काठमाडौं : रक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले १४ औं महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। नक्सालस्थित होटल आरान्यमा आयोजित कार्यक्रममा रिजालले महामन्त्रीमा उम्मेदवारी दिने बताएका हुन्। संस्थापनइतरबाट रिजाल र गगन थापाले महामन्त्रीको उम्मेदवारी दिएका छन्। संस्थापनइतरमा साझा उम्मेदवार छानिएको छैन। यसबारे रिजालले भने : हामी शिर खोजिरहेका छौ। त्यस्तै गगनले भने १४औँ महाधिवेशन नजिकिँदै सिटौला गुट…
काठमाडौं: आजबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेसन सुरु हुँदैछ। आज बिहानैबाट भृकुटीमण्डपमा तयारी थालिएको छ भने चहलपहल धेरै छ। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च व्यवस्थापन लगायतका काम सम्पन्न भएको कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीले जानकरी दिए। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा चौथो चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत आज दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने पहिलो खेलमा पोखरेली क्लब मनाङ मर्स्याङदी र कुपण्डोलको फ्रेन्ड्स क्लब आमनेसामने हुँदैछन्। जारी लिगमा दुई जित र १ बराबरी खेलेको मनाङ ७ अंक जोड्दै तालिकाको शीर्ष तीनमा रहेको छ। मनाङले आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो…
काठमाडौँः आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेद्वारको खोजीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतरको समूह अहिलेसम्म निर्णयविहीन छ। दिनहुँ छलफल भइरहे पनि सभापतिको साझा उम्मेद्वार संस्थापन इतर समूहले टुंग्याउन सकेको छैन। संस्थापनबाट सभापतिमा शेरबहादुर देउवाको उम्मेद्वार टुंगो लाग्दा इतर समूह निर्णयविहीन छ। संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। चार जनाको…
काठमाडौं : पछिल्लो २४ घण्टामा २११ जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। ९ हजार ४ सय ५१ जनाको परीक्षण गर्दा २ सय ११ जनामा संक्रमण देखिएको हो। यस्तै, ३ सय २९ जना संक्रमणमुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १ सय ५ पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ५ सय ४९…
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको संघारमा आइपुग्दा पनि सभापतिबारे अन्यौलता भएको बताएका छन्। महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै थापाले प्रज्ञा प्रतिष्ठानमा भने, 'मेरो सभापति को हुन्छ, अहिलेसम्म मलाई पनि थाहा छैन।' उनले बोल्नसक्ने र बुझिनसक्ने कांग्रेस चाहिएको पनि बताए। पार्टीको विषयमा अरुले बोल्दिनुपर्ने भन्दै उनले कांग्रेसकै नेताहरु बोल्न सक्ने र बुझाउन सक्ने नेेतृत्व चाहिएको तर्क गरे। धेरै लामो समयसम्म…
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा कसरी अगाडि बढने भन्नेबारेमा केही सार्वजनिक गरेका छैनन्। महाधिवेशन सुरु हुन एकदिन बांकी रहँदासम्म पनि उनले आफ्नो कित्ता क्लियर गरेका छैनन्। यसअघिको महाधिवेशनमा सभापतिको उम्मेद्वार बनेका सिटौलाले १४ औं महाधिवेशनमा उम्मेद्वार बन्ने वा कांग्रेस भित्रको कुनै एक समूहलाई सघाउने भन्नेबारेमा केही बताएका छैनन्। आज गौशालामा आफू निकट नेताहरुसँग सिटौलाले आफू उभिएको…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी ९० प्रतिशत सम्पन्न भएको छ। भोलिबाट सुरु हुने महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च व्यवस्थापन लगायतका काम सम्पन्न भएको कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीले जानकरी दिए। ८० फिट लम्बाइ र ४० फिट चौडाइको मञ्च सजाउने लगायतका केही काम बाहेक सबै सकिएको उनले बताए। भृकुटीमण्डपमा बनाइएको मञ्चमा करिब ४०० मानिस अटने बनेको र ३ स्टेपमा नेता तथा पाहुनाहरुलाई…
काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन्। प्रज्ञा प्रतिष्ठानमा अवधारणा पत्र सार्वजनिक गर्दै थापाले उम्मेद्वारी घोषणा गरेका हुन्। उनले भोलिबाट सुरु हुने महाधिवेशनमा महामन्त्रीमा जित्ने नजित्ने थाहा नभएको भन्दै अब १०-१५ वर्ष मात्रै अब सक्रिय राजनीतिमा लाग्ने उद्घोष गरे। 'म महामन्त्री हुन्छु हुदैन् मलाई थाहा छैन्। म १०-१५ बर्ष क्रियाशील भएर काम गर्छु। काम गरेर विश्राम…
काठमाडौं : पुसमा पार्टीको केन्द्रीय सम्मेलनको तयारीमा रहेको नेकपा (माओवादी केन्द्र)ले ३५ विभागमा प्रमख तथा सदस्यहरुको मनोनयन गरेको छ। पार्टीको बिहीवार बसेको स्थायी कमिटीको बैठकले महिला विभाग थप गर्दै त्यसको प्रमुखमा पम्फा भुसाललाई जिम्मेवारी दियो। माओवादीले गठन गरेका विभागहरुमा पूर्व माओवादी लडाकुहरुलाई स्थान दिँदै माओवादीले उनीहरुलाई पार्टीभित्रै रोक्ने रणनीति बनाएको छ। पूर्व माओवादी लडाकुलाई आफूतिर तान्ने नेकपा एमाले अध्यक्ष केपी…
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा सभापतिको दाबी नछाड्ने भएका छन्। कांग्रेसको १४ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ। महाधिवेशन संघारमा आइपुग्दा समेत संस्थापन इतर समूहले साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्। साझा उम्मेदवार छनोट गर्न बसेको संस्थापन इतर समूहमा सहमति जुट्न सकेको छैन। यसबिच शेखरले सभापतिमा आफ्नो दाबी कायमै रहेको बताएका हुन्। शेखरका सहयोगी दिनेशचन्द्र थपलियाले…
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन सुरु हुनु एकदिन अघि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिटीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित रहे। महाधिवेशनको संघारमा कांग्रेसको विधान संशोधन गरेर पदाधिकारी थप्ने प्रस्ताव आउन लागेको थाहा पाएपछि पौडेल असन्तुष्ट बनेका थिए। नेतृत्व चयनको दौडधुप चलिरहेका बेला पौडेलको अनुपस्थितिलाई कांग्रेस भित्र अर्थपूर्ण रुपमा हेरिएको छ। पौडेल अनुपस्थिति भएपछि दुई जना सहमहामन्त्री थप्ने प्रयास असफल बन्यो। विश्वप्रकाशको जवाफ यस्तो…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी छ। पार्टीले जिल्ला जिल्लाबाट आउने प्रतिनिधिलाई महाधिवेशन प्रयोजनको झोला र कुपन सहितका सामाग्री दिइरहेको छ। जसका लागि प्रतिनिधिहरुले ३ हजार रुपैयाँ तिर्न पर्ने हुन्छ। कांग्रेसले प्रतिनिधिलाई नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै पनि शाखामा३ हजार रुपैयाँ पार्टी अर्थ समितिको खातामा रकम जम्मा गरेर झोला लिन…
पोखरा : लमजुङमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं २ स्थित गणेश माध्यमिक विद्यालयबाट भ्रमणका लागि वडा ९ भुस्मे डाँडा जान लागेको ग.१ज ६३१७ को जिप गोया खोल्सामा दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा शिक्षक कमल थापा, ७ कक्षामा अध्ययनरत प्रमिशा गुरुङ र गणेश भण्डारी…
काठमाडौं : पार्टी सभापतिका हैसियतमा शेरबहादुर देउवाले कार्यकालको अन्तिम बैठक सम्पन्न गरेका छन्। भोलिदेखि महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले चार प्रतिवेदन पास गरेको हो। महाधिवेशनमा प्रस्तुत गरिने महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पास भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। त्यसैगरी पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पास भएको छ। त्यस्तै अनमोदनसम्बन्धित प्रस्ताव पनि पास भएको छ।…
काठमाडौं : पुसमा पार्टीको केन्द्रीय सम्मेलनको तयारीमा रहेको नेकपा (माओवादी केन्द्र)ले ३४ विभागमा प्रमख तथा सदस्यहरुको मनोनयन गरेको छ। विभागमा ३५ सदस्य हुने व्यवस्था भए पनि अधिकांश विभागहरुमा केही सदस्यहरु थप गर्न बाँकी छ। त्यस्तै, कतिपय विभागमा प्रमुख त कतिपयमा उपप्रमुख पनि राखिएका छैनन्। माओवादीले गठन गरेको स्कुल विभागको इञ्चार्जको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ। गिरिराजमणि पोखरेल प्रमुख…
काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रभावशाली कानुन व्यवसायीले सर्वोच्च अदालतको हुर्मत लिइरहेको आरोप लगाएका छन्। काठमाडौंको तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अदालतमा न्यायाधीशहरुले मुद्दा नहेरेर अनौठो व्यवहार देखाएको समेत बताए। 'प्रभावशाली मानिने कानुन व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन्,'उनले भने। ज्ञवालीले एमालेले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका सांसदहरुलाई कारवाही गरेको भए पनि सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना…
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो। भोलिबाट सुरु हुने महाधिवेशनको तयारी लगायतका विषय प्रमुख एजेन्डा रहेको बैठकमा विधान संशोधन हुने भन्दै रामचन्द्र पौडेलले बहिस्कार गरेका छन्। साथै सभापति पदका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि बैठकमा उपस्थित छैनन्। नेपाली कांग्रेसमा ८ सह महामन्त्री रहेकोमा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। रुघाखोकी र ज्वरो आएपछि ओलीले भेटघाटका कार्यक्रम स्थगित गरेर घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। उनको साटो पत्रकारसँगको भेटघाटमा पार्टी उप महासचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपस्थित भएका छन्। आज तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली जान नसकेका हुन्। धपेडीका कारण अस्वस्थ भएको हुनसक्ने उनको सचिवालयले जनाएको…