PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

  • कोरोनाले उदांगिएको विश्व नेतृत्वः के महामारीले सुपर पावरको परिभाषा र केन्द्र बदल्दैछ?

    कोरोनाले उदांगिएको विश्व नेतृत्वः के महामारीले सुपर पावरको परिभाषा र केन्द्र बदल्दैछ?

    कञ्चनराज गिरी- कोरोनाको कहरले संसार त्रस्त छ। मानिस आक्रान्त छन्। दिनहुँ हजारौँ व्यक्ति संक्रमित भैरहेका छन्। संक्रमण र मृत्युदरको ग्राफ उकालो लाग्दो छ। विश्वका २०४ देश तथा सीमामा फैलिसकेको कोभिड १९ नामको यो महामारीलाई प्रकृति र मानवबीचको विश्वयुद्दको रुपमा पनि ब्याख्या गरिएको छ। विश्व अर्थ व्यवस्था नै ठप्प पारेको महामारीले धेरै क्षेत्रलाई उदाङ्गो पारिदिएको छ। विश्व नेतृत्व कोरोना भाइरसलाई बेवास्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री लगायत नेतालाई पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझावः उपलब्धि संरक्षणका लागि समय छँदै गम्भीर हुनुस्

    प्रधानमन्त्री लगायत नेतालाई पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझावः उपलब्धि संरक्षणका लागि समय छँदै गम्भीर हुनुस्

    शान्ति प्रक्रिया सम्पन्न भए पनि संविधानसभा निर्वाचनको विषयलाई लिएर राजनीतिक दलबीच बेमेल कायमै थियो। संसदीय राजनीतिमा अभ्यस्त र युद्धको पृष्ठभूमिबाट आएको माओवादीबीच चुनावदेखि हरेक विषयमा मतभिन्नता थिए। दलहरुबीचको समन्वय र सहकार्यको वातावरण आवरणमा जति सहज थियो अन्तर्यमा कयौँ अप्ठेरो थियो। यस्तो बेलामा पहिलो संविधानसभा निर्वाचनको दायित्व भोजराज पोखरेलले सम्हालेका थिए। प्रमुख निर्वाचन आयुक्तका रुपमा। मुलुकको प्रशासकीयसँगै राजनीतिक विषयमा पनि दख्खल…

    विस्तृतमा पढ्नुस्

  • सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश

    सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश

    काठमाडौँः सर्वोच्च अदालतले नेपाल भारत सीमामा अलपत्र रहेका नागरिकलाई नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ। सीमामा रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो।  न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।  तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन गर्ने १ हजार ५९५ जनासहित ५४५ सवारी साधन प्रहरीको नियन्त्रणमा 

    लकडाउन उल्लंघन गर्ने १ हजार ५९५ जनासहित ५४५ सवारी साधन प्रहरीको नियन्त्रणमा 

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ७६ महिला सहित १ हजार ५ सय ९५  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ५ सय १० वटा दुई पाङ्ग्रे र ३५ वटा चारपाङग्रे गरी ५ सय ४५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको…

    विस्तृतमा पढ्नुस्

  • निक साइमन्स इन्स्टिच्युटले सरकारलाई दियो १० थान पोर्टेबल भेन्टिलेटर

    निक साइमन्स इन्स्टिच्युटले सरकारलाई दियो १० थान पोर्टेबल भेन्टिलेटर

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएका बिरामीलाई उपचार गर्न निक साइमन्स इन्स्टिच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटरहरु उपलब्ध गराएको छ। इन्स्टिच्युटका कार्यकारी निर्देशक डा अनिल बहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा १० थान भेन्टिलेटर उपलब्ध गराएका हुन्। इन्स्टिच्युटले यसअघि पनि विभिन्न ४७ वटा अस्पतालहरुमा स्वास्थ्य सेवा विभागको समन्वयमा १ हजार थान पिपिई सेट उपलब्ध गराएको…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

    अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक उडानलाई के…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्ने, परीक्षणको दायरा बढाउन आग्रह

    कांग्रेसले कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्ने, परीक्षणको दायरा बढाउन आग्रह

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सरकारलाई सहयोग गर्ने बताएको छ। कोरोना भाइरस (कोभिड-१९)को महामारीसँग लड्न सरकारलाई पर्याप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो। मंगलवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले मानविय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा कोरोनाको यस्तो छ पछिल्लो अपडेट : १ हजार ८ सय ९० को परीक्षण, थपिएनन् संक्रमित

    नेपालमा कोरोनाको यस्तो छ पछिल्लो अपडेट : १ हजार ८ सय ९० को परीक्षण, थपिएनन् संक्रमित

    काठमाडौं : उपचारमा रहेका ८ जनाबाहेक मंगलवारसम्म कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मंगलवार नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नयाँ संक्रमित बिरामी फेला नपरेको जानकारी दिएका हुन्। अहिलेसम्म १ हजार ८ सय ९० जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। एकदिनमा १ सय ९३ जनाको परीक्षण गरिएको हो। संक्रमण फैलिने सम्भावना भएपछि सरकारले कैलाली,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको सम्बोधनको 'वेमौसमी बाजा'लाई लिएर पूर्व प्रम भट्टराईले भने : अलोकतान्त्रिक र असहिष्णु

    प्रधानमन्त्रीको सम्बोधनको 'वेमौसमी बाजा'लाई लिएर पूर्व प्रम भट्टराईले भने : अलोकतान्त्रिक र असहिष्णु

    काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीले आलोचनालाई 'वेमौसमी बाजा' भन्नुलाई अलोकतान्त्रिक र असहिष्णु प्रवृत्तिको संज्ञा दिएका छन् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले। 'संकटको बेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन गर्नु राम्रो हो,' प्रधानमन्त्रीको सम्बोधनमाथि ट्विट गर्दै भट्टराईले लेखेका छन्, 'तर प्रमले आफ्नो सम्बोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिँ आपत्तिजनक छ।' उनले लोकतन्त्रमा जीवन र स्वतन्त्रता दुवै…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित जनतालाई बचाउन फेरि डाक्टरी पेशामा फर्किए आयरल्यान्डका प्रधानमन्त्री

    कोरोना संक्रमित जनतालाई बचाउन फेरि डाक्टरी पेशामा फर्किए आयरल्यान्डका प्रधानमन्त्री

    लियो वराडकर २० वर्षका थिए जब सन् १९९९ मा उनले आयरल्यान्डको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरे। तब उनी मेडिकल स्टुडेन्टका रुपमा दोस्रो वर्षमा अध्ययन गरिरहेका थिए। सानैदेखि राजनीतिमा रुची राख्ने वराडकरले सन् २००३ मा भने स्थानीय निर्वाचन जिते। चिकित्सक पेशा र राजनीतिलाई सँगसँगै लैजाने प्रयास गरे उनले। २०११ मा उनलाई आयरल्यान्डको यातायात, पर्यटन र खेलकुद मन्त्री नियुक्त गरियो। त्यसपछि उनको जीवनले…

    विस्तृतमा पढ्नुस्

  • सरकारी राहत कोषमा संसद् सचिवालयको १ करोड

    सरकारी राहत कोषमा संसद् सचिवालयको १ करोड

    काठमाडौं : संघीय संसद् सचिवालयले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा पहिलो चरणमा एक करोडभन्दा बढी रकम जम्मा गरेको छ। सचिवालयले महालेखा नियन्त्रकको कार्यालयमार्फत् मंगलबार एक करोड एक लाख ३२ हजार ८ सय रुपैयाँ कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिए। आज पठाइएको रकममा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशीकला दाहालले यसअघि घोषणा गरेको एक…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको एम्बुलेन्स ललितपुर महानगरपालिकालाई

    एन्फाको एम्बुलेन्स ललितपुर महानगरपालिकालाई

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज दुई वटा एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। कोरोनाको महामारी विश्वभर चलिरहँदा एन्फाले स्थिति सामान्य अवस्थामा नआउन्जेलका लागि दुईवटा एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको हो। आज एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई एन्बुलेन्स हस्तान्तरण गरेका हुन्। एन्फाले फुटवलको सर्वोच्च निकाय फिफाको फन्डमार्फत ती दुई एम्बुलेन्स लिएको थियो। यसअघि एन्फाले…

    विस्तृतमा पढ्नुस्

  • कालोबजारीको आरोपमा सुलभ अग्रवाल पक्राउ

    कालोबजारीको आरोपमा सुलभ अग्रवाल पक्राउ

    काठमाडौं : जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल पक्राउ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार अग्रवाललाई नियन्त्रणमा लिएको हो। कालोबजारको अभियोगमा उनलाई नियन्त्रणमा लिएको महाशाखाले जानकारी दिएको छ। अग्रबालको कम्पनीले ज्वरो नाप्ने थर्ममिटर १६ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको महाशाखाका एसएसपी सहकूल थापाले जानकारी दिए। 'उनलाई नक्सालबाट ६७ वटा थर्ममिटरसहित कालोबजारीको अभियोगमा नियन्त्रणमा लिइएको हो,' उनले भने।

    विस्तृतमा पढ्नुस्

  • दूध ढुवानी सेवाको सूचना टाँसेर अटोमा रक्सी ओसारपसार

    दूध ढुवानी सेवाको सूचना टाँसेर अटोमा रक्सी ओसारपसार

    काठमाडौं : लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन बाहेक अन्यलाई रोक लगाएपछि मानिसले झुक्याएर सवारी गुडाएको पाइएको छ। मंगलवार बिहान मकवानपुरमा दूध ढुवानी गर्ने पर्चा सवारी साधनमा टाँसेर मदिरा बोकेको पाइएको छ। मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका २ मा घरेलु मदिरा ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। हे ना १ ह ५३८१ नम्बरको अटोमा दूध ढुवानी सेवा भनी टाँसेर  मदिरा बोकेको पाइएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • सम्बोधनको औपचारिकताले टर्छ संकट? [सम्पादकीय]

    सम्बोधनको औपचारिकताले टर्छ संकट? [सम्पादकीय]

    प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको अपेक्षा गरिरहेका सामान्य नागरिक कुनै राजनीतिक भाषणको अपेक्षामा थिएनन्। न कोही चुनावी शैलीको सम्बोधनको पर्खाईमा थिए। पीडामा रहेका जनता अभिभावकको अपनत्वको खोजीमा थिए। उपचारमा भिडिरहेका चिकित्सक र स्वास्थ्यकर्मी आडभरोसाको अभिव्यक्ति चाहिरहेका थिए। लकडाउनले थुनिएका सामान्य जनता कोरोना संक्रमितको तथ्याङ्कको पर्खाईमा थिएनन्। जति सम्बोधनमा सुने, ती त हरेक साँझ स्वास्थ्य मन्त्रालयले जारी गर्ने भिडियोकास्टबाटै जानकार भइसकेका…

    विस्तृतमा पढ्नुस्

  • विवादास्पद स्वास्थ्य सामग्री खरीदको बिषयमा ओलीले भने: 'सरकारलाई असफल देखाउने प्रचारबाजी बेमौसमी बाजा'

    विवादास्पद स्वास्थ्य सामग्री खरीदको बिषयमा ओलीले भने: 'सरकारलाई असफल देखाउने प्रचारबाजी बेमौसमी बाजा'

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका बेला सरकारलाई असफल देखाउने प्रचारबाजी बेमौसमी बाजा भएको बताएका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको विवादास्पद स्वास्थ्य सामग्री खरीद प्रकरणको पनि बचाउ गरे। सामान्य अवस्थाका लागि बनेका नियमित प्रकियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने भएकाले स्वास्थ्य सामग्री आपूर्तिका लागि विशेष व्यवस्था गरिएको ओलीको भनाई थियो। ओलीले विशेष…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री सम्बोधनपछि कमल थापाले भने,'समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन'

    प्रधानमन्त्री सम्बोधनपछि कमल थापाले भने,'समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन'

    काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना संक्रमणको समयमा सरकारको समन्वय कमजोर भएको टिप्पणी गरेका छन्। अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि ट्वीटरमा प्रतिकृया दिदैं सरकारको समन्वय र चेन अफ कमाण्ड नमिलेको बताएका हुन्। अध्यक्ष थापाले भनेका छन्, 'अझै समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन। अपवाद बाहेक सरकारको निर्णय/कदमलाई जनताले साथ दिएका छन्,भोलि पनि दिनेछन्।'…

    विस्तृतमा पढ्नुस्

  • आउने दुई साता अझै चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

    आउने दुई साता अझै चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आउँदो दुई साता चुनौतीपूर्ण हुने बताएका छन्। मंगलवार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आउँदो दुई साता नेपालका लागि चुनौतीपूर्ण रहेकाले परीक्षणको दायरा बढाइने, लकडाउनमा थप कडाइ गरिने बताए। 'समुदायस्तरमा महामारी फैलिन नदिन सारा कदम चालिनेछ,' उनले भने। समुदायस्तरको परीक्षणका लागि उच्चस्तरीय समितिले सम्भावित जिल्ला क्षेत्रको पहिचान गरेर अघि बढ्ने…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट फर्किएकाहरु सम्पर्कमा नआउँदा चिन्तित छु : प्रधानमन्त्री ओली

    विदेशबाट फर्किएकाहरु सम्पर्कमा नआउँदा चिन्तित छु : प्रधानमन्त्री ओली

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन्। कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि सरकारले चैत १ गतेबाट विदेशबाट आएकालाई सम्पर्कमा आउन अनुरोध गरेको थियो। तर, संक्रमित बिरामी विमानमा सँगै आएका पनि सम्पर्कमा आएका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै सम्पर्कमा नआएकाले आफू चिन्तित भएको बताएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको चेतावनी : हामी कोरोनाको उच्च जोखिममा छौं

    प्रधानमन्त्रीको चेतावनी : हामी कोरोनाको उच्च जोखिममा छौं

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, '९ जनामा संक्रमित देखिए पनि हामी उच्च जोखिममा छौं। सावधानी अपनाएनौं भने भयावह स्थिति हुनसक्छ।' ओलीले लकडाउनले महामारी फैलिन नदिने अभियानमा ठूलो सहयोग पुगेको बताउँदै लकडाउनको असुविधाप्रति आफू सम्वेदनशील रहेको स्पष्ट पारे। 'जेलमा बसेको एकान्तवास बिताएको मैले सहजै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell