PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

  • पाँच बुँदे सहमति पुष्टि गर्न ओलीलाई प्रचण्डको चुनौती, ‘दलाल पुँजीपतिको एजेण्टको आरोप’

    पाँच बुँदे सहमति पुष्टि गर्न ओलीलाई प्रचण्डको चुनौती, ‘दलाल पुँजीपतिको एजेण्टको आरोप’

    काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति भएको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई पुष्टि गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौती दिएका छन्। प्रचण्डले वक्तव्य जारी गर्दै उक्त सहमतिको आरोप झुटो भएको पनि दावी गरेका छन्।  ओलीले बुधबार मनोनीत केन्द्रीय सदस्यको शपथ कार्यक्रममा शाह र दाहालबीच पाँच बुँदे भएको दावी गरेका थिए।  तर, प्रचण्डले उक्त भनाई खण्डन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा दुईको मृत्यु

    दुर्घटनामा दुईको मृत्यु

    झापा: कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५/४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै…

    विस्तृतमा पढ्नुस्

  • वेस्टहममाथि आर्सनलको सहज जित

    वेस्टहममाथि आर्सनलको सहज जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न आर्सनलले वेस्ट हममाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले वेस्टहममाथि २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा गाब्रियल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाएका थिए। उनले खेलको ४८ औं मिनेटमा अलेक्जेन्ड्रे लकाजेटको पासमा गोल गरेका थिए। खेलको ६६ औं मिनेटमा लकाजेटलाई फउल गरेपछि वेस्टहमका भ्लादिमिर कउफर रेडकार्ड खाँदै बाहिरिएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • उपसभापतिमा देउवा प्यानलका खड्का र गच्छदारको अग्रता, गुरुङ र भण्डारी पछि परे

    उपसभापतिमा देउवा प्यानलका खड्का र गच्छदारको अग्रता, गुरुङ र भण्डारी पछि परे

    काठमाडौँः नेपाली कांग्रेसको उपसभापति चयनका लागि जारी मतगणनामा सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता बनाएका छन्। प्रारम्भदेखि नै अग्रता कायम गरिरहेका धनराज गुरुङलाई पछि पार्दै गच्छदारले अग्रता बनाएका हुन्। उपसभापति प्रतिस्पर्धामा रहेका सात जनामध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन्। निर्वाचन समितिका अनुसार ३५५८ मतगणना हुँदा खड्काले १६३४ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा आइपुगेका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उपसभापतिको मतगणनाः खड्काले पुनः बनाए अग्रता, गुरुङ र गच्छदार पछ्याउँदै

    कांग्रेस उपसभापतिको मतगणनाः खड्काले पुनः बनाए अग्रता, गुरुङ र गच्छदार पछ्याउँदै

    काठमाडौंः नेपाली काग्रेसको उपसभापति पदका लागि अहिले मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी गणनामा सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले पुनः अग्रता बनाएका छन्। खड्कालाई शेखर कोइराला प्यानलका धनराज गुरुङले पछ्याइरहेका छन्।  २८६७ मतगणना हुँदा खड्काले १३२१ मत पाएका छन्। गुरुङ १२६७ मतका साथ दोस्रो स्थानमा छन्।  यस्तै, देउवा प्यानलकै विजयकुमार गच्छदारले १२१३ । शेखर प्यानलका चन्द्र भण्डारीले १११५…

    विस्तृतमा पढ्नुस्

  • सभापतिमा देउवा जित्दा उपसभापतिमा शेखर प्यानलका गुरुङ र भण्डारीको अग्रता

    सभापतिमा देउवा जित्दा उपसभापतिमा शेखर प्यानलका गुरुङ र भण्डारीको अग्रता

    काठमाडौँः नेपाली कांग्रेसको उपसभापति चयनका लागि भइरहेको मतगणनामा शेखर कोइराला प्यानलका उम्मेद्वारले अग्रता बनाएका छन्। कोइराला प्यानलबाट उपसभापति उम्मेद्वार बनेका चन्द्र भण्डारी र धनराज ज्ञवालीले अग्रता बनाएका हुन्।  २३०० मतगणना हुँदा भण्डारीले ८७० र गुरुङले ९६० मत पाएका छन्।  यस्तै, सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट उम्मेद्वार बनेका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार पछ्याइरहेका छन।  खड्काले ८४० मत पाएका छन्। गच्छदारले ६६०…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उपसभापतिमा चार उम्मेद्वारबीच रोचक प्रतिस्पर्धा, गुरुङ र खड्काको अग्रता कायमै

    कांग्रेस उपसभापतिमा चार उम्मेद्वारबीच रोचक प्रतिस्पर्धा, गुरुङ र खड्काको अग्रता कायमै

    काठमाडौँः नेपाली कांग्रेसको भावी उपसभापति पदमा चार उम्मेद्वारबीच कडा प्रतिस्पर्धा देखिएको छ। ९०० मतगणना गर्दा चार उम्मेद्वारबीचको रोचक प्रतिस्पर्धा चलिरहेको छ। दुई उपसभापति पदका लागि सात उम्मेद्वार चुनावी मैदानमा छन्।  जारी गणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायमै राखेका छन्। गुरुङले ३९२ र खड्काले ३९५ मत पाएका छन्।  यस्तै, चन्द्र भण्डारीले ३५१ र विजयकुमार गच्छदारले ३५५ मत पाएका छन्। सातमध्ये सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उपसभापतिको मतगणना, गुरुङ र खड्काको प्रारम्भिक अग्रता

    कांग्रेस उपसभापतिको मतगणना, गुरुङ र खड्काको प्रारम्भिक अग्रता

    काठमाडौंः नेपाली कांग्रेसको नेतृत्व चयनका लागि निर्वाचन अन्तर्गत अहिले उपसभापति पदको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी गणनामा उम्मेद्वारद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता बनाएका छन्। दुई उपसभापति पदका लागि सात जनाबीच प्रतिस्पर्धा भइरहेको छ।  प्रारम्भिक ६०० मत गणना गर्दा गुरुङले २५८ र खड्काले २४६ मत पाएका छन्।  यस्तै, अन्य प्रतिस्पर्धी विजयकुमार गच्छदारले २४६, चन्द्र भण्डारीले २१५ मत पाएका छन्।  मतगणना जारी…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानको कारबाही, सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी

    ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानको कारबाही, सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी

    काठमाडौँः नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेको छ। कार्यवहाक सचिव प्रशान्त विक्रम मल्ले विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गरेको उल्लेख गरेका छन्।  कारबाहीमा परेका खेलाडीमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, खेलाडीद्वय सोमपाल कामी र कमलसिंह ऐरी छन्।  खेलाडी वर्गीकरणको विषयलाई लिएर ज्ञानेन्द्रसहितले असन्तुष्टि जनाएका थिए। असन्तुष्टिलाई सार्वजनिक सञ्चार माध्यममा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चपछि अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी, ईश्वर खतिवडाको असहमति

    सर्वोच्चपछि अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी, ईश्वर खतिवडाको असहमति

    काठमाडौँः सर्वोच्च अदालतपछि उच्च र जिल्ला अदालतमा पनि अब गोला प्रणालीबाट मुद्दाको पेसी तोकिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको फूलकोर्टले माघ २ गतेबाट गोला प्रणाली लागू गर्ने निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि नियमावली संशोधन लगायतका प्रक्रिया अब अघि बढ्नेछन्। निर्णयमा न्यायाधीश ईश्वर खतिवडाले भने असहमति राखेका छन्। गोला प्रणाली न्यायपालिका शुद्धीकरणको अन्तिम विकल्प नभएको भन्दै खतिवडाले निर्णयमा…

    विस्तृतमा पढ्नुस्

  • पार्टी पहिले झै वेथितिमा चलाए सशक्त प्रतिकार हुने शेखर कोइरालाको उद्‌घोष, अर्को पटक सफल हुने दावी

    पार्टी पहिले झै वेथितिमा चलाए सशक्त प्रतिकार हुने शेखर कोइरालाको उद्‌घोष, अर्को पटक सफल हुने दावी

    काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई बेथितिमा हिँड्न नदिने बताएका छन्। १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि राजधानीमा आयोजित धन्यवाद कार्यक्रममा उनले शेरबहादुर देउवाको नेतृत्वले पार्टीलाई बेथितिमा चलाउने प्रयास भए सशक्त प्रतिवाद गर्ने घोषणा पनि गरे। 'उहाँसँग पार्टीभित्रको आन्तरिक लडाइँ हो। हाम्रो साथीहरु को को आउनु होला, त्यो बक्सा खोलेपछि निर्णय हुन्छ। उहाँ मात्र ४ वर्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • ११ हजार ९९४ जनाको परीक्षण गर्दा २५० जनामा देखियो कोरोना संक्रमण

    ११ हजार ९९४ जनाको परीक्षण गर्दा २५० जनामा देखियो कोरोना संक्रमण

    काठमाडौ  : पछिल्लो २४ घण्टमा २८० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ११ हजार ९९४ जनाको परीक्षण गर्दा २५० जनामा संक्रमण देखिएको हो। यस्तै, ३०० जना संक्रमण मुक्त भएका सँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हवार ६३५ पुगेको छ।   संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ५६५ जनाको मृत्यु भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाले सुनाए 'ओलीवेशन' र महाधिवेशन बिचको अन्तर, पार्टीमा संघर्ष र सहकार्य गर्ने उद्घोष

    गगन थापाले सुनाए 'ओलीवेशन' र महाधिवेशन बिचको अन्तर, पार्टीमा संघर्ष र सहकार्य गर्ने उद्घोष

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सभापति पदमा पराजित डा शेखर कोइराला र उनीसँग रहेको टिमले पार्टीमा जित निकालेका शेरबहादुर देउवासँग सहकार्य र संघर्षको सम्बन्ध रहने बताएका छन्। नेपाली कांग्रेसको महाधिवेशनमा डा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले पार्टीलाई अग्लो र फराकिलो बनाउनका लागि शेखर कोइराला र आफ्नो समूह सक्रिय रहने बताए। 'सहकार्य र संघर्षका रुपमा सम्बन्ध हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय कार्यालयमा मतगणनाको तयारी, सानेपामा बढाइयो सुरक्षाकर्मीको तैनाथी

    कांग्रेस केन्द्रीय कार्यालयमा मतगणनाको तयारी, सानेपामा बढाइयो सुरक्षाकर्मीको तैनाथी

    काठमाडौं : नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था बढाइएको छ। १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय कार्यालयमा हुने तय भएको छ। त्यसैले त्यहाँको सुरक्षा व्यवस्था बढाइएको हो। सुरक्षा व्यवस्थाबारे बुझ्न गृहमन्त्री खाण सानेपामा छन्। आजै पदाधिकारीको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ। दिउँसो ४ बजेबाट मतगणना सुरु हुने भनिएपनि मतगणना सुरु हुन…

    विस्तृतमा पढ्नुस्

  • शिर झुकाउन परे झुकाउन तयार छौँ, तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

    शिर झुकाउन परे झुकाउन तयार छौँ, तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

    काठमाडौं : भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत-नेपाल सम्बन्धलाई विगार्न शक्ति केन्द्रहरु लागेको भन्दै दुई देश बिचको सम्बन्ध बिग्रन नदिने बताएका छन्। भारतको देहरादुनमा महिना दिन लामो शहीद सम्मान यात्राको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएको एएनआईले जनाएको छ। ‘त्यहाँ केही त्यस्ता शक्तिहरु छन् जसले नेपालसँग भारतको सम्बन्धलाई बिगार्न चाहन्छन्। सरकारको एक प्रतिनिधिको हैसियतले म तपाईँहरुलाई भन्न चाहन्छु कि यदि हामीले शिर झुकाउन…

    विस्तृतमा पढ्नुस्

  • मनी र मसल प्रयोग नभएको भए हामीले जितिसकेका हुन्थ्यौं : चन्द्र भण्डारी

    मनी र मसल प्रयोग नभएको भए हामीले जितिसकेका हुन्थ्यौं : चन्द्र भण्डारी

    काठमाडौं : १४ औं कांग्रेस महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट उपाध्यक्षका उम्मेदवार रहेका डा चन्द्र भण्डारीले 'मनी र मसल'को प्रयोग नभएको भए आफ्नो प्यानलले जितिसकेको हुने टिप्पणी गरेका छन्।  'अब हामी मनी र मसलको आधारमा निर्वाचन जितिँदैन भन्ने कुरा १५ महाधिवेशनबाट छिनोफानो गर्नेछौं,' महाधिवेशनमा पराजित भएपछि शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै भण्डारीले भने। उनले देउवालाई बधाई दिँदै सिंगो पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ बैठक स्थगित : लोसपाको अवरोधपछि प्रदेशको नामाकरणबारे छलफल हुन सकेन, मुख्यमन्त्रीको राजीनामा माग

    प्रदेश २ बैठक स्थगित : लोसपाको अवरोधपछि प्रदेशको नामाकरणबारे छलफल हुन सकेन, मुख्यमन्त्रीको राजीनामा माग

    जनकपुरधाम : प्रदेश २ को प्रदेश सभामा पुस ८ गतेसम्मका लागि स्थगित गरिएको छ। आज बसेको बैठकमा दुईवटा अध्यादेश पेश गरिएको थियो। अध्यादेश पेश गरेसँगै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले बैठक अवरुद्ध गरेको थियो। त्यसपछि सभामुख सरोजकुमार यादवले १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठक संचालन हुने अवस्था नभएपछि पुस ८ गते दिउँसो १ बजेसम्मका लागि प्रदेश सभा स्थगित…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं विश्वविद्यालयबाट १४४९ विद्यार्थी दीक्षित हुँदा ८ देशका १२३ विद्यार्थी पनि

    काठमाडौं विश्वविद्यालयबाट १४४९ विद्यार्थी दीक्षित हुँदा ८ देशका १२३ विद्यार्थी पनि

    काठमाडौं : धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोह सम्पन्न भएको छ। विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका हुन्।   आज आयोजना गरिएको दीक्षान्त समारोहमा स्कुल अफ आर्टसका २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा फरक फरक पार्टी छन्, त्यसैले कतिपय विषयमा चुप बस्नु परेको छ : माधव नेपाल

    सरकारमा फरक फरक पार्टी छन्, त्यसैले कतिपय विषयमा चुप बस्नु परेको छ : माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा फरक फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको बताएका छन्। पार्टीको वाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न समस्याहरु रहेको तर गठबन्धनका कारण आफूहरु बोल्न नसकेको बताएका हुन्। उनले नेपालमा वामपन्थी पार्टी फुट्यो भन्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको समेत बताए। वामपन्थी पार्टीहरु अझै…

    विस्तृतमा पढ्नुस्

  • मञ्चमा बादललाई राखेर ओलीको प्रश्न : ‘जनयुद्ध’ का नाममा नेपालमा अस्थिरता मच्चाउन कसले दियो हतियार?

    मञ्चमा बादललाई राखेर ओलीको प्रश्न : ‘जनयुद्ध’ का नाममा नेपालमा अस्थिरता मच्चाउन कसले दियो हतियार?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध’ परिवर्तनका लागि नभई अस्थिता निम्त्याउनका लागि गरिएको आरोप लगाएका छन्। बुधवार च्यासलमा आयोजित कार्यक्रममा मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउँदै उनले यस्तो आरोप लगाएका हुन्। मञ्चमा उनीसँगै थिए जनयुद्धको सुरुवातदेखि माओवादी नेतृत्वमा रहेका रामबहादुर थापा ‘बादल’, नेता लेखराज भट्ट। मञ्चदेखि तल केही पूर्व माओवादी नेताहरु पनि थिए। ओलीले जनयुद्धलाई गाली गर्दै गर्दा उनीहरु मौन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell