PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

  • रमेश सिलवाललाई हटाउने निर्णयमा सर्वोच्चको अल्पकालीन अन्तरिम, पुस १२ गते दुबै पक्षलाई अदालतले बोलायो

    रमेश सिलवाललाई हटाउने निर्णयमा सर्वोच्चको अल्पकालीन अन्तरिम, पुस १२ गते दुबै पक्षलाई अदालतले बोलायो

    काठमाडौँः सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरि फुँयालको एकल इजलासले सिलवाललाई हटाउने निर्णय पुस १२ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले पुस १२ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।  सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले अल्पकालीन अन्तरिम जारी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा माओवादी केन्द्रले घोषणा गर्‍यो २२३ सदस्यीय प्रदेश समिति

    सुदूरपश्चिममा माओवादी केन्द्रले घोषणा गर्‍यो २२३ सदस्यीय प्रदेश समिति

    कैलालीः सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले २२३ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।  जसमा कैलालीबाट ६०, कञ्चनपुरबाट ३३, अछामबाट २३, डोटीबाट २०, बैतडीबाट १९, बझाङबाट २०, डडेलधुराबाट १६, दार्चुलाबाट १७ र बाजुराबाट १५ जना रहेका छन्। धनगढीमा शनिबारबाट सुरु भएको प्रदेश सम्मेनले ८२ जनालाई राष्ट्रिय सम्मेलन प्रतिनिधि पनि छनोट गरेको छ। 

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापति चयनको मतगणना सुरु

    कांग्रेस सभापति चयनको मतगणना सुरु

    काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचनपछिको प्रक्रिया सकेर निर्वाचन समितिले गणना सुरु गरेको हो। राष्ट्रिय सभागृहमा सवा ११ बजेबाट मतदान सुरु गरिएको हो।  दोस्रो चरण अन्तर्गत मंगलबार भएको मतदानमा ४५६२ मत खसेको छ।  प्रतिस्पर्धामा शेरबहादुर देउवा र शेखर कोइराला छन्। पहिलो चरणको निर्वाचनका प्रत्यासी प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थनले सभापतिमा देउवाको जितलाई करिब…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापति चयनको मतदान सकियोः ४५६२ मत खस्यो, केहीबेरमा मतगणना सुरु हुने

    कांग्रेस सभापति चयनको मतदान सकियोः  ४५६२ मत खस्यो, केहीबेरमा मतगणना सुरु हुने

    काठमाडौँः नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। मंलगबार राति साढे ९ बजेसम्म भएको मतदानमा ४५६२ मत खसेको निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए। सोमबार भएको पहिलो चरणको मतदानमा ४६७९ मत खसेको थियो। पहिलो चरणमा भन्दो ११५ मत कम खसेको हो।  सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।  पहिलो चरणमा कुनै पनि उम्मेद्वारले विधान बमोजिम ५०…

    विस्तृतमा पढ्नुस्

  • सभागृह बाहिर सुनसान, मतदातालाई भित्र छिराएर बन्द गरियो गेट

    सभागृह बाहिर सुनसान, मतदातालाई भित्र छिराएर बन्द गरियो गेट

    काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनको मतदान जारी छ। दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान करिब अन्तिम चरणमा पुगेको छ। निर्वाचन समितिका अनुसार अधिकांश मतादाता अहिले निर्वाचनस्थलमा प्रवेश गरिसकेका छन्। चार हजारभन्दा बढी मतदान भइसकेको छ।  निर्वाचनस्थल सभागृहबाहिर अहिले मतदाताको लाइन छैन। सबै मतदातालाई भित्र छिराएर मुख्य गेट बन्द गरिएको छ।  हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • कन्याममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    कन्याममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मंगलबारेः मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा ९ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापति चयनको मतदानः ७ बजेसम्म खस्यो २६०० मत

    कांग्रेस सभापति चयनको मतदानः ७ बजेसम्म खस्यो २६०० मत

    काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनका लागि अहिले निर्वाचन भइरहेको छ। राष्ट्रिय सभागृहमा जारी मतदानमा साँझ ७ बजेसम्म २६०० मत खसेको निर्वाचन समितिले जनाएको छ।  व्यवस्थापन सहन नहुँदा मतदानमा पनि ढिलाइ भइरहेको छ। प्रतिनिधिहरुले लामो समयसम्म लाइनमा बस्नुपरेको समेत गुनासो गरेका छन्।  सोमबार भएको पहिलो चरणको निर्वाचनबाट सभापति निर्वाचित हुन आवश्यक मत कुनै पनि उम्मेद्वारले नपाएपछि दोस्रो चरणमा निर्वाचन भइरहेको हो।…

    विस्तृतमा पढ्नुस्

  • वारितिर शेखरसहित टोलीको नमस्कार, पारितिर  देउवा, सिंह र निधिको एकता

    वारितिर शेखरसहित टोलीको नमस्कार, पारितिर  देउवा, सिंह र निधिको एकता

    काठमाडौं : नेपाली कांग्रेसको सभापति छनोट गर्नका लागि अहिले राष्ट्रिय सभागृहमा दोस्रो चरणको मतदान भइरहेको छ। हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा आज फेरि मतदान प्रक्रिया अघि बढेको हो। दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदानमा सहभागी हुन ३ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेका थिए। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न पुगिरहेका महाधिवेशन…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा सभागृह : मतदान गर्न लाइनमा महाधिवेशन प्रतिनिधि

    दृश्यमा सभागृह : मतदान गर्न लाइनमा महाधिवेशन प्रतिनिधि

    काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले भइरहेको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्। आज रातिसम्म मतदान सकिने निर्वाचन कमिटीले जनाएको छ। सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा आज फेरि मतदान प्रक्रिया अघि बढेको हो।

    विस्तृतमा पढ्नुस्

  • जोन अब्राहमको इन्टाग्राम अकाउन्ट ह्याक

    जोन अब्राहमको इन्टाग्राम अकाउन्ट ह्याक

    भारतीय अभिनेता जोन अब्राहमको इन्टाग्रम अकाउन्ट ह्याक गरिएको छ। ह्याकर्सले जोनको प्रोफाइल पिक्चरका साथै अकाउन्टको सबै तस्विरहरु डिलिट समेत गरेका छन्। १७ डिसेम्बरमा जोन ४७ वर्षका हुँदैछन्। इन्टाग्राममा अब्राहमको ९.७ मिलियन फलोवर्स छन्। यसबारेमा जोनले भने केही सार्वजनिक रुपमा बताएका छैनन्।    

    विस्तृतमा पढ्नुस्

  • सदन चलाउन एमालेसँग संवाद गर्न सरकार तत्पर छ : कानुनमन्त्री बडु

    सदन चलाउन एमालेसँग संवाद गर्न सरकार तत्पर छ : कानुनमन्त्री बडु

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै बडुले दलहरुको महाधिवेशन सकिएपछि बसेर सहमतिको वातावरण निर्माण गरिने दाबी गरे। उनले आजको बैठकमा पनि अध्यादेश पेशबाहेक अन्य कार्यसूची अघि नबढाइएकाले निजामति कर्मचारी विधेयकजस्ता…

    विस्तृतमा पढ्नुस्

  • एमाले उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ पुष्टि

    एमाले उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ पुष्टि

    काठमाडौं : नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ। ज्ञवालीले ट्विट गर्दै सामान्य लक्षण सहित संक्रमण पुष्टि भएको उनले जनाएका छन्। उनले पछिल्लो ४-५ दिन यता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र संक्रमणका कुनै लक्षण देखिए परीक्षण गराउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा कोभिड १९ को संक्रमण दर बढ्न थालेको छ। अस्पतालमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • सूर्य चिह्नबाट चुनाव लडेका हृदयेश त्रिपाठीद्वारा जनता प्रगतिशील पार्टी गठन

    सूर्य चिह्नबाट चुनाव लडेका हृदयेश त्रिपाठीद्वारा जनता प्रगतिशील पार्टी गठन

    काठमाडौं : हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका हुन्। गएको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नबाट चुनाव लडेर विजय भएका त्रिपाठी केपी शर्मा ओली नेतृत्व सरकारमा मन्त्री समेत भएका थिए। आज पार्टी घोषणा गर्दै त्रिपाठीले देशमा वैचारिक बहस शून्य रहेको र राज्यका तीनवटै अंगहरु प्रभावहीन तथा गतिहीन भएकोले राजनीतिलाई…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना भोटरलाई निधिले भने : देउवालाई मत दिनुस्

    आफ्ना भोटरलाई निधिले भने : देउवालाई मत दिनुस्

    काठमाडौं : पहिलो चरणमा आफूलाई मत दिने प्रतिनिधिहरुलाई दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई मत जाहेर गर्न नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आग्रह गरेका छन्।  'निर्वाचनमा मलाई साथ दिने साथीहरु र मलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु,' निधिले आफ्नो अपीलमा भनेका छन्, 'सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन…

    विस्तृतमा पढ्नुस्

  • सभापति रोज्न प्रतिनिधि फेरि लाइनमा, प्रधानमन्त्री देउवा पुगे मतदानस्थल

    सभापति रोज्न प्रतिनिधि फेरि लाइनमा, प्रधानमन्त्री देउवा पुगे मतदानस्थल

    काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्। सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। सभागृहमा प्रधामन्त्री देउवा पुगिसकेका छन्। हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा आज फेरि मतदान प्रक्रिया अघि बढेको हो। देउवालाई अन्य सभापतिका…

    विस्तृतमा पढ्नुस्

  • पछुताउन पर्ने अवस्था नआवस् भन्दै गगनको अपील : आजको गलत निर्णयले हामीले आगामी चार वर्षमात्र होइन, अझै लामो समय पछुताउने पर्नेछ

    पछुताउन पर्ने अवस्था नआवस् भन्दै गगनको अपील : आजको गलत निर्णयले हामीले आगामी चार वर्षमात्र होइन, अझै लामो समय पछुताउने पर्नेछ

    काठमाडौं : पार्टीको नयाँ नेतृत्वको चुनावबाट महाधिवेशन प्रतिनिधिले रुपान्तरण र परिवर्तनका पक्षमा उत्साह देखाएको भन्दै कांग्रस महामन्त्रीका उम्मेदवार गगन थापाले आगामी चार वर्षमात्र नभइ लामो समय पछुताउने अवस्था नल्याउन आग्रह गरेका छन्। पार्टी सभापतिको चयनका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालाका पक्षमा अपील जारी गर्दै नेता थापाले भनेका छन्, 'इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनु…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक पुस ६ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक पुस ६ गतेसम्मका लागि स्थगित

    काठमाडौं : प्रतिनिधिसभाको बैठक पुस ६ गतेसम्म स्थागित भएको छ। आजबाट प्रारम्भ भएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको थियो।  अघिल्लो अविधेशनदेखि नै निरन्तर रुपमा सदनमा अवरोध गरिरहेको एमालेले अधिवेशन प्रारम्भमा पनि त्यसलाई जारी राखेको हो। एमालेले सभामुखको निष्पक्षतामा प्रश्न उठाउँदै अवरोध गर्दै आएको छ। भदौ १ गते एमालेले कारबाहीका लागि १४ जना तत्कालीन सांसदहरुलाई कारबाही सिफारिस गरेको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, कोको बन्दैछन् मन्त्री?

    मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, कोको बन्दैछन् मन्त्री?

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलवार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।  मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। स्रोतका अनुसार मंगलवार बेलुका ५ बजेसम्म मन्त्री नियुक्त गरी शपथ गराउने तयारी छ। मन्त्री बन्नेमा माओवादीबाट दोलखाका विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका रत्न ढकाल रहेका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा (एस) का…

    विस्तृतमा पढ्नुस्

  • हिउँदे अधिवेशनको प्रारम्भसँगै एमालेले जारी राख्यो अवरोध, विरोधबिच सभामुखले अघि बढाए कार्यसूची

    हिउँदे अधिवेशनको प्रारम्भसँगै एमालेले जारी राख्यो अवरोध, विरोधबिच सभामुखले अघि बढाए कार्यसूची

    काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भकै दिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सदनको काममा अवरोध गरेको छ। अघिल्लो अविधेशनदेखि नै निरन्तर रुपमा सदनमा अवरोध गरिरहेको एमालेले अधिवेशन प्रारम्भमा पनि त्यसलाई  जारी राखेको हो। अघिल्लो अधिवेशनमा पनि एमालेले अवरोध जारी राखेको थियो। भदौ २३ देखि सुरु भएको अधिवेशन कात्तिक १२ गतेसम्म चलेको थियो। अधिवेशन अवधिभर एमालेले अवरोध जारी राखेको थियो।  मंगलबार पनि…

    विस्तृतमा पढ्नुस्

  • संसदमा एमालेको नारावाजी, सुरू हुनासाथ अवरोध

    संसदमा एमालेको नारावाजी, सुरू हुनासाथ अवरोध

    काठमाडौं : प्रतिनिधिसभाको हिउँदे अधिवेशन ससरू भएलगत्तै  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ। सभामुखको राजीनामा मागेर नारावाजी गर्दै एमाले सांसदहरूले बैठक अवरुद्धको प्रयास गरिरहेका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell