PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • संसदीय दलको रणनीति बनाउन प्रधानमन्त्री ओलीको बालुवाटारमा कसरत

    संसदीय दलको रणनीति बनाउन प्रधानमन्त्री ओलीको बालुवाटारमा कसरत

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँगको छलफल तीब्र बनाएका छन्। शुक्रवार बिहान बालुवाटारमा बोलाएर संसदीय दलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका नेताहरुसँग ओलीले छलफल गरिरहेका छन्। प्रधानमन्त्रीले संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल लगायत अहिले बालुवाटारमा छन्। सरकारको नीति तथा कार्यक्रम र संसदीय दलको रणनीति बनाउने विषयमा छलफल भएको बालुवाटार पुगेका ओली…

    विस्तृतमा पढ्नुस्

  • कार र मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहानै रविभवनमा एक जनाको मृत्यु

    कार र मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहानै रविभवनमा एक जनाको मृत्यु

    काठमाडौं : काठमाडौंको रविभवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आज बिहान रविभवन ओरालो लामपाटीमा निजी कारले ठक्कर दिँदा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको हो। कलंकीबाट कालिमाटी जाँदै गरेको कारले मोटरसाइकलमा कालिमाटीबाट कलंकी तर्फ जाँदै गर्दा ठक्कर दिएको हो। मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको ४६ औं दिनः १४ सय ३ जना सडकमै समातिए

    लकडाउनको ४६ औं दिनः १४ सय ३ जना सडकमै समातिए

    काठमाडौं :  सरकारले शर्त सहित केही व्यवसाय संचालन गर्न दिने भएपछि काठमाडौं उपत्यकाभित्र आज केही चहलपहल देखिएको छ। तर सरकारको सुचना प्रष्ट नहँदा सडकमा निस्किएका मानिसलाई प्रहरीले कारबाही गरेको छ। लकडाउन भएको ४६ दिनदेखि निरन्तररुपमा सडकमा अनाबश्यकरुपमा हिंड्नेलाई कारबाही गरिरहेको छ। शुक्रवार पनि बिहान काठमाडौं उपत्यकाबाट १४ सय ३ जना मानिसलाई नियन्त्रणमा लिएको छ। जसमा ४ सय ४१ जना महिला…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण नेगेटिभ

    अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण नेगेटिभ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको कोरोना भाइरस परीक्षण गर्दा नेगेटिभ परिणाम आएको छ। ह्वाइट हाउसमा कार्यरत अमेरिकी सैनिकमा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति र उपराष्ट्रपति लगायत त्यहाँ कार्यरत सबैको परीक्षण गरिएको थियो। टेक्ससका गभर्नरसँग ओभल अफिसमा भेटपछि ट्रम्पले पत्रकारहरुसँग थोरै मानिसहरुसँग मात्र सम्पर्कमा रहेको बताउँदै दैनिक परीक्षण जारी रहने बताएका थिए। भेटमा ट्रम्प र पेन्स दुवैले मास्क लगाएका…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएका ६८ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

    भारतबाट आएका ६८ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

    गुल्मीः भारतबाट आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर नेपाल फर्किएका हुन्। भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए।   भैरहवास्थित प्रदेश प्रयोगशालामा किटको अभाव भएपछि पिसिआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो। परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा रहेका खोटाङका विद्यार्थी र मजदूरलाई राहत

    काठमाडौंमा रहेका खोटाङका विद्यार्थी र मजदूरलाई राहत

    काठमाडौं : बिहीवार खोटाङबाट काठमाडौं आइ अध्ययनरत् विद्यार्थी र ज्याला मजदूरी गर्नेहरुलाई राहत वितरण गरिएको छ। मातृभूमी बाकाचोल सेवा समाज र हेल्पिङ एजुकेसन फाउन्डेसनको संयुक्त पहलमा खोटाङका १ सय २० लकडाउन प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको हो। पूर्व मन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का सांसद उषाकला राईको उपस्थिति बीच रासन एवं अन्य दैनिक उपभोग्य वस्तु दिइएको हो। खोटाङका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोभिड संक्रमित पुगे ५५ हजार, नेपालसँग सीमा जोडिएको बिहारमा ५ औं मृत्यु

    भारतमा कोभिड संक्रमित पुगे ५५ हजार, नेपालसँग सीमा जोडिएको बिहारमा ५ औं मृत्यु

    नयाँ दिल्ली : एकै दिन ३ हजार भन्दा धेरै थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या ५५ हजार भन्दा माथि पुगेको छ। २४ घन्टामा ३ हजार जनामा संक्रमण देखिएको लगातार दोस्रो दिन हो। भारतमा कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा एकै दिन १२ सय जना थप संक्रमित भेटिएका छन्। दिल्लीमा पनि एकै दिन ४ सय ४८ जना नयाँ संक्रमित भेटिएका छन्। यसअघि दिल्लीमा सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्स दुर्घटना : चालकले मदिरा खाए, हेल्परले हात 'सफा गर्न' भन्दै नशाको तालमा चलाए

    एम्बुलेन्स दुर्घटना : चालकले मदिरा खाए, हेल्परले हात 'सफा गर्न' भन्दै नशाको तालमा चलाए

    काठमाडौं : बिहीवार गौशालामा एक एम्बुलेन्सले निजी कारलाई ठक्कर दिँदा कारका चालक घाइते भएका छन्। मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो। दुर्घटनामा निजी कार चालक काठमाडौं गोंगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठ सामान्य घाइते भए। दुर्घटनामा दुवै सवारी साधनमा क्षति भए पनि…

    विस्तृतमा पढ्नुस्

  • भारत जान लागेकालाई रोक्न खोज्दा सीमामा खटिएका प्रहरीमाथि आक्रमण

    भारत जान लागेकालाई रोक्न खोज्दा सीमामा खटिएका प्रहरीमाथि आक्रमण

    धम्बोझी : बर्दियामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ। गुलरिया-१० रत्नापुर नजिकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी त्यहाँ पुगेका थिए। उनीहरूले चौधरीको बर्दीसमेत च्यातिदिएका छन्। कुटपिट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँका वीरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको संख्या सय नाघ्यो, कपिलवस्तुका दुई युवाको नतिजा पोजेटिभ

    कोरोना संक्रमितको संख्या सय नाघ्यो, कपिलवस्तुका दुई युवाको नतिजा पोजेटिभ

    काठमाडौँः थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार भएको परीक्षणमा कपिलवस्तुका दुई युवामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  दुई जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको छ।  संक्रमित युवा १६ र २२ वर्षका छन्। मन्त्रालयका अनुसार उनीहरु दुबैको स्वास्थ्य अवस्था सामन्य रहेको छ। दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। 

    विस्तृतमा पढ्नुस्

  • के फुटको संघारमा छ नेकपा? प्रवक्ता श्रेष्ठ भन्छन्, 'नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔँ'

    के फुटको संघारमा छ नेकपा? प्रवक्ता श्रेष्ठ भन्छन्, 'नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔँ'

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई फुटबाट बचाउन अपिल गरेका छन्। बिहीबार साँझ चरणबद्ध ट्वीट गर्दै श्रेष्ठले निजी स्वार्थ त्याग्न आग्रह पनि गरेका छन्। उनले भनेका छन्, 'नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔँ, एकता र रुपान्तरणको पक्षमा उभिऔँ। आ–आफ्नो ठाउँबाट भूमिका खेलौँ, योगदान गरौँ।' उनले थपेका छन्, 'पार्टी एकता र…

    विस्तृतमा पढ्नुस्

  • विश्वका 'लोकप्रिय' गायिकाको सूचीमा नेहा कक्कड दोस्रो स्थानमा

    विश्वका 'लोकप्रिय' गायिकाको सूचीमा नेहा कक्कड दोस्रो स्थानमा

    बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा दोस्रो नम्बरमा परेकी हुन्। यसको जानकारी उनले इन्स्टाग्राममार्फत दिँदै फ्यानलाई धन्यवाद भनेकी छिन्। कलाकारको सूचीमा नेहाभन्दा अगाडि पहिलो स्थानमा अमेरिकन र्‍यापर कार्डी बी मात्र छिन्। यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन्। हालै भएको सर्वेक्षणअनुसार…

    विस्तृतमा पढ्नुस्

  • बिहीवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जना प्रहरीको कारबाहीमा

    बिहीवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ५ सय ७२ जना महिलासहित १ हजार ८२१ जना प्रहरीको कारबाहीमा परेका छन्। बिहीवार बिहान ६ बजे देखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ४ सय ८० वटा दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी…

    विस्तृतमा पढ्नुस्

  • अत्यधिक मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना, कार चालक घाइते

    अत्यधिक मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना, कार चालक घाइते

    काठमाडौं : गौशालामा एम्बुलेन्सले एक निजी कारलाई ठक्कर दिँदा कारका चालक घाइते भएका छन्। मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो। दुर्घटनामा निजी कार चालक काठमाडौं गोंगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठ सामान्य घाइते भएका छन्। दुर्घटनामा दुवै सवारी साधनमा क्षति भएको तर…

    विस्तृतमा पढ्नुस्

  • स्वाब दिन संसद भवन पुगेका अध्यक्ष प्रचण्डले भने: स्थायी समिति बोलाउन ओलीजीसँग परामर्शमा छु

    स्वाब दिन संसद भवन पुगेका अध्यक्ष प्रचण्डले भने: स्थायी समिति बोलाउन ओलीजीसँग परामर्शमा छु

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको प्रतिक्रिया दिएका छन्। संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस पीसीआर परीक्षणका लागि स्वाब दिएपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रियामा प्रचण्डले एक\दुई दिनभित्र बैठक बोलाउने बताए। उनले भने,' गृहकार्य नपुगेकै हो। दुबै अध्यक्षले एक\दुई दिनभित्र बैठक बोलाउँछौं।' बिहीवारका लागि डाँकिएको स्थायी कमिटी बैठक बुधवार स्थगित…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट : पछिल्लो २४ घण्टामा एक हजार ४५१ जनाको परीक्षण, थपिएनन् संक्रमित

    कोरोना अपडेट : पछिल्लो २४ घण्टामा एक हजार ४५१ जनाको परीक्षण, थपिएनन् संक्रमित

    काठमाडौं : नेपालमा बिहीवारसम्म १४ हजार ५ सय ९ जनाको पिसिआरमार्फत कोरोना परीक्षण भएको छ। ५४ हजार ९३ जनाको आरडिटीमार्फत परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार एक हजार ४ सय ५१ जनाको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको थियो। नेपालभरका क्वारेन्टाइनमा १७ हजार ३ सय ७२ जना रहेको उनले बताए। त्यस्तै, १ सय ३३…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको हटस्पट उदयपुर, नेपालगञ्ज र वीरगंजमा परीक्षणका लागि नेपाली सेनाको टोली परिचालन

    कोरोनाको हटस्पट उदयपुर, नेपालगञ्ज र वीरगंजमा परीक्षणका लागि नेपाली सेनाको टोली परिचालन

    काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमित संख्याको आधारमा हटस्पटका रुपमा देखिएका ठाउँमा नमूना संकलनका लागि नेपाली सेनाको टोली परिचालन गरेको छ। कोरोनाको हटस्पट उदयपुर, नेपालगञ्ज र वीरगंजमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। उनका अनुसार उदयपुरमा कम्तीमा ५ सय, नेपालगञ्ज र वीरगंजमा…

    विस्तृतमा पढ्नुस्

  • बलिउड फिल्म 'कामयाब' हेरेपछि पाउलो कोएल्होले दिए यस्तो प्रतिक्रिया

    बलिउड फिल्म 'कामयाब' हेरेपछि पाउलो कोएल्होले दिए यस्तो प्रतिक्रिया

    चर्चित लेखक पाउलो कोएल्होले बलिउड स्टार शाहरुख खानलाई फिल्म 'कामयाब' निर्माणका लागि धन्यवाद दिएका थिए। लगत्तै पाउलोले फिल्मका कलाकार सञ्जय मिश्रको पनि तारिफ गरेका छन्। उनले ट्वीटरमार्फत् सञ्जय कामको प्रशंसा गरेका हुन्। लेखेका छन् : 'उत्कृष्ट प्रस्तुतिका लागि बधाई छ सञ्जय मिश्र। म रोएँ।'  @imsanjaimishra congratulations for your great performance in #Kaamyaab . I was moved to tears — Paulo Coelho…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल लघुकथा गोष्ठी: २३ कथा वाचन

    भर्चुअल लघुकथा गोष्ठी: २३ कथा वाचन

    काठमाडौं: लघुकथा कुनोको आयोजनामा बुधवार अपरान्ह भर्चुअल लघुकथा गोष्ठी सम्पन्न भयो। यस्तो गोष्ठी नेपालीमा सम्भवतः पहिलो हो। कुनोका संस्थापक नारायण तिवारीको अध्यक्षता तथा यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो गोष्ठीमा २३ लघुकथा वाचन भए भने वाचित लघुकथाउपर ज्योति पाण्डे खड्का, डा. भरतकुमार भट्टराई तथा प्रा.डा. कपिल लामिछानेबाट समीक्षा भएको हो। कार्यक्रमको सञ्चालन प्रा विधान आचार्यबाट भयो। यस भर्चुअल लघुकथा गोष्ठीमा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री नेम्वाङलाई गगनको पत्र : उपत्यकाको सडक र यातायात पूर्वाधार सुधारका लागि चार सुझाव

    मन्त्री नेम्वाङलाई गगनको पत्र : उपत्यकाको सडक र यातायात पूर्वाधार सुधारका लागि चार सुझाव

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले काठमाडौं उपत्यकाको सडक र यातायात पूर्वाधारमा सुधारका लागि सरकारलाई चार वटा सुझाव दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद थापाले आगामी आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रममा उपत्यकाको यातायात पूर्वाधारलाई प्राथमिकता दिन अनुरोध गरेका हुन्। उनले यातायात प्रणालीको गुरुयोजना, फुटपाथ निर्माण तथा विस्तार आयोजना, सडक निर्माणको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell