पाल्पा: निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिप्पर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख…
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत् वार्ता भएको छ। सो वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामहरुका बारेमा कुराकानी भएको बताइएको छ। उनीरुका बीचमा मंगलबार भिडियो वार्ता भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। प्राप्त समाचारअनुसार उनीहरुबीच दुई देशका आपसी सम्बन्धका साथै युक्रेन र अरु विविध क्षेत्रीय समस्याका बारेमा पनि कुराकानी भएको बताइएको छ।…
काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन्। आज बिहान उनको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए। सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन्। आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ।…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुँदैछन्। पहिलो खेलमा संकटा क्लबसँग १-१ गोलको बराबरी र दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लबसँग १-० को पराजय ब्यहोरेको हिमालयन शेर्पा लिगमा पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ को बराबरी खेलेर…
काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा सीता गुरुङले उम्मेद्वारी घोषणा गरेकी छिन्। १४ औं महाधिवेशनमा जनजातितर्फ गुरुङले उम्मेद्वारी दिने घोषणा गरेकी हुन्। पूर्व राज्यमन्त्रीसमेत रहेकी गुरुङ देउवा निकट नेतृ हुन्। हाल उनी केन्द्रीय आदिवासी जनजाती विभागकी प्रमुख छन्। कांग्रेसले यसपटक खस आर्य, महिला, मधेशी, आदिबासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था छ। ‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ, मैले लामो…
जनकपुर: प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरेर मिथिलञ्चलमा मनाइँदैछ। त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि जित निकालेको छ। सन सिरोमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। फिकायो टोमरीको गोलमा २८ औं मिनेटमा मिलानले खेलमा अग्रता बनाएको थियो। तर ३६ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। त्यस्तै दोस्रो हाफमा लिभरपुलले निर्णायक…
काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा उम्मेद्वारी छनोटका लागि पार्टी भित्र सकस छ। संस्थापन र संस्थापन इतर दुबै तर्फ एउटै पदका लागि धेरै जना आकांक्षी हुँदा उम्मद्वार चयन गर्नका लागि सकस परेको हो। आज ९ बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक छान्ने बैठक देउवा गुटको बैठक बस्दैछ। त्यस्तै आजै ९ बजे अनुपम फूडल्यान्डमा पौडेल गुटको भेला छ। पौडेल गुटले सभापतिको साझा उम्मेद्वार…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ए को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइपजिगसँग पराजित भएको छ। यद्यपि ६ खेलबाट १२ अंक जोड्दै समूहको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ। कोभिड प्रोटोकलका कारण दर्शकबिना रेडबुल एरेना लाइपजिगमा सम्पन्न खेलमा डोमिनिक जोबोस्लाइको गोलमा घरेलु टोलीले २४ औं मिनेटमा अग्रता बनाएको थियो। त्यस्तै दोस्रो हाफमा आन्द्रे सिल्भाले …
काठमाडौँः सभापति शेरबहादुर देउवाले आफ्नो गुटबाट उम्मेद्वार छान्न गुट भेला बोलाएका छन्। भेला बुधबार ९ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको देउवा निकट कांग्रेसका एक केन्द्रीय सदस्यले बताए। 'भोलि बुढानिलकण्ठमा संस्थापन पक्षको बैठक छ। बिहान ९ बजे बस्ने बैठकमा पदाधिकारीका उम्मेद्वारबारे छ्लफल हुन्छ,' ती केन्द्रीय सदस्यले भने। देउवाले सभापतिमा पुन आफैँ दोहोरिने बताइसकेका छन्। देउवा गुटमा सभापतिका दाबेदार उनी एक्ला हुन्।…
काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको उम्मेद्वार टुंगो लगाउने प्रक्रिया मंगलबार पनि असफल रह्यो। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको चार नेताको बैठकमा सहमति नभएको हो। सबैले आ–आफ्ना अडान नछाडेपछि उम्मेद्वारको टुंगो नलागेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। पौडेलले बुधबार साँझसम्म उम्मेद्वार टुंगो लाग्ने पनि बताए। पौडेलले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ। केही प्रक्रिया पूरा गरेर भोलि…
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशन प्रतिनिधिहरुले निर्वाचनमा जुन उम्मेदवारलाई छनोट गरे पनि हुने बताएका छन्। संस्थापन पक्षबाट प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा फेरि सभापतिमा लड्न तयार भइसक्दा संस्थापन इतर समूहमा आकांक्षीको टुंगो लाग्न नसकेको बेला थापाले महाधिवेशनमा प्रतिनिधिहरु नेतृत्व छान्न स्वतन्त्र रहेको बताएका हुन्। मंगलवार राजधानीको प्रज्ञा भवनमा 'कसले सुधार्छ कांग्रेस ?' शीर्षकको किताब…
काठमाडौं : नेपाली कांग्रेसको वैचारिक पक्षबारे सैद्धान्तिक बहस चलाउँदै आएका विश्लेषक पुरञ्जन आचार्यले आफूलाई आफ्नै पक्षका नेताहरुले डुबाएको आरोप लगाएका छन्। मोरङ क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि पहिलोपटक उनले यस्तो प्रतिक्रिया दिएका हुन्। कांग्रेस सभापतिका दाबेदार डा शेखर कोइरालाका प्रचारक भनी आरोप खेपेका आचार्यले महाधिवेशन प्रतिनिधि नबन्ने भन्दाभन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा शेखरले आफूलाई डुबाएको आरोप…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मात्रै महाभियोग लगाएर न्यायालयमा देखिएको समस्या समाधान नहुने बताएका छन्। आज बालकोट पुगेका नेपाल बार एशोसिएशनका पदाधिकारी र सदस्यहरुसँगको छलफलमा ओलीले जबराको राजीनामा वा महाभियोगले मात्रै न्यायिक सुधार नहुने बताएका हुन्। जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको बारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार ११ हजार ८ सय १० जनाको नमुना परीक्षण गर्दा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, सोही अवधिमा ३ सय ४ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ३ सय ५२ रहेको छ। यही अवधिमा संक्रमण…
काठमाडौः काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्री वितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो। रौतहट चन्द्रनिगाहपुर ९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ को नर कुमार पुडासैनीलाई गत…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई केही दिनमात्रै बांकी रहँदा संस्थापन इतर समूह छलफलमा जुटेको छ। संस्थापन इतर समूहमा सभापति पदका आकांक्षीहरु धेरै भएपछि साझा उम्मेदवार छान्ने भनेर सोमबारबाट नै नेताहरु छलफलमा जुटेका थिए। अहिले ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंह निवासमा नेताहरुबिच छलफल भइरहेको छ। बैठकमा सभापति पदका आकांक्षी सिंह सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, शेखर कोइराला सहभागी छन्। उनीहरुको…
काठमाडौं : नेपाली कांग्रेसलाई अहिले १४ औं महाधिशेवनको चटारो छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनका लागि अहिले उद्घाटनसत्र हुने भृकुटीमण्डपमा तयारी भइरहेको छ। मञ्च व्यवस्थापनदेखि बुथ व्यवस्थापनसम्मका लागि अहिले छलफल भइरहेको छ। यता, महाधिवेशनस्थलमा नेपाली कांग्रेसको चार तारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डा राख्न सुरु गरिएको छ। कांग्रेस प्रवक्ताले झण्डा हस्तान्तरण गरेसँगै भृकुटीमण्डपमा झण्डा राख्न सुरु गरिएको…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवशेनको मिति नजिकिएसँगै पदाधिकारीमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। जीवन परियार सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरि सहमहामन्त्री दलित समावेशीतर्फ उनले उम्मेदवारी घोषणा गरेका हुन्। उनी रामचन्द्र पौडेल पक्षका नेता हुन्। कास्की १ रुपा नगरपालिका वडा १ का परियार पिएन क्याम्पसबाट नेविसंघको राजनीतिमा प्रवेश गरेका हुन्।…
काठमाडौं : सोमवार राति हलचोकबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारले मूर्ति चोरी भएको जानकारी दिए। राति करिब १२ बजेको मूर्ति चोरी गरेको उनले बताए। प्रहरीले घटनाको छानबिन गरिरहेको छ। पछिल्लो केही समयदेखि काठमाडौं उपत्यकामा देवदेवीको मूर्ति चोरी हुने क्रम बढेको छ। केही दिन अघि गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट श्रीनारायण र बसुन्धाराको मूर्ति…