काठमाडौं : नेपाली कांग्रेसका सभापति पदमा उम्मेदवारी दिन प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवा सभागृह पुगेका छन्। संस्थापन पक्षको प्यानल सहित सभापति पदमा उम्मेदवारी दिन देउवा तोकिएको समय सकिन ३० मिनेट बाँकी रहँदा सभागृह पुगेका हुन्। पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउन समय लागेपछि उनी सबैभन्दा ढिलो गरी उम्मेदवारी दिन पुगका हुन्। दोस्रो कार्यकालको नेतृत्वका लागि सभापति पदमा उम्मेदवारी दिन…
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण १४ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका उनले महामन्त्रीको दाबी गर्दै आएका थिए। खाणको सचिवालयले सभागृह पुगेका गृहमन्त्रीले कुनै पनि पदमा उम्मेदवारी नदिएको जनाएको छ। देउवाको प्यानलबाट प्रदीप पौडेल र डा प्रकाशशरण महत महामन्त्री पदमा उम्मेदवार भएका छन्।
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षले ८ सहमहामन्त्री र खस आर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ। सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका लागि मनोनयन गर्न पार्टी प्रवक्ता विश्वप्रकाश सभागृह पुगेका छन्। उनले सभापतिका प्रत्यासी प्रकाशमान सिंहको प्यानलबाट मनोनयन दर्ता गरेका हुन्। यता, शेखर कोइराला प्यानलबाट महामन्त्रीमा नेता गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका छन्। सभापति देउवा प्यानलबाट भने उम्मेदवारको टुंगो लाग्न बांकी छ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले देशभरका प्रदेशको सम्मेलन एकैपटक सुरु गरेको छ। वाग्मती प्रदेशबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात भौगोलिक तथा तीन गैर भौगोलिक प्रदेश गरी १० प्रदेशमध्ये ९ वटा प्रदेशमा सम्मेलन एकैपटक उद्घाटन गरेका हुन्। प्रवास प्रदेशको सम्मेलन बाहेक सबै प्रदेशको सम्मेलन सुरु भएको हो जसमा सात प्रदेशसहित उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशको सम्मेलन प्रचण्डले उद्घाटन गरेका हुन्। प्रदेश…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। कांग्रेस सभापति पदका लागि सबैभन्दा पहिलेदेखि तयारी गरेका निधि यसअघि पार्टी सभापति शेरबहादुर निकट नेता हुन्। यसपाला उनले देउवाविरुद्ध चुनावी अभियान अगाडि बढाएका थिए। सभापति पदमा नै उम्मेद्वारी दिन नेता प्रकासमान सिंह र शेखर कोइराला समेत सभागृह पुगेका हुन्। शेखर कोइराला प्यानल सहित दर्ता…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्। महिनौं अघि नै सभापति पदमा नै उम्मेद्वारी दिने घोषणा गरेका उनी सभागृह पुगेका हुन्। सभापतिका लागि प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङले मनोनयन दर्ता गराइसकेका छन्।
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिमा मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय सभागृह पुगेर उनले आफ्नो प्यानलको उम्मेदवारसहित पुगेर मनोनयन दर्ता गराएका हुन्। शेखरसँगै उनको प्यानलबाट महामन्त्रीका उम्मेदवार गगन थापा र रक्षा मन्त्री मिनेन्द्र रिजाल पनि सभागृह पुगेका छन्। रामचन्द्र पौडेल सभापतिको प्रतिस्पर्धाबाट हटेपछि उनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्। उनको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र…
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवारी दिएका छन्। राष्ट्रिय सभागृह परिसरमा पोखरेलले केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरुसँग मत मागिरहेका छन्। 'कांग्रेसको पहिलो मुख्यमन्त्री' भन्दै पोखरेलले केन्द्रीय सदस्यमा मत मागिरहेका छन्।
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंह मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। उनीसँगै सुजाता कोइराला पनि देखिएकी छिन्। उनी उपसभापतिको उम्मेदवार हुने तयारी छ। सिंहको प्यानलमा अरु उम्मेदवारहरु को हो हुन् सार्वजनिक भइसकेको छैन। यसअघि शेखर कोइरालाले प्यानल घोषणा गरेका छन्। महामन्त्री शशांक कोइराला अहिलेसम्म कतै खुलेका छैनन् तर संस्थापनइतर समूहमा उनको सक्रियता छ। …
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने भएका छन्। रामचन्द्र पौडेल सभापतिको प्रतिस्पर्धाबाट हटेपछि उनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्। उनको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहेका छन्। यस्तै, महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्। सह महामन्त्रीमा विकास लामा, कमला पन्त, देवराज चालिसे, शेख वकिल, बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी दिने…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको थिएन।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनको प्रतिस्पर्धाबाट आफूलाई अलग्याउने निर्णय गरेका छन्। उनले आज प्रेस विज्ञप्ति जारी गर्दै जारी महाधिवेशनको निर्वाचनको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका हुन्। 'प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धा को मैदान छोड्नपर्ने अवस्थामा म पुगेँ,' पौडेलले प्रेस विज्ञप्तिमा भनेका छन्। महाधिवेशनमा सभापति पदका…
काठमाडौंः भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रवार राति भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रातोपाटी नजिक सुर्यबिनायकबाट गुण्डुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०३३ प ७१७३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डु बस्ने ३२ वर्षीय रवीन्द्र थापाको मृत्यु भएको हो। मोटरसाइकल चालक ३७ वर्षीय सुरेन्द्र बस्नेत घाइते भएका छन्।…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसार गरिरहेका छन्। मनोनयन दर्ता स्थल राष्ट्रिय सभागृहमा उम्मेदवारी घोषणा गरेका नेताहरुले प्रतिनिधिहरुलाई पर्चादेखि झोलासम्म वितरण गरिरहेका छन्। यसैबिच, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उमेशजँग रायमाझीले रुद्राक्षको माला बाँडेर प्रचारप्रसार गरिरहेका छन्। रायमाझी भोजपुरका बासिन्दा हुन्। भोजपुर रुद्राक्षका…
काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि कल्याण गुरुङले मनोनयन दर्ता गराएका छन्। बिहान १०:४५ मा उनले राष्ट्रिय सभागृहमा बनाइएको निर्वाचन कार्यालय पुगेर मनोनयन देर्ता गराएका हुन्। सभापतिमा फेरि शेरबहादुर देउवा उठ्ने निश्चित भइसक्दा र हेभिवेट नेताहरु सभापतिका लागि प्रतिस्पर्धामा रहँदा गुरुङले आफू पछि नहटने बताउँदै आएका थिए। सम्बन्धित समाचार : कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी, यस्ता छन् उनका प्रतिवद्धता…
काठमाडौं : नेपाल कांग्रेसमा अहिले १४ औं महाधिवेशनको रौनक छाएको छ। १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। तर आकांक्षी नेताहरुको व्यवस्थापन गर्न नसक्दा संस्थापन र संस्थापन इतर समूहले मनोनयन दर्ता गराउन सकेका छैनन्। सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसकेको छ। संस्थापन इतर समूह साझा उम्मेदार छनोट गर्न नसकेको अवस्थामा देउवा भने चुनाव प्रचारप्रसारमा जुटेका…
काठमाडौं : दलहरु अहिले अधिवेशनको चटारोमा छन्। एमाले पछि अहिले नेपाली कांग्रेसको महाधिवेशन र माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ। कांग्रेसको हिजो देखि सुरु भएको महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। माओवादी केन्द्रको पुस ११ गते देखि महाधिवेशन सुरु हुनेछ। आज भने माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ। सिंहदरवार अगाडी कांग्रेसका नेता तथा सभापति पदका आकांक्षी प्रकाशमानसिंह र…
काठमाडौं: दलहरु अहिले अधिवेशनको चटारोमा छन्। एमाले पछि अहिले कांग्रेस र माओवादी केन्द्रको अधिवेशन चलिरहेको छ। कांग्रेसको हिजो देखि सुरु भएको महादिवेशन जारी छ। माओवादी केन्द्रको पुस ११ गते देखि महाधिवेशन सुरु हुने छ। आज भने माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ। सिंहदरवार अगाडी कांग्रेसका नेता तथा सभापति पदका आकांक्षी प्रकाशमानसिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यक्रम एउटै…
काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। तर आकांक्षी नेताहरुको व्यवस्थापन गर्न नसक्दा संस्थापन र संस्थापन इतर समूहले मनोनयन दर्ता गराउन सकेका छैनन्। सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसक्दा संस्थापन इतरले सभापतिको सम्मेदवार छनोट गर्न सकेको छैन। यता, विमलेन्द्र निधिले भने महिनौं अघिदेखि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै प्रचारप्रसार गरिरहेका छन्।…