काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अहिले नेता कार्यकर्ताको भिड लागेको छ। भोलिबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशन अघि केन्द्रीय समितिको बैठकका लागि नेताहरु सानेपा पुगेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा पनि सानेपा पुगेका छन्। प्रधानमन्त्री बनेपछि देउवा दोस्रोपटक पार्टी कार्यालय पुगेका हुन्। पार्टीको बैठक कार्यालयमा नराखी बालुवाटार र बुढानीलकण्ठमा राखेको भन्दै उनको आलोचना हुँदै आएको छ। भोलिबाट सुरु हुने…
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेका छन्। बैठकमा शुक्रवारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने कार्यसूची, महाधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न ललितपुरको सानेपास्थित पार्टी कार्यालय पुगेका हुन् सभापति शेरबहादुर देउवा। पार्टी कार्यालय सानेपमा यतिखेर छुट्टै रौनक देखिएको छ। कार्यालय अगाडि भत्किएका सडक समेत मर्मत गरिएको छ। चुनावी प्रयोजनका लागि पार्टी कार्यालयमा…
काठमाडौंः कलंकीमा एक पुरुष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित कलंकी पुल नजिकै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। ६२ वर्षीय जित बहादुर घताने बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले पार्टी सभापतिमा फेरि शेरबहादुर देउवा नै दोहोरिने बताएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको सिलसिलामा केन्द्रीय कार्यालय सानेपा पुगेका खाणले राजनीतिक स्थिरता र एकताका लागि देउवाको नेतृत्व आवश्यक रहेको बताएका हुन्। 'राजनीतिक स्थिरता र नेपाली कांग्रेसको एकताका लागि सभापतिमा फेरि शेरबहादुर देउवा' उनले भने। गृहमन्त्री खाणले भोलि सुरु हुने महाधिशेवनमा आफू महामन्त्रीको दाबेदार…
अमेरिकाको मेने र न्यूयोर्कमा गभर्नरले राज्यमा स्वास्थ्य सेवा सहज बनाउनका लागि नेश्नल गार्ड तैनाथ गर्ने निर्णय गरेको छ। कोभिड १९ संक्रमणका कारण स्वास्थ्य सेवामा गम्भीर असर परेपछि नेश्नल गार्ड खटाइएको हो। न्यूयोर्क नेश्नल गार्डले आफूहरुले बुधवार १२० जना मेडिकल टेक्निसियनसहित गार्डहरु खटाएको जनाएको छ। स्वास्थ्य शिविरमा काम गर्ने मेडिकल स्टाफको संख्या कम भएपछि न्यूयोर्कका गभर्नर क्याथी होचुलले यस्तो निर्णय गरेको बताइन्।…
काठमाडौं: ट्राफिक प्रहरीले नियम उल्लंघन गरी कारवाहीमा परेका सवारी चालकहरुलाई ‘अन द स्पट’ जरिवाना तिर्न सक्ने सुविधा सुरु गरेको छ। सवारी चालकहरुले जरिवाना रकम कारवाहीमा परेलगत्तै स्थलबाटै तिरेर आफ्नो कागजात फिर्ता लिन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। अहिले काठमाडौं उपत्यकाबाट ट्राफिक कारवाहीमा परेर नियन्त्रणमा लिइएका कागजात निश्चित ट्राफिक कार्यालयमा लग्ने गरिएको छ। सवारीधनीले अनलाइन भुक्तानी वा ग्लोबल आइएमई…
काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भोलिबाट सुरु हुँदै छ। समय नजिकिदैं गर्दा महाधिवेशन स्थल श्रृगार्न थालिएको छ। भोलिदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा हुनेछ। उद्घाटन सत्रलाई भव्य बनाउन अहिले भृकुटीमण्डप क्षेत्रलाई सजाउन काम भइरहेको छ। साथै, मञ्च बनाउन समेत सुरु भइसकेको छ। अहिले भृकुटीमण्डपमा पार्टीको झन्डा र विभिन्न नेताहरूको प्रचारका ब्यानर, पोस्टर झुन्डिन थालिसकेका छन्। त्यस्तै महाधिवेशन…
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशनको उद्घाटन मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र सोही स्थानमा रहेको हलमा बन्द…
बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलबिच आज विवाह हुँदैछ। राजस्थानको जयपुरस्थित ७०० वर्ष पुरानो सिक्स संसेस बरवाडा फोर्टमा वैवाहिक कार्यक्रम आयोजना हुँदैछ। हाल होटल बनिसकेको फोर्ट भित्र पूजा भइरहेको र दिउँसो १२ बजे जन्तीको कार्यक्रम सुरु हुने बताइएको छ। भिन्टेज कारमा चढेर फोर्टमा विक्कीको प्रवेशथ हुने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। गुलाबको फूलहरुले जन्तीको स्वागत गरिनेछ। त्यसपछि…
बुटवल: नेपाली कांग्रेसको महाधिवेशन संघारमा आएसँगै लुम्बिनी प्रदेशबाट पदाधिकारी र केन्द्रीय समितिका आकांक्षीहरू धेरै देखिएका छन्। संस्थापन र संस्थापन इतर समूहबाट उपसभापतिसहित महामन्त्री, सहमहामन्त्री सहितका पदाधिकारीमा दाबी गर्दै उम्मेदवारी घोषणा गर्न थालेका छन्। लुम्बिनीबाट कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २ दर्जन भन्दाबढी नेताहरुले लबिङ थालेका छन्। वडा, क्षेत्रीय, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न भएलगत्तै नेताहरूले केन्द्रीय महाधिवेशनमा होमिएका हुन्।…
काठमाडौं: नेपाली काङग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेशनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन्। महाधिवेसन सुरु हुन केहि घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसकेको वरिष्ठ नेता रामचन्द्र पौडलललाई पक्षलाई सिंहको यो अभिब्यक्ति पछि थप संकट निम्तिने देखिन्छ। पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई विधि विधान…
काठमाडौं: कांग्रेसको १४ औं महाधिवेशनको निकटमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी चयनका लागि प्रतिस्पर्धा हुन सक्ने भन्दै त्यसबाट आउने नतिजालाई सामान्य रुपमा लिन आग्रह गरेका छन्। आज कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतको पुस्तक 'नेपाली कंग्रेस एण्ड नेशनल बिल्डिङ' को विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेसन पछि कांग्रेसलाई बहुमतको पार्टी बनाउन लाग्नुपर्ने प्रतिकृया दिए। 'पर्सीदेखि महाधिवेसन सुरु हुँदैछ।…
काठमाडौंः भोलिबाट ( शुक्रवार) नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु हुँदै छ। काठमाडौंको प्रर्दशनमार्गस्थित भृकुटीमण्डपमा महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको छ। कम्तीमा पनि तीन दिनसम्म चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाभित्रको सवारी प्रभावित हुने देखिएको छ। महाधिवेशनमा ५० हजार नेता तथा कार्यकर्ता सहभागी हुँदा कार्यक्रम स्थल वरपरको सवारी आगमनमा प्रभावित हुने देखिन्छ। तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सवारीको आगमनलाई प्रभावित हुन…
काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन निकट आइपुग्दा पार्टीका प्रभावशाली नेता शेखर कोइरालाले जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँग सुझाव लिएका छन्। संस्थापनइतरमा साझा उम्मेद्वार चयन गर्न सकस परिरहँदा आज बिहान बसुन्धरास्थित दियालो रेस्टुराँमा उनले राय लिएका हुन्। संस्थापन इतरको बैठक आज पनि बत्तीसपुतलीमा जारी छ। बैठकमा केन्द्रीय सदस्यहरु छन् मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायतका केन्द्रीय सदस्यहरुको पनि उपस्थिति छ। संस्थापन इतर समूहबाट…
अमेरिका पछि क्यानडा, अस्ट्रेलिया र बेलायतले पनि चीनमा अघिल्लो वर्ष हुने बेइजिङ ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय लिएका छन्। चीनमा मानवअधिकारको खराव अवस्थालाई कारण देखाउँदै यी देशहरुले पनि कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको दाबी गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेऔले खेलमा अफिसियल डेलिगेशन नपठाउने बताए। उनले यो निर्णय 'चीनका लागि सप्राइजका रुपमा नआएको' बताएका छन्। यद्यपि क्यानडाका खेलाडीले भने प्रतियोगितामा सहभागिता…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एच'को खेलमा इङ्ग्लिस क्लब चेल्सी रसियन क्लब जेनित सेन्ट पिटबर्गसँग बराबरीमा रोकिएको छ। क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोलीसँग ३-३ को बराबरीमा रोकिएको हो। खेलको दोस्रो मिनेटमै टिमो वेर्नरको गोलमा चेल्सीले अग्रता बनाए पनि ३८ औं मिनेटमा रोड्रिगुइज लियोनलले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै ४१ औं मिनेटमा घरेलु टोलीका सरदार अजमउनले गोल…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली बायर्नसँग ३-० गोलअन्तरले पराजित भएको हो। घरेलु टोलीका लागि खेलको ३४ औं मिनेटमा थोमस मुलरले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ४३ औं मिनेटमामा लेरोए सानेले गोल थप्दा पहिलो हाफमा बार्यन…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निर्वाचन दौरान भएको ‘निर्मल निवासको हस्तक्षेप’बारे छानबिन माग भएको छ। निवर्तमान अध्यक्ष कमल थापा निकटका सदस्यहरुले छानबिन माग गरेका हुन्। थापा स्वयमले पनि चुनावमा पराजय भोगेपछि निर्मल निवासले चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए। उनले हस्तक्षेपको प्रमाण नै आफूहरुसँग रहेको दाबी गरिरहेका छन्। केन्द्रीय समितिमा आठ सदस्यले छानबिनको माग गरेको…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज मछिन्द्र क्लबले जावलाखेल युथ क्लबमाथि जित निकालेसँगै तेस्रो चरणका खेलहरु सकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले जावलाखेल युथ क्लबमाथि २-० गोलअन्तरको जित निकालेको थियो। मछिन्द्र क्लबले १४ औं मिनेटमा जावलाखेलका डिफेन्डर सिमन्त थापाले आत्मघाती गोल गर्दा खेलमा अग्रता बनाएको थियो। त्यस्तै, खेलको २१ औं मिनेटमा डिफेन्डर रन्जित धिमालले…
काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौँ आउने क्रम जारी छ। केही बाहेक अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका छन्। मंसिर २४ गते महाधिवेशन उद्घाटन हुँदैछ। निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ। यता पार्टीले जिल्ला जिल्लाबाट आउने प्रतिनिधिलाई महाधिवेशन प्रयोजनको झोला र अन्य सामाग्री लिनका लागि अपिल गरेको छ। प्रतिनिधिले नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै पनि शाखामा तीन हजार रुपैयाँ पार्टी अर्थ समितिको…