PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

  • राजाले पार्टी खोले वा व्यापार गरेर बसे हुन्छ : माधवकुमार नेपाल

    राजाले पार्टी खोले वा व्यापार गरेर बसे हुन्छ : माधवकुमार नेपाल

    काठमाडौं : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्किने सम्भावना नहरेको बताएका छन्। नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशनमा अध्यक्ष नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको अवस्था देखेको भन्दै अब राजतन्त्र फर्किनेमा कुनै सम्भावना नरहेको बताए। त्यस्तै, अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर बस्न सुझाव समेत दिएका छन्। यदि पार्टी नखोल्ने हो भने कुनै व्यापार गरेर बस्न आग्रह गरेका…

    विस्तृतमा पढ्नुस्

  • सरकारसँग भएको सहमति कार्यान्वयन नभए सडकमा उत्रिनेछौं : महन्थ ठाकुर

    सरकारसँग भएको सहमति कार्यान्वयन नभए सडकमा उत्रिनेछौं : महन्थ ठाकुर

    काठमाडौं : लोकतन्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सहमति कार्यान्वयन नभएर फेरि आन्दोलनमा उत्रने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानमा अझै आफूहरुको असन्तुष्टि रहेको भन्दै सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरेका हुन्। नागरिकता र जेलमा रहेका आफ्ना पार्टीका नेताहरुको रिहाई हुनुपर्ने उनले बताए। भने,' सरकारसँग भएको सहमति पूरा भएको छैन। रेशम चौधरी जेलमा…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको सैनामैनामा श्रीमतीको हत्या गरी श्रीमान फरार, केही घण्टामै समात्यो प्रहरीले

    रुपन्देहीको सैनामैनामा श्रीमतीको हत्या गरी श्रीमान फरार, केही घण्टामै समात्यो प्रहरीले

    बुटवलः रुपन्देहीको सैनामैना नगरपालिकामा एक पुरुषले श्रीमतीको हत्या गरेका गरेका छन्। सैनामैना नगरपालिका ८ का सन्तबहादुर घर्तीले ३६ वर्षीया श्रीमती खुमालाई शुक्रवार धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए। शुक्रवार बिहान बुटवल–११ स्थित दिदीको घरमा आएकी खुमालाई सन्तबहादुरले सोही स्थानमै खुकुरी प्रहार गरेका हुन्। खुमालाई घाँटीमा खुकुरी प्रहार गरी गम्भीर घाइते…

    विस्तृतमा पढ्नुस्

  • राजतन्त्र फर्काउँ भन्दै राजेन्द्र लिङ्देनले भने : गाउँमा जाँदा जनताले नेता होइन, कुन चाहिँ चोर आएछ भन्छन्

    राजतन्त्र फर्काउँ भन्दै राजेन्द्र लिङ्देनले भने : गाउँमा जाँदा जनताले नेता होइन, कुन चाहिँ चोर आएछ भन्छन्

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई चोर भन्न थालेको बताएका छन्।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले भने, 'सरकार सरकार जस्तो छैन। संसद संसद जस्तो छैन। अदालत अदालत जस्तो छैन। यो अवस्थालाई ठिक लगाउने कसले? राजनीतिले राजनीति ठिक छैन। राजनीतिलाई कसले ठिक लगाउने नेताले। तर अहिले नेता प्रति जनताको विश्वास गुमेको छ।'  उनले…

    विस्तृतमा पढ्नुस्

  • निधिको प्यानलबाट डाक्टर राजाराम कार्की र दिव्येश्वरी शाहले उम्मेदवारी दिँदै

    निधिको प्यानलबाट डाक्टर राजाराम कार्की र दिव्येश्वरी शाहले उम्मेदवारी दिँदै

    काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको उम्मेदवारीलाई समर्थन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूर पश्चिम प्रदेशसभा सदस्य दिव्येश्वरी शाहले पदाधिकारी पदमा उम्मेदवारी दिने भएका छन्। निधिको प्यालनबाट उम्मेदवारी दिने भए पनि कुन पदमा भन्नेबारे छिट्टै निर्णय गर्ने बताइएको छ। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूर्व महामन्त्री पनि हुन्।…

    विस्तृतमा पढ्नुस्

  • नाराजस्तै राष्ट्रियताप्रति ध्यान दिन कांग्रेसलाई माले महासचिव मैनालीको सुझाव

    नाराजस्तै राष्ट्रियताप्रति ध्यान दिन कांग्रेसलाई माले महासचिव मैनालीको सुझाव

    काठमाडौं : नेकपा (माले)का महासचिव सीपी मैनालीले कांग्रेसलाई 'आफ्ना नारा'अनुसार अगाडि बढ्न सुझाव दिएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो सुझाब दिएका हुन्।  नेपालमा हरेक परिवर्तन र प्रजातान्त्रिक आन्दोलन पछि भएका व्यवस्था परिवर्तनसँगै बाह्य हस्तक्षेप भएको भन्दै उनले भने, 'कांग्रेसले नारामा लोकतन्त्र, राष्ट्रियताको नारा लेखेको छ। हाम्रो राष्ट्रियता र असंलग्नताप्रति उस(कांग्रेस)को ध्यान जाओस्।'  उनले नेपाल…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्ड्स क्लबमाथि सहज जित निकाल्दै मनाङ शीर्षस्थानमा

    फ्रेन्ड्स क्लबमाथि सहज जित निकाल्दै मनाङ शीर्षस्थानमा

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले फ्रेन्ड्स क्लबमाथि २-० को सहज जित निकालेको हो। प्रतिस्पर्धात्मक बनेको खेलको ४१ औं मिनेटमा कप्तान अन्जन बिस्टको क्रसमा ओलावाले अफिजले हेडिङमार्फत गोल गर्दै मनाङलाई खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको मनाङका…

    विस्तृतमा पढ्नुस्

  • ३ लाख २९ हजार बढीले एकैदिन लगाए खोप, थपिए २५९ संक्रमित

    ३ लाख २९ हजार बढीले एकैदिन लगाए खोप, थपिए २५९ संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना भाइरस परीक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको छ। ३३७ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९९७ पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। ११ हजार ५५२ जनाले हालसम्म संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउनेको संख्या पनि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनमा सबै दलका नेता देखेपछि भाजपा नेता हर्ष वर्धनले भने : यस्तो कतै देखेको थिइन

    कांग्रेस महाधिवेशनमा सबै दलका नेता देखेपछि भाजपा नेता हर्ष वर्धनले भने : यस्तो कतै देखेको थिइन

    काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन आएका भारतीय जनता पार्टीका प्रतिनिधि तथा पूर्व मन्त्री हर्ष वर्धन नेपालमा राजनीतिक दलबिचको संस्कारको खुलेर प्रशंसा गरेका छन्। 'म यस्ता धेरै राजनीतिक कार्यक्रमहरुमा सहभागी भएको छु तर देशका सबै पूर्व प्रधानमन्त्रीहरु एकै मञ्चमा यसरी कतै देखेको छैन,' उनले भने। उनले केही अघिमात्र नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन पाएको बताउँदै त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा…

    विस्तृतमा पढ्नुस्

  • डडेलधुराबाट आएर भृकुटीमण्डपमा देउडा गाउँदै, देउवालाई मत माग्दै

    डडेलधुराबाट आएर भृकुटीमण्डपमा देउडा गाउँदै, देउवालाई मत माग्दै

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ। भृकुटीमण्डपमा भइरहेको उद्घाटनसत्रमा कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता सहभागी छन्। भित्र कार्यक्रम भइरहँदा भृकुटीमण्डप बाहिर भने कार्यकर्ताहरु नेताहरुका लागि मत मागिरहेका छन्। केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकादेखि पदाधिकारीका आकांक्षीका समर्थकहरु प्रचारप्रसारमा जुटेका छन्। यसबिच प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका समर्थकहरु पनि उनका लागि मत माग्दैछन्। फेरि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनले जुराएको फरक संयोग : विभाजनपछि एउटै मञ्चमा ओली-प्रचण्ड-नेपाल

    कांग्रेस महाधिवेशनले जुराएको फरक संयोग : विभाजनपछि एउटै मञ्चमा ओली-प्रचण्ड-नेपाल

    काठमाडौं : नेपाली कांग्रेसको १० महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा जारी छ। उद्घाटन समारोहमा सहभागी हुन संघीय संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुका नेताहरु सहभागी भएका छन्।  महाधिवेशनको उद्घाटन समारोमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। ओली कांग्रेसको माहधिवेशनमा सहभागी हुँदैगर्दा पहिलो पटक आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपालसँग पार्टी विभाजनपछि पहिलो पटक मञ्च सेयर गर्दै छन्। गत भदौमा नेकपा एमालेलाई विभाजन गरी पूर्व…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपमा अटेनन् कार्यकर्ता, बाहिर नै डिस्प्ले बोर्ड राखेर महाधिवेशनको प्रसारण

    भृकुटीमण्डपमा अटेनन् कार्यकर्ता, बाहिर नै डिस्प्ले बोर्ड राखेर महाधिवेशनको प्रसारण

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा भइसकेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल छन्। हजारौं संख्यमा कार्यकर्ताहरु उद्घाटनस्थलमा पुगेका छन्। कार्यक्रम भइरहेको स्थानमा मानिस नअट्ने भएपछि भृकुटीमण्डप बाहिर दुईवटा ठूलो डिस्प्ले बोर्ड राखेर महाधिवेशनमा आउनेहरुलाई हेर्ने व्यवस्था मिलाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • बाटैमा डिस्प्ले, महाधिविश उद्घाटन हेर्नेको भीड

    बाटैमा डिस्प्ले, महाधिविश उद्घाटन हेर्नेको भीड

      काठमाडौः नेपाली कांग्रेको १४ महाधिवेशको उद्घाटन अबको केही  समयमा नै हुँदैछमहाधिवेश हुने स्थान काठमाडौंको प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डवमा अहिले कांग्रेस सभापति शेरबहादुर देखि अन्य दलका शिर्ष नेताहरु पुगिसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने पुगेका छैनन। भृकुटीमण्डको सम्पूर्ण ठाउँ नेता तथा कार्यकर्ताले भरिएको छ। त्यस्तै भृकुटीमण्ड अर्थात स्टेज अगाडीबाट उद्घाटन हेर्न नपाउनेको लागि पर्दशनी मार्ग अगाडीको बाटोमा ठूलो…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको १४ औं महाधिवेशन सुरु, उद्घाटनसत्र भृकुटीमण्डपमा जारी

    कांग्रेसको १४ औं महाधिवेशन सुरु, उद्घाटनसत्र भृकुटीमण्डपमा जारी

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन राजधानीमा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको महाधिवेशनको उद्‍घाटनसत्रमा विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका छन्। महाधिवेशनको उद्‌घाटन कांग्रेसका संस्थापक नेताहरुको तस्बिरमा माल्यार्पण गर्दै सुरु भएको हो। उद्घाटनसत्रको सभामा सबै राजनीतिक दलका प्रमुखहरुको उपस्थिति छ। 

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने

    महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा भइरहेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल पुगेका छन्। नेपाली कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि मंसिर २७ गते निर्वाचन हुँदैछ। तर, हालसम्म संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्। महाधिवेशन सुरु भइसक्दा पनि सहमति गर्न नसकेका नेताहहरु महाधिवेशनपछि फेरि छलफलमा…

    विस्तृतमा पढ्नुस्

  • बाटोवारी महाधिवेशन उद्‌घाटनको रौनक, बाटोपारी मतदानस्थलको तीब्र तयारी

    बाटोवारी महाधिवेशन उद्‌घाटनको रौनक, बाटोपारी मतदानस्थलको तीब्र तयारी

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा जारी छ। एकातिर उद्घाटनसत्र चलिरहँदा कांग्रेस केन्द्रीय नेतृत्वका आकांक्षीहरु चुनाव प्रचारप्रसारमा लागेका छन्।  आगामी नेतृत्वका लागि चुनावी कार्यक्रम भोलिदेखि सुरु हुँदैछ। कांग्रेसको आगामी नेतृत्वका लागि मतदान राष्ट्रिय सभागृहमा हुनेछ। मतदानका लागि राष्ट्रियसभा गृहमा तयारी चलिरहेको छ।  मतदानस्थलमा टेन्ट टाँगेर त्यसमा छेकवार गर्ने काममा मजदुरहरु खटिएका छन्। 

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनस्थल आउन राजी भए रामचन्द्र पौडेल

    महाधिवेशनस्थल आउन राजी भए रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशनको उद्घाटनसत्रमा आउने भएका छन्। भृकुटीमण्डपमा अहिले केहीबेरमा नै महाधिवेशन सुरु हुँदैछ। तर, असन्तुष्ट रहेका पौडेल महाधिवेशनमा नआउने हल्ला चलेपछि कांग्रेसी नेताहरु उनलाई फकाउन पौडेल निवास बोहोराटार पुगेका थिए। अन्तिम समयमा पदाधिकारी थप्ने भएपछि पौडेलले बिहीवारको केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेका थिए। बोहोराटार पुगेका महेश आचार्य, गगन थापा र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनमा देवेन्द्रराज कण्डेलको 'बोनसको यो जीवन' : किताव बाड्दै भोट माग्दै

    कांग्रेस महाधिवेशनमा देवेन्द्रराज कण्डेलको 'बोनसको यो जीवन' : किताव बाड्दै भोट माग्दै

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ। काठमाडौंको भृकुटी मण्डपमा महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदै गर्दा महाधिवेशनमा कांग्रेस नेतृत्वमा आकांक्षा राख्नेहरु चुनाव प्रचारमा पनि तल्लिन छन्। नेताहरु तथा तीनका समर्थकहरूले चुनाव प्रचारका विभिन्न अस्त्रहरु प्रयोग गरेका छन्।  यस्तैमा पूर्व राज्यमन्त्रीसमेत रहेका नवलपरासी पश्चिमका सांसद देवेन्द्रराज कण्डेलले आफ्नो संस्मरण 'बोनसको यो जीवन' पुस्तक महाधिवेशन प्रतिनिधिहरुलाई बाँड्दै मत मागिरहेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपमा नारा : १४ महाधिवेशन के भन्छ, गगन थापा ले भन्छ

    भृकुटीमण्डपमा नारा : १४ महाधिवेशन के भन्छ, गगन थापा ले भन्छ

    काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। कांग्रेसले शक्तिप्रदर्शन नगर्ने भनिएपनि विभिन्न समूह जुसुलसहित भृकुटीमण्डप पुगिरहेका छन्। यसबिच सयौंको संख्यामा गगन थापा समर्थक पनि महाधिवेशनस्थल पुगेका छन्। प्रचारप्रसार निषेधा गरिएको ठाउँमा उनीहरुले गगन थापाको समर्थनमा नारा लगाइरहेका छन्। गगन थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • आप्रवासी सवार ट्रक दुर्घटना हुँदा मेक्सिकोमा ५३ जनाको मृत्यु

    आप्रवासी सवार ट्रक दुर्घटना हुँदा मेक्सिकोमा ५३ जनाको मृत्यु

    मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ। दक्षिण मेक्सिकोको चिएपासमा १०० भन्दा बढी आप्रवासी सवार ट्रक दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्। घटनामा ५८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनामा पर्ने आप्रवासीहरु कुन देशको नागरिक हुन् भन्ने बारे केही खुलेको छैन। अधिकारीहरुले भने ट्रकमा अधिकांश होन्डुरस र ग्वाटेमालाका नागरिक रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell