काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत् आज नाटक 'एल्ममुनिको तिर्खा' देखाइने भएको छ। नौ वर्षअघि पुरानो बानेश्वरस्थित आरोहण, गुरुकुलमा मञ्चन भएको नाटक नाटकको भिडियो आज प्रसारण हुन लागेको हो। नाटकलाई अमेरिकी रङ्गकर्मी डेबोरा मेरोलाले निर्देशन गरेकी हुन्। नाटकमा युजिन ओनिलको कथा रहेको छ। सन् १९२४ मा लेखिएको यस नाटक बलबहादुर थापाले नेपालीमा अनुवाद गरेका हुन्। सरस्वती चौधरी, प्रवीण खतिवडा,विपिन…
काठमाडौं : सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने भएको छ। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको कारण चैतको पहिलो साता देखि अधिवेश बस्न सकेको छैन।
काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले आगामी पाँच वर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि सोमवार नै तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, अधिकारी र पूर्व सचिव केशव भट्टराई परेका थिए। अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी…
काठमाडौं : सरकारले लकडाउनको अवधि वैशाख तीन गतेसम्मको लागि थप गरेको छ। भारतमा लकडाउन वैशाख २ गतेसम्म छ। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख तीन गतेसम्मको लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो। अहिलेसम्म देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सुदूरपश्चिममा भारतबाट आएका युवकमा समेत संक्रमण देखिएपछि अरुमा पनि सर्ने सम्भावनाको कारण सरकारले र्यापिड टेस्ट…
काठमाडौँः कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरणमा खटिएका सुरक्षाकर्मीलाई मारवाडी युवा संघले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलव्ध गराएको छ। संघले सोमबार महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई पीपीई हस्तान्तरण गरेको हो। प्रहरीले घटनास्थलमा खटिँदा आवश्यकता अनुसार पीपीई प्रयोग गर्नेछ।
काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन्। अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएका हुन्। पर्यटनमन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द…
हरेक वर्ष आइफोनका सिरिजहरु लञ्च गर्दै आएको एप्पलले यस वर्ष नयाँ उत्पादन बजारमा ल्याउने भएको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिम कुकले नयाँ प्रोडक्टको घोषणा गरे जुन आइफोन अथवा एप्पल वाच थिएन। यसपटक एप्पलले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक ‘फेस सिल्ड’ निर्माण गर्ने घोषणा गरेको छ। कोभिड-१९ विरुद्ध लडिरहेका चिकित्सक तथा नर्सका लागि एप्पलले स्वास्थ्य सुरक्षाको सामाग्री उत्पादन गर्ने घोषणा गरेको हो।…
चितवनः पश्चिम चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका २२ का पूर्णबहादुर कुमाल रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चेतबहादुर रानाभाटले जानकारी दिए। रानाभाटका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा न्यूरो टिप्न गएका कुमाललाई गैंडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट कुमालको घटना स्थलमानै मृत्यु भएको हो। कुमाल बेलसहर मध्यवर्ती सामुदायिक वनका सदस्य हुन्। घटना बिहान ११ः ४५ वजे…
धनुषा : जनकपुर उपमहानगरपालिका वडा नम्बर २, ३, ४, ८, ९ र ११ को वडा एरियामा लकडाउनको उल्लंघन गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई आइतवार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-४ डेरा गरी बस्ने बारा कलैया नगरपालिका-२ घर भएका ३५ वर्षीय रामप्रकाश साह सहित १४ जनालाई पक्राउ गरेको हो। विश्वव्यापी…
काठमाडौं: विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि संचालित कोषमा हालसम्म २ अर्ब ३२ करोड १२ लाख २२ हजार रुपैयाँ जम्मा भएको छ। नेपाल सरकारले स्थापना गरेको 'कोरोना भाइरस रोकथाम,नियन्त्रण तथा उपचार कोष' कोषमा आइतवारसम्म २ अर्ब ३२ करोड १२ लाख २२ हजार रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।…
काठमाडौं : रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले यसबीच विदेशबाट आएका स्थानीयहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ। कञ्चन गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिको बैठकले आज सोमवार देखि स्थानीयको घर घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिए। त्यसका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए। कोभिड-१९ को संक्रमण फैलिएसँगै…
काठमाडौं : भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या एक सय नाघेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा देशभर मृतकको संख्या १०९ पुगेको छ। त्यसैगरी संक्रमितको संख्या ४ हजार ६७ पुगेको छ। २ सय ९१ जना उपचारपछि घर फर्किएका छन्। कोरोनाविरुद्धको लडाईं जित्नैपर्ने मोदीको भनाई भारतमा संक्रमित तथा मृतकको संख्या बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाईं…
काठमाडौं : गायन रियालिटी शो 'अमेरिकन आइडल'को १८ औं संस्करणमा उत्कृष्ट २० को नाम सार्वजनिक भएको छ। जसमा नेपाली युवा दिवेश पोखरेल पनि परेका छन्। स्टेजमा अर्थर गनका नामले चिनिने दिवेशले बब मार्लीको 'इज दिस लभ' बोलको गीत गाएर निर्णायकको मन जिते। उनले प्रस्तुति दिइराख्दा दर्शकदीर्घाबाट ताली र हुटिङ सुनिन्छ। निर्णायकहरु पनि तारिफ गर्छन्। भन्छन्,'मलाई मनपर्यो।' पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका…
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताए। 'कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ,' उनले भने, 'हामी सबै यस अभियानमा…
काठमाडौः अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल परेका छन्। संभवत आज बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने छ। अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराईलाई राखेका छन्…
बनिता खनाल विश्वभरका एघार लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भइसके। यस भाइरसकै कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ। संक्रमण नभएकामा पनि त्रास र पीडा उस्तै। यस भयावह स्थितिले पार्ने मनोसामाजिक प्रभावको पाटो बेग्लै छ। अवस्था नेपालमा पनि केही फरक छैन। यसको लक्षण र असरबारे मानिस जति यस भाइरस र यसको संक्रमणबारे सोच्दै जान्छन् त्यति नै जटिल बन्दै जान्छ…
काठमाडौं : आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेको लागि बैठक बोलाइएको हो। श्रम मन्त्री रामेश्वर राय यादवले दिउँसो २ बजेको लागि बैठक बोलाएको जानकारी दिए। 'आज दिउँसो २ बजेको लागि बैठक बोलाइएको छ। लकडाउन र कोरोना भाइरसको संक्रमण रोक्न चाल्नुपर्ने थप कदमबारे छलफल हुन्छ,' मन्त्री यादवले भने। आज बस्ने बैठकले लकडाउनको समय थप्नेबारे निर्णय…
काठमाडौं : सरकारले दोस्रो पटक थप गरेको लकडाउनको समय मंगलवार सकिँदैछ। अब फेरि सरकारले समय थप गर्छ कि गर्दैन भन्ने धेरैको चासोको विषय बनेको छ। अहिलेसम्म देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सुदूरपश्चिममा भारतबाट आएका युवकमा समेत संक्रमण देखिएपछि अरुमा पनि सर्ने सम्भावनाको कारण सरकारले र्यापिड टेष्ट गर्ने घोषणा गरिसकेको छ। लकडाउन खुल्ला भए संक्रमण सर्न सक्ने सम्भावना बढी…
काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको १४ दिन भएको छ। लकडाउनको समय दिउँसो त सडक सुनसान नै देखिन्छ। तर, प्रत्येक बिहान मानिसको चहलपहल बाक्लै हुन थालेको छ। तरकारी किन्ने देखि मर्निङकसम्मको कारण देखाउँदै मानिसहरु सडकमा निस्कन्छन्। बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीलाई त्यसरी लकडाउन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिन हम्मेहम्मे। प्रहरीले उपलब्ध गराएको पक्राउ तथ्याङ्क हेर्ने हो भने प्रत्येक बिहान १ सय देखि २ सय मानिस थपिने…
बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। आइतवार उनी कोभिड-१९ को परीक्षणका लागि अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनाएको छ। समाचार संस्था एपीका अनुसार उनमा अझै कोभिड १९ का लक्षणहरु देखिएको छ। १० दिन अगाडिदेखि नै उनमा कोभिड-१९ को संक्रमण भएको हुनसक्ने बाहिर आएको थियो। उनको कार्यालयले लण्डनको कुन अस्पतालमा भर्ना गरिएको भन्ने खुलाएको छैन। यद्पि, चिकित्सकहरुको सल्लाहपछि भर्ना…