PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • साउथ स्टार महेश बाबु भन्छन् : 'फेक न्युज समाजका लागि ठूलो खतरा, निरुत्साहित गरौं'

    साउथ स्टार महेश बाबु भन्छन् : 'फेक न्युज समाजका लागि ठूलो खतरा, निरुत्साहित गरौं'

    साउथ इण्डियन फिल्म उद्योगका स्टार अभिनेता महेश बाबुले फेक न्युज समाजका लागि ठूलो खतरा भएको बताएका छन्। कलाकर्मीले ट्वीटरमा चलाएको फेक न्युजविरुद्धको अभियान #KillFakeNews ह्यासट्यागको समर्थन गर्दै महेशबाबुले यस्ता समाचारलाई निरुत्साहित गर्न अपिल समेत गरेका छन्। कोरोना महामारीको बेला भ्रामक समाचारहरु भाइरल भइरहेको छ। यस्ता समाचारले मानिसहरुको प्रतिष्ठा र गोपनियतामा असर गरिरहेको छ। नबोलेको कुरा खबरमा आइरहेको छ। नभएका गसिपहरु…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट धान बोकेर आएको ट्रकमा श्रोत नखुलेको १८ लाख, २ जना भारतीय नागरिक पक्राउ

    भारतबाट धान बोकेर आएको ट्रकमा श्रोत नखुलेको १८ लाख, २ जना भारतीय नागरिक पक्राउ

    काठमाडौं : श्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारुसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। बुधवार साँझ सर्लाहीको मलंगवा नगरपालिका २ स्थित भन्सार चेकपोष्टबाट उनीहरु पक्राउ परेका हुन्। धान लिएर भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकलाई जिल्ला सुरक्षा बेस सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले जाँच गर्ने क्रममा श्रोत नखुलेको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अनेसास पोर्चुगलको अध्यक्षमा 'स्पन्दन'

    अनेसास पोर्चुगलको अध्यक्षमा 'स्पन्दन'

    काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ। राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने दुई उपाध्यक्षमा सवी श्रेष्ठ र विशेष आत्रेय निर्वाचित भएका छन्। समाजको महासचिवमा अर्जुन बाराहाली…

    विस्तृतमा पढ्नुस्

  • बुधवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५८४ जना प्रहरीको कारबाहीमा

    बुधवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५८४ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ४ सय ७ जना महिलासहित १ हजार ५८४ जना प्रहरीको कारबाहीमा परेका छन्। बुधवार बिहान ६ बजे देखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ५ सय ८० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री बीचमै उठेर हिँडेपछि नेकपा सचिवालय निष्कर्षविहीन, ओली र प्रचण्ड एक्लाएक्लै छलफलमा

    प्रधानमन्त्री बीचमै उठेर हिँडेपछि नेकपा सचिवालय निष्कर्षविहीन, ओली र प्रचण्ड एक्लाएक्लै छलफलमा

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक विनानिष्कर्ष टुंगिएको छ। भोलिका लागि तय भएको स्थायी कमिटी बैठकका एजेण्डा टुंगो लगाउन आज अपराह्न बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बीचमै उठेर हिँडेपछि कुनै ठोस निष्कर्ष निस्किन सकेन। प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री स्वास्थ्य अवस्थाका कारण पुरै समय बस्न नसकेको बताए। 'स्वास्थ्यमा समस्या आएको भन्दै प्रधानमन्त्री बैठकलाई जानकारी गराएर जानुभयो। स्थायी कमिटी…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा अलपत्र परेका नेपालीलाई सम्बोधन गर [सम्पादकीय]

    विदेशमा अलपत्र परेका नेपालीलाई सम्बोधन गर [सम्पादकीय]

    लगातारको लकडाउन फेरि पनि थपिएको छ। मानिसहरुलाई घरबाट बाहिर आउन नदिने क्रम जारी रहे पनि परीक्षणको दर बढ्न सकेको छैन। परीक्षणका लागि किट अभाव देशव्यापी भइसक्यो, संक्रमण पनि फैलिरहेको छ। कोरोना संक्रमणपछि स्थापना गरिएका परीक्षण केन्द्र कामविहीन भएका छन्। त्यस आधारमा एउटा निर्क्यौलमा पुग्न सकिन्छ - लकडाउन जुन गतिमा थपिँदैछ, त्यसको ‍औचित्य पुष्टि गर्न सरकार पूर्णरुपमा असफल छ। लकडाउनका कारण…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित ९९ मध्ये २२ जना निको भएर घर फर्किए, तीन वटा प्रदेशमा बज्यो खतराको घण्टी !

    कोरोना संक्रमित ९९ मध्ये २२ जना निको भएर घर फर्किए, तीन वटा प्रदेशमा बज्यो खतराको घण्टी !

    काठमाडौं: नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९९ जना पुगेको छ। बुधवार पर्साका १७ जनामा भाइरस पोजेटिभ देखिएसँगै संक्रमित संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकातिर संक्रमण बढिरहेको छ भने अर्कोतिर उपचारपछि स्वस्थ भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ। बुधवारसम्म २२ जना संक्रमित भाइरसलाई परास्त गर्दै घर फर्किएका छन्। बुधवारमात्रै कोशी अस्पतालमा उपचाररत ६ जना रिपोर्ट नेगेटिभ…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट : २४ घण्टामा ९ सय ९१ को परीक्षण, पहिलोपटक नेपालमा एकै दिन थपिए १७ जना संक्रमित

    कोरोना अपडेट : २४ घण्टामा ९ सय ९१ को परीक्षण, पहिलोपटक नेपालमा एकै दिन थपिए १७ जना संक्रमित

    काठमाडौं : नेपालमा बुधवारसम्म ६७ हजार ६६ जनामा कोरोना भाइरसको परीक्षण भएको छ। जसमध्ये १४ हजार ९६ जनामा पिसिआर र ५२ हजार ९ सय ७० जनामा आरडिटी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको प्रेस ब्रिफिङमा उनले पछिल्लो २४ घण्टामा ९ सय ९१ जनाको परीक्षण गरिएको बताए। त्यस्तै, १९ हजार ७ सय ३४ क्वारेन्टाइनमा छन्…

    विस्तृतमा पढ्नुस्

  • थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

    थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

    काठमाडौं :  थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्साका १७ जनामा संक्रमण देखिएको जानकारी दिएका छन्।  संक्रमित मध्ये एक दुई महिने शिशु समेत रहेको मन्त्रालयले जानकारी दिएको छ। वीरगंजबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा पर्सा जिल्लाका दुई महिनादेखि ६६ वर्षसम्मका व्यक्तिमा संक्रमण भेटिएको हो। संक्रमित हुनेहरुमा १० पुरुष र…

    विस्तृतमा पढ्नुस्

  • 'माइ ब्वाइ ललिपप' गायिका मिल्ली स्मलको निधन

    'माइ ब्वाइ ललिपप' गायिका मिल्ली स्मलको निधन

    जमाइकन गायिका मिल्ली स्मलको निधन भएको छ। 'माइ ब्वाइ ललिपप' गाएर चर्चामा रहेकी स्मलको मे ५ मा बेलायतमा निधन भएको हो। ७३ वर्षीया उनलाई 'स्ट्रोक' भएको हो। सन् १९६४ मा अमेरिका र बेलायतमा नम्बर दुईमा रहेको उनको गीत 'माइ ब्वाइ ललिपप' हालसम्म सर्वाधिक बिक्री भएको गीत हो। उक्त गीत सात मिलियन पटक बिक्री भएको थियो। बेलायत- जमाइका संगीतका लागि काम…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

    बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक केहीबेर अघि सुरु भएको हो। शनिवार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटी बैठक डाकेको थियो। सो बैठकको तयारी र एजेण्डा तय गर्न आजको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठक पनि शनिवार नै तय भएको थियो। शनिवारको बैठकले उत्कर्षमा…

    विस्तृतमा पढ्नुस्

  • भोलि सार्वजनिक विदा

    भोलि सार्वजनिक विदा

    काठमाडौं : भोली सार्वजनिक विदा परेको छ। बिहीवार बुद्ध जयन्ती परेकाले सरकारले विदा दिने निर्णय गरेको हो। बुधवार गृहमन्त्रालयले सुचना जारी गर्दै सार्वजनिक विदा भएको जानकारी दिएको छ। सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको कारण धेरै सरकारी तथा निजी कार्यालयहरु बन्द छन्। तर बैंकहरु भने आंशिक रुपमा संचालनमा आएका छन्। भोलि ती सबै बन्द हुनेछ। सरकारले बुधवार जेठ ५ गतेसम्मको लागि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना असर र बजेटबारे अध्ययन गर्न कांग्रेसले बनायो समिति, रामशरण महतदेखि स्वर्णिम वाग्लेसम्म छनौट

    कोरोना असर र बजेटबारे अध्ययन गर्न कांग्रेसले बनायो समिति, रामशरण महतदेखि स्वर्णिम वाग्लेसम्म छनौट

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको प्रभाव तथा संक्रमणले पारेको असर र आगामी बजेटबारे अध्ययन गर्न एक १४ सदस्यीय समिति गठन गरेको छ। वैशाख १७ को केन्द्रीय समितिको विभिन्न समिति गठन गर्ने निर्णयअनुसार सभापति शेरबहादुर देउवाले बुधबार पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। समितिमा विगतमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा नेताहरुको बाक्लिदो भेटवार्ता : खुमलटारमा वामदेव भेटेर बालुवाटार पुगेका थिए प्रचण्ड

    नेकपा नेताहरुको बाक्लिदो भेटवार्ता : खुमलटारमा वामदेव भेटेर बालुवाटार पुगेका थिए प्रचण्ड

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाट बाक्लिएको छ। शनिवारको सचिवालय बैठकयता दुई अध्यक्षबीच दिनहुँ छलफल गरिरहेका छन्। आज बिहान पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटघाट भएको हो। आज बिहान ९ बजेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। सोमवार र मंगलवार पनि ओली प्रचण्डबीच भेटघाट भएको थियो। बिहीवारबाट…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन जेठ ५ गते सम्म थपियो

    लकडाउन जेठ ५ गते सम्म थपियो

    काठमाडौँ: जारी लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ।  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको छ। लकडाउन जेठ ५ गतेसम्म कायम हुनेछ। पाँचौँ पटक लकडाउनको अवधि बढाइएको हो। चैत ११ गतेबाट लकडाउन जारी छ।  मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन यथावत राख्न सरकारलाई सुझाव दिएको थियो। कम्तीमा जेठ १० गतेसम्म अहिलको अवस्थालाई निरन्तरता दिने पक्षमा सरकार छ। …

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा प्रेमिकासँग भेट गरेपछि बेलायतका कोरोना भाइरस सल्लाहकारले दिए राजीनामा

    लकडाउनमा प्रेमिकासँग भेट गरेपछि बेलायतका कोरोना भाइरस सल्लाहकारले दिए राजीनामा

    बेलायतमा कोरोना भाइरस लकडाउन रणनीतिको नमुना तयार पार्ने इपिडेमियोलोजिस्ट निल फर्गुसनले सरकारी सल्लाहकारको पदबाट राजीनामा दिएका छन्। उनले लकडाउनको नीति उल्लंघन गरेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका हुन्। फर्गुसनले लकडाउनका बेला आफ्नै घरमा प्रेमिकासँग भेट गरेका थिए। इम्पेरियल कलेज लण्डनस्थित उनको समूहले सामाजिक दुरीको रणनीति कार्यान्वयन गर्न सहयोग गरेको थियो। त्यसले बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)लाई निकै मद्यत पुगेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • टम क्रुजको नयाँ फिल्म 'अन्तरिक्ष कक्ष'मा, नासाले गर्‍यो पुष्टि

    टम क्रुजको नयाँ फिल्म 'अन्तरिक्ष कक्ष'मा, नासाले गर्‍यो पुष्टि

    हलिउड स्टार टम क्रुज अन्तरिक्ष केन्द्रमा फिल्म बनाउने भएका छन्। जसका लागि क्रुज र अमेरिकी वैज्ञानिक संस्था, नासाले सहकार्य गर्न लागेका हुन्। अन्तरिक्ष कक्षमा नै कथानक चलचित्र छायाँकन हुन लागेको यो पहिलो पटक हो। क्रुजसँगको सहकार्यमा नासा उत्साहित रहेको जनाइएको छ। त्यहाँका प्रशासक जिम ब्रिडेन्टसाइनले यस खबरको पुष्टि गर्दै ट्वीट लेखेका छन्,'हामीलाई चर्चित सञ्चार माध्यम चाहिन्छ जसले नयाँ पुस्ताका इन्जिनियर…

    विस्तृतमा पढ्नुस्

  • इलोन मस्क र ग्रिम्सले पहिलो बच्चाको राखे अनौठो नाम, अर्थ पत्ता लगाउन मानिसहरुलाई हम्मेहम्मे

    इलोन मस्क र ग्रिम्सले पहिलो बच्चाको राखे अनौठो नाम, अर्थ पत्ता लगाउन मानिसहरुलाई हम्मेहम्मे

    टेक अर्बपति इलोन मस्कलाई मंगलवार ट्विटरमा ३ करोड ३७ लाख बढी फलोअरमध्येका एक जनाले बच्चाको नामबारे सोध्दा उनको जवाफ थियो : ‘X Æ A-12 Musk’। जुन अहिले ट्विटरमा ट्रेन्डिङ पनि भइरहेको छ। ट्विटरमा मानिसहरु यो नाम डिकोड गर्न लागि परेका छ।   X Æ A-12 Musk — Elon Musk (@elonmusk) May 5, 2020   तर, यो साचो कुरा हो या…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद्को बैठक बोलाइयो, लकडाउन थपबारे निर्णय हुने

    मन्त्रिपरिषद्को बैठक बोलाइयो, लकडाउन थपबारे निर्णय हुने

    काठमाडौं : आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। आज बस्ने बैठकलले लकडाउन थप गर्ने विषयमा निर्णय गर्ने छ। सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको समय बिहीवार राति १२ बजेबाट सकिँदैछ। बैठकमा उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले लकडाउन थप गर्ने विषयमा प्रस्ताव राख्नेछन्। मंगलवार बसेको समितिको बैठकले जारी…

    विस्तृतमा पढ्नुस्

  • अर्थर गनको तारिफ गर्दै अमेरिकी राजदूत भन्छन् : जोन डेनवेरको गीतमा नेपथ्यको शैली

    अर्थर गनको तारिफ गर्दै अमेरिकी राजदूत भन्छन् : जोन डेनवेरको गीतमा नेपथ्यको शैली

    काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले दिवेश पोख्रेल उर्फ अर्थर गनको प्रशंसा गरेका छन्। अमेरिकी आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली मुलुका गायक दिवेशको गायकीको तारिफ गर्दै बेरीले ट्वीट गरेका छन्। लेखेका छन्,'साह्रै प्रेरणात्मक।' उनले दिवेशले जोन डेनवेरको 'कन्ट्री रोट'लाई नेपाली लोक पप ब्यान्ड नेपथ्यको शैलीमा गाउनुलाई रोचक मानेका छन्। ट्वीटमार्फत् नै उनले दिवेशलाई बधाई तथा शुभकामना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell