबै सदनमा अधिवेशन आह्वानको पत्रबारे जानकारी गराइने छ। यस्तै, अध्यक्ष मण्डल चयन पनि हुनेछ। यस्तै, बैठकमा सरकारले अधिवेशन नभएको अवस्थामा ल्याएका ६ वटा अध्यादेश पेस हुनेछन्। यसबीचमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश, २०७८’,…
भारतको जम्मू कश्मीरमा प्रहरीको एक बसमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको छ। श्रीनगरमा सोमबार भएको आक्रमण १२ जना प्रहरी घाइते भएका छन्। अन्ध्यारोको फाइदा उठाउँदै चरमपन्थी समूहले आक्रमण गरेको अधिकारीहरुले बताएका छन्। घटना भएको जेवन क्षेत्रलाई अहिले सुरक्षाबलले घेराबन्दी गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाको अनुसन्धान गरी रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्।
काठमाडौंः सभापति चयनका लागि हुन गइरहेको दोस्रो चरणको निर्वाचनको निर्णायक रहेका कांग्रेस नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच टेलिफोन संवाद भएको छ। मंगलबार बिहान कुराकानी भएको हो। दुबै नेता सभापति चयनको दोस्रो चरणको प्रक्रियामा निर्णयक छन्। विशेषगरि वर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई दुईमध्ये कुनै एक समूहको समर्थन आवश्यक छ। अर्का प्रतिस्पर्धी शेखर कोइरालालाई भने जितका लागि दुबै नेताको सहयोग अनिवार्य छ। …
काठमाडौँः नेपाली कांग्रेसको सभापति चयनको दोस्रो चरणको निर्वाचन आज नै हुने भएको छ। महाधिवेशन निर्वाचन समितिका अनुसार आपसी परामर्शमा मंगलबार नै निर्वाचन समय तोकिने छ। निर्वाचन समिति आहिले परामर्श बैठकमा छ। सोमबार सम्पन्न मतदानबाट नेतृत्व चयन हुन नसकेपछि दोस्रो चरणमा चुनाव हुन लागेको हो। पहिलो चरणमा कुनै पनि उम्मेद्वारले विधानको व्यवस्था अनुसारको ५० प्रतिशत मत पाउन सकेनन्। सबैभन्दा बढी मत पाएका…
काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। सभागृहमा मतगणना चलिरहँदा पर्चा र कागजले भरिएको भृकुटीमण्डप र प्रदर्शनीमार्गमा सरसफाइ चलिरहेको छ। सो स्थानमा १४ औं महाधिवेशनको उद्घाटन र मतदान भएको थियो। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो। अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने…
काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको मतगणना जारी रहँदा गृहमन्त्री बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न पुगेका छन्। सभातपि चयनको मतगणना सभागृहमा अन्तिम चरणमा छ। सिंहको निवास चाक्सीबारीमा खाण पुगेका हुन्। राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना जारी रहेकै बेला खाण सिंह निवास पुगेका हुन्। जारी मतगणनामा सभापति पदको निक्र्यौल पहिलो चरणबाट करिब नहुने देखिएको छ। सभापति शेरबहादुर देउवालाई निर्वाचित हुन उनीसँग प्रतिस्पर्धामा…
काठमाडौं: नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ। सभापतिको मतगणनामा ४२७६ मत मतगणना भएको छ। जसमा शेरबहादुर देउवाले २०४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १६१५ मत ल्याएका छन्। त्यस्तै प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधीले २३८ र कल्याण गुरुङले १९ मत ल्याएका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि…
काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनामा ३७७९ मतगणना हुँदा देउवाले १७९८ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी शेखर कोइरालाले १४१३ मत ल्याएका छन्। सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधी, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतगणना जारी छ। राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका छन् भने शेखर कोइरालाले उनलाइ पछ्याइरहेका छन्। सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ। पहिलोपटक…