PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

  • हेटौंडामा अन्तर प्रदेश समन्वय वैठक सुरु

    हेटौंडामा अन्तर प्रदेश समन्वय वैठक सुरु

    हेटौंडाः वाग्मती प्रदेशको राजधानीमा पहिलोपटक अन्तर प्रदेश समन्वय वैठक हेटौंडामा आइतबारदेखि सुरु भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन गरेको उक्त समन्वय वैठकमा संघीय सरकारका मुख्यसचिव शंकरदास वैरागीसहित सातै प्रदेशका प्रमुख सचिव रहेका छन्। प्रदेशहरुका असल अभ्यास, संघीय सरकार र स्थानीय तहसँगको समन्वय, प्रेरणादायी कार्य र चुनौतीहरुका बारेमा विस्तृत छलफल गरेर निष्कर्ष निकाल्ने उद्देश्यले अन्तरप्रदेश समन्वय वैठक राखिएको वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • गोलरहित बराबरीमा रोकिए थ्री स्टार र एपीएफ, एपीएफलाई लिगमा पहिलो अंक

    गोलरहित बराबरीमा रोकिए थ्री स्टार र एपीएफ, एपीएफलाई लिगमा पहिलो अंक

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफ र थ्री स्टार क्लब बराबरीमा रोकिएको छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्। यसअघिका तीनवटै खेलमा पराजय ब्यहोरेको एपीएफ सुरुबाटै आक्रमणको मुडमा देखिएको थियो। थ्री स्टारका गोलकिपर प्रिसोले यसबीचमा केही उत्कृष्ट बचाउ गरेका थिए। यता थ्री स्टारले केही अवसरहरु…

    विस्तृतमा पढ्नुस्

  • एमाले लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा

    एमाले लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा

    बुटवलः नेकपा (एमाले) को लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा चयन भएका छन्।  आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी विश्वकर्मालाई दिएको हो। उनी एमाले सचिव पनि हुन्।  रूपन्देही १ बाट निर्वाचित उनी पूर्वमन्त्री हुन् ।  यस्तै सहइञ्चार्जमा खिमलाल भट्टराई, लीला गिरी, दधीराम न्यौपाने, वैजनाथ चौधरी र दलबहादुर राना तोकिएका छन्।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र सभापति एकै व्यक्ति हुनुपर्छ भन्दै शेरबहादुर देउवाले भने : ओलीको उद्देश्य फेरि सत्ता कब्जा हो

    प्रधानमन्त्री र सभापति एकै व्यक्ति हुनुपर्छ भन्दै शेरबहादुर देउवाले भने : ओलीको उद्देश्य फेरि सत्ता कब्जा हो

    काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा निरन्तरता दिन आफूलाई जिताउन आग्रह गरेका छन्। कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजित महाधिवेशन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीको उद्देश्य अझै सत्ता कब्जा गर्ने रहेको बताएका हुन्। भने, 'ओलीको बेला डर त्रासमा बाँच्नुपर्छ। ओली फेरि सत्ता कब्जा गर्ने उद्देश्य राखिरहेका छन्। कम्युनिष्ट शासन आएमा देशमा डरलाग्दो परिस्थिति फेरि आउँछ'…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनमा हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जान सकिँदैन, देउवा सरकारले निरन्तरता पाउनुपर्छ : कृष्णप्रसाद सिटौला

    महाधिवेशनमा हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जान सकिँदैन, देउवा सरकारले निरन्तरता पाउनुपर्छ : कृष्णप्रसाद सिटौला

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनमा हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जान नसकिने बताएका छन्। कमल पोखरीस्थित अग्रवाल भवनमा महाधिवेशन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक मनोविज्ञानले ठूलो महत्व राख्ने भन्दै १४ औं महाधिवेशनमा फेरि सभापतिका प्रत्यासी बनेका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई मत मागेका हुन्। पराजित उम्मेदवारको नेतृत्वमा रहेको सरकार बोकेर निर्वाचनमा जान नसकिने उनको तर्क थियो। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

    थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

    काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८ हजार ६ सय ८२ जनामा परीक्षण गर्दा २ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै २ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ८ सय ९० रहेको छ। सोही अवधिमा सङ्क्रमण…

    विस्तृतमा पढ्नुस्

  • देउवाका लागि मत माग्दै आरजुले भनिन् : महिलाका लागि सबैभन्दा ठूलो आवाज उठाउने शेरबहादुर हुन्

    देउवाका लागि मत माग्दै आरजुले भनिन् : महिलाका लागि सबैभन्दा ठूलो आवाज उठाउने शेरबहादुर हुन्

    काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले १४ औं महाधिवेशनबाट फेरि शेरबहादुर देउवा नेतृत्वमा आउनुपर्ने बताएकी छिन्। प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाकी श्रीमती आरजुले महिलाका लागि गरेको काम हेरेर मत दिन आग्रह गरेकी हुन्। पर्यटन बोर्डको सभाहलमा नेपाल महिला संघले आयोजना गरेको महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आरजु राणाले भनिन्, 'महिलाको लागि सबभन्दा ठुलो आवाज उठाउने शुरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • अश्लील शीर्षक राखेको अभियोगमा युटुवर पक्राउ

    अश्लील शीर्षक राखेको अभियोगमा युटुवर पक्राउ

    काठमाडौंः अश्लील शीर्षक राखेको अभियोगमा प्रहरीले एक युटुवरलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले कालिकोट घर भएका २१ वर्षीय भरतबहादुर तिरुवालाई नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गरेको टेन्सन ब्रो नामक युटुव च्यानलमा अश्लील शीर्षक राखेर प्रसारण गरेकाले पक्राउ गरेको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप…

    विस्तृतमा पढ्नुस्

  • यी हुन एमालेका स्थायी कमिटी सदस्यहरु, प्रदेश अध्यक्षहरु पनि भए चयन

    यी हुन एमालेका स्थायी कमिटी सदस्यहरु, प्रदेश अध्यक्षहरु पनि भए चयन

    काठमाडौं : नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटीको टुंगो लगाएको छ। ४५ सदस्यीय स्थायी कमिटीमा १९ पदाधिकारीसहित बाँकी २६ सदस्यलाई केन्द्रीय कमिटीको बैठकले मनोनयन गरेको हो। यसरी स्थायी कमिटीमा उपाध्यक्षमा पराजित घनश्याम भुसाल, सचिवमा पराजित भीम आचार्य देखि पदाधिकारीमा नपरेर केन्द्रीय सदस्यमा मनोनयन नगरिएका लालबाबु पण्डितसमेत परेका छन्। पण्डितलाई केन्द्रीय सदस्यमा मनोनित गरी स्थायी कमिटीमा तानिएको हो। स्थायी कमिटीमा भानुभक्त ढकाल…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशन प्रतिनिधिहरुलाई स्वागत गर्दै देउवाले फेरि भने : तीनै प्रदेशमा सरकार बनाउनुछ, मलाई जिताउनुस‍्

    महाधिवेशन प्रतिनिधिहरुलाई स्वागत गर्दै देउवाले फेरि भने : तीनै प्रदेशमा सरकार बनाउनुछ, मलाई जिताउनुस‍्

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसकै नेतृत्वको सरकार बनाउन आफूलाई मत दिन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन्। पर्यटन बोर्डको सभाहलमा नेपाल महिला संघले आयोजना गरेको महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ' कांग्रेसको सरकार केन्द्रमा मात्रै होइन, प्रदेशमा र स्थानीयमा बनाउनुछ। मेरो लक्ष्य यही हो। सबैले मत दिनुहोला। सरकार बनाउनुपर्छ अब। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • इच्छाराज तामाङको ठगी प्रकरणः ९ जनाको अदालतमा बयान सकियो,तीन जनाको बाँकी

    इच्छाराज तामाङको ठगी प्रकरणः ९ जनाको अदालतमा बयान सकियो,तीन जनाको बाँकी

    काठमाडौं: बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा अहिले अदालतमा बयान चलिरहेको छ। एक सातादेखि अदालतमा प्रतिवादीको बयान भइरहेकोमा पूर्व अध्यक्ष तामाङको बयान लिइसकिएको छ। मिसिल अध्ययनपछि अदालतमा बयान लिने काम भइरहेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। 'अहिले पनि प्रतिवादीको बयान लिने काम भइहरेको छ। अब तीन…

    विस्तृतमा पढ्नुस्

  • एमाले पोलिटव्यूरोमा गोकुल बास्कोटादेखि महेश बस्नेतसम्म, दुर्गा प्रसाईँसहित ४३ जना केन्द्रीय सदस्यमा मनोनित

    एमाले पोलिटव्यूरोमा गोकुल बास्कोटादेखि महेश बस्नेतसम्म, दुर्गा प्रसाईँसहित ४३ जना केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौं : नेकपा एमालेले ९९ सदस्यीय पोलिटव्यूरोको टुंगो लगाएको छ। ९९ सदस्यीय पोलिटव्यूरोमा १९ पदाधिकारी रहने र ८० जना केन्द्रीय सदस्यबाट चयन गर्ने गरी ९९ सदस्यीय पोलिटव्यूरोको नाम केन्द्रीय कमिटीको बैठकले टुंगो लगाएको हो। आइतवार बसेको केन्द्रीय कमिटीको बैठकले ८० जना पोलिटव्यूरो सदस्य चयन गरेको हो। पोलिटव्यूरो सदस्यमा उपाध्यक्षमा पराजित घनश्याम भुसालसहित सचिवमा पराजित भीम आचार्यसम्म समेटिएका छन्। यसअघि उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • अर्थसमितिमा अर्थमन्त्री : अवैध सुन रोक्न विमानस्थलमा ‘टास्क फोर्स’, सरकारको पुँजीगत खर्च नहुँदा तरलता अभाव

    अर्थसमितिमा अर्थमन्त्री : अवैध सुन रोक्न विमानस्थलमा ‘टास्क फोर्स’, सरकारको पुँजीगत खर्च नहुँदा तरलता अभाव

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले विदेशबाट अवैधरुपमा भित्रिने सुन नियन्त्रणको लागि अर्थमन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा खटाएको जानकारी दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीका घटना बढ्दै गर्दा उनले 'टास्क फोर्स' को व्यवास्था गरिएको बारे बोलेका हुन्। प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा उनले विमानस्थलबाट नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएकाले यसबाट राजश्वमा टेवा पुर्‍याउने समेत बताए। विमानस्थलमा…

    विस्तृतमा पढ्नुस्

  • अवैध रुपमा भित्रिएको सुनसहित विमानस्थलबाट तीन जना समातिए

    अवैध रुपमा भित्रिएको सुनसहित विमानस्थलबाट तीन जना समातिए

    काठमाडौं : अवैध हिसाबले भित्रिएको सुन सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार दिनमा तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। मंसिर २३ गते नेपाल एयरलाइन्सको उडान नम्बर आर ए २३० नम्बरबाट दुवई हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा दुई ३१ वर्षीय र ३५ वर्षीय रहेका छन्। उनीहरुको मलद्वारमा लुकाएर सुन दुवईबाट ल्याएको खुलेको छ। विमानस्थलको पार्कीङ…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपमा गगन र प्रदीप आमनेसामने : प्रतिनिधिसँग भेट्दै, मत माग्दै

    भृकुटीमण्डपमा गगन र प्रदीप आमनेसामने : प्रतिनिधिसँग भेट्दै, मत माग्दै

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व छनोटका लागि भोलि मतदान हुँदैछ। पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरु अहिले भृकुटीमण्डप केन्द्रित भएका छन्। भृकुटीमण्डपमा रहेका महाधिवेशन प्रतिनिधिहरुसँग उम्मेदवारहरुले बिहानैदेखि भेटेर मत मागिरहेका छन्। महामन्त्री पदका लागि हेभिवेट युवा अनुहार अहिले प्रतिस्पर्धामा छन्। प्रधानमन्त्री शेरबहादुर देउवाबाट महामन्त्रीका लागि उम्मेदवार बनेका प्रदीप पौडेल र शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएका गगन…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपमा मिनेन्द्र र विश्वप्रकाश : मत माग्दै, आशिर्वाद लिँदै

    भृकुटीमण्डपमा मिनेन्द्र र विश्वप्रकाश : मत माग्दै, आशिर्वाद लिँदै

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व छनोटका लागि भोलि मतदान हुँदैछ। पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरु अहिले भृकुटीमण्डप केन्द्रित भएका छन्। भृकुटीमण्डपमा रहेका महाधिवेशन प्रतिनिधिहरुसँग उम्मेदवारहरुले बिहानैदेखि भेटेर मत मागिरहेका छन्। सभापतिका प्रत्यासी शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका मिनेन्द्र रिजाल र प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्मा पनि भृकुटीमण्डपमा पुगेर मत मागिरहेका छन्। प्रतिनिधिहरुसँग भलाकुसारी…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशन प्रतिनिधिलाई देउवाको आग्रह : सभापतिमा हारे भने प्रधानमन्त्रीमा बस्न मिल्दैन

    महाधिवेशन प्रतिनिधिलाई देउवाको आग्रह : सभापतिमा हारे भने प्रधानमन्त्रीमा बस्न मिल्दैन

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार टिकाउनका लागि पनि पार्टीको सभापतिमा आफूलाई निर्वाचित गराउन प्रतिनिधिहरुसँग आग्रह गरेका छन्। उनले १४ औं महाधिवेशनमा आफू निर्वाचित भएमात्र अहिलेको सरकार टिक्ने आफू पराजित भए फेरि केपी ओली सत्तामा आउने बताएका हुन्। आइतवार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • देउवाको दबाबपछि सह महामन्त्रीमा बागी उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले लिए मनोनयन फिर्ता

    देउवाको दबाबपछि सह महामन्त्रीमा बागी उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले लिए मनोनयन फिर्ता

    काठमाडौं : १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको सह महामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले मनोनयन फिर्ता लिएका छन्। प्रधानमन्त्री एवम् पार्टी सभापतिको प्यानलमा नपरेपछि चौधरीले बागी उम्मेदवारी दिएका थिए। देउवाको प्यानलबाट सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाति तर्फको सह महामन्त्रीमा भीष्मराज आङ्दाम्बे पाँचथर, दलिततर्फको सह महामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सह महामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर…

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरणमा कसैले नजित्ने विमलेन्द्र निधिको दावी, दोस्रो चरणमा शेखर कोइराला र प्रकाशमानसँग एक रहने उद्घोष

    पहिलो चरणमा कसैले नजित्ने विमलेन्द्र निधिको दावी, दोस्रो चरणमा शेखर कोइराला र प्रकाशमानसँग एक रहने उद्घोष

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले भोलि हुने पार्टीको चुनाव कसैले पनि जित्न नसक्ने दाबी गरेका छन्। कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतवार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले जित्ने दावी गरे। दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए। …

    विस्तृतमा पढ्नुस्

  • शेखर कोइरालालाई समर्थन जनाउँदै युवराज न्यौपानेले लिए उम्मेदवारी फिर्ता

    शेखर कोइरालालाई समर्थन जनाउँदै युवराज न्यौपानेले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए। आज उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिने समय तोकिएको थियो। निर्वाचन समितिका अनुसार शनिवार उम्मेदवारी दिएका ५६ जनाले मनोनयनपत्र फिर्ता लिएका छन्। यसरी मनोनयन फिर्ता लिनेमा दुई जना पदाधिकारी र ५४ जना खुल्लातर्फका केन्द्रीय सदस्य छन्। पदाधिकरीतर्फ युवराज न्यौपानेले सभापति पदका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell