PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • कोरोना अपडेट : २४ घण्टामा १ हजार ४५९ को परीक्षण, बाँकेका १६ वर्षीय किशोरमा संक्रमण पुष्टि

    कोरोना अपडेट : २४ घण्टामा १ हजार ४५९ को परीक्षण, बाँकेका १६ वर्षीय किशोरमा संक्रमण पुष्टि

    काठमाडौं : नेपालमा शुक्रवारसम्म कुल ७० हजार २३ जनामा कोरोना परीक्षण भएको छ। पीसीआरमार्फत १५ हजार ४ सय ९२ र आरडीटीबाट ५४ हजार ५ सय ३१ को परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्। उनका अनुसार २४ घण्टामा १ हजार ४ सय ५९ जनामा कोरोना परीक्षण गरिएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा उनले १५…

    विस्तृतमा पढ्नुस्

  • नेकपाका उपनेता सुवास नेम्वाङको प्रश्न : अपहरणको सत्य के हो? अधिवेशनमै जानकारी हुनुपर्छ

    नेकपाका उपनेता सुवास नेम्वाङको प्रश्न : अपहरणको सत्य के हो? अधिवेशनमै जानकारी हुनुपर्छ

    काठमाडौं : नेकपाका उपनेता सुवास नेम्वाङले सांसद अपहरणको यथार्थ के हो आउनुपर्ने बताएका छन्। संसद अधिवेशनमा बोल्दै उनले भने, 'सांसद अपरणको कुरा भएको के हो? यथार्थ के हो? यही संसदमा संसद चल्दाचल्दै यथार्थ आउँछ भन्ने विश्वास छ।' आफूहरु आपराधिक क्रियाकलापको पक्षमा नरहेको उनले प्रस्टिकरण दिए। उनले शान्ति प्रकियालाई टुंगोमा पुर्‍याएको घोषणा पनि यही अधिवेशनबाट गर्ने बताए। उनले संसद अधिवेशनको प्राथमिकता…

    विस्तृतमा पढ्नुस्

  • इरफान खानको नाममा दीपिकाको भावुक नोट, 'यादहरुलाई मनमा बसाउन देउ'

    इरफान खानको नाममा दीपिकाको भावुक नोट, 'यादहरुलाई मनमा बसाउन देउ'

    बलिउड अभिनेत्री दीपिका पादुकोणले चलचित्र पिकुमा सहकार्य गरेका इरफान खानलाई सम्झँदै पिकु चलचित्रमा रहेको भावुक नोट लेखेकी छिन्। खानको अघिल्लो हप्ता ‘न्युरो इन्डोक्राइन ट्युमर’ मृत्यु भएको थियो। पादुकोणले खानसँग पाँचवर्ष अघि अभिनय गरेको चलचित्र पिकुको गीत र एउटा तस्बिर इन्स्टाग्राममा राखेकी छिन्। तस्बिरमा पादुकोण,खान र निर्देशक सोजित सिन्कार एउटा कपमा हेर्दै हासिरहेका देखिन्छन्। उनले गीत 'लम्हे गुजर गए' को लिरिक्ससँगै…

    विस्तृतमा पढ्नुस्

  • बाँकेका थप एक किशोरमा कोरोना संक्रमण

    बाँकेका थप एक किशोरमा कोरोना संक्रमण

    काठमाडौं : नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रवार नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन्। संक्रमित बाँकेका १६ वर्षीय युवक हुन्। यो सँगै नेपालमा संक्रमितको सङख्या १ सय २ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • सांसद अपहरणमा सरकार नै संलग्न हुनु दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारवाही गर्न कांग्रेस सभापति देउवाको माग

    सांसद अपहरणमा सरकार नै संलग्न हुनु दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारवाही गर्न कांग्रेस सभापति देउवाको माग

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले शेरबहादुर देउवाले सांसद अपहरणमा सरकारको संलग्नता देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। उनले दोषीलाई कारवाहीको मागसमेत गरे। आजबाट सुरु भएको वर्षे अधिवेशनमा बोल्दै देउवाले सरकारको आलोचना गरेका हुन्। सरकार नै अपराधिक गतिविधिमा लागेको उनको आरोप थियो। देउवाले सरकारले नैतिक आधार गुमाएको टिप्पणीसमेत गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सरकारले निम्न वर्गीमा रहेकालाई राहत नदिएको…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्जमा थप एक जनालाई कोरोना, संक्रमितको संख्या १०२ पुग्यो

    नेपालगञ्जमा थप एक जनालाई कोरोना, संक्रमितको संख्या १०२ पुग्यो

    काठमाडौं : बाँकेको नेपालगञ्जमा थप एक जनामा भाइरसको संक्रमण देखिएको छ। १६ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। भेरी अस्पतालमा स्वाब परीक्षणका क्रममा उनका कोरोना देखिएको हो। यसअघि बाँकेमा २३ जनामा संक्रमण देखिइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ जना पुगेको छ। जसमा ७६ पुरुष र २८ महिला रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • टेकुबाट बालुवाटार पुगेर चिकित्सकहरुले लिए प्रधानमन्त्री ओलीको थ्रोट स्वाब, संसदमा विशेष व्यवस्था

    टेकुबाट बालुवाटार पुगेर चिकित्सकहरुले लिए प्रधानमन्त्री ओलीको थ्रोट स्वाब, संसदमा विशेष व्यवस्था

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको थ्रोट स्वाब संकलन भए पनि रिपोर्ट आइसकेको छैन। आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट गएका चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वाब संकलन गरेको थियो। बालुवाटार पुगेर चिकित्सकहरुले १२:३० बजे स्वाब संकलन गरेका हुन्। आजबाट सुरु भएको संसद अधिवेशनमा सहभागी हुने प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सबै सदस्यको कोरोना परीक्षण अनिवार्य गरिएको छ। हिजोबाट सांसदहरुको थ्रोट…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जीवनीमा आधारित फिल्म बन्ने, को हुन हिरो?

    उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जीवनीमा आधारित फिल्म बन्ने, को हुन हिरो?

    भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनीमा आधारित फिल्म बन्ने भएको छ। फिल्मको निर्माण लकडाउनपछि शुरु हुनेछ। भोजपुरी सुपरस्टार दिनेश लाल यादव ‘निरहुआ’ले लकडाउनपछि मुख्यमन्त्री आदित्यनाथको जीवनमा आधारित फिल्म बनाउन लागेका हुन्। यतिमात्रै होइन आदित्यनाथको रोल पनि उनले नै निर्वाह गर्नेछन्। यो रोल निभाउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ छ। नवभारत टाइम्ससँगको कुराकानीमा भोजपुरी सुपरस्टार निरहुआले आगामी प्रोजेक्टबारे…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस विरुद्धको भ्याक्सिन पहिलोपटक बाँदरमा सफल रुपमा परीक्षण

    कोरोना भाइरस विरुद्धको भ्याक्सिन पहिलोपटक बाँदरमा सफल रुपमा परीक्षण

    कोरोना भाइरस विरुद्धको भ्याक्सिन पहिलोपटक बाँदरमा सफल रुपमा परीक्षण भएको छ। चीनले तयार पारेको भ्याक्सिन बाँदरलाई कोरोना भाइरसबाट जोगाउन सफल देखिएको ग्लोबल टाइम्सले जनाएको छ। यस सम्बन्धी रिपोर्ट मे ६ मा साइन्स म्यागेजिनमा प्रकाशित भएको हो। यो कोरोना भाइरसको उपचारका लागि जनावरमा परीक्षण गरिएको पहिलो क्यान्डिडेट हो। रिपोर्ट अनुसार अनुसन्धानकर्ताले ११ संक्रमितका ११ भाइरसलाई आइसोलेट गरेका थिए। जसमध्ये चीनबाट पाँच,…

    विस्तृतमा पढ्नुस्

  • संसद सुरु गर्नुअघि राष्ट्रपति भेट्न सभामुख पुगे शीतलनिवास

    संसद सुरु गर्नुअघि राष्ट्रपति भेट्न सभामुख पुगे शीतलनिवास

    काठमाडौं: प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। आज अपरान्ह् चार बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल गर्न सभामुख सापकोटा राष्ट्रपति कार्यालय शीतलनिवास गएको उनको सचिवालयले जनाएको छ। भेटमा सभामुख सापकोटाले राष्ट्रपतिसँग चालु बर्षे अधिवेशन सञ्चालनका विषयमा छलफल गरेका थिए। साथै राष्ट्रपति भण्डारीलाई कोभिड १९ का कारण उत्पन्न विषम…

    विस्तृतमा पढ्नुस्

  • ऋतिक रोशनले ड्युटीमा खटिएका प्रहरीलाई पठाए स्यानिटाइजर

    ऋतिक रोशनले ड्युटीमा खटिएका प्रहरीलाई पठाए स्यानिटाइजर

    कोरोनाको महामारीले लकडाउन चलिरहँदा चर्चित बलिउड अभिनेता ऋतिक रोशनले प्रहरीलाई स्यानिटाइजर दिँदै आभार प्रकट गरेका छन्। विभिन्न बलिउड अभिनेताहरु पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदा रोशनले मुम्बई पुलिसलाई स्यानिटाइजर उपलब्ध गराएका हुन्। 'ड्युटीमा खटिएका मुम्बइ पुलिसका लागि ह्यान्ड स्यानिटाइजर पठाएकोमा अभिनेता रोशनलाई धन्यबाद,' मुम्बई पुलिसको ट्वीटर ह्यान्डलमा लेखिएको छ, 'हाम्रो फ्रन्टलाइनका योद्दाहरुको सुरक्षाका लागि सामाग्री पठाउनु भएकोमा हामी तपाईंको आभारी छौं,।' My…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको उचाइ लिन चिनियाँ टोली शिखरतिर

    सगरमाथाको उचाइ लिन चिनियाँ टोली शिखरतिर

    काठमाडौं : चीनले सगरमाथाको उचाइ नाप्नका लागि सर्भे गर्ने टोली शिखरतर्फ पठाएको छ। बुधवार ३० जनाको टोली उत्तरी मोहोडाबाट सगरमाथाको चुचुरोतिर लागेका हुन्। बुधवार त्यहाँको बेस क्याम्पबाट टोली शिखरतर्फ लागेको चाइना डेलीले जनाएको छ। यस अभियानमा चीनको प्राकृतिक स्रोत मन्त्रालय, विदेश मन्त्रालय, खेलकुद सामान्य प्रशासन र स्वाशासित क्षेत्र तिब्बत सरकारको संयुक्त सहभागिता छ। त्यहाँको खेलकुद प्रशासनका पर्वातारोहण व्यवस्थापन केन्द्रका उपप्रमुख…

    विस्तृतमा पढ्नुस्

  • ११ जनाको ज्यान लिने प्लान्टबाट ५ किलोमिटरसम्म उठाइयो बस्ती, कम्पनीविरुद्ध मुद्दा

    ११ जनाको ज्यान लिने प्लान्टबाट ५ किलोमिटरसम्म उठाइयो बस्ती, कम्पनीविरुद्ध मुद्दा

    चेन्नई : भारतीय प्रहरीले एलजी केम सब्सिडरीविरुद्ध विषालु ग्यास लिक भएको प्रकरणमा मुद्दा दायर गरेको छ। हिजो बिहान उक्त कम्पनीको फ्याक्ट्रीबाट ग्यास चुहिँदा ११ जनाको ज्यान गएको थियो भने हजारभन्दा बढी मानिस विरामी भएका थिए। प्रहरीले आन्द्र प्रदेशमा रहेको उद्योगको ५ किलोमिटर वृत्ताकार क्षेत्रलाई खाली गराएको छ। ग्यास लिक भएको भोलिपल्ट सरकारले यस्तो कदम चालेको हो। करिब ८ सय स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • नेपालका तीन तेक्वान्दो खेलाडी युरोपियन पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा

    नेपालका तीन तेक्वान्दो खेलाडी युरोपियन पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौ: पछिल्लो समय खेलकुदका गतिविधि कोरोनाका कारण प्रभावित छन्। तर, तेक्वान्दोको एक प्रतियोगिता भने चलिरहेको छ। पहिलो अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियसिपमा ५ जना नेपाली खेलाडीहरुले पनि सहभागिता जनाएका छन्। जसमा ३० वर्ष मुनीको उमेर समूहमा १३ औं सागका पदकधारी खेलाडीहरु कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्बु सेमिफाइनलमा प्रवेश गरेका छन्। त्यस्तै नेपालबाट सहभागी २ खेलाडी बाहिरिएका…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा सवारीको तीब्र गति, एकै झड्कामा जीवनको क्षति : गाडी निषेध हुँदा ८ जनाले गुमाए ज्यान

    लकडाउनमा सवारीको तीब्र गति, एकै झड्कामा जीवनको क्षति : गाडी निषेध हुँदा ८ जनाले गुमाए ज्यान

    काठमाडौं : शुक्रवार बिहान सवा ७ बजे रविभवन लामपाटी नजिकै सडक दुर्घटना भयो। कलीमाटीबाट कलंकीतर्फ गइरहेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र कलंकीबाट कालीमाटीतिर गइरहेको बा २१ च ४३४७ कार एकआपसमा ठोकिए। तीब्र गतिमा रहेका दुईवटा साधन ठोक्किँदा मोटरसाइकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलाल गम्भीर घाइते भए। उनलाई तत्काल अपस्पताल पुर्‍याइयो। तर, चिकित्सकले उनलाई बचाउन सकेनन्।…

    विस्तृतमा पढ्नुस्

  • महिला खेलाडीहरुको प्रश्न : जब पतिले खराब खेल्छन् दोष किन पत्नीलाई?

    महिला खेलाडीहरुको प्रश्न : जब पतिले खराब खेल्छन् दोष किन पत्नीलाई?

    केही दिनअघि इएसपिएन क्रिक इन्फोले एल्सा हेलेको फाइनल खेल हेर्न उनका पति मिसेल स्टार्क गएको तस्बिर 'कपल्स गोल' क्याप्सन राखेर ट्वीट गर्‍यो। टी २० महिला विश्वकप फाइनल खेल हेर्न चर्चित क्रिकेटर स्टार्क पुगेका थिए। उक्त तस्बिरले निकै चर्चा कमायो विशेष गरी भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबिच। यदि भारतमा यस्तो हुने हो भने के हुन्थ्यो ? मानिसहरु फोटो सेयर गर्दै वहसमा उत्रिए।…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा कोरोना : विहीवार सर्वाधिक संक्रमित र मृत्युदर, शनिबारदेखि लकडाउन खुल्दै

    पाकिस्तानमा कोरोना : विहीवार सर्वाधिक संक्रमित र मृत्युदर, शनिबारदेखि लकडाउन खुल्दै

    पाकिस्तानमा विहीवार मात्र १ हजार ५ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखियो। सोही दिन संक्रमणकै कारण ३८ जना मरे। यो दैनिक संक्रमित र मृत्युदर पाकिस्तानमा हालसम्मकै उच्च हो। जोन होप्किन्स विश्व विद्यालयका अनुसार त्यहाँ हालसम्म २४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ र ५ सय ६४ जनाको मृत्यु भइसकेको छ। संक्रमित र मृतकको संख्या बढ्दै गएपनि पाकिस्तान लकडाउन खुकुलो…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्ता छन् सम्भावित कार्यसूची

    संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्ता छन् सम्भावित कार्यसूची

    काठमाडौँः संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो ४ बजे दुबै सदनको बैठक बस्नेछ । चालु अधिवेशनमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ । यस्तै, पिब्रजेट छलफल पनि सदनमा हुनेछ ।   संसद् सचिवालयले स्वास्थ्यका दृष्टिकोणबाट बैठकलाई पूर्ण सुरक्षित बनाउन सदस्यहरुको कोरोना परीक्षण प्रक्रिया अघि बढाएको छ। बिहीबार स्वाब संकलन गरिएकाको नतिजा शुक्रबार आउँदैछ। शुक्रबार पनि…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा हिँडेरै घर जाँदा लिकमै निदाए मजदूर, रेल उनीहरुमाथि नै गुड्यो, १४ जनाको मृत्यु

    लकडाउनमा हिँडेरै घर जाँदा लिकमै निदाए मजदूर, रेल उनीहरुमाथि नै गुड्यो, १४ जनाको मृत्यु

    भारतको महाराष्ट्रमा अलपत्र परेका १४ जना मजदूरको रेलले किच्दा मृत्यु भएको छ। लकडाउनका कारण महाराष्ट्रबाट मध्यप्रदेश हिँड्दै अघि बढेका उनीहरु थाकेर रेलवेको लिकमै सुतेका थिए। रेल उनीहरुमाथि गुडेको थियो। घटनामा ५ जना घाइते भएका छन्। महाराष्ट्रको औरंगावादमा यस्तो दुर्घटना भएको हो। 'घाइतेहरुलाई औरंगावदाको सरकारी अस्पताल पुर्‍याइएको छ,' साउथ सेन्ट्रल रेलवेका जन सम्पर्क अधिकृत सीएच राकेशले भने। दुर्घटना आज बिहान ५:१५…

    विस्तृतमा पढ्नुस्

  • एक जनाको ज्यान लिने गरी भएको कार र मोटरसाइकल दुर्घटना, कार चालक नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल

    एक जनाको ज्यान लिने गरी भएको कार र मोटरसाइकल दुर्घटना, कार चालक नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल

    काठमाडौं : नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कार र अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा काठमाडौंको रविभवनमा मोटरसाइकलमा यात्रारत एक जनाको मृत्यु भएको छ। कार चालक कलंकी स्युचाटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबरा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीका अनुसार जबरा  आर्मी हेडक्वाटरमा कार्यरत छन्।  बिहान सवा ७ बजे बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एकापसमा ठोक्किँदा दुर्घटना भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell