काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले आसन्न महाधिवेशन हुने स्थल राष्ट्रिय सभागृहको ५०० मिटर वरपर समेत प्रचारप्रसार प्रतिबन्ध लगाएको छ। निर्वाचन कमिटीले आचारसंहिता जारी गर्दैै तोकिएको क्षेत्रमा ब्यानर, तुल, पोस्टर, पम्प्लेट, माइकिङ लगायतका गतिविधिमा रोक लगाएको हो। निर्वाचन समितिले बुधबार आचारसंहिता सार्वजनिक गर्दै पार्टी कार्यालय सानेपा आसपासको ५०० मिटर क्षेत्रमा पनि सोही व्यवस्था लागू हुने जनाएको छ। मतदानस्थलभित्र मोबाइल फोन पनि…
काठमाडौँः सभापतिको सर्वसम्मत उम्मेद्वार चयनको कसरमा रहेका नेपाली कांग्रेसको संस्थापन इतरको समूह अहिले दिनहुँ बैठकमा छ। उम्मेद्वारमा सहमतिको भाका सार्दै आएको समूहभित्र सहमति भएको छैन। बुधबार पनि चार शीर्ष नेताको बैठक नेता प्रकाशमान सिंहको निवासमा बस्यो तर, समझदारी बनेन। सभापतिका आकाक्षीमध्ये डा. शशांक कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा सकारात्मक भए पनि डा. शेखर कोइराला र नेता सिंह आफ्नै अडानमा छन्।…
काठमाडौँः नेपाली कांग्रेसको संस्थापन इतरको समूहबाट आसन्न महाधिवेशनमा सभापतिको उम्मेद्वार छनोट हुन सकेको छैन। उम्मेद्वार छनोटको विषयमा दिनहुँ चार शीर्ष नेता छलफलमा बसे पनि निष्कर्ष निस्कन सकेको छैन। सभापतिको पदमा दौडमा रहेकामध्ये वर्तमान महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडले पक्षमा सहमतिका लागि भन्दै वाकओभर दिइसकेका छन्। अन्यको अडान यथावत छ। बुधबार नेता प्रकाशमान सिंह निवास चाक्साबारीमा भएको छलफल पनि…
काठमाडौँः नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि मंसिर २७ गते मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै २७ गते बिहान ८ बजे मतदान सुरु हुने जनाएको छ। मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुनेछ। सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था आएमा पनि सोही स्थानमा निर्वाचन हुनेछ। अन्य पदाधिकारीको मतगणना भने उम्मेद्वारका प्रतिनिधिको…
काठमाडौं : बिहीवारदेखि काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल २०२१ हुँदैछ। १९ औं संस्करणको यो फेस्टिवलमा वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याउँदै आएका सोनाम वाङ्चुकको मुख्य सम्बोधन रहनेछ। उनी भारतको लद्दाकबाट कार्यक्रममा सम्बोधनका लागि नेपाल आएका छन्। साथै ड्रिम माउन्टेनको विशेष स्क्रिनङ समेत हुने आयोजक हिमाल एसोसिएसनले जनाएको छ। ड्रिम माउन्टेन पर्वतारोही पासाङ ल्हामु शेर्पासँग सम्बन्धित छ जसमा हिमाल उनका लागि के…
काठमाडौं : पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार १३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। यस्तै, १२ हजार १७४ जनाको कोभिड १९ परीक्षण गर्दा २८० जनामा संक्रमण देखिएको छ। ३६६ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २३९ पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ५४५ जना संक्रमितको…
काठमाडौं : दोलखाको पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धनका लागि 'मिनि ग्रेटवाल' निर्माण सुरु भएको छ। दोलखाको शैलुङ गाउँपालिका–९ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ वेसक्याम्प मानिने कालापानीदेखि डाँडासम्म मिनि ग्रेटवाल निर्माण गर्न थालिएको हो। सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा शैलुङ डाँडासम्म करिब ५०० मिटर लामो मिनि ग्रेटवालको निर्माण गर्न लागिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद…
काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि साझा उम्मेदवार छनोट गर्न संस्थापन इतर समूहको भेला सुरु भएको छ। सभापतिका आकांक्षी प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक सुरु भएको हो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला लगायतका नेताको सहभागी छन्। मंगलवार चाक्सीबारीमा भएको बैठक निष्कर्षबिहीन भएको थियो। शंशाकले रामचन्द्र पौडेललाई अघि सार्दै सभापतिको दाबेदारी छोडिसकेका छन्।…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिस र शेर्पा १-१ को बराबरीमा रोकिएको हुन्। खेलको पहिलो मिनेट नबित्दै हिमालयन शेर्पाले कप्तान विश्वास श्रेष्ठको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा पुलिसले दबाब बनाएर पनि खेलमा फर्कन सकेन। दोस्रो हाफको सुरुमा हिमालयन…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्ता विश्वप्रकाश शर्मालाई सहमहामन्त्री पदका लागि लड्न आग्रह गरेका छन्। आज देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको संस्थापन समूहको बैठकमा देउवाले शर्मालाई यस्तो आग्रह गरेका हुन्। बैठकमा प्रवक्ता शर्माले भने महामन्त्रीका लागि दाबी गरेका थिए। उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, एनपी साउद र प्रकाशशरण महतले पनि महामन्त्रीका लागि दाबी गरेका थिए। ज्ञानेन्द्र बहादुर कार्की पनि महामन्त्रीका…
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। १४ औं महाधिवेशनबारे थप निर्णय गर्न बैठक बोलाइएको एक नेताले बताए। देउवाले बिहीवार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। आज बुढानीलकण्ठमा देउवा समूहको बैठक बसेको थियो। उक्त बैठकमा पदाधिकारी छनोटबारेमा छलफल भएको महतको भनाइ छ। सभापतिमा देउवा आफै उम्मेद्वार हुने पक्का छ। तर, महामन्त्री लगायतका पदमा…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि संस्थापन इतरले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन। आकांक्षी धेरै हुँदा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई टक्कर दिन साझा अनुहार तय गर्न उनीहरु लगातार छलफलमा छन्। तर, महाधिवेशनका लागि दुई दिन बांकी रहँदासम्म उनीहरुको छलफलबाट कुनै निकास निसकेको छैन। यता, सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता शेखर…
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १४ औं महाधिशेवशनमा आफ्नो समूहबाट पदाधिकार छान्न सकस परेको छ। देउवा निकट नेताहरुले एउटै पदमा आकांक्षा देखाउँदा देउवालाई नेताहरुलाई मिलाउन हम्मेहम्मे परेको हो। प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा बसिरहेको बैठकमा देउवा निकट तीन जनाले महामन्त्रीमा दाबी गरेको देउवा निकट एक नेताले बताए। महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, एनपी साउद र प्रकाशशरण महतले दाबी गरेका छन्। महामन्त्रीका अर्का दाबेदार ज्ञानेन्द्रबहादुर कार्की…
भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार सैन्य हेलिकप्टर तलिमनाडुमा दुर्घटना भएको छ। एमआइ सिरिज हेल्कप्टरमा रावलकी श्रीमती, उनको परिवारका केही सदस्य र सैन्य अधिकारी सहित १४ जना रहेको बताइएको छ। विमान बुधवार कन्नुर क्षेत्रमा दुर्घटना भएको हो। विमान दुर्घटनामा घाइतेहरुलाई अस्पताल लगिएको छ। जनरल रावतको अवस्था भने सार्वजनिक गरिएको छैन। रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन दुईदिन बाँकी रहँदा नेताहरुको दौडधुप बढेको छ। पदाधिकारीमा उम्मेद्वार को हुने? आफ्नो पक्षको रणनीति के हुने? लगायतका विषयमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेले पक्षका नेताहरुबिच छुट्टा छुट्टै छलफल भइरहेका छन्। देउवा फेरि सभापति पदका लागि लड्न निश्चित छ। उपसभापति विमलेन्द्र निधिले महिनौं अघि सभापतिका लागि दाबी…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको भेलाले सभापतिको उम्मेद्वारका लागि साँझसम्म सहमति गर्ने बताएका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कांग्रेसको पौडेल गुटको आज बिहानको बैठक निर्णयमा पुग्न सकेन। रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालाबिच सहमति जुटन नसकेपछि बैठक निष्कर्षविहीन भएको हो। बैठकले शेखर कोइराला र प्रकाशमान सिंहलाई मिल्न २ घन्टा समय दिने निर्णय गरेको नेताहरुले बताएका…
काठमाडौं: विश्वव्यापी रूपमा बढेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमोक्रनको संक्रमणको त्रासको असर पाँचतारे होटलको बुकिङमा पर्न थालेको छ। ठुला कार्यक्रमको आयोजना र केही पछिका बुकिङ गर्नेहरुले सतर्कतामा विचार गर्न थालेका छन्। केही होटलमा बुकिङ क्यान्सिल भएका छन्। एक साता अगाडिसम्म व्यवसायले गति लिँदै आएको ठूला होटलको व्यवसायमा ओमिक्रोनको प्रभाव कमै रहने आशा गरे पनि व्यवसायीहरु सतर्क छन्। स्वास्थ्य सुरक्षा मापदण्डमा…
काठमाडौंः भक्तपुरमा एक युवकको हत्या भएको छ। मङ्गलवार राति भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठको हत्या भएको हो। रातिको समयमा अज्ञात व्यक्तिहरूले सुर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै बालकोट बगलामुखी देखी हनुमन्ते खोला फलामे पुल तर्फ जाने बाटो मुनि श्रेष्ठ गम्भीर घाइते अवस्थामा फेला परेका थिए। महानगरीय प्रहरी प्रभाग बालकोटबाट प्रहरी नायव…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन्। सभापति शेरबहादुर देउवाले सभापतिमा फेरी दोहोरिने बताएपछि पौडेलले पनि आफ्नो पक्षमा माहोल बनाउन दौडधुपमा लागेका हुन्। पौडेलेले माहोल बनाउन कोसिस गरिरहेको भए पनि उनी पक्षीय नेतहरुको समूहले उनलाई सभापतिका लागि अघि बढाइ सकेको छैन्। शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरुले पनि सभापतिका लागि दाबी गरिरहेका छन्।…
काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेसनको उद्घाटन हुन दुई दिन बाँकी रहँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको तेस्रो धार भनिने कृष्णप्रसाद सिटौलालाई भेटेका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरुको वैठक सुरुहुने बित्तिकै बाहिरिएका पौडेलले सिटौलालाई भेटेका हुन्। बैठकबाट निस्कँदै गर्दा पौडेललेउनले संस्थापनइतरले जसलाई छान्यो उसैलाई मान्ने चारजनाबीच सहमति भएको बताएका थिए। सिटौला निकटमानिने नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव…