इलामः इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज सहित दुई कार्यकर्ता पक्राउ परेका छन्। नेपाल प्रहरीको विशेष सुचनाको आधार सशस्त्र प्रहरी समेतको टोलीले सोमबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९…
अस्कर अवार्ड विजेता फिल्मकर्मी टाइका वाइटिटीले नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। स्टार वार्सको फिचर फिल्मका लागि उनले सह-लेखन र निर्देशन गर्ने भएका हुन्। वाइटिटीले यसै वर्ष अस्करमा फिल्म 'जोजो र्याबिट'का लागि बेस्ट एडप्टेड स्क्रिन प्ले अवार्ड जितेका थिए। फिल्म उत्कृत्ट फिल्म अवार्डका लागि मनोनित पनि भएको थियो। उनले स्कटिस फिल्म लेखक क्रिस्टी विलसन- काइर्न्सकासँग सहकार्य गर्न लागेका हुन्। क्रिस्टी वार…
काठमाडौं : कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज दिउँसो ४ बजे बोलाइएको छ। सिंहदरबारमा बस्ने बैठकले लकडाउनलाई कसरी व्यवस्थित गर्ने र लकडाउन अवधि थप गर्ने विषमा छलफल गर्ने छ। सोमवार बसेको समन्वय समितिको बैठकले लकडाउनको मोडालिटीको विषयमा छलफल गरेको थियो। सरकारले पछिल्लो समय थप गरेको लकडाउनको समय वैशाख २५ गते रातिबाट सकिँदैछ। आज बस्ने समन्वय समितिको बैठकले…
काठमाडौं : टिकटकमा हतियारसहित अश्लिल भिडियो बनाउने सशस्त्र प्रहरी जवानलाई कारबाही गरिएको छ। सशस्त्र प्रहरी बलले प्रहरी बलबहादुर परियारको नियुक्ति बदर गरेको हो। सशस्त्र प्रहरी नियवाली, २०७२ बमोजिम नियुक्ति बदर गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उनले केही समयअघि मात्र तालिम पुरा गरेका थिए। जवान परियारले टिकटकमा हतिायर बोेकर मान्छे मार्ने भन्दै भिडियो बनाएका थिए।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या साढे दुई लाख कटेको छ। जोन होप्किन्स युनिभर्सिटीका अनुसार सोमबारसम्ममा २ दाख ५० हजार १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिका छ। त्यहाँ ११ लाख ८० हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको छ। संक्रमणकै कारण ६८ हजार ९ सयको ज्यान गुमिसकेको छ। जसमध्य संक्रमित र…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १ हजार ६६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ८ बजेसम्म ३ सय ४० जना महिला सहित १ हजार ६६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। त्यस्तै १ सय वटा सवारी साधनलाई नियन्त्रण…
अमेरिकाको फिन्टमा एकै परिवारका तीन जनालाई हत्याको आरोपमा लागेको छ। ४५ वर्षीया सार्मेल टिग्यु, उनका २३ वर्षीय छोरा रामोन्या बिसप र ४४ वर्षीय श्रीमान ल्यारीलाई फ्यामेली डलर सपिङ स्टोरका सुरक्षाकर्मीको हत्याको आरोप लागेको हो। सार्मेलकी छोरीलाई मास्क बीना सपिङ स्टोरमा छिर्न रोक लगाइएको थियो। उनीहरु स्टोरबाट फर्किएको केही समयमै रामोन्या र ल्यारी स्टोरमा पुगेका थिए। त्यहाँ उनीहरुले आफ्नो परिवारको अपमान…
काठमाडौं : बाँकेको नेपालगञ्जका थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भेरी अस्पतालमा पीसीआर परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस रिलिजमार्फत् जानकारी दिएका छन्। जसमा ३ पुरुष र ४ महिला छन्। नेपालगञ्ज महानगरपालिका ८ का २२, ३० र ४० वर्षका पुरुष तथा ९,३२,३४ र ५५ वर्षका महिला…
काठमाडौं : सडकमा निस्किएका प्राय मानिस अहिले प्रहरीको नजरमा पर्छन्। कता हिँड्नु भएको? पास छ? सडकमा खटिएका प्रहरीको प्रश्नको सामाना नगर्ने कमै होलान्। कतिले यसलाई प्रहरीको ड्युटी मानेर सहज रुपमा लिन्छन् त कतिले अनावश्यक दुःख दिएको समेत अनुभूति गरेका छन्। लकडाउनलाई सुरक्षित बनाउन प्रहरी खटिएको छ। प्रहरीले सडकमा निस्किएकामाथि निगरानी कम गर्ने हो भने लकडाउन खुकुलो बन्छ। र, अत्यावश्यक भनेर लिइएको पास दुरुपयोग गर्नेहरु पनि बढ्ने प्रहरीले जनाएको छ। त्यसैले अनावश्यक रुपमा…
नयाँ दिल्ली : लगातार चौथो दिन पनि भारतमा कोरोना संक्रमितको संख्याले थप उचाई लिएको छ। सोमवार २ हजार ९ सय कोभिड-१९ संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या ४५ हजार पार गरेको छ। महाराष्ट्रपछि तामिल नाडू एकैदिन धेरै संक्रमित भेटिएको राज्य बनेको छ, जहाँ सोमवार ५ सयभन्दा धेरै संक्रमितको केस फेला परेको हो। भारतमा एकै दिनमा ९९ जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै उच्च…
रत्नबहादुर कार्की - संसदमा दुईतिहाइ नजिकैको शक्ति बोकेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा भित्रको प्रचण्ड-नेपालको गठबन्धनका कारण अल्पमतमा परेका थिए। पूर्व प्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्रीका महत्वकांक्षी वामदेव गौतम गठबन्धनको दह्रो डोरीको पोयाँमा बाटिएकाले पनि सत्ताको अर्को समीकरण नबनेसम्म यो गठबन्धन सजिलै टुट्ने देखिएको पनि थिएन। तर, वामदेव गौतमलाई सत्ताको अस्थायी रक्षा कवच बनाउन सफल केपी ओलीलाई यो 'चार दिनका…
काठमाडौं : कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै सरकारले लकडाउन गरेको ४२ दिन पूरा भइसकेको छ। यसबीच हजारौं मानिस काठमाडौं छोडेर गाउँ फर्किएका छन्। अझै फर्कने क्रम जारी नै छ। यसबीच केही दिनयता बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने मानिसहरुको संख्या पनि बढ्दै गएको छ। काठमाडौं प्रवेश गर्ने नाकामा प्रहरीले मानिसहरुलाई रोकिरहेको खबर सार्वजनिक भएका छन्। कतिपय मानिस भने भित्रि बाटो हुँदै काठमाडौं…
काठमाडौं : लकडाउनमा जिल्ला प्रशासनबाट जारी भएको सवारी पासको दुरुपयोग बढेपछि थप कडाइ गरिएको छ। गृह मन्त्रालयले ७७ वटै जिल्लामा सूचना जारी गर्दै कडाइ गर्न निर्देशन दिएको छ। अब एउटा जिल्लाबाट जारी भएको पास लिएर अर्को जिल्लामा जान पाइने छैन। अत्यावश्यक कामले जानै पर्ने भएको खण्डमा सम्वन्धित जिल्ला प्रशासनले जान लागेको अर्को जिल्ला प्रशासनसँग समन्वय गरेर मात्र पास जारी गर्न…
काठमाडौं: आइतबार साँझबाट काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएपछि नागढुंगा नाकामा काठमाडौं भित्रिने सवारीको संख्या पातलिएको छ। बिहान साढे ९ बजे नाकामा पुग्दा अत्यावश्यक सवारीबाहेक अन्यको आगमन शून्यझैं थियो। विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सवारीलाई समेत उपत्यकाभित्र छिर्न रोक लगाएपछि नाकामा अन्य दिनभन्दा कम चहलपल थियो। तर, ढुवानीका सवारीसाधन भने निर्वाध नै देखिए। त्यस्तै बिरामी बोकेर मोटरसाइकलमा आएका मानिसमाथि…
काठमाडौंः गृह मन्त्रालयले प्रहरी उपरीक्षक (एसपी) को पदस्थापना गरेको छ। वैशाख १८ गते बढुवा भएका एसपीको पदस्यापना गरिएको छ। निर्णय अनुसार महानगरीय प्रहरी परिसर ललितपुरमा तुलबहादुर कार्कीलाई पठाइएको छ। परिसरमा कार्यरत एसपी दुर्गा सिंह बढुवा भएपछि दरबन्दी खाली थियो। त्यस्तै एसपी होबिन्द्र बोगटी महानगरीय अपराध अनुसन्धान महाशाखामा पदस्थापना भएका छन्। एसपी प्रवीण धिताल लागूऔषध नियन्त्रण व्यूरोमा पदस्थापन भएका छन्।
काठमाडौँः महान्यायाधिवक्ता कार्यालयले संगठित अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित देशहरुसँग सुपुर्दगी सन्धि गर्न सरकारलाई सुझाव दिएको छ। आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा कार्यालयले सरकारलाई सन्धिको सुझाव दिएको हो। कार्यालयले प्रतिवेदन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ। यस्तै प्रतिवेदनमा सरकारी वकिलको दरबन्दी बढाउन पनि सुझाव दिइएको छ। हालको दरबन्दीका अतिरिक्त एक सय ५० मुद्दाका अनुपातमा एक सरकारी…
काठमाडौँः गृह मन्त्रालयले सीमा सुरक्षा बढाउन 'बोर्डर आउट पोस्ट 'बिओपी' को संख्या बढाउने निर्णय गरेको छ। गृहले सीमा नाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्याउने तयारी गरेको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले खाका तयार पारेर सोमबार गृहमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो। एक सय २१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी…
काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले आफू अपहरणमा परेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा सोमबार उजुरी दर्ता गरेका छन्। प्रहरीले जाहेरी नलिएको व्यहोरा र जाहेरीको विवरण समेटेर उजुरी दर्ता भएको हो। बहालवाला सांसद्द्वय महेश बस्तेत, कृष्णकुमार श्रेष्ठ, प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल समेतलाई विपक्षी बनाएर उक्त उजुरी दर्ता भएको हो। दर्तासँगै अपहरण भनिएको घटनाको अनुसन्धान प्रक्रिया अघि…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंसिर ४ गते भएको सहमतिमा दत्तचित्त भएर अघि बढ्ने निष्कर्षमा पुगेका छन्। सोमवार प्रधानमन्त्री निवास बालुवाटरमा भएको वार्तामा ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनमा परामर्श गरेर जाने सहमति बनेको हो। मुख्यत: मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन…
काठमाडौं : लकडाउनले महिना दिनदेखि बन्द मदिरा पसल खोल्न व्यवसायीहरुले माग गरेका छन्। भारतको राजधानी नयाँ दिल्ली लगायत केही राज्यहरुमा मदिरा पसल खोल्न अनुमति दिइएका बेला नेपालमा पनि पसल खोल्न दिन माग उठेको हो। मदिरा उत्पादकहरुको संस्था नेपाल पेय पदार्थ संघले स्वास्थ्य सुरक्षाका यथेष्ठ उपायहरु अवलम्बन गरि मदिराका बिक्री कक्षहरु खोल्न दिनुपर्ने माग गरेको छ। निश्चित समय तोकेर पसल खोल्न…