नयाँ दिल्ली : एकै दिन १ सय ९९ जनाले ज्यान गुमाएपछि भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ८८ पुगेको छ। एक दिनमा थप २ हजार ८ सय १ जना संक्रमित पहिचान भएको छ भारतमा। यससँगै भारतमा कोरोना संक्रमितको संख्या आधा लाखको नजिक पुगेको छ। अहिलेसम्म पहिचान भएका संक्रमितको संख्या ४९ हजार ३ सय ३३ पुगेको छ।…
अमेरिकाको युटह राज्यमा एक रोचक घटना घट्यो। पाँच वर्षीय बालक एड्रियन आफ्नो पारिवारिक कार लिएर निस्किए। क्यालिफोर्नीयातर्फ हिँडेको बताउने उनलाई प्रहरीले पक्राउ गर्यो। लेन मिच्दै अघि बढेका उनलाई गस्तीमा रहेका प्रहरीले देखेर रोक्न निर्देशन दिएका थिए। चालक रहेका एड्रियनले गाडी रोके। सुरुमा त प्रहरीले गाडीभित्र चालक सिटमा बालक देख्दा छक्क परेको ट्वीटमा जनाएका छन्। त्यसपछि उनले सोधे,'तिमी भर्खर पाँच वर्षको…
काठमाडौँ : काठमाडौं उपत्यकाभित्र लकडाउन उल्लंघन गर्ने १२ सय ५७ जनालाई प्रहरीले कारवाही गरेको छ। आज बिहान ८ बजेसम्म ३ सय २१ जना महिला सहित १२ सय ५७ जनालाई कारबाही गरिएको प्रहरीले जानकरी दिएको छ। उपत्यकाभित्रका तीनवटा जिल्ला मध्ये सबैभन्दा धेरै काठमाडौंमा कारबाहीमा परेका छन्। सरकारले कोरोना संक्रमणमबाट बच्नको लागि भन्दै चैत ११ गतेबाट लकडाउन जारी राखेको छ। लकडाउनको समयमा…
काठमाडौं : केही दिनयता काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ। कडाइ यस अर्थमा कि नाकाबाट अत्यावश्यक सवारी साधन र मानिसवाहेक अन्यलाई छिर्न दिइएको छैन। विभिन्न जिल्लाले जारी गरेका पास लिएर काठमाडौं छिर्नेलाई समेत रोक लगाइएको छ। तर, मालबाहक ट्रक र अन्य ढुवानीका सवारी साधन भने निर्वाधरुपमा प्रवेश गरिरहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ५/६ सय सवारी ढुवानीका…
नयाँ दिल्ली : भोलि एकै दिन भारतले ६४ फ्लाइट मार्फत् करिब १५ हजार भारतीयलाई एयर लिफ्ट गर्ने भएको छ। विभिन्न १२ मुलुकमा अलपत्र परेका भारतीयहरुलाई एयर लिफ्टको तयारी भएको हो। बिहीवारबाट सुरु हुने उद्दार कार्य साताव्यापी चल्ने छ। 'बन्दे भारत मिसन' शीर्षकमा भारतका विदेश मन्त्री एस जयशंकरले ट्विट गर्दै यसको जानकारी दिएका हुन्। उनले भारत आउनेहरुलाई आफू रहेको मुलुकका दूतावासको…
काठमाडौं : मंगलवार विराटनगर महानगरपालिका १८ स्थित चेकपोष्टमा स्रोत नखुलेको लाखौं भारतीय रुपैयाँ सहित पक्राउ परेका दुई जनाले आफूहरु नेपाल डाइपर लिन आएको बताएका छन्। उनीहरुले प्रहरीको प्रारम्भीक बयानमा डाइपर लिएर सिलगुढी जान लागेको बयान दिएका हुन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा १ करोड ९ लाख ७९ हजार रुपैयाँ फेला…
काठमाडौं : काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना मुक्त भएर फर्केका दुई र थप एकसहित तीन जनालाई फेरि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। संक्रमणमुक्त भइसकेका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमण कायमै रहेको आशंका भएपछि उनीहरुलाई आज बिहान पुन: अस्पताल पुर्याइएको हो। यी दुईसँगै बुहारीलाई पनि अस्पताल लगिएको हो। उनीहरुको थ्रोट स्वाब संकलन गरेर आजै परीक्षणका लागि…
ह्वाइट हाउसले 'कोरोना भाइरस टास्क फोर्स' खारेज गर्ने भएको छ। बुधवार उक्त निर्णय घोषणा भएको छ। उक्त समूहको नेतृत्व समेत गरेका उपराष्ट्रपति माइक पेन्सले एक साताभित्र टास्क फोर्स बन्द हुने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जानकारीको पुष्टि गरेको बीबीसीले जनाएको छ। एरिजोनास्थित एक मास्क उत्पादन गर्ने उद्योग भ्रमणका क्रममा उनले भने, 'हामी हाम्रो देशलाई सामान्य स्थितिमा फर्काउँदै छौं।' माइक…
बेलायत युरोपमा सर्वाधिक कोरोना संक्रमितहरुको मृत्यु हुने देश बनेको छ। त्यहाँका परराष्ट्र सचिव डोमिनिक राबले सरकारी तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। बेलायतका अस्पतालहरुमा मृत्यु हुने संक्रमितको संख्या २९ हजार ४ सय २७ पुगेको छ। राबले भनेका छन्, 'यो हाम्रा लागि ठूलो पीडादायी क्षण हो। यसअघि हामीले यो सबै भोगेका थिएनौं।' यसअघि युरोपमा इटालीको मृत्युदर सबैभन्दा बढी थियो। त्यहाँ…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय ९६ जना महिलासहित १ हजार ५५३ जना प्रहरीको कारबाहीमा परेका छन्। मंगलवार बिहान ६ बजे देखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ६ सय ११ वटा दुई पाङ्ग्रे र ७६ वटा चारपाङग्रे गरी…
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले मदिरा सेवन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। तराईमा कोरोना भाइरस मार्ने भन्दै घरेलु मदिरा पिउँदा स्थानीयको मृत्यु भएको खबरहरु आइरहेका बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले रक्सीले संक्रमणको जोखिम बढाउने बताए। मंगलवारको नियमित प्रेस ब्रिफिङमा डाक्टर देवकोटाले भने, 'अल्कोहलको सेवन भइराख्यो भने हाम्रो शरीरमा रोगसँग लड्ने शक्तिमा कमी…
टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'का सदस्य इब्राहिम गोसेकले आमरण अनशन तोडेका छन्। ब्यान्डले मंगलबार विज्ञप्ति जारी गर्दै उनले ३२३ औं दिनमा अनशन तोडेकोबारे जानकारी दिएको हो। उनले ब्यान्ड, आम स्रोता र दर्शकले गरेको आग्रहको सम्मानमा अनशन तोडेको जनाइएको छ। उनीहरुको ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु छन्। सबै सदस्य स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यवद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा गीत…
काठमाडौँ : लकडाउनको समयमा भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको लाखौं भारतीय रुपैयाँ बरामद गरेको छ। मोरङको रानी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा १ करोड ९ लाख ७९ हजार रुपैयाँ फेला पारेको हो।'शंका लागेर चेक गर्दा भारतिय नोट फेला परेको हो। थप अनुसन्धान भइरहेको छ।' सशस्त्र प्रहरी बलका डिआइजी प्रविनकुमार…
काठमाडौं : संघीय संसद्का नवनियुक्त महासचिव डा. भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले मंगलवार संघीय संसद सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा गौतमलाई सपथ गराएका हुन्। उनी सोमवार संसदको महासचिवमा नियुक्त भएका थिए। सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गरेकी हुन्। लामाचौर कास्कीका गौतम २०५१ सालमा न्याय…
काठमाडौँ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक पोलिटव्युरो सदस्य पक्राउ परेका छन्। प्रहरीले पोलिटव्यूरो सदस्य अनिल शर्मा (विरही)लाई प्रहरीले पक्राउ गरेको हो। उनलाई चितवनबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उपचार गर्न अस्पताल गएको समयमा उनलाई पक्राउ गरिएको हो। सोमबार मात्र इलामबाट प्रहरीले विप्लव समूहका जिल्ला इन्चार्ज सङ्खुवासभा घर पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम…
एक अध्ययनले इटालीमा कोरोना भाइरस संक्रमण 'सेकेन्ड वेभ' पहिलोभन्दा बढी हुने बताएको छ। कोरोना संक्रमणको नयाँ 'केस' घट्नु र मृत्युदरमा कमी आएपछि इटालीमा जारी दुई महिना लामो लकडाउन केही खुकुलो पारिएको छ। तर, मानिसको चहलपलका कारण अझै धेरै मानिसलाई संक्रमण हुने र संक्रमितको मृत्युदर पहिलो चरणमा भन्दा बढ्ने चेतावनी दिइएको हो। इम्पेरियल कलेज लन्डनले गरेको अध्ययनका अनुसार लकडाउन पूर्ण रुपमा खोलिनु इटालीका…
अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्मा छिरिङ शेर्पाले नेतृत्व लिएको दुई वर्ष पूरा भएको छ। वैशाख २२ गते उनको नेतृत्वले दुई वर्षे कार्यकाल पूरा गर्यो। अघिल्लो वर्ष २२ वैशाखलाई एन्फा दिवसका रुपमा मनाइएको भए पनि यसपाला सुनसानमात्रै रह्यो। कोरोनाको बढ्दो संक्रमण दर र लकडाउनका कारण खेलका गतिविधि झै यो दिवस पनि ओझेमा पर्नु अस्वभाविक थिएन। फुटबलमा परिवर्तनको नारा लिएर आएका…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। मंगलवार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा स्थायी कमिटी बैठकबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनले भने, 'दुई अध्यक्षबीच स्थायी कमिटी बैठकको तयारीबारे छलफल भएको हो। बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कुराकानी…
सोमबारदेखि भारतमा लकडाउनको तेस्रो चरण सुरु भएको छ। लकडाउन निरन्तर हुन थालेपछि भारतीय सरकारले विभिन्न क्षेत्रमा छुट पनि दिन थालेको छ। यसै सन्दर्भमा मदिरा पसल पनि खोल्न छुट दिइएको छ। सोमबारदेखि खुलेका मदिरा पसलहरुमा मानिसहरुको भिड लाग्यो। जसका कारण कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी लकडाउन प्रभावित बन्यो। मदिरा पसलमा लागेको लामका बारेमा मंगलबार सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म चर्चा भयो। मानिसहरुको भिड लागेको…
काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिवारको सचिवालय बैठकको निष्कर्षबाट कोही विचलित हुन नहुने बताएका छन्। प्रवक्ता श्रेष्ठले ट्वीटरमार्फत् पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएको भन्दै त्यसबाट पछि हट्न नहुने तर्क गरेका हुन्। श्रेष्ठले सोमवार राति मात्रै सचिवालय बैठकको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसंकट ल्याउने भन्दै यसमा अन्यथा हुनै नसक्ने…