काठमाडौं : नेपाली कांग्रेसको निर्वाचनमा एक जनालाई मत हाल्न एक घन्टाभन्दा बढी अवधि लागेको छ। परराष्ट्रमन्त्री समेत रहेका उदयपुरबाट सांसद रहेका डाक्टर नारायण खड्काले मत हाल्न १ घन्टा ५ मिनेट लागेको जानकारी दिए। खड्काले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्। किन उम्मेदवारी नदिएको त? पत्रकारहरुको प्रश्नमा उनले जवाफ दिए, 'देउवालाई जिताउन भिडभाड नगरी उम्मेदवारी नदिएको हुँ। राजनीतिमा रहिरहन्छु।'
काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन्। दरवारमार्गस्थित होटल याक एण्ड यतीमा रहेको कार्यालयमा उनीहरुले घेराउ गरेका हुन्। घेराउ गर्न आएको प्रदर्शनकारीहरुलाई प्रहरीले होटलको गेट बाहिर रोकेको छ। मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम…
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। राष्ट्रिय सभागृहमा भइरहेको मतदानमा सहभागी हुन बिहानैदेखि प्रतिनिधिहरु मतदानस्थल पुगेका छन्। उम्मेदवारहरु पनि बिहानैदेखि प्रतिनिधिहरुसँग मत माग्न व्यस्त छन्। प्रहरीले निर्वाचन आचारसंहिताभन्दै पटकपटक प्रदर्शीमार्गमा टांगिएका ब्यानरहरु हटाउँदा पनि उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसार गरिरहेका छन्। अहिले मतदान भइरहँदा उम्म्दवारहरुको प्रचारप्रसारमा प्रयोग भएका पर्चाहरु प्रदेर्शनीमार्गको सडकभर छरिएका छन्। सभापतिका आकांक्षीदेखि केन्द्रीय…
काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानमा सभापतिका प्रत्यासीहरुले मत दिएका छन्। राष्ट्रिय सभा गृहमा सभापति पदका लागि प्रतिस्पर्धा गरिरहेका प्रधामन्त्री शेरबहादेर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरिसकेका छन्। महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि बिहानैदेखि लाइनमा छन्। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको…
काठमाडौंः बौद्धमा पौदलयात्रीलाई स्कुटरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-६ बौद्धस्थित सडकमा बा.५८ प ७७७३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ बौद्ध रामहिटी बस्ने नुवाकोट सिखुरे घर भइका ७४ वर्षीय कृष्ण बहादुर नेपालीको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बौद्धस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको…
काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानको तस्विर खिच्न पत्रकारलाई रोक लगाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गर्न पुगेपछि निर्वाचन अधिकृतले माइकिङ गरेर संचारकर्मीलाई मतदानस्थल बाहिर पठाउन निर्देशन दिएका थिए। त्यसलगत्तै प्रहरीले संचारकर्मीलाई बाहिर निकालेको हो। बिहानैदेखि मतदानको कभरेजका लागि पुगेका फोटो पत्रकारहरुले निर्वाचन समितिको निर्णयको विरुद्ध 'क्यामरा डाउन' गरेका छन्। बिहान ८ बजेबाट…
काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। मतदान गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानस्थल भृकुटीमण्डप पुगेका छन्। उनी सभापतिका उम्मेद्वार समेत हुन्। उनीसँग अन्य चार जना सभापति पदमा प्रतिस्पर्धी छन्। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो। महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि…
काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भइसकेको छ। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ। महाधिवेशन प्रतिनिधिहरु बिहान ७ बजेदेखि मतदानका लाइनमा बसिरहेका छन्। तर, लाइनमा…
काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो। महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन्। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ। मतदाताको संख्या बढी भएपछि तीन…
मिस युनिभर्स २०२१ को ताज भारतकी हरनाज संधूले जितेकी छिन्। मिस युनिभर्सको ७० औं संस्करण आइतवार इजरायलमा सम्पन्न भएको थियो। ७९ देशकी प्रतिस्पर्धीलाई पछि पार्दै संधूले उपाधि जितेकी हुन्। चंडीगढकी संधू पेशाले मोडल हुन्। The new Miss Universe is...India!!!! #MISSUNIVERSE pic.twitter.com/DTiOKzTHl4 — Miss Universe (@MissUniverse) December 13, 2021 भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको हो। सन् २००० मा लारा दत्तले…
पोखरा : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुसुम) चयन भएकी छन्। शनिबारदेखि पोखरामा जारी रहेको प्रदेश अधिवेशनले कुसुमलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। शनिबार सुरु भएको प्रदेश अधिवेशनमा आकांक्षीहरु धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित भएका थिए। प्रदेशको पहिलो बैठकबाट अध्यक्ष तोक्ने गरि आइतबार नै बैठक चलेको थियो। तर आकांक्षी धेरै भएकाले समिती पदाधिकारी टुंग्याउन…
काठमाडौं : नेकपा (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने गरी तयारी थालेको छ। अध्यक्ष केपी शर्मा ओलीको सहजताका लागि जिल्ला र प्रदेश अधिवेशन अगावै केन्द्रीय महाधिवेशन गरिएको थियो। एमालेले शनिवार र आइतवार बसेको केन्द्रीय कमिटीको बैठक मार्फत् ८ माघमा पहिलो प्रदेश अधिवेशन र २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। केन्द्रमा ओलीको सहजताका लागि महाधिवेशनमा…
काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। आज बिहान ८ बजेबाट मतदान सुरु गराउने नेपाली कांग्रेसको कार्यक्रम रहे पनि करिब साढे ९ बज्दा मात्र मतदानस्थलमा मतपत्र आइपुगेको छ। मतदान सुरु हुन बाँकी नै रहँदा भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्। आइतबार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र…
काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयानका लागि मतदान सुरु हुँदैछ। मतदान सुरु हुन लागिरहेको छ भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्। त्यस्तै महामन्त्री पदका आकांक्षी गगन थापा र प्रकाशशरण महत मतदातासँग भोट माग्दै गरेका छन्। थापा शेखर कोइरालाको र महत शेरबहादुर देउवामा प्यानलबाट महामन्त्रीका लागि उम्मेद्वार हुन्। मतदान गर्नका लागि…
काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ। मतदाताको संख्या बढी भएपछि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको महाधिवेशन निर्वाचन समितिले जनाएको छ। महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान…
काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा आज विभिन्न पदाधिकारी छनोटका लागि मतदान हुँदैछ। महाधिवेशनमा नेतृत्वमा पुग्नका लागि खासगरी तीन शीर्ष नेता प्यानल बनाएर नेतृत्वको होडमा अघि देखिएका छन्। जसमा वर्तमान सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र प्रकाशमान सिंह रहेका छन्। मतदानको अघिल्लो दिन शेखर कोइरालाको समूहमा देखिएका शशांक कोइराला देउवा प्यानलमा पुगेका छन्। हिजो देउवालाई भेटेका कोइरालाको नाम देउवा…
काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रधानमन्त्री तथा सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग भेटेका छन्। आइतबार दिउँसो दुई नेताबीच भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले पुष्टि गरे। भेटमा महाधिवेशनमा मिलेर जानेबारे छलफल भएको परियारले दाबी गरे। टिम देउवाले कोइरालाको नाम आफ्नो टिममा समावेश गरिसकेको दाबी गरेको छ। `डा शशांकको नाम टिम देउवामा परिसकेको छ,´ उनले भने। सभापतिका अर्का…
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोमाथि सहज जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोलीले मोनाकोमाथि २-० गोलअन्तरको सहज जित निकालेको हो। पीएसजीको जितमा किलियन एम्बाप्पेले दोहोरो गोल गरे। खेलको १२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई खेलमा अग्रता दिलाएका थिए। पीएसजीका एन्जेल डी मारियालाई मोनाकोका डिफेन्डर डिजिब्रिल…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि सहज जित निकालेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियलले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो। भिनिसियस जुनिसको पासमा खेलको १६ औं मिनेटमै करिम बेन्जेमाले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको रियलका लागि दोस्रो गोल मार्को एसेन्सियोले गरे। उनले…
काठमाडौंः नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी छ। निर्वाचन समितिले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको छ। निर्वाचन समितिका अनुसार १३४ पदमा ४८६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। अन्तिम नामावली अनुसार सभापतिमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ। कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र शेरबहादुर देउवाबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ। यस्तै, दुई उपसभापति पदका लागि सात उम्मेद्वारबीच प्रतिस्पर्धा…